भेगन डाइट को लोकप्रियता

सिर्जना दुवाल श्रेष्ठ

वैशाख १४, २०७७

अहिले मानिसहरु बाँच्न र स्वादका लागि मात्र खाँदैनन्, निरोगी र स्वास्थ्य हुनका लागि पनि खाने गर्छन् ।अहिले विश्वव्यापि रुपमा संत्रास फैलाएको कोरोना भाइरस (कोभिड–१९) का कारण मानिसहरु खानमा निकै सचेत हुन थालेका छन् । कतिपयले खानेकुरालाई भावनासंग पनि जोड्ने गर्छन् । उनीहरु मासुजन्य परिकार त खाँदै खाँदैनन् र पशुपंक्षीबाट प्राप्त हुने खानेकुरा पनि सेवन गर्दैनन् । यस्ता ब्यक्तिले पशुपंक्षीको रौं, भुत्ला, छाला आदिबाट बनेको बस्तु समेत प्रयोग गर्दैनन् ।

यस्ता ब्यक्तिहरुलाई विशुद्ध शाकाहारी अर्थात भेगन भनिन्छ । उनीहरुले सेवन गर्ने खानेकुरालाई भेगन डाइट भनिन्छ । अहिले विश्वभर यस किसिमको खानेकुरा खाने जमात बढ्न थालेको छ । किनभने यसले शरीरलाई मात्र होइन, भावनालाई पनि शुद्ध बनाउँछ भन्ने मान्यता छ । अहिले भेगन डाइटका लागि छुटै रेष्टृरेन्टहरु समेत सञ्चालनमा आउन थालेका छन् । 

के हो भेगन डाइट ?

भेगन डाइट भनेको त्यस्तो डाइट हो, जहाँ पशुपंक्षीवाट प्राप्त हुने माछा–मासु, अन्डा मात्र होइन, पशुले पैदा गर्ने दुधको समेत अंश हुँदैन । पशुहरुले दिने दुध प्रकृतिले उसकै बच्चाहरुका लागि दिएको हो, मान्छेको लागि होइन भन्ने उनीहरुमा मान्यता रहन्छ । यसरी प्रकृति वा पशुपंक्षीसँग भावनात्मक रुपमै एकाकार भएर फरक किसिमको खानेकुरा तयार गर्नुलाई भेगन डाइट भनिन्छ ।

यो डाइटमा अण्डा, मासु, डेरी प्रोडक्ट लगायत सबै प्रकारका पशुजन्य उत्पादनलाई भोजन, कपडा तथा अन्य कुनै उद्देश्यका लागि प्रयोग गर्न बञ्चित गरिएको छ । मानिसहरु विभिन्न कराणले भेगन डाइटलाई पछ्याउने गर्छन् । यसको मुख्य कारण पर्यावरण प्रतिको चिन्ता वा पशुपंक्षीप्रतिको माया पनि एक विशेष कारण हुनसक्छ । तथापी, यसको विभिन्न स्वास्थ्य लाभ पनि हुन्छ ।

भेगन डाइटका प्रकार

फलफूल, सागसब्जी, अन्न, ड्राइफ्रुट्स लगायतका बनस्पतीबाट उत्पादन हुने खाद्यान तथा विभिन्न बिउमार्फत उत्पादन हुने आहार भेगन डाइट अन्तर्गत पर्दछ । भेगन डाइटमा एभोकाडो जस्ता वोसोयुक्त फललाई सामेल गरिन्छ । साथै उच्च कार्वयुक्त फलफूल पनि भेगन डाइटकै एक अंश हो । यसमा आलु, चामल, मकै आदि पर्दछ ।

किन खाने भेगन डाइट ?

अहिले स्वास्थ्य जीवनका लागि शाकाहारी भोजन लिनुपर्छ भनिन्छ । शाकाहारी भन्दा पनि विशुद्ध खानेकुरा हो, भेगन । भेगन डाइट लिनुको विभिन्न फाइदा छन् । यसले मन र शरीरलाई शान्त तुल्याउँछ । यसको सेवन मुटु रोग, उच्च रक्तचाप, तथा क्यान्सर जस्ता रोगको जोखिम कम हुने गर्छ । यसको सेवनले पाँचन तन्त्र दुरुस्त रहने भएकोले पनि भेगन डाइट हामी सबैको लागि एक राम्रो विकल्प हुनसक्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>