कभर गर्ल
साँचो स्वतन्त्रता उपहारमा पाइँदैन 
रेखा थापा
राजनीतिमा मज्जाकी कलाकारितामा ?
म दुवैमा उत्तिकै रमाउँछु । यी दुवै क्षेत्र जनतामाझ जाने हुँदा म दुवैलाई उत्तिकै सम्मान गर्छु । यद्यपि कलाकारितामा राम्रो अभिनय गरे पुग्छ तर राजनीतिमा अभिनयका साथमा बोलेको बचन पनि पूरा गर्नुपर्छ ।
के हाम्रा नेताहरूले बोलेका कुरा पूरा गरेका छन् त ?
त्यही भएर त देश यस्तो भएको छ । 
तपाईं नेता बन्ने सम्भावना कत्तिको छ ?
पक्कै सम्भावना छ । म जन्मिएकै समाज सेवाका लागि हो । म चलचित्रमार्फत त्यही क्रान्तिमा लागिरहेकी छु ।
पहिलो महिला प्रधान मन्त्रीका रूपमा देखिने रहर पनि छ कि ?
अहिलेसम्म राष्ट्रपति तथा प्रधानमन्त्री जनताले सीधै छान्न पाएका छैनन् । जनताबाटै चुनिएर राष्ट्रपति वा प्रधानमन्त्री हुने रहर छ । म कसैले किस्तीमा सजाएर दिएको पदको विरोधी हुँ । कसैले भिखमा दिएर होइन लडेर मन जितेरै त्यो स्थानमा पुग्न चाहन्छु ।
पार्टी फेरिरहनुको कारण के होला ?
कतै विचार मिल्दैन भने सधै त्यही ठाउँमा बस्नुपर्छ भन्ने हुँदैन । फेरि सधैंभरि विचार मिलिरहन्छ भन्ने पनि हुँदैन । 
राजनीतिमा लाग्न चलचित्रमा पूर्णविराम लगाउने सोच त छैन ?
गत वर्ष मैले बाहिरका ३ वटा चलचित्रमा काम गरें तर अब आफ्नै ब्यानरबाट निर्मित वर्षमा एउटा मात्र चलचित्रमा काम गर्ने सोच बनाउँदैछु ।
तपाईं जहिले पनि विवादमा मात्र आउनुहुन्छ नि ?
अहिले अलि कम छ । म सत्य बोल्ने मान्छे, सत्य कसैलाई पच्दैन र त्यसैलाई तोडमोड गरी आफै गसिप बनाउँछन् । 

प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ
तस्बिर : महेश प्रधान 
लोकेसन : मुनलाइट होटल, पकनाजोल
मेकअप : अम्बु रुचाल, मिरर ब्युटिक्लब, मैतीदेवी 
पहिरन : वुमेन्स प्लानेट, घन्टाघर

अन्य कवर गर्लहरू