अन्य

जातीय विभेदविरुद्ध रीता

जातीय विभेद र छुवाछूत अन्त्यका लागि मेची–महाकाली पैदल यात्रा गरेकी सामाजिक अभियन्ता तथा नारीवादी रीता परियारले आफ्नो यात्राले विभेदविरुद्धको सोचमा ऊर्जा भर्ने काम भएको बताउँछिन् । १ हजार ८४ किलोमिटर यात्राले उनलाई नेपालको वास्तविक मुहार छर्लङ्ग पारेको छ ।तपाईंको हजार किलोमिटर मेची–महाकाली यात्राको उपलब्धि के हो ?हामीले सुस्ताएको जातीय विभेदविरुद्धको आन्दोलनलाई उठायौं । हामीले पदयात्रा नगरेको भए अहिले जुन तरिकाले विभेदविरुद्ध आवाज उठेको छ, त्यो उठ्ने थिएन । हामीले चेतना संचार गर्‍यौं । मैले देशभरिका आमा, दिदीबहिनीबाट जुन अथाह माया र सम्मान पाएँ त्यो मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि हो ।नेपाल कस्तो रहेछ ?प्राकृतिक रूपमा अति सुन्दर तर सामाजिक रूपमा अति निर्मम.... नेपाली–नेपालीबीच धेरै खाडलहरू छन् जुन अत्यन्तै पीडादायी छन् ।यो यात्राले जातीय विभेदबारे के सिकायो ?राष्ट्रले नै यो समस्यालाई एउटा गहन विषयका रूपमा लिनुपर्छ र सारा नेपालीहरूको साझा मुद्दा बन्नुपर्छ । यो पदयात्रा मेरा लागि युनिभर्सिटीको वर्षौंको अध्ययनभन्दा गहिरो रह्यो ।तपाईंको यात्राले पत्ता लगाएको समस्या समाधानको उपाय के हुनसक्ला ?हामीले यात्राका बेला नै भनेका थियौं ७ सय ५३ स्थानीय निकाय, पालिका र प्रत्येक वडाले यो विषयलाई मुख्य समस्याका रूपमा स्वीकार गर्नुपर्छ र दलित उत्थानका लागि विशेष जोड र बजेट छुट्याइनुपर्छ ।अन्तर्राष्ट्रिय स्तरमा जातीय विभेदको अवस्था कस्तो छ ?संसारमा जहाँ नेपालीहरू पुगेका छन् त्यहाँ जातीय व्यवस्था पुगेको छ । एउटा सुटकेसमा देश र अर्को सुटकेसमा विभेदसँगै जातव्यवस्था बोकेर जान्छन् ।यसलाई साझा मुद्दा बनाउन के गर्नुपर्ने आवश्यकता देख्नुहुन्छ ?जातीय समस्या अब दलितको मात्र होइन गैरदलितको पनि हो । यो राष्ट्रकै समस्या हो । तसर्थ राज्य स्वयंले यो मुद्दाका लागि ठोस कदम, नीति–नियम बनाई कार्यान्वयनमा जोड दिनुपर्छ ।नेपाली महिलाभित्रका पनि दलित महिलाको अवस्था कस्तो छ ?नाजुक छ । हाम्रो देशमा सबै महिलालाई नै दोस्रो दर्जाको नागरिकका रूपमा हेरिन्छ भने दलित महिलाहरू जो सामाजिक, शैक्षिक, राजनीतिक, आर्थिक सबै पक्षबाट पछाडि छन् उनीहरूको अवस्था कहालीलाग्दो छ । दलित महिला सबैभन्दा पिँधमा छन् त्यसमा पनी मधेसी दलित महिला झनै पिँधमा पिल्सिएका छन् ।ती महिलाको सशक्तीकरणका लागि के जरुरी ठान्नुहुन्छ ?पुरुषहरूले पनि महिला सशक्तीकरणमा हातेमालो गर्नुपर्‍यो । ७ सय ५३ स्थानीय निकायले दलित र पीडित महिलाको उत्थान र सबलीकरणका लागि रोजजारीमूलक तालिम, शिक्षामूलक कार्यक्रम ल्याउनुपर्‍यो । महिला आर्थिक रूपमा बलियो हुनु एकदमै जरुरी छ ।तपाईं केका लागि लडिरहनुभएको छ र यसको गन्तव्य के हो ?मानवीय समानता र सबैले समान हक, अधिकार, इज्जत र सम्मानका साथ बाँच्न पाऊन् भन्ने उद्देश्यका साथ लडिरहेकी छु ।तपाईंलाई के प्राप्त गर्ने भित्री इच्छा छ ?नेपाली महिलाहरू सक्षम, निडर एवं निर्धक्क भएर समाजको बन्धनभन्दा माथि रहेर आफूखुसी बाँचेको हेर्ने मन छ ।तपाईंले कुनै दुईजना व्यक्ति छान्नुपर्‍यो भने कसलाई छान्नुहुन्थ्यो र किन ?पारिजात र माया एन्जलु । पारिजातलाई पढ्दा जीवनका विविध समस्याका बाबजुद पनि बाँच्ने साहसका साथै समाजलाई प्रेरित गर्न सकिन्छ, आफ्नै लागि बाँच्ने धेरै छन् तर अरूका लागि बाँच्नु अलग्गै पहिचान हो भन्ने महसुस गर्न सकिन्छ । त्यसैगरी मायालाई बुझ्दा उनले तत्कालीन रंगीय विभेद, अनेकौं सीमितता र चुनौतीलाई पार गर्दै सफल जीवन र संसारलाई नै प्रभावित पारिन्, जसको प्रभाव ममा पनि पर्‍यो ।  

