फेसन

थरिथरिका मास्क

कोभिड–१९ को विषम परिस्थितिमा हरेक व्यक्तिको स्वास्थ्य सुरक्षामा मास्क अनिवार्य बनेको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्डमा मास्क व्यक्तिको स्वास्थ्य सुरक्षासित जोडिएको पहिलो सर्तकै रूपमा रहेको छ । नेपाल सरकारले पनि उक्त मापदण्ड लागू गर्दै मास्कको प्रयोग नगर्नेलाई कारबाहीसम्मको निर्देशन जारी गरेको छ । अहिले ‘सर्जिकल मास्क’, ‘एन–९५’ र ‘केएन–९५’ जस्ता ‘मेडिकल मास्क’ लगाउनेको संख्या बाक्लिँदै गएको छ ।‘नन–मेडिकल’ मास्कको प्रयोगलाई पनि स्वीकृति प्रदान गरिएको छ । तर, यसका लागि कपडाको मास्कमा कम्तीमा तीन लेयर फ्याब्रिक हुनु अनिवार्य छ । सबैभन्दा भित्री तह (लेयर) मा सकेसम्म कटन जस्तो सोस्न सक्ने वस्तु हुनुपर्छ । बीचको तहमा पोलीप्रोपिलिन जस्तो फिल्टरको काम गर्ने वस्तु र सबैभन्दा बाहिरी तह पोलिस्टर जस्तो नसोस्ने हुनुपर्दछ । तर, मास्कमा पनि फेसनको प्रभाव परेको देखिन्छ । त्यसैले त यो अनेकन रङ, प्रिन्ट, डिजाइन तथा शैलीहरूमा उपलब्ध हुन थालेको छ । अझ यसमा डिजाइनर लेबलको पनि विकास भएको पाइन्छ । अन्तर्राष्ट्रिय फेसन ब्रान्ड तथा डिजाइनहरूको यसमा उपस्थिति देखिएको छ । नेपाली परिवेश पनि यसबाट अछुतो रहने कुरै भएन ।नेपाली ब्रान्डमा मास्कहरूहाल बजारमा स्वदेशमै उत्पादित विभिन्न नेपाली ब्रान्डका ‘नन–मेडिकल’ मास्कको उपलब्धता बढ्दो छ । झम्सीखेलस्थित ‘कोल्पा’ स्टोरमा ‘एड्जस्टेबल नोज पिस’ तथा इलास्टिकसहितको पुनः प्रयोग गर्न सकिने ‘अर्गानिक फाइबर नेटल’ अर्थात् सिस्नुबाट बनेका मास्क उपलब्ध छ । ‘भेजिटेबल डाइड’ तथा ‘कटन लाइनिङ’ भएका कोल्पा नेपालका यी मास्क नेचुरल, रस्ट ब्राउन तथा मड येलो गरी तीन थरी रङमा उपलब्ध छन् ।‘कटन मिल नेपाल’ नामक ब्रान्डमा पुनः प्रयोग गर्न मिल्ने, धुन सकिने कपडाका ‘थ्री–लेयर’ मास्कहरू उपलब्ध छन् । ह्यान्ड प्रिन्टेड यी मास्कहरूमा ‘बर्ड प्रिन्ट’, ‘स्ट्राइप’को विविधतासँगै खैरो, हरियो तथा नीलो रङमा बजारमा उपलब्ध छन् । कम्पनीले बालबालिकाका साथै परिवार लक्षित फ्यामिली प्याकसहित बिक्रीवितरण गर्दै आएको छ । ‘एन्टी ब्याक्टेरियल’ गुण रहेको भन्ने प्रमाणित भएको र श्वासप्रश्वासका लागि उपयुक्त रहेको अर्गानिक फ्याब्रिक हेम्पबाट बनेका ह्यान्ड मेड हेम्पका मास्कहरू हेम्प नेपालको ब्रान्डमा उपलब्ध छन् ।‘ग्रुमिन’ ब्रान्डको मास्क भने फिल्टरसहित ‘थ्री–कटन लेयर’ मा उपलब्ध छ । यो मास्कमा चिउँडोसमेत छोपिने गरी तीन कभर छन् भने आफ्नो सुविधा अनुसार एड्जस्ट गर्न सकिने इयर लुप पनि रहेको छ । यी मास्कका साथमा तीनवटा ‘एक्स्ट्रा फिल्टर’ पनि प्राप्त हुन्छ । महिलाहरू लक्षित यो ब्रान्डको मास्क तीन पिसको एक सेटमा बजारमा उपलब्ध छ ।‘सबाह नेपाल’ ले भने शतप्रतिशत अल्लो फ्याब्रिकबाट बनेका फेस मास्क बजारमा ल्याएको छ । अल्लोबाहेक उसको ‘थ्री–लेयर नन–मेडिकल’ मास्कमा अल्लो कटन, ढाका र बाम्बुबाट बनेका मास्कहरू रहेका छन् । यसमा फ्याब्रिक अनुसार डिजाइन विविधता रहेका छन् । युवा पुस्ताका चर्चित डिजाइनर युवी थापाले आफूले डिजाइन गरेका पहिरन सुहाउँदो आकर्षक खालको फेसनेबल मास्क डिजाइन गरेका हुन् । उता, लन्डनमा रहेकी नेपाली फेसन डिजाइनर संयुक्ता श्रेष्ठले पनि कोभिड–१९ महामारी प्रारम्भदेखि नै विभिन्न रङ र डिजाइनका कपडाका डिजाइनर मास्क उत्पादन गर्दै आएकी छन् । यी उत्पादनलाई उनले लन्डनस्थित एनएचएसका स्वास्थ्यकर्मी र नेपालस्थित आमाको घरमा आश्रितहरूलाई उपलब्ध गराउँदै आएकी छन् ।