कति छ तपाईमा आत्मविश्वास
जेष्ठ ११, २०७३
संसारमा शायदै कोही होला, जसले जीवनमा संघर्ष नगरेको होस् । संघर्षको अवस्थाले नै हामी भित्र लुकेको आत्मविश्वासलाई अगाडि ल्याउने गर्दछ । केहीले यसलाई पहिचान गरी बाधा व्यवधानलाई पार गरी अगाडि बढ्छन् । तर केही भने त्यही अलमलमा फस्छन् कि अगाडि बढने तर कसरी । कठिन समयममा आत्मविश्वासलाई पहिचान गर्ने व्यक्तिले नै सही अर्थमा जीवनलाई राम्ररी जिउन जान्दछ । हाम्रा वरपर ती व्यक्तिको कमी छैन जसको साथमा योग्यता र कौशल भएर पनि सफलता तिनमाबाट धेरै टाढा रहने गरेको छ । यस्ता व्यक्ति मनबाट मजबूत भएर पनि कठिन परिस्थितिमा कमजोर हुन पुग्छन् । त्यही जीवनमा विष्म परिस्थितिहरूबाट पार लाग्ने उत्साहले नै व्यक्तिलाई उसको लक्षसम्म उभ्याउने गर्दछ । तपाई आफ्नो खुबीहरूबाट राम्ररी परिचित हुनुहुन्छ र आत्मविश्वासका साथ अगाडि बढ्ने पनि सोच्नुहुन्छ तर कठिन समयमा त्यो विश्वासका साथ अगाडि बढ्ने पनि सोच्नु हुनछ तर कठिन समयमा त्यो विश्वासका साथ अगाडि बढने पनि सोच्नु हुन्छ तर कठि समयमा तयो विश्वासका अगाडि बढन सक्नुहुन्न भने तपाई आफ्नो कन्फिडेन्स लेवल जाँच गर्नु आवश्यक छ । अत: जानौं ती कुरालाई जसले तपाईलाई अगाडी बढन रोक्न सक्दछ ।
संकोच छोडनुहोस्
तपाई आफ्नो काममा निपुण हुनुहुन्छ र समयमै काम गर्नुहुन्छ तर आफ्नो सहकर्मीहरूबाट कुराकानी गर्नबाट संकोच मान्नुहुन्छ । कसैसित घुलमिल हुनबाट डराउनुहुन्छ र मद्दत पूर्व धेरे सोच्नुहुन्छ भने तपाई पूर्णरूपमा आत्मविश्वासी हुनुहुन्न । संकोचतको वानीले तपाईको आत्मविश्सलाई धेरै हदसम्म कम गर्ने गर्दछ । सफलता प्राप्त गर्नका लागि आफ्नो काममा निपुण हुन जति आवश्यक छ, त्यति नै अवाश्यकछ, अरुको साथमा राम्ररी तालमेल बसाउनु संकोची व्यक्तिका बारेमा प्राय: सबैले नकारात्म सोच्ने गर्छन् र ऊबाट दुरी बनाउर राख्ने गर्छन् , जबकी आत्म विश्वास कायम राख्नका लागि साथ सहयोगी आवश्यक छ ।
स्वयंको पक्ष लिनुपर्छ
तपाईको सहकर्मी वा घरका अन्य सदस्य हरेक काम तपाईलाई दिएर निश्चिन्त हुन्छन् र तपाई केही नभिनिकन चुपचाप ती काम पूरा गर्नतिर अग्रसर हुनुहुन्छ, भने तपाई आफ्ना लागि स्टयाण्ड लिन जानु हुन्न यो स्वभावले पनि तपाईको आत्मविश्वास कम गर्ने कार्य गर्दछ । अरुको मद्दत गर्नाले तपाईको राम्रो पक्ष दर्शाउँछ तर स्वंलाई नै नोक्सान पुर्याउनु वा आफ्ना लागि ाआवाज नउठाउनु एक प्रकारको अवगुण हो । जसबाट छुटकारा प्राप्त गर्नु अति आवश्यक छ । जब सम्म तपाई नाइ भन्ने कला सिक्नु हुन्न तब सम्म सेल्फकन्फिडेन्सबाट टाढा रहनुहुन्छ ।
नडराइकन अगाडि बढ्नुपर्छ
त्यसो त तपाई सबैसित राम्ररी प्रस्तुत हुनुहुन्छ र सबै काम राम्ररी गर्न पनि जान्नुहुन्छ तर जब कुनै काम एक्लैले गर्नुपर्ने हुन्छ, तब अगाडि बढ्नबाट डराउनुहुन्छ । प्रत्येक कुरामा तपाईको अरुको मद्दत चाहनुहुन्छ वा हरेक काम सोधेर वा मार्ग दर्शन प्राप्त भएपछि मात्र गर्नुहुन्छ । यो वानीले पनि तपाईमा आत्मविश्वासको लेवल कम भएको दर्शाउछ । कुनै काम प्राप्त भएपछि नै आफू एक्लैले गर्न नसकनु पनि तपाईको अवगुणमा आउने गर्दछ । यस्ता व्यक्तिलाई हरेकले संशयको दृष्टिले हेर्ने गर्दछ र काम भन्न डराउने गर्दछ, तर अगाडि बढ्नका लागि स्वयंलाई प्रमाणित गर्नुपर्ने आवश्यकता रहन्छ । अत: आफूलाई प्रमाणित गरौं र यसका अवसर नगुमाऔं ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्