मिस नेपाल

नेपालमा हर्ट ट्रान्सप्लानेटको थ्रीडी अप्लाइ गर्ने सोच छ

मिस नेपाल सुपरनेचुरल–२०१९ रोज लामा परिवारसँगै अमेरिकामा बस्दै आएकी छिन् । ४ जना दिदीबहिनी भएकी रोज डिसेम्बर ७ मा मिस सुपरनेचुरलमा नेपालको प्रतिनिधित्व गर्दैछिन् । उनी गत वर्ष मिस नेपाल क्यालिफोर्निया जितेर आएकी हुन् । उनी लाइन्स क्लब डिस्ट्रिक  4C3 की गुडबिल एम्बेसडर पनि हुन् । अमेरिकामा अरू देशको भाषाबाट ड्राइभिङ टेस्ट लिए पनि नेपालीमा लिने व्यवस्था नभएकाले उनले अहिले आफ्नो क्लबमार्फत नेपाली भाषामा ड्राइभिङ टेस्ट हुनुपर्छ भन्ने अभियान पनि चलाइरहेकी छिन् । अमेरिकामा पढाइबुवा–आमा उतै बस्ने भएकाले हामी ४ जना दिदीबहिनी अमेरिका गएका हौं । म कक्षा ८ मा पढ्थें । अहिले म इन्ड्रस्ट्रियल डिजाइन तथा स्टुडियो आर्ट्समा स्नातक गरिरहेकी छु । नेपाल आउँदा मेरा ५ वटा क्लास बाँकी थिए र मैले त्यहाँ ३ वटा काम छोडेर आएकी हुँ । अब एक वर्ष ग्याप लिएर पढाइलाई निरन्तरता दिने सोच छ । एक वर्ष त सुपरनेचुरलका लागि दिनैपर्छ ।समाजसेवामा संलग्न म  ISC र EOPS नामक दुई वटा क्लबकी अध्यक्ष पनि हुँ । ISC अर्थात् इन्टरनेसनल स्टुडेन्ट कन्सर्न क्लबले विभिन्न देशका विद्यार्थीहरू जो अमेरिकामा उच्च शिक्षाका लागि आएका छन् उनीहरूलाई त्यहाँको कलेज, पढाइ र राष्ट्रसँग कनेक्ट गराउने काम गर्छ । EOPS मार्फत विद्यार्थीहरूलाई सल्लाहकारका रूपमा समस्या समाधान गर्ने क्लब हो । त्यसका अतिरिक्त पनि म ICC अर्थात् इन्टर क्लब कनेक्सनमा सेक्रेटरीका रूपमा सक्रिय छु । त्यहाँ विद्यार्थीहरूको मुभमेन्ट, एजेन्डा आदि बनाउने काम हुन्छ । म  FAPAC क्लबमा पनि छु । यसले टिचर र स्टुडेन्टको ग्याप हटाउने काम गर्छ भने अमेरिकामा हुने इलेक्सनको क्याम्पियनसमेत गर्छ । नेपालमा स्कोप देख्छुमास्टर सकेर नेपाल नै आउने सोच छ । मेरा दुई दिदी पढाइ सकेर नेपालमै काम गरिरहेका छन् । म पनि नेपाल नै फर्कने हो । आर्किटेक्टहरूले घरहरू डिजाइन गर्छन् तर इन्ड्रस्ट्रियल डिजाइनरले भूकम्पजस्ता प्राकृतिक प्रकोपबाट नभत्किने घर डिजाइन गर्छन् । हाम्रो जस्तो देशमा यसको निकै खाँचो छ । साथमा मसँग अरू पनि थुप्रै योजना छन् । मैले अर्ग्यान थ्रीडी डिजाइनर बन्ने लक्ष्य लिएकी छु । मेरो विषय पनि त्यही भएको र अहिले विश्वमा थ्रीडी प्रिन्टको प्रचलन व्यापक हुँदै गएकाले यही विधामा काम गर्न मन छ । हार्ट ट्रान्सप्लानेट गर्ने थ्रीडी रिसर्च गरेर त्यसलाई व्यवहारमा अप्लाइ गर्ने प्लान छ । रोजले यी काम पनि गर्छिन्डान्स कोरियोग्राफीडान्स कम्पनीमा काम गर्दा म त्यहाँ डान्स कोरियोग्राफरका रूपमा कार्यरत थिएँ । आफ्नो पहिरन आफै डिजाइनम आफ्नो पहिरन आफै डिजाइन गर्थें । त्यसबाट ममा आत्मविश्वास बढ्थ्यो । मलाई मनपर्ने काम फेसन डिजाइनिङ पनि हो । पपेट बनाउँछुम माटोको हातखुट्टा चल्ने पपेट पनि बनाउँछु, जुन सानोदेखि ठूलो जत्रो पनि हुन्छ । त्यसका लागि विभिन्न डिजाइनका पहिरन पनि डिजाइन गर्छु । बाहिरबाट पनि धेरै अर्डर आउँछ ।आर्टमा रमाउँछुम थ्रीडी आर्ट, क्ले आर्ट तथा पेन्टिङ गर्छु । फुर्सद भयो कि आर्टमा रमाउँछु । मेटालिका मन पर्छ म मेटालिकाको सानैदेखि फ्यान हुँ । म इलेक्ट्रिक गितार पनि बजाउँछु । म ब्लुज तथा ज्याज म्युजिकहरू सुन्छु र बजाउँछु । संगीतले मेरा लागि मेडिटेसनको काम गर्छ ।