नेपाली ब्रान्डकै अन्य मास्कहरूमा ‘कोक्रोमा’ र ‘मेट्रो’ मास्क पनि बजारमा पाइन्छन् । विशेषतः म्याटर्निटी प्याकमा आफ्नो उपस्थित जनाउँदै आएको कोक्रोमा पनि कोभिड–१९ यो महामारीमा कपडाबाट बनेका मास्कहरू उत्पादनमा जुटेको पाइन्छ । कोक्रामा ब्रान्डमा बेबी मास्क पनि उपलब्ध छ । साना बालबालिकाको श्वासप्रश्वासमा कठिनाइ नहुने गरी फोर लेयर मस्लिन अर्थात् नरम खालको मलमल कपडाबाट बनाइएको छ । कस्टम डिजाइन अनुसार मास्क उत्पादन गर्दै आएको कोक्रामाले केही समयअघि मात्र लामा भिक्षुहरूको पहिरन सुहाउँदो सोही रङको फिल्टरसहितको ‘थ्री–लेयर’ मास्क उत्पादन गरी वितरण गरेको थियो । यसैगरी चाइल्ड फन्ड नामक संस्थाका लागि थ्री लेयर मास्क उत्पादन गरेको छ भने चन्द्र–सूर्य अंकित नेपाली राष्ट्रिय झन्डा प्रतिबिम्ब रहेका मास्कहरू पनि कोक्रोमाले उत्पादन गरी बजारमा ल्याएको छ ।‘गोल्डस्टार’ ब्रान्डले ‘मेरो मास्क’ नामअन्तर्गत सीई तथा आईएसओ प्रमाणित ‘एन–९५’ मास्क बजारमा ल्याएको छ । गोल्डस्टारको आधिकारिक शोरुमहरूमा यसको उपलब्धता रहेको छ ।सन् २०१५ देखि नेपाली बजारमा स्वदेशी ब्रान्डका रूपमा आफ्नो उपस्थिति जनाउँदै आएको ‘मेट्रो’ मास्कहरू योभन्दा अगाडि वायु प्रदूषणबाट स्वास्थ्य सुरक्षाका लागि मास्क विभिन्न विकल्प प्रदान गर्ने ब्रान्डका रूपमा परिचित थियो । कोभिड–१९ को परिस्थितिसँगै यसले आफ्नो उत्पादनलाई विश्व स्वास्थ्य संगठनको मापदण्डअन्तर्गत रहेर ‘फाइभ–लेयर एन–९५’ तथा ‘केएन–९५’ जस्ता मेडिकल मास्कको उत्पादनमा केन्द्रित गरेको छ । केही फरक मास्कएलईडी डिस्प्ले मास्कल्युमेन कुटरका डिजाइनर चेल्सी क्लुकासले एलईडी डिस्प्लेसहितको हाइटेक फेस मास्क बजारमा ल्याएका छन् । यो मास्कमा पातलो खालको म्याट्रिक्स स्क्रिन जडान गरिएको छ जसमा डिस्प्ले हुने चित्र, अक्षर र भ्वाइस इनपुटलाई एपको माध्यमबाट प्रयोगकर्ताले नियन्त्रण गर्न सक्छन् । धुन मिल्ने खालको यो मास्कमा जडान गरिएको एलईडी स्क्रिन झिक्न र राख्न सकिने गरी तयार गरिएको छ । एलडी स्क्रिनका लागि ब्याट्री र चार्जिङ कर्ड पनि मास्कमै जडान गरिएको छ ।महँगो मास्कइजरायलको एउटा गहना कम्पनीले हीरा र सुन जडित कोरोना भाइरस मास्क बनाउने भएको छ । जसको मूल्य १५ लाख अमेरिकी डलर (झन्डै २० करोड नेपाली रुपैयाँ) पर्नेछ । यो मास्कमा १८ क्यारेटको ह्वाइट गोल्डसँगै ३६ सय वटा सेतो र कालो हीरा प्रयोग हुनेछन् । एन–९९ फिल्टरसहितको हुने यो मास्कको डिजाइन भने आइज्याक लेभीले गरेका हुन् । यो मास्क वर्षको अन्तसम्म तयार हुने र विश्वकै सबैभन्दा महँगो मास्कको कीर्तिमान राख्ने दाबी गरिएको छ ।डिजाइनर माइकल एनजीओले विभिन्न शीर्षकमा मास्कहरू डिजाइन गरेका छन् तर उनको रिभाइभल एडिसनका मास्क भने लग्जिरियस मास्कका रूपमा दरिएका छन् र सेलिब्रेटीहरू लक्षित रहेको छ । दुई सय पचासदेखि पाँच सय डलरसम्म मूल्य पर्ने यी विशेष मास्कहरू स्वारोस्की क्रिस्टल जडान गरिएका मास्कहरू हुन् ।

