स्वप्निल यात्रामा क्रिस्टिना
अमेरिकामा सूचना प्रविधि पढ्न गएकी क्रिस्टिना गुरूङ बिदामा नेपाल आएकी थिइन् । उनले देखिन्– सिक्वेल सिनेमा ‘प्रेम गीत ३’ को नायिकाका लागि अडिसनको विज्ञापन । त्यसले उनलाई आकर्षित ग¥यो । अडिसन दिने २ हजार ७ सय १४ जना आवेदकमा उनको पनि नाम थियो । त्यसबाट जब टप २५ मा छानिइन्, उनको मन ढुक्क भयो । उनलाई लाग्यो, ‘पक्कै म नै छानिन्छु ।’
अध्ययनका लागि अमेरिका जानुअघि उनले नेपाली चलचित्र त्यति हेरेकी थिइनन् । अमेरिका पुगेपछि भने युट्युबमा उपलब्ध सबै नेपाली चलचित्र हेर्न भ्याइन् । चिनो र साइनो चार पटकसम्म दोहो¥याएर हेरिन् । पछिल्लो समयको चलचित्रमा चाहिँ ‘प्रेम गीत’ उनलाई खुब मन परेको थियो । त्यसकै सिक्वेलमा आफूले अभिनय गर्न पाउने कल्पनाले पनि उनी उत्साहित थिइन् ।
त्यसो त, उनी सानी छँदा खेल्ने क्रममा बहिनीलाई हिरो बनाउँथिन्, अनि आफू सल ओढेर हिरोइन हुन्थिन् । अनि ‘चाहन्छु म तिमीलाई नै’ भन्दै नाच्थिन् । यसरी हुर्किएकी क्रिस्टिनासँग रगतमै अभिनय रूचि थियो । टेलिसिरियलमा अभिनय गरिसकेकी आमाकी छोरी थिइन् उनी । आफूलाई रूचि भएको क्षेत्रमा लागेर छोरीले प्रगति गरेको देख्ने चाहना थियो आमाको । त्यसैले एसएलसीपछि नै चलचित्रमा आउने प्रयास गरेकी पनि थिइन् । तर अध्ययनलाई अघि बढाउँदै जाँदा अमेरिका पुगिन् । त्यो विरानो ठाउँले उनलाई धेरै सिकायो । त्यहाँ पनि उनले अभिनयको मोहलाई मनमनै हुर्काइन् । भरत नाट्यमको कक्षा लिइन् । त्यसले नै उनलाई २५ जनामध्येबाट पनि उत्कृष्ट बनायो । उनी नायिकाको रूपमा छनोट भइन् । त्यसअघि नै उनले केही म्युजिक भिडियोमा अभिनयको अनुभव पनि गरिसकेकी थिइन् ।
उनलाई चलचित्रको टिम राम्रो लाग्यो । दर्शकले पनि उनको अभिनय रुचाए । उनी दङ्ग परिन् । दर्शकले रुचाए अभिनयलाई निरन्तरता दिने उनको योजना छ । नृत्यप्रति क्रिस्टिनाका गहिरो रुचि छ, अनि अभिनयमा हरेक किसिमका चरित्रमा देखिने चाहना । चलचित्रका साथमा शास्त्रीय नृत्यमा पनि केही नयाँ गर्ने सोच छ उनको । क्रिस्टिनालाई चलचित्रमा छिरेको सुरूको दिनदेखि अभिनेत्री सुष्मा कार्कीजस्तै देखिन्छिन् भन्ने कमेन्ट सुन्दै आएकी छिन् । ‘म आफूजस्तो किन देखिन्न ?’ उनी आफैँसँग प्रश्न गर्छिन् । आफू जे–जस्तो देखिए प