नम्बर एक प्रियंका
-राधिका अधिकारी
नेपाली चलचित्र क्षेत्रमा अभिनेतृ रेखा थापाको हालीमुहाली चलिरहेका बेला पियंका कार्कीको इन्ट्री भयो । त्यो समय थुप्रै नायिका काँचको पर्दामा देखा परे पनि कसैले नायिका थापाको स्टारडमलाई पछि पार्न सकिरहेका थिएनन् । यस्तो अवस्थामा पनि प्रियंकालाई भने दर्शकहरूलाई आफ्नो पक्षमा पार्न धेरै समय लागेन । अहिले रेखा प्रियंकाको छायामा पर्न थालेकी छिन् ।
चलचित्र क्षेत्रमा आएसँगै प्रियंका विभिन्न कारणले सधैं चर्चामा रहिन् । पहिले कार्कीलाई युवापुस्ताका दर्शक तथा चलचित्र क्षेत्रकै मानिसले पनि सेक्स सिम्बोलका रूपमा हेरे । त्यसो त उनीमाथिको यो सिम्बोल उनकै कमाइ हो ।
सानैदेखि अभिनयमा रुचि राख्ने कार्कीले केही समय संचार क्षेत्रमा समेत आफ्नो समय खर्चिएकी छिन् । कान्तिपुर टेलिभिजनमा झन्डै दुई वर्ष भिजेका रूपमा काम गरेकी कार्की सन् २००५ को ‘मिस टिन’ समेत हुन् । सिने नगरीमा प्रवेश गरेदेखि नै उनी निकै व्यस्त छिन् । अहिले उनको हातमा थुप्रै चलचित्र छन् । सेक्सी लुक, आकर्षक नृत्य तथा कामप्रति जिम्मेवार भएकै कारण उनले फुर्सदमा बस्नुपरेको छैन ।
मेहनत प्रियंका कार्कीको सबैभन्दा ठूलो शक्ति हो । त्यसैले उनी यो क्षेत्रमा ढिलो प्रवेश गरेर पनि राम्रो स्थान र नाम बनाउन सफल भइन् । यद्यपि चलचित्रका पारखीहरूउनको अभिनयबाटभने सन्तुष्ट देखिँदैनन् । कार्कीका अधिकांश चलचित्र हेरेका समीक्षक गोकर्ण गौतम उनको अभिनय फितलो भएको बताउँछन् । प्रियंकाले प्राय: एकै किसिमका चरित्र निर्वाह गरेको उनको भनाइ छ ।
अर्का चलचित्र समीक्षक सामीप्यराज भने कार्कीलाई भर्सटायल अभिनेतृका रूपमा लिन्छन् । तिमल्सिना भन्छन्–‘प्रियंका गर्लफ्रेन्डदेखि आमा सबै किसिमका भूमिकामा सुहाउँछिन् । नेपालका अभिनेतृमा यस्तो भर्सटालिटी कमै देख्न पाइन्छ । प्रियंकालाई यस्ता चरित्र सुहाउने मात्र होइन, उनले त्यस्ता भूमिकामा न्याय पनि गर्न सक्छिन् ।’
दुई दशकअघि चलचित्र ‘महादेवी’मा बालकलाकारका रूपमा क्यामेरा फेस गरेकी प्रियंकालाई आज पनि क्यामेरासँग डर लाग्छ अर्थात् उनी नर्भस हुन्छिन् तर समयसँगै उनको त्यस्तो डरमा फरक छ । त्यतिबेला आफूलाई कसैले चिन्दैनथे अहिले सबैले चिन्छन्, त्यसैले प्रियंका अ