राम्रो काम

महिलालाई अटो  मेकानिक तालिम

 बिहानको १० बजेदेखि नै हेटौंडा उपमहानगरपालिका–९ को मुन्ना अटो वर्कसपमा ‘उद्यम विकासमा कसैलाई पछाडि नछोडौं’ लेखिएको कालो ज्याकेट लगाएका महिला देखिन्छन् । हातमा रेन्च, पिलास र अन्य उपकरण लिएका उनीहरू मोटरसाइकल मर्मत गर्न थाल्छन् । उक्त दृश्य देख्दा अधिकांश आश्चर्यमा पर्छन् । नजिकै आएर सोध्छन्, ‘तपाईंले के गर्न लाग्नुभएको ?’ पछि उनीहरूले बुझ्छन् कि, यहाँ महिलाका लागि अटो मेकानिक तालिमअन्तर्गत सीप विकास तालिम सञ्चालन भइरहेको छ । ‘पहिले यस्तो मेसिनरी काम पुरुषले मात्र गर्न सक्छन् भन्ने लाग्थ्यो तर होइन रहेछ’ तालिम लिइरहेकी हेटौंडा १५ की निरु सुनार भन्छिन्, ‘तालिम लिएपछि आफैंले चक्का फेर्ने, नटहरू कस्ने, चेन इस्पकेटका काम सबै गर्न सक्छु ।’ केही समयअघि श्रीमान्को मोटरसाइकल मर्मत गर्दा खुसी लागेको उनले बताइन् । सीप सिकिरहेकी अनुजा प्रजाले भन्छिन्, ‘तालिम लिन थालेपछि मान्छेले हेर्ने दृष्टिकोण नै परिवर्तन भएको छ । आफैं केही गर्न सकिन्न भन्ने आँट बढेको छ ।’हेटौंडा १८, हर्नामाडीमा पनि यस्तै अटो मेकानिक तालिम सञ्चालन भएको छ । जहाँ सुकौराका तल्लो भेगका महिला  सहभागी भएको हेटौंडा– १८ का वडाध्यक्ष अनिल बानियाँले बताए । हेटौंडामा पहिलोपटक महिलाका लागि यस्तो तालिम सञ्चालन भएको हो । दलित तथा जनजाति महिलालाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यका साथ हेटौंडा उपमहानगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोगमा एकीकृत ग्रामीण विकास सेवाले उक्त तालिम सञ्चालन गरेको हो ।‘उद्यम विकासमा कसैलाई पछाडि नछोडौं’ परियोजनाअन्तर्गत हेटौंडा १५ र १८ मा महिलाहरूका लागि अटो मेकानिक उद्यम संचालन भइरहेको छ । हेटौंडा १५ र १८ मा ५–५ जना महिलाको समूह बनाई संचालन गरिएको तालिममा ७ जना दलित र ३ जना जनजाति महिलाको सहभागिता छ । तालिमका सहभागी महिलाहरू ग्यारेज स्थापनाका लागि उपयुक्त ठाउँ खोज्न थालिसकेका छन् ।

नारी संवाददाता , चैत्र १०, २०७६

-- पुरै पढ्नुहोस् --

नि:शुल्क स्यानेटरी प्याड वितरण अभियान

सरकारको नीति तथा कार्यक्रममा पनि परेको उक्त अभियानले महिनावारी भएका बेला विद्यालयमा अनुपस्थित हुने छात्राहरूको संख्यामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा धेरैले गरेका छन् । 

नारी संवाददाता , पुस २९, २०७६

-- पुरै पढ्नुहोस् --

सिड्नीको काल्टर्नमा नेपाली युवाले सुरु गरे ‘मायालु मिनी मार्केट’

विशेष गरेर अष्ट्रेलियाको सिड्नीमा नेपालीहरुको बसोबास बाक्लिदै गएको छ । फलस्वरुप यस क्षेत्रमा नेपालीलाईनै लक्षित गरी विभिन्न व्यवसायहरु सन्चालनमा आएका छन् । ति व्यापार व्यवसायले राम्रो बजार पाएको समेत ब्यापार ब्यबसायमा संलग्न नेपालीहरुले बताउँदै आएका छन् । 

