किन हामी अनुहार नछोई बस्न सक्दैनौं ?

लक्ष्मी भण्डारी

चैत्र १९, २०७६

समान्यतया किशोरी र महिलामा हाँस्दा वा केही अचम्म लाग्ने कुरा प्रतिक्रिया जनाउँदा मुख छोप्ने बानी हुन्छ । कतिपयमा नङ टोक्ने, नाक कोट्याउने, आँखा मिच्ने, कानको लोती चलाइरहने र ओठा निचोर्ने बानी हुन्छ । कतिले अनुहारमा आएको डन्डीफोर वा अरु घाउलाई चलाइरहेको देखिन्छ । तर यस्ता बानीहरु स्वास्थ्यका दृष्ट्रिले हानिकारक हुने बताउँछन्, वरिष्ठ नाक, कान, घाँटी रोग बिशेषज्ञ डा. सुमन थापा । ‘यस्तो बानीले संक्रमणको जोखिम बढाउँछ’, उनले भने, ‘अहिले कोरोनाको संक्रमण बढ्नुमापनिमानिसको यस्तै स्वभावले निकै प्रभावपारेको छ ।’

सन् २०१५ मा अस्ट्रेलियामा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीमा स्वभावको अध्ययन गरियो । उनीहरूमा समेत अनुहार छोइराख्ने बानी रहेको पाइयो । चिकित्सा शास्त्रका विद्यार्थीहरू जोखिमबारे अरूभन्दा बढी सचेत हुनुपर्ने हो तर सहभागीहरूले एक घण्टामा कम्तीमा २३ पटकसम्म आफ्नो मुख, नाक वा आँखा छोएको शोधकाक्रममा पाइएको थियो । विज्ञहरूका अनुसार त्यसरी अनुहार छोइराख्ने बानी खतरनाक हुन सक्छ । विश्वश्वास्थ संगठनले समेत अहिले महामारीका रुपमा फैलिएको कोभिड १९ बाट जोगिन हातलाई विश्रामदिने, धेरै नचलाउने र सफा गरिरहने सुझाएको छ । 

किन बारम्बार अनुहार छोइराख्छ त मानव ? भन्ने सवालमा मानव र बाँदर प्रजातिका केही सदस्यले हातन चलाई बस्नै नसक्ने गरेको पाइएको छ । केही प्रजातिले अनुहार राम्रो बनाउन वा किराधपाउन अनुहारमा हात लैजाने गर्छन् । मानव र केही बाँदरजातिले भने विभिन्न कारणले अनुहारमा हात लगिरहन्छन् । 

यूसी बर्कलीका मनोविज्ञानका प्राध्यापक ड्याचर केल्ट्नरका विचारमा अनुहारलाई सहज बनाइराख्न हामीले हात प्रयोग गर्ने गरेका हुनसक्छौं । उनी भन्छन्, ‘अरू बेलाहामीले थाहै नपाई अनुहार छोएर जिस्किने वा सामाजिक नाटकको एक चरणबाट अर्को चरणमा प्रवेश गरिरहेका हुन्छौं ।’ उनी जस्ता अन्य विज्ञले पनि हामीले आफैंलाई छोएर आफ्ना संवेग र ध्यानलाई नियन्त्रणमा लिन खोज्ने गरेको निष्कर्ष निकालेका छन् । 

विश्वविद्यालय जर्मनीका मनोवैज्ञानिक एवं प्राध्यापक मार्टिन रुन्वाल्ड भन्छन्, ‘यो हाम्रो प्रजातिको आधारभूत स्वभाव नै हो । आफैैंलाई छुने स्वभाव कसैले कुनै सन्देश दिनको लागि बनाएको होइन, यो त प्राय थाहै नपाई हुने गर्छ ।’ यो स्वभावले हाम्रो सबै चेतनशील र संवेगात्मक प्रक्रियामा प्रमुख भूमिका खेल्ने र यो सबै मानिसमा हुने उनको तर्क थियो । 

अल्का अस्पतालका डा. सुमनका अनुसार यस्तो स्वभावले आँखा, नाक र मुखबाट खराब वस्तु वा कीटाणु सहजै शरीर भित्र पस्न सक्छन् । कोरोनाको प्रकोप बढ्नुमा पनि मान्छेको उक्त स्वभावको ठूलो हात भएको तर्क गर्दै उनी भन्छन्, ‘वैज्ञानिकहरूका अनुसार नौ दिनसम्म जीवित रहने कोरोना भाइरसको शक्ति र हाम्रो अनुहर छोइराख्ने बानीका कारण खतरा बढेको छ । यसर्थ हामीले अनुहारमा हात लगिरहने बानी परिवर्तन गर्नुपर्छ ।’

सन् २०१२ मा अमेरिका र ब्रजिलका अनुसन्धानकर्ताहरूको एउटा टोलीले कुनै मानिसको एउटा समूहले सार्वजनिक स्थलका सतहमा एक घण्टामा तीन पटकसम्म हातले छोएको पाइएको तत्थ्य सार्वजनिक गरेको थियो । तर मानिसको त्यो समूहले प्रतिघण्टा ३.६ पटकसम्म नाक वा मुख छुने गरेको बताइएको थियो । 

डा. गरिमा श्रेष्ठ भन्छिन्, ‘मानिसको अनुहार छोइराख्ने स्वभावका कारण पनि केही विज्ञहरूले हातको छुवाइबाट बचाउँन पनि नाक र मुख छोप्ने मास्क लगाउने सल्लाह दिइरहेका छन् । हामीले हातले आफ्नो अनुहार छोइराख्ने दर कम गर्न मास्क र पञ्जा लगाउने र चस्माको प्रयोग प्रभावकारी हुनसक्छ ।’

कोलम्बिया विश्वविद्यालयमा स्वभावबारे अनुसन्धान गरेका वैज्ञानिक माइकल हल्स्वर्थले यसलाई व्यवहारमा बदल्न निकै गाह्रो रहेको बताएका छन् । मानिसले थाहै नपाई गर्ने गरेकोका मलाई रोक्न खोज्नु आफैंमा एउटा समस्या भएको बताउँदै उनले अनुहार नछुनू भन्नु भन्दा पनि मानिसलाई हात धोइराख्नू भन्न सजिलो हुन्छ । 

डा सुमनको विचारमा हामीले आफैंलाई छोइराख्ने कारण पत्ता लगाएर समाधा ननजिक पुग्न सकिन्छ । आँखा छोइराख्नुपर्ने मानिसले घाममा चस्मा लगाउन सक्छन् । जोखिमबारे आफैलाई सम्झाइरहने गर्नाले पनि स्वभाव बदल्न सहयोग पुग्न सक्छ । 

मनोविद डा. नन्दिता शर्माका अनुसार यदि कसैमा कुनै स्वभाव डरलाग्दो छ भने साथी वा आफन्तलाई त्यसबारे चेतावनी दिइरहन सुझाव दिन सकिन्छ । हामीले आफ्नो मनोविज्ञानलाई संक्रमणतर्फ जोडेर हेर्यौं भने बानी बदल्न सहयोग पुग्छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>