मनोरन्जन

सिड्नीमा हेरिटेज अफ फेसन 

एएसएपी इन्टरटेनमेन्टको आयोजनामा अस्ट्रेलियाको सिड्नीमा ‘हेरिटेज अफ फेसन–२०२०’ सम्पन्न भएको छ । फेसन शोमा नेपालसहित भारत, चीन, अस्ट्रेलिया, न्युजिल्यान्ड, कोरिया, फिलिपिन्सलगायत देशका ३५ मोडल र्‍याम्प वाल्कमा देखिएका थिए । उनीहरू विभिन्न ९ सिक्वेन्समार्फत र्‍याम्प वाल्कमा प्रस्तुत भएको आयोजक संस्थाका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले जनाए । सहभागी मोडल अडिसनमार्फत अस्ट्रेलियामा नै छनोट गरिएको हो । शोमा सहभागी नेपाली मोडल नेपालका विभिन्न जातजातिले लगाउने पोसाकसहित नेपाल झल्काउने थिममा सजिँदै र्‍याम्प वाकमार्फत प्रस्तुत भएका थिए । फेसन शोमा चर्चित मोडल तथा कोरियोग्राफर प्रशान्त ताम्राकार शो टपर भएका थिए । फेसन शो मार्च १४ तारेखमा अस्ट्रेलियाको सिड्नीमा रहेको सोफिटेल होटलमा भएको हो । यसअघि एएसएपी इन्टरटेनमेन्टले पोखरामा ‘हेरिटेज अफ फेसन नेपाल’ नामको फेसन शो आयोजना गरेको थियो । 

नारी संवाददाता , चैत्र ८, २०७६

-- पुरै पढ्नुहोस् --

प्रतिस्पर्धामा रमाउने गायिका

प्रतिस्पर्धा रुचाउने विद्या तिवारी हेटौंडामा बस्दादेखि नै खोजी प्रतिभा, नेपाली तारा आदि प्रतियोगितात्मक कार्यक्रममा सहभागी हुन्थिन् । प्लस टुपछि काठमाडौं आएकी उनले सानैदेखिको गायनप्रतिको रहर पूरा गर्न शास्त्रीय संगीतका कक्षा लिन थालिन् ।

नारी संवाददाता , चैत्र ६, २०७६

-- पुरै पढ्नुहोस् --

मिस नेपालको धरान अडिसनमा ६ युवती

मिस नेपाल २०२० को धरान अडिसनमा ६ जना प्रतियोगीहरुले अडिसन दिएका छन् । प्रतियोगीतको लागि भनेर १२ जना युवती अडिसनमा आएपनि ६ युवती उचाइ कम भएका कारण फर्किएका थिए । अडिसनमा भाग लिनका लागि ५.४ इन्च उंचाई हुनु पर्ने नियम छ । 

नारी संवाददाता , चैत्र ५, २०७६

-- पुरै पढ्नुहोस् --

गायनमा सराना

सराना अहिले बुवा मदनकृष्ण श्रेष्ठसँग बढी समय बिताइरहेकी छिन् । उनलाई बुवाले त्यत्तिकै बस्न दिएनन् । केही महिनाभित्रै ७–८ वटा गीत रेकर्ड गर्न लगाए । ‘पानी छाया’ गीत बुवासँग गाउन पाउनु उनका लागि अविस्मरणीय क्षण हो । जब सराना गीत गाउँछिन् तब मदनकृष्ण लठ्ठ पर्छन् ।

नारी संवाददाता , चैत्र ४, २०७६

-- पुरै पढ्नुहोस् --

मिस वल्र्ड आयोजकवाट सहयोग

मिस वल्र्ड आयोजकले मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ र पूर्व मिस नेपाल शृंखला खतिवडालाई २०,२० हजार डलर सहयोग गर्न भएको छ । ब्युटी विथ पर्पाेज विजेता शृंखला र अनुष्काले सुरु गरेको समाज सेवा परियोजनालाई सहयोग स्वरुप सो रकम प्रदान गर्ने लागेका हुन् ।