रोजिन शाक्य, आश्विन १२, २०७७

-- पुरै पढ्नुहोस् --

भर्चुअल फेसन गतिविधि

कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित नभएको कुनै क्षेत्र नै छैन । संक्रमण नियन्त्रणका लागि अवलम्बन गरिएको लकडाउनका कारण विश्वभरि फेसन र मोडलिङ गतिविधि महिनौं ठप्प नै रह्यो । संसारकै प्रतिष्ठित ‘फेसन–शो’ तथा फेसन सप्ताहहरू सञ्चालनमा आउन सकेनन् ।

नारी संवाददाता , आश्विन ७, २०७७

-- पुरै पढ्नुहोस् --

वर्षातमा ब्युटिफूल लुक्स

अहिले पोलिस्टर मिसिएको कपडाहरु बढी चलन चल्तीमा छ । वर्षातको समयका लागि यो कपडा उपयुक्त मानिन्छ । जर्जेट, सिफन का कपडा भिजेपछि शरीरमै टाँसिने हुँदा यी फेब्रिकलाई उपयोग नगरेकै राम्रो हुन्छ ।

सिर्जना दुवाल श्रेष्ठ, असार ११, २०७७

-- पुरै पढ्नुहोस् --

प्लस साइजका महिलाले कस्तो ड्रेस लगाउने

मोटा शरीर भएको महिलाले ठूलो प्रिन्टका फेब्रिक छान्नु हुँदैन । सकभर स–साना बुट्टा नै छान्नुपर्छ । बुट्टाको प्लेसमेन्ट जस्तोसुकै भए पनि आँखा माथिबाट तल फ्लो हुने खालको अर्थात भट्किल हुनुपर्छ । यसले बडीको सेपलाई स्लिम लुक्स दिन्छ ।

