बजार

भर्चुअल खरिदमा फाइदा र जोखिम

मःम र पिज्जा खान रेस्टुरेन्ट धाइरहनु पर्दैन । लुगाफाटो चाहियो वा खाद्यान्न, बजार दौडिनु पर्दैन । विद्युतीय उपकरणदेखि फर्निचरसम्म, सौन्दर्य प्रसाधनदेखि गरगहनासम्म आफ्नै ढोकासम्म आइपुग्छन् । यी सरसामान हेर्ने, खोज्ने, मगाउनेदेखि पैसा भुक्तानीसम्म कुनै झन्झट व्यहोर्नुपर्दैन । किनभने अहिले अनलाइनमार्फत सबै काम छिटो र छरितो गर्न सकिन्छ ।अहिले घरेलु सरसामानदेखि लत्ताकपडासम्म चाहिएमा ‘सस्तो डिल’, ‘दराज’ ग्यापु जस्ता अनलाइन प्लेटफर्मले यो क्षेत्रमा काम गरिरहेका छन् भने कुनै पनि रेस्टुरेन्टको परिकार खान मनलागे ‘फुडमान्डु’, ‘फुडमारियो’ फुडमानिया लगायत चलायमान छन् । ‘मेरो सपिङ’, ‘भाटभटेनी’, ‘केक सेवा’ लगायत दर्जनौं अनलाइन पसलले खाद्यान्नदेखि सागसब्जी घर–घरमा पुर्‍याइरहेका छन् । चिकित्सकको सेवा पनि अनलाइनबाटै लिन सकिन्छ । ‘जिभी एप’ ले सबै प्रकारका औषधी र मेडिकल उपकरण उपलब्ध गराउँदै आएको छ । अनलाइन प्लेटफर्ममार्फत हुने कारोबारलाई ‘खल्ती’, ‘ई–सेवा’, ‘आईएमई–पे’, ‘प्रभु–पे’ लगायतले सहज बनाइदिएको छ ।त्यसैगरी, फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमार्फत पनि अनलाइन खरिदारी हुँदै आएको छ । हुन त नेपालमा अनलाइन खरिदारीको यो ट्रेन्ड दुई दशकअघि नै सुरु भएको मानिन्छ । ठमेल डटकम, मुन्चा डटकम आदिले उपभोक्तालाई घर–घरमै किनमेलको सुविधा उपलब्ध गराइदिएका थिए । यी प्लेटफर्मबाट विदेशमा रहेका आफन्त एवं साथीभाइले नेपालमा रहेका परिवारजनलाई खासगरी उपहार पठाउने चलन सुरु गरेको थियो । अहिले भने प्रविधिले छलाङ मारेसँगै अनलाइन खरिदारीको तीव्रता र फैलावट अझ बढ्न पुग्यो ।हातहातमा मोबाइल हुनु, घर–घरमा इन्टरनेट जोडिनु, बिजनेस एप्लिकेसन्स प्रयोगमा आउनु, सामाजिक सञ्जालले व्यापकता पाउनु, बैंकिङ प्रणाली डिजिटलाइज्ड हुनुले खरिदारीको परिपाटी नै परिवर्तन गरिदिएको छ । चाहे रेस्टुरेन्टको खानेकुरा होस् वा कुनै ब्रान्डको सरसामन, अनलाइनबाट सहजै र सोझै खरिद गर्न सकिन्छ । यस्तो अवस्थामा बजार धाइरहने झन्झट किन उठाउने ?भक्तपुरकी शुभेच्छा खरेलले लुगाफाटो र मुखको तलतल मेट्न रेस्टुरेन्टको खानेकुरा अनलाइनबाटै अर्डर गर्छिन् । ‘अर्डर गरेपछि ढोकामै आइपुग्ने भएकाले आफूलाई कुनै झन्झट हुँदैन,’ उनले भनिन्, ‘घर बाहिर निस्कने मुड नहुँदा वा समय नहुँदा अनलाइनबाट सामान मगाउनु उपयुक्त हुन्छ ।’