फोटो फिचर

सारसको वात्सल्य प्रेम

बचेराका चिरबिर–चिरबिर बोली । कोकिलकण्ठे बोलीले सबै मन्त्रमुग्ध हुन्छन् । लठ्ठ पर्छन् । सानो बचेरा छेउ अग्लो सारस देख्दा सबै रमाउँछन् । मन फुरुङ्ग बनाउँछन् । रोमाञ्चित हुन्छन् । विश्वमै दुर्लभ मानिएको सारसको मनमोहक गतिविधि बुद्ध जन्मस्थल लुम्बिनी र राजप्रासाद रहेको कपिलवस्तुको तिलौराकोट आसपास अहिले हेर्न पाइन्छ । माउ बचेराको वात्सल्य प्रेम देखेर यहाँ आउनेहरू मोहित हुन्छन् ।कपिलवस्तुको तिलौराकोट, रामनगर, रमतहला, बासखोर, गोटिहवा, जहदी र सिहोखोर गाउँ आसपास सारसको यस्तै चहलपहल देख्न पाइन्छ । त्यस्तै लुम्बिनीको विश्वशान्ति स्तूप, पर्सा बजार, खुनगाई, शिवगढिया, भगवान्पुर र भियतनाम विहार छेउ सारस बचेरा हुर्काउन व्यस्त छन् ।माउले बचेरालाई धाप, पोखरी, ताल र सिमसार क्षेत्रबाट कीरा फट्यांग्रा, गड्यौला र माछा समात्दै ख्वाइरहेका हुन्छन् । बचेराले सकी नसकी खान्छन् । खान सिकाउँदैछन् । दिनभरि बचेराकै हेरचाहमा व्यस्त हुन्छन् । रातमा सुरक्षित बस्छन् । सुरक्षामा उत्तिकै चनाखो हुन्छन् ।बचेरा ४/५ महिनाका भइसके । पहिलो उडान गर्न तयार भइसके । दुई–चार सातामा उडाएर लिएर जान्छन् । चारैतिर पानी जमेको ठाउँको बीचमा झारपात र घाँस राखेर अग्लो बनाएर अण्डा पारेको स्थान आसपास बच्चा स्याहार गरिरहेका छन् ।दुर्लभ पंक्षी सारसको रोमान्टिक नेस्टिङ देख्नेहरू सबै मोहित हुन्छन् । उनीहरूको दुर्लभ चहलपहल देख्दा सबै आनन्दित बन्छन् । सेतो टाउको, रातो घाँटी र खैरो शरीर हुने यो अग्लो चरा आफैमा चित्ताकर्षक देखिन्छ । संसारकै ठूलो चरामा गणना हुने यो उड्न सक्नेमध्ये सबैभन्दा अग्लो पंछी हो ।‘लुम्बिनी तिलौराकोट आसपास एकै ठाउँमा धेरै सारसले बच्चा हुर्काउनु राम्रो हो,’ वरिष्ठ चराविद् डा. हेमसागर बरालले भने, ‘यसले त्यस क्षेत्रको जैविक विविधता चरामैत्री देखाउँछ ।’ ओथारो बसेको ३१ देखि ३५ दिनभित्र बच्चा जन्माउँछ । बच्चा जन्मेको दुई–चार दिनमा सारसले सुरक्षा सतर्कता अपनाउँदै ओथारो बसेको ठाउँ छाड्छ ।बचेरा हुर्काउन गरेको संघर्ष, वात्सल्य प्रेम र ममताले उस्तै आल्हादित बनाइरहेको लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीले बताए । ‘त्यही भएर आफू दैनिकजसो माउ–बचेराको अद्वितीय प्रेम हेर्न जान्छु,’ उनले भने, ‘त्यहाँबाट पाउने मातृत्व, प्रेरणा र मैत्रीको जति बखान गरे पनि कम हुन्छ ।’ अग्लो र चित्ताकर्षक चरा हुँदा ओथारो बसेको र बच्चा हुर्काएको हेर्न पाउँदा आनन्दको अनुभूति हुने चराविद् दिनेश गिरीले बताए ।तस्बिरहरू : मनोज पौडेल

मनोज पौडेल, माघ ६, २०७७

-- पुरै पढ्नुहोस् --

अंशिका शर्माले पहिरिन् मिस युनिभर्स नेपाल २0२0 को ताज

अपाला ज्वेलर्सले डिजाइन एवं निर्माण गरेको १५ लाख मुल्य पर्ने ताज मिस युनिभर्स नेपाल २०२० ताज अशिकाले मिस युनिभर्सका लागि नेपालका नेसनल डाइरेक्टर नगमा श्रेष्ठको हातबाट पहिरिएकी हुन् । 

