अंशिका शर्माले पहिरिन् मिस युनिभर्स नेपाल २0२0 को ताज

नारी संवाददाता

पुस १७, २०७७ सन् २०२० डिसेम्बर महिनाको ३० तारिखका दिन सााझ ६ बजे पहिलो मिस युनिभर्स नेपाल २०२० को ताज पहिरिन सफल भइन् २४ वर्षिया अंशिका शर्मा । अपाला ज्वेलर्सले डिजाइन एवं निर्माण गरेको १५ लाख मुल्य पर्ने ताज मिस युनिभर्स नेपाल २०२० ताज अशिकाले मिस युनिभर्सका लागि नेपालका नेसनल डाइरेक्टर नगमा श्रेष्ठको हातबाट पहिरिएकी हुन् । 

अंशिकाले नगद पुरस्कार रु दश लाख पनि प्राप्त गरिन् । विजेता भए सागै अंशिकाले मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्नेछिन् भने सोका लागि उनले विशेष प्रशिक्षण फिलिपिन्सस्थित अम्पाएर स्टुडियोज्बाट प्राप्त गर्नेछिन् । मिस ओशियाना नेपाल २०२० का फस्ट रनर अप समेत रहिसकेकी अंशिका काठमाडौं कोटेश्वर निवासी हुन् भने उनी अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएकी हुन् । 

प्रतियोगितामा अमेरिकास्थित मेरिल्याण्डमा रहादै आएकी मिस नेपाल युएसए २०११ रहिसकेकी सुजिता बस्नेत फस्ट रनर अप, मस्कोमा बसोबास गर्दै आएकी मिस एशिया रसिया २०१८ रहिसकेकी निना कान्त मण्डल सेकेन्ड रनर अप, काठमाडौंकी डा. दिक्ता थापा थर्ड रनर अप तथा क्यालिफोर्नियामा बसोबास गर्दै आएकी न्यान्सी खड्का फोर्थ रनर अप विजेता चयन भएका थिए । 

मिस युनिभर्स नेपाल २०२० काठमाडौं नक्सालस्थित मेरियट होटलमा सम्पन्न भएको थियो । निर्णायक मण्डलमा सम्मिलित पूर्व मिस नेपाल माल्भिका सुब्बा, बैंकर अनुपमा खुन्जेली, होलिस्टिक हेल्थ कोच प्रेरणा शाह, अभिनेत्री उषा रजक, मिडियाकर्मी चारु चड्डा र गायिका अभया सुब्बाको निर्णयसागै प्रतियोगिताहरुको मुल्यांकनमा लाइभ अडियसन्स भोटलाई पनि उत्तिकै प्राथमिकता दिइएको थियो । प्रतियोगिताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गरेका थिए भने प्रियंका क्रिएसन, अमित बराल तथा काव्य द सोल अफ फेसनका पहिरनमा प्रतिस्पर्धीहरु प्रतियोगिताको मैदानमा उत्रेका थिए । 

शब्द ः रोजिन शाक्य

तस्बिर ः महेश प्रधान 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>