अहिले मान्छेको दैनिकी व्यस्त र धपेडीमा बित्नु, किनमेलका लागि बजार धाउने, मोलमोलाइ गर्ने फुर्सद नहुनुले पनि अनलाइन खरिदारी सहज विकल्प बनेको छ । बदलिँदो सहरी जीवनशैलीको एउटा हिस्सा यसलाई मान्न सकिन्छ । त्यसो त कोरोना महामारीका कारण अहिलेको हिँडडुल र भीडभाड गर्न अनुकूल स्थिति छैन । किनमेल गर्न पनि सहज छैन । यही कारण पनि अहिले अनलाइन खरिदारीले फैलिने र मौलाउने मौका पाएको छ ।अनलाइन खरिदारीको सुविधा काठमाडौं जस्ता सहरी क्षेत्रमा मात्र नभई देशभरि फैलिँदै गएको पाइन्छ । टेलिभिजन, ल्यापटप, मोबाइल, घडी, लत्ताकपडादेखि तरकारी, फलफूलसम्म अनलाइनबाट देशभर नै खरिदबिक्रीको सुविधा दिएको ‘ग्यापु मार्केट प्लेस’ का अपरेसन प्रमुख प्रतीक नापित बताउँछन् । ‘अहिले लकडाउनले गर्दा हामीले बाहिर सेवा दिन सकेका छैनौं, अरू बेला सर्वसुलभ मूल्यमा सुविधा दिइरहेका थियौं’ नापितले भने ।कोरोना संक्रमण बढेसँगै आफ्नो सेवा राजधानी केन्द्रित गरेको र खासगरी स्वास्थ्य उपकरण एवं सामग्रीहरू बिक्री गरिरहेको उनले बताए । ‘अहिले हामी पीपीई, मास्क, पञ्जा, सेनिटाइजर लगाएर सेवा दिरहेका छौं’ उनी भन्छन् । उनका अनुसार अनलाइन खरिदारी भरपर्दो, छरितो र सस्तो पनि हुन्छ । सटर भाडा तिर्न नपर्ने भएकाले उपभोक्ताले कुनै पनि सामग्रीमा अतिरिक्त मूल्य चुकाउनु नपर्ने उनको दाबी छ ।‘फुडमारियो’ ले सहरवासीलाई घर–घरमा खानेकुरा उपलब्ध गराइरहेका छन् । अनलाइनबाट अर्डर तथा भुक्तानी गरेपछि खानेकुरा उपलब्ध गराइरहेको संस्थापक तथा कार्यकारी निर्देशक रोहित तिवारीले बताए । चार सयभन्दा बढी मूल्यको खानेकुरामा डेलिभरी शुल्क नलाग्ने उनी बताउँछिन् । तिवारीका अनुसार लकडाउनका बेला काठमाडौंमा दूध, दही, मोही, घिउ, सागसब्जी जस्ता दैनिक उपभोग्य वस्तुको अनलाइन खरिदारी बढेको छ । काठमाडौं, पोखरा, धरान, विराटनगर जस्ता ठूला सहरी क्षेत्र हुँदै अहिले यस्तो सेवा समग्र देशभर फैलिँदै छ ।ठगिने डरअनलाइन खरिदारी छरितो र सहज भए पनि यसले अझै उपभोक्तालाई निर्धक्क बनाउन सकेको छैन । बेलाबखत अनलाइन किनमेलमा ठगिएको भन्दै उजुरी पर्ने गरेको छ । ‘दराज’ जस्तो आधिकारिक कम्पनीले नै यस्तो आरोप खेपिरहेको छ ।खासगरी घरायसी सरसामान र लत्ताकपडा कमसल हुने वा ठगिने भय छ । ‘फेसबुक पेजमा राखिएका लुगाहरू जति राम्रो देखिन्छ, किनेका बेला त्यस्तो नहुन सक्छ’ शुभेच्छा भन्छिन् । फेसबुक पेजमार्फत समेत अहिले छ्याप्छ्याप्ती अनलाइन कारोबार भए पनि यसको गुणस्तरमा भने ध्यान दिइएको छैन । आफूखुसी र मनोमानी ढंगले फेसबुकबाट अनलाइन सेवा दिने एवं कारोबार गर्ने भएकाले यिनीहरूको सेवामा ढुक्क हुन सक्ने स्थिति छैन ।