मेकओभर

पार्टी मेकअपमा निशा

मेकअप यस्तो हुनुपर्छ, जसले अझ सुन्दर देखाओस् । यसले, छालालाई कुनै असर नपारोस् भन्नेमा पनि ध्यान दिनुपर्छ । त्यस्तै, आफ्नो छालाको प्रकृतिअनुसार मेकअप सामग्रीको छनोट गर्नुपर्छ । त्यसो त कुन अवसरमा जान लागेको र कस्तो पहिरन लगाउने हो सोहीअनुरूपको मेकअप गरे सुन्दरतामा निखार आउँछ ।यसपालि नारीको ‘मेकओभर’ मा रातिको पार्टीका लागि मेकअप आर्टिस्ट पूनम श्रेष्ठले मोडल निशा आचार्यलाई मेकअप गरिदिएकी छन् । गहुँगोरो वर्णकी निशा मेकअपपछि निकै सुन्दर देखिएकी छन् । उनको छाला तैलीय भने अनुहारमा डन्डिफोर आएको थियो । ‘स्क्वायर सेप’ को उनको अनुहारलाई ‘ओभल सेप’ दिइएको छ । रातिको मेकअप भएकाले आँखामा कलर स्मोकी गरिएको छ । आइस्याडोको रंग पहिरनसँग मेल खाने गरी गरिएको छ । ग्लिटरको प्रयोग गरिएकाले आँखाको सुन्दरतामा थप निखार आएको छ ।आँखाको मेकअप स्मोकी भएकाले ओठलाई न्युड गरिएको छ । चिल्लो छाला भएकाले पाउडर कन्ट्रोल प्रयोग गरिएको छ ।पार्टी लुक्स दिनका लागि केशलाई अगाडि पफ उठाएर साइड गरी कर्ल गरिएको छ ।मोडल : निशा आचार्य                मेकअप : पूनम श्रेष्ठ, पूनम ब्युटी एकेडमी, नयाँ बानेश्वरपहिरन : स्टाइलक्स, लाजिम्पाटतस्बिर : महेश प्रधान

नारी संवाददाता , माघ ११, २०७७

-- पुरै पढ्नुहोस् --

टिनएजरका लागि पार्टी मेकअप

एञ्जलको अनुहार डायमण्ड सेपको भएकाले सुन्दर अनुहारका लागि ओभल सेपमा ल्याउनु जरुरी हुन्छ । उनको आँखा सानो भएकाले स्मोकी आइ नै आकर्षक देखिन्छ । एञ्जलको मेकअप गर्दा क्लिन्जिङ, टोनिङ, मोइस्चराइजर प्रयोग गरी फेस ओयल प्रयोग गर्नुपर्छ ।

नारी संवाददाता , वैशाख ४, २०७६

-- पुरै पढ्नुहोस् --

लङ हेयरमा सुहाउँदो स्टाइल

केशमा एस ब्लन्ड गरेको र ट्रिटमेन्ट नगरिएकाले मायाको केश सुख्खा देखिएको छ । यस्तो केशमा महिनाको दुई पटक ओयल मसाजका साथै स्याम्पुसँगै कन्डिसनर र ट्रिटमेन्ट क्रिम जरुरी हुन्छ । यस्तो सुख्खा र ड्यामेज केशमा कैराटिन ट्रिटमेन्ट अझ लाभदायक हुन्छ ।

संयोजन : सिर्जना दुवाल श्रेष्ठ, पुस ११, २०७५

-- पुरै पढ्नुहोस् --

स्मार्ट लुक्समा सिर्जना सुब्बा

आइलाइसिस अप्लाइ गरेपछि फेस कट कन्ट्रोर गरेर चिकबोन देखाउन पनि कन्ट्रोर गरिएको छ । सिर्जनाको आँखाको मेकअप डार्क भएकाले उनको लिप मेकअपलाई लाइट नै राखिएको छ । उनको केश प्राकृतिक रूपमै लामो र सिल्की छ । त्यसैले सुब्बाको केशमा भोलुम दिएर नेचुरल वेभ हेयर स्टाइल बनाइएको छ ।

नारी संवाददाता , श्रावण ११, २०७५

-- पुरै पढ्नुहोस् --

टिनएजर पार्टी लुक्स

टिनएजमै छालाको हेरचाह गरिएन भने पछि गएर अनेकन समस्या सिर्जना हुन्छ । आइमेकअपतर्फ क्लासिक लुक्समा क्याट आइ विथ लुक्स फेसनमा छ भने स्मोकी, ग्राफिक्स ब्ल्याक आइ, द रेम्बो कलर आइज पनि लोकप्रिय नै छन् । हाइलाइट र कन्ट्रोल प्रयोग गर्दा उमेरभन्दा परिपक्व देखिन्छ ।

सिर्जना दुवाल श्रेष्ठ, फाल्गुन २२, २०७४

-- पुरै पढ्नुहोस् --

प्रियंकाका लागि मेकअप टिप्स

प्राइम कमर्सियल बैंक, चाबहिलमा रिलेसिनसिप म्यानेजरका रूपमा कार्यरत प्रियंका जुम्बा एवं जिम इन्स्ट्रक्टर समेत हुन् ।

नारी संवाददाता , माघ २८, २०७४

-- पुरै पढ्नुहोस् --

सकिलाका लागि मेकअप टिप्स

सकिला डंगोल, शिक्षिका एक दशकदेखि शिक्षण पेसामा आबद्ध सकिला बालबालिकाको विकाससम्बन्धी विभिन्न कार्यक्रममा समेत सक्रिय छिन् ।

नारी संवाददाता , माघ २५, २०७४

-- पुरै पढ्नुहोस् --

नवीनाका लागि मेकअप टिप्स

विद्यार्थीकालमा अनेरास्ववियुको राजनीतिमा सक्रिय नवीना लामा हाल अनेरास्ववियुको अध्यक्ष तथा एमालेबाट प्रस्तावित प्रतिनिधिसभा सदस्य(समानुपातिक तर्फ ) हुन् ।

नारी संवाददाता , माघ २२, २०७४

-- पुरै पढ्नुहोस् --

मीनाका लागि मेकअप टिप्स

मीना निरौला, गायिका एक दशकअघिदेखि नै क्लासिकल तथा आधुनिक गीति यात्रामा सक्रिय गायिका मीना निरौला अहिले ठमेल बजार तथा काले दाइजस्ता आइटम गीतका कारण चर्चामा छिन् ।

सिर्जना दुवाल श्रेष्ठ, माघ १९, २०७४

-- पुरै पढ्नुहोस् --

तीजको मेकओभरमा निशा पाठक

यसपटक तीजको मेकओभरका लागि मोडल तथा मिस हेरिटेज नेपाल निशा पाठकलाई छानिएको छ । तीजका बेला व्रत बस्ने, मठमन्दिर जाने एवं नाचगान गरिने हुँदा वाटरप्रुफ मेकअप नै प्रयोग गर्नुपर्छ । त्यसैले निशाका लागि सबै शृंगार सामग्री वाटरप्रुफ नै प्रयोग गरिएको छ ।

नारी संवाददाता , भाद्र ७, २०७४

-- पुरै पढ्नुहोस् --

जेल नेल एक्सटेन्सन

अहिले नेल एक्सटेन्सन एवं नेल आर्टप्रति धेरैको रुचि बढ्दो छ । हिजोआज जेल नेल एक्सटेन्सन फेसनमा छ ।

नारी संवाददाता , असार ८, २०७४

-- पुरै पढ्नुहोस् --