सधैं स्वस्थ्य रहन चिकित्सकका सात सुझाव

सुजाता मुखिया

चैत्र २०, २०७६

कोरोना भाइरसले केही पाठ सिकाएको छ । जस्तो कि, शारीरिक सरसफाई, बलियो रोग प्रतिरोधात्मक क्षमता । यी दुबैका लागि खानपान र दिनचर्या जिम्मेवार रहन्छ । त्यसैले कस्तो खानपान गर्ने, कतिगर्ने, कसरी गर्ने भन्ने कुरासँगै आफ्नो दिनचर्या कस्तो बनाउने भन्ने कुरामा ध्यान दिन जरुरी देखिएको छ । 

विश्व स्वास्थ्य संगठनको रिपोर्टले देखाइरहेको छ, कोरोनाको संक्रमण र भय दीर्घरोगी एवं बुढापाकालाई छ । उच्च रक्तचाप, मधुमेह, हृदयरोग भएकाहरु कोरोनाको जोखिममा छन् । यस्तो अवस्थामा शरीरलाई सधै निरोगी, तन्दुरुस्त, बलियो बनाउनु जरुरी देखिएको छ । 

त्यसो त कोरोना भाइरसभन्दा अगाडी पनि लाखौं मानिसले कुनै न कुनै प्रकारको रोगबाट ज्यान गुमाइरहेका थिए । यसको पछाडि जीवन शैलीसँग जोडिएको समस्या हुनसक्छ । जसकारण मानिस रोगी भएका छन् र समय अघि नै ज्यान गुमउने गरेका छन् । 

यस महामारी र स्वास्थ्य समस्याको क्रममा आफ्नो स्वास्थ्य कायम राख्न निकै मुस्किल हुन्छ । चिकित्सकहरुका अनुसार निम्न उपाय अपनउन सके स्वस्थ जीवन बिताउन सकिन्छ । 

कम खाना खानुहोस् 

यस्तो होइन कितपाईंले सधै कम खाना खानुपर्छ । तर, जब जबभोक लाग्छ, तब पेट चर्कने गरी नखानुहोस् । पेट भर्नेभन्दा केही कम खानुहोस् । धेरै खाना सेवन गर्दा एसिडिटी हुने संभावना रहन्छ । त्यसैगरी पेटको समस्या पनि निम्तिन सक्छ । पेटको समस्या भएका व्यक्तिहरु जीवनभर केही न केही समस्याबाट ग्रस्त हुन्छन् । ग्याष्ट्रिक, कब्जियत जस्ता समस्याले कहिले पनि छाड्दैन । उनीहरु कहिले पनि तन्दुरुस्त हुन पाउँदैनन् । त्यसैले सधै केहीकम र स्वास्थ्य खाना खानुहोस् । 

स्वस्थ्यवद्र्धक खाना

खाना सुपाच्यहुनका साथै पोषिलो पनि हुन जरुरी छ । तपाईंको खानामा एन्टि अक्सिडेन्ट, फाइबर, सोया प्रोटिन र हेल्दी फ्याट हुन आवश्यक छ । जबसम्म तपाईंको खानामा यी पोषक तत्व कमी हुनेछ, तपाईं तन्दुरुस्त हुन सक्नुहुनेछैन । शरीरमा पोषक तत्वको कमी भएमा कतिपय रोग लाग्न सक्छ । त्यसैले तपाईंको खानामा जतिसक्दो पोषक तत्वको सन्तुलित मात्र हुन जरुरी छ । 

सधै सक्रिय रहुनहोस्

लामो आयु र स्वस्थ जीवनका लागि आवश्यक छ कि तपाईं सधै सक्रिय रहनुपर्छ । शारीरिक रुपमा केही न केही गतिविधि गरिरहेको हुनुपर्छ । जस्तो घरायसी कामकाज गरेर होस् वा बगैंचाको, खेतीबली गरेर होस् वाव्यायाम गरेर तपाईंको शरीर चलयामान हुनुपर्छ । हरेक दिन व्यायाम, योगा, ध्यान गर्नु सर्वोत्तम हुन्छ । व्यायामले शरीरलाई समूचित ढंगले सक्रिय बनाउन भूमिका खेल्छ । योग, ध्यानले शरीर र मनलाई शान्त तुल्याउँछ । मन शान्त र खुसी हुन पनि जरुरी छ । 

तनावमुक्त रहनुहोस्

तनवाको सम्बन्ध सोझै हाम्रो शरीरसँग जोडिएको हुन्छ । तनावले हृदयरोग जस्ता दीर्घ समस्याहरुको जन्म दिन्छ । उदासी, डिप्रेसन पनि तनावबाटै नै उत्पन्न हुनसक्छ । जति तनावग्रस्त रहन्छौं, रोगहरुले उत्तिनै आक्रमण गर्ने भय रहन्छ । त्यसैले रोगमुक्त र तन्दुरुस्त जीवनका लागि तनावरहित रहनु जरुरी छ । धेरै महत्वकांक्षा नराख्ने, दुर्लभ कुराको आशा नगर्ने, जे छ त्यसमै सन्तुष्ट रहने । 

साथसाथै प्राणयाम जस्ता विधी छन्, जसले शरीरमा तनावको स्तर नियन्त्रण गर्छ । त्यस्ता विधीहरु प्नि अपनाउने । 

एन्टि अक्सिडेन्ट भरपुर मात्रामा सेवन

प्रकृतिमा त्यस्ता थुप्रै खानेकुरा पाइन्छन्, जसमा एन्टि अक्सिडेन्टको मात्रा भरपुर हुन्छन् । जस्तो कि ग्रीन टि, किवी, माछा, स्प्राउट, गोलभेडा आदि । यस्ता खानेकुरा सेवनगर्नुपर्छ । साथसाथै भिटामिन सि र भिटामिन इले भरिपूर्ण खानेकुरा पनि सेवन गर्नुपर्छ । 

डाइट प्लान बनाउनुहोस्

सन्तुलित, सुपाच्य र नियमित खानाका लागि डाइट प्लानबनाउनु उपयुक्त हुन्छ । यसले आफ्नो खानपान शैलीलाई नियमित र सन्तुलित राख्न सहयोग गर्छ । उक्त तालिकामा फलफूल, अन्न, सागपात आदिलाई समुचित रुपमा समावेश गर्नुपर्छ । 

हर्मोनको कमी पुरा गरौं 

शरीरमा हर्मोनको कमी भएमा स्वास्थ्य खराब हुनसक्छ । त्यसैले तपाईंको शरीरमा हर्मोनको कमी हुनदिनु हुुँदैन । कतिपय फलफूले हर्मोनलाई सन्तुलित राख्न भूमिका खेल्छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>