रश्मि तण्डुकार, जेष्ठ १, २०७७

-- पुरै पढ्नुहोस् --

यसपटक पनि मेडिफाइ फेसनकै राज

यस पटकको गर्मी मौसममा बोल्ड प्रिन्टका फेसनमा भित्रिएका छन् । बोल्ड प्रिन्टहरूले लुक्सलाई बोल्ड एन्ड ब्युटिफुल बनाइ दिन्छ । यस पटक वेस्टर्न र इस्टर्न दुवै पहिरनमा बोल्ड प्रिन्टहरू भित्रिएको छ । गत वर्ष जस्तै यस पटक पनि वानपिस पहिरन बजारमा यथावत रहनेछ ।

सिर्जना दुवाल श्रेष्ठ, वैशाख १२, २०७७

-- पुरै पढ्नुहोस् --

नेचुरल फेब्रिक: स्वस्थ र फेसनेबल 

अहिले फेसनमा पनि प्राकृतिकपन खोज्न थालिएको छ । सँगै आफूले प्रयोग गरेका सामग्रीले प्रकृतिमा असर नपरोस् भनेर फेसनप्रेमी सचेत हुन थालेका छन् । पोलिस्टर, नाइलन आदिले वातावरण प्रदूषित बनाइरहेको छ । पोलिस्टरका कपडा माटोमा मिमिन एक सय वर्षभन्दा बढी समय लाग्छ ।

रश्मि तण्डुकार, चैत्र १५, २०७६

-- पुरै पढ्नुहोस् --

कान्समा उत्रेकी  फेसन डिजाइनर

मिसु श्रेष्ठले मिलान फेसन क्याम्पसबाट फेसन डिजाइनिङ कोर्स पूरा गरिन् । उनी मुख्यत: गाउनमा नेपाली टच मिसाई डिजाइन गर्छिन् । मिसुका अनुसार अहिले नेपालीहरू पनि वेस्टर्न पहिरनप्रति उत्तिकै आकर्षित छन् । त्यसैले उनले मिलानमा गाउनसम्बन्धी स्पेशल कोर्स पनि गरिन् । 

सिर्जना दुवाल श्रेष्ठ, फाल्गुन १९, २०७६

-- पुरै पढ्नुहोस् --

कोटको फेसन

महिलाहरूमाझ २–३ वर्षदेखि कोटको फेसन फस्टाइरहेको छ । यो वर्ष त टिनएजरदेखि प्लस ५० सम्मले आफ्नो उमेर र शरीरअनुसार कोट लगाउँछन् । 

नारी संवाददाता , फाल्गुन ८, २०७६

-- पुरै पढ्नुहोस् --

फेस्टिभलमा ढाका फेसन 

बन्दीपुरमा हालै रेवानफुड फेस्टिभलको आयोजना गरिएको छ । स्थानीय र बाह्य पर्यटकलाई स्थानीय अग्र्यानिक खानाको स्वाद चखाउन महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा नेपाली ढाकाबाट निर्माण गरिएको नवीनतम डिजाइनहरूलाई प्रदर्शन गरियो ।

नारी संवाददाता , माघ २३, २०७६

-- पुरै पढ्नुहोस् --

रिसाइकल फेसन

दि क्लोथ बैंकको अ वाक फर वार्मथ् फेसन शोको मुख्य उद्देश्य रिसाइकल पहिरन र पर्सा जिल्लाका दलित समुदायका लागि न्याना कपडाहरू च्यारिटी गर्नु थियो । विभिन्न फेसन डिजाइनिङ कलेजका विद्यार्थीहरूले तयार पारेका रिसाइकल ड्रेस लगाएर मोडलहरू र्‍याम्पमा हिँडेका थिए ।

नारी संवाददाता , माघ ८, २०७६

-- पुरै पढ्नुहोस् --

विन्टर फेस्टमा पस्मिना फेसन 

एल एन्ड एन मोडल एजेन्सीले द विन्टर फेस्ट–२०१९ शीर्षकको फेसन शोमार्फत नेपालमै उत्पादित पस्मिनाबाट तयार पारिएका विभिन्न आकर्षक पहिरनहरूलाई प्रस्तुत गरेको छ ।

नारी संवाददाता , पुस १८, २०७६

-- पुरै पढ्नुहोस् --