फाइभ स्टेप  प्लान फोर वेट लस

नारी संवाददाता

जेष्ठ ३१, २०७६

 

स्वयंसित गरौं प्रतिबद्धता : सबैभन्दा पहिले आफ्नो तौल कम गर्ने प्रतिबद्धता स्वयंसित गर्नुपर्छ । स्वस्थ जीवनशैली र डाइटको रुटिन बनाउनुपर्छ । त्यसमा राम्रो लिखित प्रतिबद्धता हुनुपर्छ । सुरुमा कति तौल कम गर्ने, कहिलेसम्म गर्ने, कसरी गर्ने आदि कुरा उल्लेख हुनुपर्छ । 

विज्ञहरूको सल्लाह लिऊँ : स्वयं डायटिसियन बन्ने गल्ती गर्नुहुँदैन र क्रेस डाइटिङका बारेमा सोच पनि बनाउनुहुँदैन । यसका लागि विज्ञहरूसित परामर्श लिनु उपयुक्त हुन्छ । उनीहरूले आफ्नो उमेर, हाइट तथा हेल्थ कन्डिसन हेरेर डाइट चार्ट उपलब्ध गराउँछन् । यसबाट स्वस्थ तरिकाले वजन कम गर्न सकिन्छ । यसका लागि शारीरिक व्यायाम वा योगगुरुसित पनि सल्लाह लिन सकिन्छ । सम्भव भए जिम ज्वाइन गर्नुपर्छ । 

टारगेट तय गर्नुपर्छ : एउटा रियालिस्टिक गोल सेट गर्नुपर्छ । पहिले कहिलेसम्म कति वजन घटाउने भन्ने निर्णय गर्नुपर्छ । गोल सेट गर्दा ध्यान पुर्‍याउनुपर्ने कुरा के हो भने वेट लस शीघ्र प्रक्रिया होइन, यसमा समय लाग्छ र धैर्य पनि चाहिन्छ । प्रारम्भमा सातामा एक घन्टा वाक वा व्यायाम गर्नुको साटो १५–२० मिनेट दैनिक रूपमा शारीरिक अभ्यास गरी विस्तारै अवधि बढाउनुपर्छ । यसबाट कुनै पनि समस्या सिर्जना हुन पाउँदैन र वजन विस्तारै नियन्त्रणमा आउन थाल्छ । 

वेट लस ग्रुप ज्वाइन गर्ने : परिवार वा साथी सर्कलमा कसैलाई वजन घटाउने आवश्यकता छ भने तिनलाई आफूसित सहभागी हुन प्रेरित गर्नुपर्छ । सँगै मिलेर डाइट तथा एक्सरसाइजको प्लान बनाउनुपर्छ । यसबाट वेट लसमा सहजता प्राप्त हुन्छ । जिम, वाक वा योग गर्ने क्रममा ग्रुप बनाउनु उपयुक्त हुन्छ । प्रेरणा, प्रतिस्पर्धा र सेयरिङले सबैलाई फाइदा पुर्‍याउँछ । 

लक्ष्यमा पुग्न : आफ्नो लक्ष्यमा पुग्न समय–समयमा ध्यान दिनुपर्छ । हरेक साता आफ्नो वजन चेक गर्नुपर्छ । यदि कुनै दिन मर्निङ वाक गर्न पाइएन भने इभनिङ वाक गर्नुपर्छ । आफ्नो वेट लस प्लान प्रभावकारी छ कि छैन रिभ्यु गर्नुपर्छ । प्रतिबद्ध भएर प्लानमा कायम रहनुपर्छ र त्यसलाई निरन्तरता दिनुपर्छ । त्यसपछि सजिलै आफ्नो लक्ष्यमा पुग्न सकिन्छ । 

रोजिन शाक्य

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्