ग्यापु मार्केट प्लेसका नापित अनलाइन खरिदारीबाट ठगिने जोखिम रहेको स्विकार्छन् । ई–कमर्स व्यवसाय नेपालमा फस्टाउँदै गए पनि यसबारे स्पष्ट कानुन नहुँदा ठगिने जोखिम बढेको उनको निष्कर्ष छ । उनी भन्छन्, ‘यसलाई व्यवस्थित र नियमन गर्ने कानुन भए सबैले त्यही अनुसार हिँड्ने थिए र अहिलेको जस्तो ठगिने जोखिम रहने थिएन ।’ अनलाइन कारोबारमा धेरैले हात हाले पनि यसको नियमावलीबारे सबै जानकार नहुँदा यसमा विकृति बढ्दै गएको उनको बुझाइ छ । ‘दर्ता नगरी चलाएका फेसबुक पेज, इन्स्ट्राग्राम जस्ता सामाजिक सञ्जालका अनलाइन व्यापारलाई ई–कमर्स भन्न मिल्दैन । ई–कमर्स भनेको मध्यस्थकर्ता जस्तै हो’ नापित भन्छन् ।अनलाइन प्लेटफर्मबाट खरिदारी गर्दा उपभोक्ताले मोलमोलाइ गर्न नपाउने, वस्तुको मूल्य बढी राख्ने, गुणस्तर भनेजस्तो नहुने, खरिद गरिएको सामग्री कमसल भएमा क्षतिपूर्ति नदिने र साट्ने सुविधा पनि नहुने जस्ता कुराले अनलाइन खरिदारीलाई जटिल पनि बनाएको छ । ध्यान दिनुपर्ने कुरा- सपिङ गर्नुभन्दा पहिला वेबसाइटको सेक्युरिटी भेरिफाइ गर्नुपर्छ ।- उत्पादनकर्ताबारे जानकारी लिनुपर्छ । सम्पर्क ठेगाना एवं उत्पादनकर्ताबारे पुरै जानकारी ठगी व्यापार गर्नेले उपलब्ध गराउन सक्दैनन् ।- विश्वसनीय कम्पनी एवं प्लेटफर्मबाट खरिद गर्नुपर्छ । उनीहरूले भनेजस्तो सामान बिक्री गरेका छन्/छैनन् भन्ने कुरा ध्यान दिनुपर्छ ।- मूल्य, गुणस्तर, स्ट्यार्न्डड चेक गर्नुपर्छ । हेर्दा उस्तै देखिए पनि बजारमा एउटै सामान धेरै किसिमका हुन सक्छन् । सक्कली सामान हो/होइन, त्यसको स्रोत कहाँ हो भनेर बुझ्नुपर्छ ।- सामान खरिद गर्दा २–३ वटा अनलाइनबाट तुलना गर्नुपर्छ । त्यही ठाउँबाट सामान किन्नुपर्छ, जहाँ छिटो र सस्तो पाइन्छ ।- अस्पष्ट नियम र सर्त भएका वेबसाइटबाट टाढै रहनुपर्छ ।- अत्यधिक छुट दिएका वेबसाइटको विश्वास गर्नुहुँदैन । यस्ता वेबसाइटले कम गुणस्तरको सामान बिक्री गरी ठगी गरिरहेका हुन्छन् ।- सपिङ गर्दा प्रयोग गरिएका कुनै पनि सूचनालाई स्टोर गरेर राख्नुहुँदैन । सपिङ प्रक्रिया समाप्त भएपछि मेटिदिनुपर्छ ।- अनलाइन सेफ्टीको ख्याल गर्नुपर्छ । तपाईंले ‘लग इन’ गरिरहेको वेबसाइटमा ठेगानाका बारेमा ‘एचटीटीपीएस’ हुन्छ, त्यसलाई सुरक्षित मान्न सकिन्छ ।- अनलाइन किनमेलमा प्रयोग गरिने डेबिड कार्ड, क्रेडिट कार्ड, नेट बैंकिङको बैंक एकाउन्ट बेला–बेला जाँच गर्नुपर्छ ।- ठगीबाट जोगिने उपाय भनेको हेर्दै नहेरी बिल भुक्तानी गर्नुभन्दा चित्त बुझेमात्र भुक्तानी गर्नुपर्छ । त्यस्तै, सामान मगाउँदा नै केही सर्त राखेर सपिङ गर्दा सजिलो हुन्छ ।

