काम गर्ने सहयोगी राख्दा अपनाउनुपर्ने सावधानी

अरुणा भट्टराई

फाल्गुन ५, २०७२ हिजोआज सबै साधन उपलब्ध हुादाहुादै पनि हाम्रो जीवन यति व्यस्त हुादै गएको छ । त्यसका कारण घरको हरेक काम गर्नका लागि नोकर अथवा काम गर्ने महिला राख्नुपर्ने आवश्यक भएको छ । अझ घरमा श्रीमान्–श्रीमती नै कामकाजी भए काम गर्ने मानिस नराखी हुादैन । नोकरको भर सबै घर सुम्पेको धेरै ठाउामा हामी देश्न र सुन्न सक्छौं । घरको सबै काम नोकरलाई नै जिम्मेवारी सुम्पेर आफू स्वतन्त्र हुन चाहन्छिन्, जुन एकदमै गलत कुरा हो । काम गर्नेले तपाईको यो वानीको मौका उठाएर आफू खुसी काम गर्ने त गर्छन् नै साथसाथ मौका पाएको समयमा वहुमुल्य सामान र नगद लिएर घर छोडेर भाग्ने गर्छन् । 

केही वर्ष अगाडि संयुक्त परिवारमा सबै एकसाथ बसेर मिलिजुली काम गर्ने गर्थे हिजोआज तर विस्तारै विस्तारै संयुक्त परिवार कम हुादै गएको पाइन्छ । त्यसकारण घरेलु कार्यको सहयोगका लािग अथवा बालबालिकाको रेखदेखका लागि नोकर राख्नुपर्ने बाध्यता हुन्छ । तर नोकरमा आवश्यक भन्दा बढी नर्भर हुनु राम्रो होइन । सकेसम्म आफ्नो काम आफै गर्ने वानी बसाल्नु राम्रो हुन्छ । आफ्ना बालबालिकालाई पनि सानैदेखि आफ्नो काम आफै गर्ने वानी बसाल्नु पर्छ । यसो गर्दा ठूलो भएर उनीहरू अरु प्रति आश्रित हुादैनन र आत्मनिर्भर हुनुको साथै उनीहरूको आत्मविश्वास पनि बढछ । यदि तपाईको घरमा एक वा एक भन्दा बढी नोकर छ भने उनीहरूको चरित्र बारेमा र उनीहरू घर कहाा हो, कहााबाट आएको आदि सबै कुराको विस्तृत जानकारी लिनु पर्छ । घरको काम गराउादा पनि उनीहरूमा निगरानी राख्नुपर्छ । यदि तपाई कामकाजी हुनुहुन्छ भने दिनहुा भान्छामा गएर उनीहरूद्वारा गरिएको काम हेरेर दिनभरिको दिनचर्याको बारेमा जानकारी लिनुपर्छ । यसो गर्दा काम गर्ने मान्छेलाई तपाई प्रतिको डर भैरहन्छ र कुनै पनि काम नराम्रो र अनुचित ढंगले गर्न सक्दैन । 

प्राइभेट कम्पनीमा कार्यरत संगीता पौडेल दिनभर आफ्नो काममा व्यस्त हुन्छिन् । अफिसमा व्यस्त हुने भएकाले उनी घरमा त्यति समय दिन भ्याउदिनन । त्यसैले उनले खाना बनाउनेका लागि र अन्य घरेलु कार्य गर्नका लागि उनले एकजना नोकर राखेकी थिइन । केही दिनपछि नोकर राख्नु अगाडि महिनाभरिलाई पुग्ने राशन नोकर राखेपछि पन्ध्र महिनाभरिलाई पुग्ने राशन नोकर राखेपछि पन्ध्र दिनमा नै सकिन थालेको उनलाई अनुभव हुन थाल्यो । नोकरसाग सोधपुछ गर्दा उसलाई  केही थाहा नभएको बताउथ्यो । एक दिन नोकरले खाना बनाई राखेको समयमा संगीता भान्छामा गइन । त्यहाा उनले आफ्नो परिवारलाई आवश्यक पर्ने खाना भन्दा बढी खानेकरा पाकेको देखिन । त्यसपछि उनले नोकरलाई निगरानी राख्न थालिन र नोकरसाग धेरै मात्रामा खाना पकाउने कारण सोध्दा मात्र पत्ता लाग्यो । जब संगीता र उसको श्रीमान् अफिस गएपछि उनीहरूले खाएर बााकी रहेको खाना आफ्नो घर लगेर आनन्दसाग खाने गथ्र्यो । 

यदि तपाई आर्थिक रूपले सक्षम हुनुहुन्छ र घरको कामकाजका लागि नोकर त राख्नुहोस् तर प्रत्येक कुराका लागि नोकरमा निर्भर रहनु राम्रो कुरा होइन । अधिकांश काम आफैं गर्नुपर्छ । यसो गर्दा घर व्यवस्थित हुनुका साथै सबै काम सफाइ र सुचारु रूपले हुन्छ । नोकरले पनि राम्रो काम पनि गर्न सिक्छ । सम्भव भएसम्म घरको आवश्यक सामान अथवा खाद्यान्न नोकरलाई ल्याउन लगाउनु हुादैन । आफूले नै ल्याउने गर्नुपर्छ । यसो गर्दा सामानको बचत त हुन्छ नै साथै घरको आवश्यकताका बारेमा पनि थाहा हुन्छ । कामकाजी महिलाले आफू घरमा भएको समयमा भान्साको र खाना बनाउने काममा बढी भन्दा बढी समय बिताउनुपर्छ । यसो गर्दा घर व्यस्थित हुनुका साथै पारिवारिक सदस्यहरूबीचमा अपनत्व र प्रेम बढ्छ र सबैको स्वास्थ्य पनि राम्रो हुन्छ । 

नोकरहरूसाग आफ्नो व्यवहार सदैव राम्रो सुमधुर बनाउनुपर्छ । स–साना गल्तीहरूमा गाली त गर्नुहोस् तर पिट्ने धेरै कराउने गर्नु हुादैन । नोकरबाट कुनै गल्ती भैहालेमा उसले मायाले सम्झाएर फेरि त्यो गल्ति नदोहोरियोस भन्ने शिक्षा दिनुपर्छ । यदि तपाईले यसरी सम्झाउादा सम्झाउादै पनि उसले त्यही गल्ति दोहोराउछ भने उसलाई घरबाट निकालिदिनुपर्छ । 

नोकरहरूसाग काम लिन सक्नु पनि एउटा कलाको भन्ने कुरा सत्य हो । यदि तपार्यले सुझबुझता र समझदारीसाग आफूले चाहेअनुरूप नोकरसाग काम गराउन सकेमा तपाईंको घर व्यवहारका सबै काम सजिलै हुने छ ।

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>