सपिङ

लकडाउनमा किनमेलः के गर्ने, के नगर्ने ?

लकडाउनको समयमा किनमेल गर्न घरबाट बाहिर जाँदा पूर्णसावधानी अपनाउनु जरुरी छ । किनमेल आवश्यकता हो तर यसलाई कसरी व्यवस्थित तरिकाले गर्ने भन्ने कुरामा ध्यान दिनु पर्छ । कोरोना त्रासले किनमेलमा हतारो हुनसक्छ, दिमाग अर्कैतिर घुमिरहेको हुनसक्छ । घरमा आवश्यक सरसामान किन्न छुटिरहेको पनि हुनसक्छ ।बिहानको निश्चित समय भित्र बजार, पसल र मार्टहरुमा किनमेल गर्नेहरु प्रशस्त देखिन्छन् । कतै त भिडभाडै देखिन्छ, यस्तो अवश्थामा किनमेल गर्दा ध्यानदिनुपर्ने कुराहरुःसुरक्षा अपनाउनुस्१. किनमेलका लागि घरबाहिर निस्कनु अघि मास्क, पञ्जा र पूरा शरीर ढाक्ने पहिरन लगाउन नबिर्सौं । साथै ह्याण्ड सेनिटाइजर साथमा राखौं ।२. रासन आदिको सची बनाउनुहोस् । तर घरका पाका सदस्य र बालबालिकालाई  उनीहरूको आवश्यकताको बारेमा सोध्नुहोस् । धेरै चीजहरू दुविधामा रहन सक्छन् जुन पछि परिवारमा तनावको कारण बन्न सक्छ । तसर्थ किन्ने सामग्रीको निक्र्यौल भएपछि मात्रै खरिदका लागी बाहिर निस्किनुहोस् ।३. भविष्यको चिन्तालाई पन्छाउँदै फजुल चीजहरूको खरीद स्थगित गर्नुहोस् । बजार या पसलमा देखिएका सबै सामग्री आफ्नै आवश्यकताका सामाग्री जस्तो लाग्न सक्छन् तर अत्यावश्यक सामान बाहेक अन्यमा आफूलाई नियन्त्रण गर्नुहोस् ।४. बच्चाहरूका लागि पनि केही न केही किन्नुहोस् । यसले उनीहरुलाई उत्साह मिल्नेछ ।  थोरै चकलेट होस् या आइसक्रिम, यसले बच्चालाई यो दिक्कलाग्दो अवस्थामा सरप्राइज मात्र होइन आनन्द दिनेछ ।५. चामल, पिठो, गोडागुडी, मैदा, सुजी, बेसन जस्ता खाद्यसामाग्रीले लामो समयसम्म भरथेग हुन्छ ।  यी सामानबाट धेरै तरिकाले धेरै थरीका पकवान बनाउन सकिन्छ । जुन गृहिणीको पाककलामा निर्भर रहन्छ ।६. दुध पाउडर, बिभिन्न फ्लेवरका टि ब्याग, चिनी, स्थायी मसलाहरू पनि यो समयमा उपयोगी हुन्छन् । यिनलाई खरिद् गर्नुहोस् । यि चिज मानिसको प्रतिरोधी क्षमता बढाउने परिकारका लागिउ त्तमहु नेछन् ।प्रस्तुतिःलक्ष्मी भण्डारी 

पेमा लामा, जेष्ठ ७, २०७७

-- पुरै पढ्नुहोस् --

साइबर सपिङ

अहिलेको संसार साइबर सञ्जालको संसार हो । साइबरकै कारण विश्व नै सानो संसारमा परिणत भएको छ । अहिले हरेक जानकारी तथा किनमेल कम्प्युटरबाटै गर्न सकिन्छ ।

झरना नहर्की, माघ २४, २०७३

-- पुरै पढ्नुहोस् --

मोलमोलाइ एक कला

कुनै पनि सामान खरिद गर्दा मोलमोलाइ गरिन्छ । कतिपय त मोलमोलाइबिना किनमेल नै खल्लो हुने बताउँछन् ।

झरना नहर्की, आश्विन २१, २०७३

-- पुरै पढ्नुहोस् --

छुट तथा सेल

छुट भन्नेबित्तिकै कुनै पनि सामानको मूल्यमा सहुलियत भन्ने बुझिन्छ ।

झरना नहर्की, आश्विन २०, २०७३

-- पुरै पढ्नुहोस् --

प्याकेजिङ

राम्रो प्याकेजिङ भएका सामानलाई निर्धक्क प्रयोग गर्न सकिन्छ ।

नारी संवाददाता , आश्विन १७, २०७३

-- पुरै पढ्नुहोस् --

सपिङमा मज्जा

अहिले नयाँ पहिरन किन्न दसैं नै कुर्नुपर्दैन ।

सिर्जना दुवाल श्रेष्ठ, आश्विन १४, २०७३

-- पुरै पढ्नुहोस् --

अनलाइन सपिङमा सावधानी

आफ्नो सुविधाका लागि मानिसहरू अनलाइन किनमेल गर्छन् । त्यसैले इ–कमर्सको उद्योग तीव्र गतिमा अघि बढिरहेको छ । यद्यपि यो क्षेत्रमा यस्ता समूहको वर्चश्व छ जो कम समयमा बढी पैसा कमाउन लालायित हुन्छन् र उनीहरू ब्रान्डेड सामग्रीका हुबहु नक्कली उत्पादन बेच्न खप्पिस छन् ।

नारी संवाददाता , चैत्र २२, २०७२

-- पुरै पढ्नुहोस् --

किनमेलमा किन रमाउँदैनन् पुरुष ?

पुरुषहरूलाई किनमेल मन पर्दैन तर महिलाहरू किनमेल भनेपछि हुरुक्क हुन्छन् ।

नारी संवाददाता , मंसिर २२, २०७२

-- पुरै पढ्नुहोस् --