नारी संवाददाता , फाल्गुन २९, २०७६

-- पुरै पढ्नुहोस् --

नारी आफैं मान्छे भएर बाँच्नु पर्छ

आफ्नो अस्तित्व, पहिचान बोकेर सम्मानका साथ बाँच्न पाउनु प्रत्येक महिलाको अधिकार हो । अब हामी ‘पुरुषले मान्छे मानिदिए हुन्थ्यो’ भनेर भीख माग्ने होइन, आफैं मान्छे भएर बाँच्ने हो । नेपालमा महिलालाई अघि बढाउन चलचित्र क्षेत्रको ठूलो भूमिका छ ।

नारी संवाददाता , फाल्गुन २८, २०७६

-- पुरै पढ्नुहोस् --

दुर्गा खरेलको डोली कस्ले सजायो

नेपाली सुगम संगीतमा रुचाहिएकी गायिका हुन्– दुर्गा खरेल । उनी पप, आधुनीक तथा चलचित्रको पाश्र्व गायनमा उत्तिकै जमेकी छिन् । यतिबेला बजारमा अविवाहित गायिका खरेलको डोली सजिएको चर्चा भएको छ ।

नारी संवाददाता , फाल्गुन १५, २०७६

-- पुरै पढ्नुहोस् --

मिस नेपाल २०२० को घोषणा

पछिल्लो २५ वर्षदेखि सौन्दर्य प्रतियोगताको आयोजना गर्दै आइरहेको संस्था ‘दी हिडन ट्रेजर’ले मिस नेपाल २०२० को घोषणा गरेको छ । काठमाडौंमा सोमबार अघिल्लो वर्षका ५ अन्र्तराष्ट्रिय टाइटल विजेताहरूको उपस्थितिमा आगामी वर्षका लागि आवेदन खुला भएको घोषणा गरेको हो । 

नारी संवाददाता , फाल्गुन १३, २०७६

-- पुरै पढ्नुहोस् --

कलाकार जयाको ड्रिम वाक २०३३ मा

चित्रकार जया शर्माको एकल चित्रकला ‘ड्रिम वाक २०३३’ नामक चित्रकला बबर महल स्थित आर्ट काउन्सिलमा प्रदर्शनी गरेकी छिन् । २०३३ सालमा जन्मेकि उनी जन्मे देखि नै सपनाको यात्रामा अनवरत हिडि रहेको अनुभव गर्छिन् । 

सिर्जना दुवाल श्रेष्ठ, फाल्गुन १२, २०७६

-- पुरै पढ्नुहोस् --

हेरिटेज पेजेन्टस परिन्दा र परिसा

अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज पेजेन्टसका लागि ग्रिन आर्ट मिडियाले पुल्चोक स्थित भिभान्त होटलमा परिन्दा श्रेष्ठ मिसेस हेरिटेज इन्टरनेसल र परिसा रानाभाटले मिस हेरिटेज इन्टरनेसल २०२० को क्राउन लगाइदिएका थिए ।

नारी संवाददाता , फाल्गुन ७, २०७६

-- पुरै पढ्नुहोस् --

कमेडी च्याम्पियनको कथा

डिजिटल माध्यमहरूमा ‘हिट’ भइरहेका ‘स्ट्यान्ड अप’ कमेडीहरूको अध्ययन र अनलाइन अडिसनबाट प्राप्त उत्साहपूर्ण प्रतिक्रियाले केकीमा पनि आत्मविश्वास जगायो । उनी भन्छिन्, ‘पहिलो चरणमा विश्वास दाइकै आत्मविश्वासबाट यो काम सुरु भएको थियो । पछि हामी सबैमा विश्वास पैदा हुँदै गयो ।’

कला अनुरागी, फाल्गुन ५, २०७६

-- पुरै पढ्नुहोस् --