नारी संवाददाता , असार १९, २०७६

-- पुरै पढ्नुहोस् --

भविष्यमा लाइफ कोच बन्ने सपना छ 

अरुसँग तुलना गर्ने बानी आजैदेखि त्याग्नुपर्ने रहेछ । तुलना गर्ने हामी हरेकको बानी हुन्छ । म अहिले कुनै पनि कुराको टेन्सन लिन्नँ । जे भैरहेको छ, त्यसलाई भैरहन दिन्छु ।

नारी संवाददाता , असार १८, २०७६

-- पुरै पढ्नुहोस् --

मिस नेपाल : अधिकांश गुमनाम !

मिस नेपालको छुट्टै महत्व छ । बेग्लै किसिमको इतिहास छ । नेपालमा वर्षेनी दर्जनौं सुन्दरी प्रतियोगीताहरु आयोजना हुँदै आएका छन् । यद्यपी, सर्बाधिक प्रतिष्ठित र लोकप्रिय प्रतियोगीता हो, मिस नेपाल । भलै, प्रतियोगिताको निष्पक्षता माथि पनि बेला–बेलामा प्रश्न उठ्यो, तर मिस वल्र्ड, मिस इन्टरनेशनलजस्ता अन्र्तराष्ट्रिय प्रतियोगितामा मुलुकको प्रतिनिधित्व मिस नेपालले गर्ने भएकाले यसको गरिमा राष्ट्रसँग जोडिने गरेको छ ।

रामजी ज्ञवाली, जेष्ठ १७, २०७६

-- पुरै पढ्नुहोस् --

२५ औं वर्षमा मिस नेपाल 

मिस नेपाल २०१९ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । मिस नेपालको २५ औं संस्करणमा अन्य २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस नेपाल वर्ल्डको ताज पहिरिन सफल भएकी हुन् ।

नारी संवाददाता , वैशाख २७, २०७६

-- पुरै पढ्नुहोस् --

मिस नेपाल–२०१९ का खोजी हुँदै

मिस नेपाल–२०१९ का लागि देश दौडाहामा निस्किएको मिस नेपाल आयोजक संस्था द हिडेन ट्रेजरले संघीय राजधानी काठमाडौंलगायत देशका प्रमुख सहरहरूमा अडिसन सम्पन्न गरेको छ । मिस नेपाल–२०१९ का लागि फागुन २९ देखि चैत १ गते सम्ममा धनगढी, नेपालगन्ज, बुटल र पोखरामा,  चैत्र ३ देखि ५ गते सम्ममा चितवन, वीरगन्ज, धरान र विर्तामोडमा चैत १० गते काठमाडौंमा फाइनल अडिसन संचालन गरिएको थियो । 

