लकरसम्बन्धी सुविधा

झरना नहर्की

फाल्गुन २, २०७२ बैंकले आफ्ना बहुमूल्य वस्तुको सुरक्षाका लागि लकरको सुविधा उपलब्ध गराउँदै आएका छन् । यसका लागि बैंकले न्यूनतम अग्रिम वार्षिक भाडा लिन्छ । लकरको भाडा लकरको सुविधा तथा बैंकअनुसार फरक–फरक हुन्छ । बैंकको लकर केवल बैंकमा खाता हुनेहरूलाई मात्र प्रदान गरिन्छ । लकर भाडामा दिँदा बैंकले एफडीआरको हकमा केही रकम सुरक्षाको हिसाबले जम्मा गराउँछ । 

लकर कसरी प्राप्त गर्न सकिन्छ  ?

लकर संचालन गर्ने हो भने बैंकमा व्यक्तिगत खाता हुनु जरुरी छ । यसका साथमा व्यक्तिको फोटो आवश्यक हुन्छ । 

यसरी खोल्न सकिन्छ लकर 

लकर खोल्न ग्राहकको आइडी पु्रफ हेरी हस्ताक्षर मिलाइन्छ । त्यसपछि लकरको साँचो दिइन्छ । लकर विशेषगरी तीन आकारको हुन्छ । यसलाई खोल्न एकै समयमा दुईवटा साँचोको आवश्यकता पर्छ । एउटा ग्राहकसँग हुन्छ भने अर्को बैंकसँग । 

लकरको प्रयोग 

आफूलाई भरोसा भएका आफन्तको जानकारी बैंकलाई दिनुपर्छ । आफूले राखेको विशेष सामान समय–समयमा जाँचिरहनुपर्छ । लकरको साँचो सुरक्षित राख्नुपर्छ । साँचो हरायो भने फेरि अर्को साँचो बनाउने प्रक्रिया लामो हुन्छ । साँचोको विषयमा विश्वासिलो व्यक्तिलाई मात्र जानकारी दिनुपर्छ । यसलाई कुनै सुरक्षित स्थानमा लुकाएर राख्नुपर्छ । 

लकर कत्तिको सुरक्षित ?

वर्तमान समयमा साँचोकै मात्र भरमा निश्चिन्त हुन सकिँदैन । लकरमा आफ्ना बहुमूल्य सामानहरू संचय गरेर राखिन्छ । बैंकमा पनि लकरको स्थान निकै सुरक्षित हुन्छ । त्यहाँबाट सामान चोरी हुने सम्भावना निकै कम छ । अहिले लकर राखिने स्थानमा विद्युतीय सेन्सर पनि जडान गरिएको हुन्छ । यस्तो सुरक्षा व्यवस्था हुँदा जो–कोहीलाई सामान चोरी गर्न गार्‍हो पर्छ । 

लकर शुल्क 

फरक–फरक बैंकले लकरको आकारअनुसार लकरको भाडादर तय गरेका हुन्छन् । लकरको मूल्य बैंकको शाखाका आधारमा हुन्छ । ठूला सहरभन्दा साना सहरमा लकरको मूल्य केही कम हुन्छ । 

के गर्ने ?

महँगा कागजपत्र तथा नगदलाई प्लास्टिकमा हाली एअर टाइट ब्याग वा पाउँचमा राख्नुपर्छ । 

तल्लो भागको लकर लिनु हुँदैन । 

लकर पूर्णरूपमा सुरक्षित छ–छैन जाँच्नुपर्छ । 

लकर भएको ठाउँमा सुरक्षाको के–कस्तो प्रबन्ध गरिएको छ जानकारी लिनुपर्छ ।

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

?>