नारी संवाददाता , पुस २२, २०७६

-- पुरै पढ्नुहोस् --

थुप्रै सन्तानकी आमा–मीना

मीना बरालका ४६ जना सन्तान छन् भन्दा कसैलाई पत्यार लाग्दैन यद्यपि यो सत्य हो । आफैले त्यति धेरै सन्तानलाई जन्म नदिए पनि मीना सडकमा भेटिएका बालबालिकालाई कर्म दिने आमाको भूमिका निर्वाह गरिरहेकी छिन् । 

सरोज बस्नेत, पुस ३, २०७६

-- पुरै पढ्नुहोस् --

युवाहरूलाई रोजगारी दिँदै 

एक वर्षअघि सिरहाको मिर्चैया नगरपालिका–१२ मा राजपति पूर्वेले सञ्चालनमा ल्याएको आधुनिक एनआरपी सैलुनको तेस्रो शाखा उदयपुरको कटारीमा सञ्चालनमा आएको छ । सिरहामै दुई स्थानमा सञ्चालनमा ल्याएपछी तेस्रो शाखा कटारी आइपुगेको सैलुनले सिन्धुलीमा चौथो शाखा खोल्ने तयारी गरिरहेको बताइएको छ ।

ऋषि राई, कार्तिक ३०, २०७६

-- पुरै पढ्नुहोस् --

बाहुबली सोनाम

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका–४ का सोनाम तामाङ केही दिनयता सामाजिक सञ्जालमा छाइरहेका छन् । गत आइतबार सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा परेका यात्रुहरूको उद्धार गरेसँगै तामाङले अहिले देशभरबाट प्रशंसा पाइरहेका छन् ।

नारी संवाददाता , कार्तिक २२, २०७६

-- पुरै पढ्नुहोस् --

विराली मोदीको अभियान

अहिले ह्विलचेयर सुन्दरीका रूपमा चर्चामा आएकी विरालीले अपाङ्गता भएका व्यक्तिहरूलाई यात्रा गर्न सहज होस् भनेर अभियान चलाइरहेकी छिन् । उनी अपाङ्गता भएकाहरूका लागि सुरक्षित भारत नीति निर्माणका लागि गर्न संघर्षरत छिन् । 

नारी संवाददाता , भाद्र ९, २०७६

-- पुरै पढ्नुहोस् --

गर्भवतीका लागि शुभकामना कार्ड

गर्भस्थ शिशुलाई शारीरिक अपाङ्गताबाट जोगाउने उद्देश्यले इलामका २७ वटा गाविसमा गर्भवतीका लागि शुभकामना कार्ड लागू गरिएको छ । नवजात शिशुलाई कुनै पनि शारीरिक अपाङ्गता हुनबाट जोगाउन शुभकामना कार्डमा विभिन्न जानकारी प्रदान गरिएको छ । 

नारी संवाददाता , भाद्र ४, २०७६

-- पुरै पढ्नुहोस् --

सीपले समृद्धि समृद्धिले संरक्षण

सीप र परिश्रमले आंशिक जीवन फेरिएको कथा यसअघि नसुनिएको होइन तर पूर्णरूपमा कायापलट नै भएको बिरलै सुनिन्छ–देखिन्छ । चितवन जिल्लाको उत्तरी मध्यवर्ती क्षेत्र पदमपुरका करिब ५ सय महिलाको जीवन यस्तै सीप र कडा परिश्रमले आधा दशकको अन्तरालमा कहाँबाट कहाँ पुगेको छ ।

लक्ष्मी भण्डारी, चैत्र ११, २०७५

-- पुरै पढ्नुहोस् --

कोरियोग्राफरका रूपमा पवित्रा

केही चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गरिसकेकी पवित्रा आचार्य अहिले चलचित्र कोरियोग्राफरका रूपमा समेत सक्रिय छिन् ।

नारी संवाददाता , वैशाख ११, २०७४

-- पुरै पढ्नुहोस् --

महिलाका पक्षमा भएका राम्रा काम

वर्ष २०७२ झैं गतवर्ष पनि नेपालमा महिलाका पक्षमा केही सकारात्मक काम भएका छन् । महिलालाई अझ सशक्त एवं अधिकार सम्पन्न बनाउने मामिलामा पछिल्लो समयका सरकारहरू लचिलो देखिँदै आएका छन्

लक्ष्मी भण्डारी थापा, वैशाख १०, २०७४

-- पुरै पढ्नुहोस् --