नारी संवाददाता , पुस १७, २०७७

-- पुरै पढ्नुहोस् --

मिस्टर एन्ड मिस ब्लाइन्ड

सधैजसो नाटक तथा सांस्कृतिक कार्यक्रम भैरहने राष्ट्रिय नाचघरको हरिप्रसाद रिमाल नाट्यलयमा भदौ ३० गते एउटा भिन्न कार्यक्रम सम्पन्न भयो । त्यहाँ हातमा सेतो छडी लिएर २१ प्रतिस्पर्धी आफ्नो जीवनमा घटेका विभिन्न घटना, कथा तथा आफ्नो जीवनको लक्ष्य–उद्देश्यसहित प्रस्तुत भएका थिए । १४ जना महिला तथा ७ पुरुष प्रतिस्पर्धीमध्ये ५ जना मात्र अल्पदृष्टिका थिए । 

नारी संवाददाता , कार्तिक ४, २०७६

-- पुरै पढ्नुहोस् --

भिभान्तामा केक मिक्सिङ

आज भिभान्तामा काठमाडौंमा केक मिक्सिङ कार्यक्रम सम्पन्न भएको छ । साथै असोज ३० गते देखि कार्तिक ९ गतेसम्म पञ्जावी फुड फेस्टिभल पञ्जावी धमाका शुरु हुदैंछ । 

नारी संवाददाता , आश्विन २८, २०७६

-- पुरै पढ्नुहोस् --

सकियो पुष्प मेला 

‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ मुल नाराका साथ फ्लोरिकल्चर एशोसिएशनको आयोजनामा मेला सम्पन्न भएको हो । 

नारी संवाददाता , चैत्र १२, २०७५

-- पुरै पढ्नुहोस् --

श्रीस्वस्थानी मेला

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म काठमाडौंको साँखुस्थित शालीनदीमा एक महिनासम्म माधवनारायणको ठूलो मेला लाग्छ । शालीनदीमा स्नान गरी श्रीस्वस्थानी परमेश्वरीको पूजा गर्दा पाप नष्ट हुनुका साथै अविवाहित कुमारीहरूले असल श्रीमान् प्राप्त गर्ने तथा विवाहित नारीका श्रीमान्को आयु लामो हुने कुरा शास्त्रमा उल्लेख छ ।

नारी संवाददाता , फाल्गुन ९, २०७५

-- पुरै पढ्नुहोस् --

पारा तेक्वान्दो

विभिन्न अन्तर्राष्ट्रिय खेलमा बारा निवासी रञ्जना धामीले १ रजत तथा ३ काँस्य पदक जितिसकेकी छिन् भने दोलखा निवासी सीता भण्डारीले ३ वटा काँस्य पदक जितेकी छिन् । पलेसाको सपना भने एसियन गेम र पारा ओलम्पिकमा पदक जित्ने छ ।

शब्द/तस्बिर : श्रुति श्रेष्ठ, माघ १७, २०७४

-- पुरै पढ्नुहोस् --

आजीवन कुमारी

२०११ सालमा ललितपुरको मूल कुमारी चुनिएकी धनकुमारी ३२ वर्षसम्म मूल कुमारीका रूपमा रहिन् । मूल कुमारीबाट हट्नुपर्ने कुनै विधिगत समस्या नभए पनि उनले तत्कालीन राजकीय आदेशबाट मूल कुमारीको पदबाट हट्नुपर्‍यो ।

शब्द/तस्बिर : श्रुति श्रेष्ठ, माघ ११, २०७४

-- पुरै पढ्नुहोस् --

जीवनशैली : डाँडागाउँ नगरकोटको

करिब १ सय ४७ घरधुरी रहेको यो गाउँमा तामाङ समुदायको बाहुल्य छ । करिब ६ सय जना महिला बस्ने यो गाउँको मुख्य पेसा खेती तथा पशुपालन हो । यो गाउँका सबैजसो महिला साक्षर छन् । अधिकांश महिलाको दैनिकी खेतीपातीका साथै पशुपालनमा बित्ने गरेको छ भने करिब १० जना बिदेसिएका छन् ।

श्रुति श्रेष्ठ, पुस २८, २०७४

-- पुरै पढ्नुहोस् --

वेडिङ : फोटो अवार्ड–२०१७

काठमाडौं फोटोग्राफर संघले गत महिना पाँचौं क्यानन केपिए वेडिङ फोटो अवार्ड–२०१७ सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा विवाह तथा विवाहसँग सम्बन्धित ६ सयभन्दा बढी फोटोग्राफरले खिचेका १ हजार १ सय ३४ तस्बिरबीच प्रतिस्पर्धा भएको थियो ।

नारी संवाददाता , भाद्र १२, २०७४

-- पुरै पढ्नुहोस् --