विमानसँग विवाह

नारी संवाददाता

चैत्र २, २०७६ जर्मनीमा बस्ने एक महिलाले विमानसँग विवाह गर्ने भएकी छिन् । राजधानी बर्लिनमा बस्ने ३० वर्षकी मिहेल कोबकेले मार्च २०२० मा विमान ७३७–८०० सँग विवाह गर्ने निर्णय गरेकी हुन् । सन् २०१४ मा टेगल एयरपोर्टमा पहिलोपटक उक्त विमान देखेपछि उनी विमानसँग प्रेममा परिन् र विवाह गर्ने निर्णय गरिन् । उनको विवाह नेदरल्यान्डको आम्स्टर्डममा हुनेछ । 

उनलाई विमानका पखेटा र थ्रस्टहरू मनपर्छन् । उनी विमानलाई ‘सात्स’ भन्ने गर्छिन् जसलाई जर्मन भाषामा ‘मनपर्ने मान्छे’ भनिन्छ । विमानलाई हेर्न उनी जतिबेला पनि विमानस्थल पुग्छिन् । विमान कालिगढ बन्ने उनको सपना छ । उनले खेलौना विमान किनेर त्यसैसँग सुत्ने गरेकी छिन् । 

सन् २०११ मा उनी एक व्यक्तिको प्रेममा थिइन् । तर उनी त्यो प्रेममा खुसी थिइनन् । उनी भन्छिन्–‘सात्स नै मेरो पहिलो प्रेम हो । अरु विमानभन्दा सात्स फरक छ । सात्सप्रति मेरो प्रेम अरुले बुझ्न सक्दैनन् । यात्राका क्रममा म उसलाई अझ बढी चिन्छु ।’

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>