नारी संवाददाता , मंसिर ८, २०७७

-- पुरै पढ्नुहोस् --

सुजीको रसबरी

सुरुमा चास्नी तयार गर्ने । चास्नी बनाउनका लागि चिनी र पानी राखेर बाक्लो हुन्जेल उमाल्ने । त्यसमा सुक्मेल पाउडर र कागतीको रस मिसाउने ।

नारी संवाददाता , कार्तिक ६, २०७७

-- पुरै पढ्नुहोस् --

इन्डोर प्लान्ट्स

घरको आन्तरिक सजावट सधैं खुसी र ऊर्जावान् राख्न मद्दत मिल्ने किसिमको हुनुपर्छ । आन्तरिक सज्जाका लागि निकै उपयोगी हुन्छन्, इन्डोर प्लान्ट्स ।

नारी संवाददाता , कार्तिक १६, २०७७

-- पुरै पढ्नुहोस् --

पडकास्टिङमा मिसेलदेखि पायलसम्म

थपिएका केही नयाँ पडकास्ट–हाम्रो कल्चर म्याटर्स, पिरियडका कुरा, होप, साइक विज्ञान नेटवर्क नेपाल (पीएनएन) आदि । अनि यिनको विशेषता–सबैमा महिला प्रस्तोता । यसलाई संयोग भन्ने कि के ? उता भारततिर पनि पडकास्ट प्रस्तोतामा महिलाको संख्या धेरै र बढ्दो पनि छ ।

सजना बराल, कार्तिक १३, २०७७

-- पुरै पढ्नुहोस् --

एसिडमा कानुन

तेजाब (एसिड) ले उनको जीवन पोलिएको छ । एसिडले बनाएको घाउ देखेर उनलाई अस्पतालमा भेट्न जानेले ‘चिन्ता नलिऊ निको हुन्छ’ भनेर सान्त्वना त दिए तर उनलाई थाहा थियो यो घाउ अब कहिल्यै निको हुँदैन, जीवनभर पोलिरहन्छ, जिन्दगीमा कहिल्यै नसकिने चिन्ता बनेर चर्‍याइरहनेछ ।

नारी संवाददाता , कार्तिक १३, २०७७

-- पुरै पढ्नुहोस् --

खाद्यमा मिसावट

खाना सबै प्राणीका लागि अति आवश्यक छ । यो स्वच्छ, सफा र स्वस्थ हुनुपर्छ । यसमा कुनै प्रकारको अखाद्य वा रासायनिक वस्तुको मिसावट हुनुहुँदैन ।

कार्तिक ६, २०७७

-- पुरै पढ्नुहोस् --

जातजातिका दसैं

दसैं यस्तो पर्व हो, जसले सारा नेपालीको घर–घरमा उल्लास ल्याइदिन्छ । पश्चिम वैतडीदेखि पूर्व ताप्लेजुङसम्म, सोलुको हिमाली गाउँघरदेखि सर्लाहीका बस्तीसम्म यसले खुसी भित्र्याउँछ ।

सुजाता मुखिया, कार्तिक ६, २०७७

-- पुरै पढ्नुहोस् --

महामारीमा जात्रा–पर्व 

संस्कार–संस्कृति हाम्रा परम्परा हुन्, तिलाई जोगाउनु र मनाउनुपर्छ । तर, सुरक्षा अपनाएर । सोह्र श्राद्ध पनि भर्चुअल तरिकाले गर्न त सकियो नि भन्ने विषयमा मैले नै बोलेकी थिएँ । दसैंमा सामान्यतया घरमै धेरै पूजापाठ गरिन्छ ।

नारी संवाददाता , कार्तिक ६, २०७७

-- पुरै पढ्नुहोस् --

फेस्टिभलमा फ्युजन वेयर

कोरोना महामारीका कारण रोकिएको व्यापार/व्यवसाय विस्तारै चलायमान हुने क्रममा छ । सामान्य अवस्थामा फर्किन भने समय लाग्ने देखिन्छ । दसैं, तिहार, छठ आदि ठूला चाडपर्वको मौसम नजिकिएसँगै बजारमा भने चहलपहल बढेको छ । तर, विगतमा झैं किनमेलको दृश्य अझै देखिन सकिएको छैन ।

रोजिन शाक्य, कार्तिक ६, २०७७

-- पुरै पढ्नुहोस् --

खाद्य सुरक्षाको सवाल

जब चाडबाड आउँछ, बजारमा खाद्यवस्तुको स्वच्छता नियमनको चासो पनि बढ्छ । आजकल खाद्यवस्तुको आपूर्तिमा अन्तर्राष्ट्रिय बजारमाथि बढी नै निर्भर हुने हुँदा खाद्यवस्तुको आयात–निर्यात निर्देशिका तर्जुमा हुनुपर्छ । यसमा राज्यको दायित्व महत्वपूर्ण हुन्छ, हुनुपर्छ ।

यमुना घले, कार्तिक ६, २०७७

-- पुरै पढ्नुहोस् --

नारी मासिक कस्तो चाहनुहुन्छ ?

‘नारी’ मासिक नेपालको एक मात्र गुणस्तरीय र व्यावसायिक महिला पत्रिका हो भन्नेमा शंकै छैन । यसले फराकिलो दायरामा विभिन्न क्षेत्र, जातजाति, पेसा, व्यवसाय, तह र तप्काका महिलालाई समेट्दै आएको छ । यसले समग्र महिलाको सशक्तीकरण र व्यक्तित्व विकासमा निरन्तरता पाउँंदै जाओस् ।

नारी संवाददाता , कार्तिक ४, २०७७

-- पुरै पढ्नुहोस् --