सुजाता मुखिया, आश्विन १४, २०७७

-- पुरै पढ्नुहोस् --

कक्टेल पारखीका लागि

पुदिनाका पातलाई हत्केलामा राखेर अर्को हातले हिर्काउने । यसो गर्दा पुदिनाको वासना सबैतिर फैलिन्छ । त्यसलाई खाली गिलासमा हाल्ने, ४ देखि ६ पिस कागती हाल्ने । पुदिना र कागतीलाई “मडल” गर्ने, त्यसपछि ६० मिलिलिटर भोड्का हाली सुगर सिरप वा चिनी हाल्ने ।

नारी संवाददाता , फाल्गुन २१, २०७६

-- पुरै पढ्नुहोस् --

जाडोका पहिरन

स्मार्ट र एलिगेन्ट देखिन चाहनेहरूका लागि ब्लेजर, लाइक्रा, ऊलन आदि फेब्रिकमा लङ कोटहरू धेरैको रोजाइमा पर्छन् । कामकाजी महिलाहरू लक्षित वेस्टर्न डिजाइनमा डिजाइनर कोटहरू स्कर्ट डिजाइन, लेयर डिजाइन, सर्ट कोटहरू उपलब्ध छन् । यिनको मूल्य ६ हजारदेखि १५ हजार रुपैयाँसम्म पर्छ । 

नारी संवाददाता , पुस २१, २०७६

-- पुरै पढ्नुहोस् --

नेपाली उत्पादनको माग बढ्दो  

अहिले नेपाली उत्पादन टिकाउ हुनुका साथै गुणस्तरीय पनि हुँदै गएका छन् । विदेशी ब्रान्डहरूको छापले पनि नेपाली ब्रान्डप्रतिको मोह कम भएको हो । अहिले नेपाली पहिरन विदेश निर्यात हुने क्रमसमेत बढ्दै गएको छ । हरेक देशमा नेपालका उत्पादन पुगिसकेका छन् । नेपाली उत्पादनको माग विदेशमा उच्च छ । 

नारी संवाददाता , पुस २०, २०७६

-- पुरै पढ्नुहोस् --

भर्ताङको अर्गानिक स्याउ

काठमाडौंमा मनाङको भर्ताङमा उत्पादन भएको अर्गानिक स्याउको व्यवसायिक कारोबार सुरु भएको छ । एग्रो मनाङले उत्पादन गरेको ‘हिमालयन फ्रेस’ ब्रान्डको मनाङको उक्त स्याउको आधिकारिक विक्रेता जिके एन्ड सन्स एग्रो हो । मनाङबाट आइपुगेको स्याउ कोल्ड स्टोरमा राखेर मागअनुसार बजारमा पुर्‍याइने गरेको छ ।

