स्वास्थ्य चेतना बृद्धिका कारण कौसी खेतीमा क्रेज
माघ २१, २०७६ मदनकुमार राई / कृषि विशेषज्ञ
अहिले कौसी खेतीको क्रेज बढ्नुको कारण के हो ?अहिले मानिसहरूमा बढ्दै गएको छ । बजारका तरकारीहरू अर्गानिक हुँदैनन् । अत्यधिक मात्रामा विषादी मिसाइएको हुन्छ । अर्गानिक र ताजा तरकारीका लागि अहिले घरमै खेती गर्ने चलन बढ्दै गएको हो ।
कौसी खेती गर्नु आवश्यकता कि रहर ?
अहिले दिनहुँ सहरीकरण बढ्दै गएको छ । त्यसैले खेती गर्ने जग्गाको अभाव भैसकेको छ । अहिले इच्छानुसार तरकारी र फलफूल उत्पादन गर्ने उपयुक्त ठाउँ नै घर भएको छ । त्यसकारण कौसी खेती गर्ने चाहनाभन्दा पनि आवश्यकता भैसकेको छ ।
कौसी खेतीका बारेमा मानिसहरू कत्तिको जानकार छन् ?
कौसी खेतीका बारेमा मानिसहरू त्यति जानकार भएको पाइँदैन । यसले आफूलाई फाइदा पुर्याउँछ भन्ने चेतना मानिसहरूमा अझै आएको छैन । यसरी खेती गर्दा घर जंगलजस्तो देखिन्छ भन्नेहरू पनि छन् भने गर्नेहरूले पनि आवश्यक प्रक्रिया पुर्याएर गरेका छैनन् । अरूले गरेको देखेर गर्नेहरूको संख्या बढेको छ ।
कौसी खेतीका बारेमा आवश्यक जानकारी दिन के गर्नुपर्ला ?
यो खेतीका बारेमा जानकारी दिन सरकारी तहबाटै अभियान चलाउनु आवश्यक छ । यसको जानकारी हरेक घर–घरमा पुर्याउनुपर्छ ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्