नारी संवाददाता , चैत्र १८, २०७५

-- पुरै पढ्नुहोस् --

‘मिसेस नेपाल ग्ल्याम’को आवेद खुल्यो

‘मिसेस नेपाल ग्ल्याम’को दोस्रो अडिसन सुरु भएको छ । आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले बुधबार विज्ञप्ति जारी गरी ‘मिसेस नेपाल ग्ल्याम २०१९’को आवेदन खुला भएको जनाएको हो ।

नारी संवाददाता , फाल्गुन १६, २०७५

-- पुरै पढ्नुहोस् --

सुरु भयो मिस नेपाल २०१९ को खोजी 

राजधानीमा यसै साता आयोजना गरिएको एक पत्रकार सम्मलेन मार्फत् मिस नेपाल २०१९ को खोजी कार्य विधिवत् रुपमा प्रारम्भ भएको घोषणा गरिएको थियो । द हिडेन ट्रेजरको आयोजनामा संचालन हुने मिस नेपाल २०१९ मा सहभागिता हुनका लागि इच्छुक युवती १९ देखि २५ वर्ष उमेर समूहको हुनु पर्ने प्रावधान रहेको छ ।

रोजिन शाक्य, फाल्गुन १३, २०७५

-- पुरै पढ्नुहोस् --

अन्तर्राष्ट्रिय ब्युटी प्याजेन्टमा सफलता

हाम्रो छिमेकी देश भारतले मिस वल्र्ड, मिस युनिभर्सदेखि धेरै अन्तर्राष्ट्रिय प्याजेन्ट जितिसकेको छ भने अर्काे छिमेकी देश चीनले थुप्रै पटक मिस वल्र्डदेखि अन्य अन्तर्राष्ट्रिय प्याजेन्टहरू आयोजित गर्दै आएको छ ।

सिर्जना दुवाल श्रेष्ठ, पुस ५, २०७५

-- पुरै पढ्नुहोस् --

मिस नेपाल आइडल मेरिना

पहिलो पटक राजधानीमा सम्पन्न मिस नेपाल आइडलको शिर्ष उपाधि मेरिना लिम्बुले उचालेकी छिन् । यसै साता सम्पन्न प्रतियोगीतामा धरानकी मेरिनाले १६ प्रतियोगीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । उनले इन्टेलिजेन्ट विधाको अवार्ड समेत हात पारेकी छिन् ।

नारी संवाददाता , असार १५, २०७५

-- पुरै पढ्नुहोस् --

रोनाली अमात्य, मिस नेपाल इन्टरनेसनल

उनी उपाधि जित्छु भन्ने टार्गेटका साथ यसमा सहभागी भएकी थिइन् । उनमा म सफल हुन्छु भन्ने भरपूर आत्मविश्वास पनि थियो । आत्मविश्वासले नै उनलाई मिस नेपाल–२०१८ मा मिस नेपाल इन्टरनेसनलको उपाधि जित्न सघाउ पुर्‍यायो । उपाधिसँगै रोनालीले जापानमा हुने मिस इन्टरनेसनल–२०१८ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

नारी संवाददाता , असार ३, २०७५

-- पुरै पढ्नुहोस् --

मनिता देवकोटा, मिस नेपाल युनिभर्स

मिस नेपाल युनिभर्स भएपछि आफूमा जिम्मेवारी थपिएको महसुस गर्ने मनिता अब अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा लागेकी छिन् । मिस युनिभर्सको यसपटकको थिम कन्फिडेन्ट्ली ब्युटिफुल भएकाले मनिताले ग्ल्यामर र फिजिकमा विशेष ध्यान दिइरहेकी छिन् ।

नारी संवाददाता , जेष्ठ ३१, २०७५

-- पुरै पढ्नुहोस् --