नारी संवाददाता , कार्तिक ३०, २०७६

-- पुरै पढ्नुहोस् --

थरीथरीका विद्युतीय बत्ती

तिहारको पर्याय हो–उज्यालो । झिलिमिली बत्तीले पूरै घर नढाकी तिहारको रौनक आउँदैन । घर–आँगनमा बालिने झिलिमिली बत्तीले मनमा उल्लास, उमंग, एवं खुसी ल्याउँछन् । तिहारको मुख्य आकर्षण भनेकै झिलिमिली बत्ती हो । तिहारलाई लक्षित गरेर बजारमा विभिन्न कम्पनीका विद्युतीय बत्ती उपलब्ध हुन्छन् ।

नारी संवाददाता , कार्तिक ७, २०७६

-- पुरै पढ्नुहोस् --

उपभोक्ता हितविरुद्धका क्रियाकलापमा उजुरी लिने निकायहरू

आफूलाई आवश्यक परेको सार्वजनिक विषयको सूचना लिने अधिकार हरेक नागरिकमा हुन्छ । उपभोक्ता अधिकारका विषयमा जानकारी पाउनु हरेक नागरिकको अधिकार हो र यसलाई सुनिश्चित गर्नु सरकारको दायित्व हो । आफूलाई आवश्यक परेको सूचना सम्बन्धित सरकारी निकायहरूबाट प्राप्त गर्न सकिन्छ । 

नारी संवाददाता , आश्विन ७, २०७६

-- पुरै पढ्नुहोस् --

तीजमा पोते र  छड्के तिलहरी

पोतेलाई विवाहित महिलाको मौलिक पहिचान मानिन्छ । अझ रातो पोतेले त अनुहार नै उज्यालो बनाउँछ । रातो रंगलाई शक्ति तथा ऊर्जाको प्रतीक मानिन्छ । तीजलाई लक्षित गर्दै अहिले बजारमा विभिन्न डिजाइनका पोते उपलब्ध छन् ।

नारी संवाददाता , भाद्र १४, २०७६

-- पुरै पढ्नुहोस् --

साउनको पहिरन

गर्मी मौसम भए पनि वर्षाका कारण शीतल नै हुने साउनमा सकभर रंग नजाने तथा छिट्टै सुक्ने फेब्रिक छान्नुपर्छ । कतिपयले आफ्नो पहिरनलाई युनिक बनाउने धुनमा विभिन्न रंग तथा फेब्रिकको पाइपिङ, बोर्डर आदि राखेका हुन्छन् । कतिपय फेब्रिक रंग जाने वा सुक्ने समस्याले बिग्रने सम्भावना पनि हुन्छ ।

मोनिमा जोशी, फेसन डिजाइनरश्रावण १३, २०७६

-- पुरै पढ्नुहोस् --

स्कुटीमा सरर

नेपालमा विगत दुई वर्षदेखि स्कुटर राइडरहरूको सपना साकार पार्दै आएको भेस्पा १ सय २५ सिसीको लक्जरियस स्कुटर हो । प्रतिलिटर ५० किलोमिटर माइलेज दिने भेस्पा प्रतिघन्टा ६० किलोमिटर कुँद्ने बताइएको छ ।

लक्ष्मी भण्डारी थापा, मंसिर १, २०७५

-- पुरै पढ्नुहोस् --

व्यावसायिक मार्केटमा महिला

स्वउद्यम एवं स्वरोजगारीले मानिसलाई स्वावलम्बी बनाउँछ, आत्मनिर्भर हुन र आफूमा निर्णय क्षमता वृद्धि गर्न मात्र नभई आजको प्रतिस्पर्धात्मक समयमा आफूलाई अपडेट गर्न पनि महिलाहरू कामकाजी हुनु जरुरी छ ।

लक्ष्मी भण्डारी थापा, कार्तिक २६, २०७५

-- पुरै पढ्नुहोस् --