बढ्दैछ परिवारमा जेनेरेसन ग्याप

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ६, २०७७

अहिले हरेक घरमा जनेरेसन ग्यापको समस्या देखिने गरेको छ । घरका बुढाबुढीहरु आफ्ना सन्ततिहरु आफुले मान्दै आएको धर्म, संस्कृति, परम्परा अनुसार हिाडुन् भन्ने चाहना राख्छन् । उनीहरु समयमै घर आउने, सबैसंग एकैसाथ बसेर खाना खाने, कुराकानी गर्ने । 

तर अहिलेको युवापुस्ताहरु आफ्नै शैली र रुची अनुसार हिड्न रुचाउँछन् । कसैको दवाब रुचाउँदैंनन्, मेरो कुरा सहि हो भन्ने मात्र विचार राख्छन् । युवापुस्तामा पनि अहिले आएर १२–१३ वर्षका छोरीहरु भएको घरमा एकै खाले समस्या देखिन्छ । उनीहरु घरका बाजेबज्यै, आमाहरुसंग त्यति धेरै बोल्न चाहँदैंनन् । उनीहरु स्कूल जान्छन्, फर्केर कोठामा छिरे पछि लक गरेर पढ्ने, फोनमा, इन्टरनेटमा रमाई रहेका हुन्छन् । खाजामा पनि घरको हेल्दी फुड भन्दा चाउचाउ, चिप्स तथा जंकफुड खान रुचाउँछन् । पहिले घरमा फुपु, मामा–माइजु, काका–काकी जस्ता आफन्तहरु आउँदा जसरी पहिलाको पुस्ता रमाएर कुराकानी गरेर बस्थे, तर अहिलेका पुस्तामा त्यस्तै गरेर समय खर्च गर्नै चाहँदैंनन् । बरु त्यो समयमा इन्टरनेटसंग आफुलाई अपडेट तथा साथीहरुसंग विताउन चाहन्छन् ।

इमाडोलकी निस्मा महर्जन र उनकी हजुरआमा विच धेरै कुरामा ग्याप छ । निस्माको जीवनशैलीसंग हजुरआमालाई सधैं आपत्ती हुन्छ । के लुगा लगाएको ? जुठो–चोखोको ख्याल छैन ? कति साथीहरुसंग कुरा गरी राखेको ? खाली कम्प्युटर, ल्यापटब, मोवाइल मात्र चलाएको ? तर उता नातीनी भने हजुरआमाको कुरालाई एक कानले सुनेर अर्काे कानले उडाई दिन्छन् । उनलाई घरपरिवार, आफन्त संग समय विताउनु भन्दा कोठामा एक्लै बसेर फेसबुक, इन्ष्टाग्राममा रमाउनै मनपर्छ । टिकटकमा भिडियो बनाइ अपलोड गर्ने, कमेन्ट हेर्न खोज्ने यो पुस्ता परिवार भन्दा साथी र इन्टरनेटको दुनियाामा भुल्दैछन् । 

आफुलाइृ जस्तो पहिरन लगाउन मनपर्छ त्यस्तै लगाउँछिन् । हजुरआमा नातीनीको क्रियाकलापले जति दिक्क छिन् त्यति नै निस्मालाई हजुरआमाको किचकिचपनावाट वाक्क लाग्छ ।

त्यस्तै पूर्व मिस नेपाल माल्भिका सुब्बा पनि आफू पनि जेनेरेसन ग्यापको अनुभव गरिरहेकी बताउँछिन् । विहे गरेर घर गए पछि महिनाबारी हुँदा यता नजाउ, यो नछोउ जस्ता कुरालाई उनलाई सारै नमज्जा लाग्यो । उनका अनुसार हजुरआमाहरुको पालामा प्याडहरु हुँदैंन थियो, जसले गर्दा फोहोर हुने हुँदा किचेनमा नजानु, यता नजाउ, नछोउ भनिएको हो । तर अहिले त हामी आफै सचेत छौं । सफा सुग्घरका साथ बस्छौं त्यसैले यी कुराहरुले पनि जेनेरेसन ग्यापलाई झल्काउँछ । उनका अनुसार यो ग्यापलाई इरिटेड भएर भन्दा बुझिने भाषामा सभ्य तरिकाले बुझाउन सक्यौं भने यो ग्यापमा पक्कै कमी हुन्छ होला ।

कवियत्री विमला तुम्खेवा पनि पहिले र अहिलेका पुस्तामा विचार, सोच्ने शैली  लगायत धेरै कुरामा फरक देख्छिन् । पुरै जीवनको पद्धती नै फरक हुँदैंछ । बाजेबज्यैका पुस्ताहरु इन्टरनेटको कनेक्सनवाट बाहिर रहेका ट्रेडिसनलाई मान्दै आएका छन् । उनका बाजे, बजै तथा बाबा वितिसकेको भए पनि समाजले जेनेरसन ग्यापको भुमिका मज्जाले खेपी रहेको हुन्छ । फलानाकी छोरी यसरी हिडी, कहाँ मात्र जान्छे, के गरेको होला आदि । तुम्खेवाका अनुसार अहिले शहरमा जेनेरेसन ग्यापको कारण विसंगतीहरु बढ्दै छ । पढेका छोरा छोरीले स्वतन्त्रता खोज्छन् । तर हाम्रो नेपाली संस्कृतीले स्वतन्त्रता नपाएको कारण विहे गरेर विदेश जानेहरु बढ्दो छ ।

अहिलेका पुस्ताहरु सकभर अभिभावक भन्दा अलग्गै बस्न चाहन्छन् । युवा पुस्ता स्वतन्त्रता खोज्छन् भने बृद्ध पुस्ता परम्परागत चाहन्छन् । उनको परिवारमा पनि धेरै जसो विदेशीएका छन्, पैसा बरु पठाइ दिने तर आफ्नो जीवन आफु खुशी विताउन चाहन्छन् । यहि बसेका युवापुस्ताहरु पनि घरमा बोल्नै चाहँदैंन, एकदमै व्यस्त जीवन विताइ रहेका छन् । जस्तो उनीहरु ग्याजेटमै व्यस्त रहि रहेका हुन्छन् । उता बृद्धहरुको आफ्नै समस्या छ । छोरा नातीहरुले केही समय आफुलाई दियोस् भन्ने हुन्छ । उनीहरुलाई केही बोली मात्र दिए पनि ठुलो राहत महसुस गर्छन् । बृद्धहरु आफुलाई एक्लो महशुस गर्ने कारण नै अहिले राम्रो घर परिवारका बृद्धहरु आफै बृद्धाश्रममा बस्न रुचाउँछन्  । कवियत्री तुम्खेवा भन्छिन्, हाम्रो संस्कृतीलाई इन्टरनेट दुनियााले गाँजिनै सक्यो । अहिलेसम्म त लाजकै आधारमा भए पनि आफ्ना आमाबुबालाई संगै राख्छौं तर हामी बृद्ध हुँदा हाम्रो गन्तब्य सिधै बृद्धाआश्रम नै हो । 

मोडल एलिजा बस्नेतका अनुसार अहिलेको पुस्ता र आमाबाबु तथा बाजेबज्यै विच पूरै ग्याप छ । उनी त्यो ग्यापलाई नजिकवाट भोगि रहेको प्रतिनिधि पात्र मात्र हुन् । उनका अनुसार जति नै आमाबुबासंग कुरा सेयरिङ्ग गरे पनि उहाँहरु त्यति बुझ्न खोज्दैनन् । म आफु पनि मम्मीसंग प्रपोज गरेको, जिस्काएको देखि युट्युबमा राखेका भिडियो, फेसबुकमा अपलोड गरेका कुराहरु समेत भन्छु तर उहाँले ती कुरालाइृ राम्रो संग स्विकार्नै सक्नु हुन्न ।

म भन्दा बहिनीहरुमा अझैं बढी ग्याप देख्छु । उनीहरु प्राइभेसी खोज्छन् । फोन देखि, साँचोसम्म छुन दिंदैनन् । अहिलेका पुस्ताहरु सबै जसो आफ्नो फोनमा लक गर्छन् । बच्चै देखि एक्लै बस्न खोज्छन, स्वतन्त्रता खोज्नु अहिलेका माग हो । जति सुकै हामी खुलेर अघिल्लो पुस्तासंग कुरा गरे पनि जेनेरेसन ग्यापलाई नेपाली समुदायमा हटाउन धेरै समय लाग्छ । हामी पुराना पुस्ता हुँदा पनि हाम्रो सन्तती विच यो ग्याप हुन्छ नै । तर एकले अर्काेको समस्या, रहरलाई सम्मान गर्न सक्यौं भने कम्तिमा यो ग्यापको खाल्डो केही हद कम हुन भने सक्छ ।   

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>