वर्ष विशेष

क्वारेन्टिन नयाँ बर्ष : संकल्प के छ ?

: लक्ष्मी भण्डारी यस वर्षको नयां वर्ष खुलेर, डुलेर र झुमेर मनाउने अवश्था छैन् ।  तर घरबाहिर आउननपाएर के भो ? घरभित्रै बसेर पनि सकारात्मक सोचका साथ रमाइलो गर्न सकिन्छ । यो अवश्थामा व्यक्तिगत संकल्प भन्दा पनि सामुहिक संकल्प गर्नुपर्ने समाजशास्त्री निर्मला ढकालको धारणा छ । त्यसो त कोरोनाको कारण सुरक्षित रहनु, त्रसित नहुनु अहिलेको एकमात्र साझा संकल्प भएको छ । ढकाल भन्छिन्, कताको पात्रो, कताको क्यालेण्डर, थाहा न पत्तोसंग नयां वर्ष आयो । आज कतिगते र कुन बार हो भन्ने समेत अलमल भएको बेला पुरानो वर्ष सकिन र नयां वर्ष आउन लागेको कुरा पनि नौलो भएको छ सबैका लागी ।पहिले पहिले नयां वर्ष आउनु महिना दिन पहिलेदेखि नै घुमफिरको योजना बन्थ्यो, मेकअप आर्टिस्ट तथा कस्मेटोलोजिस्ट रीना प्रधान भन्छिन,अरुलाई सुनाउन र देखाउनकै लागि भए पनि घुम्ने ठाउंको बयान गर्न गर्ने गर्थे । तर यसपालि मान्छेलाई घरभित्र थुनेर कोरोना भाइरस संसार घुमिरहेको छ । गायिका, मोडल तथा व्यावासायी सोना अमात्यका अनुसार चीनको नयां वर्षताका सुरु भएको कोरोना भाइरसले नेपाली नयां वर्षसम्मै पनि छोडेन । सुरुमा नेपाल पसौं किन पसौं भन्ने दोधारमा रहेको यो भाइरस केही हप्तादेखि नेपाल भ्रमणमा छ । नयां वर्षमा घुमफिर गर्ने बानी भएका नेपालीलाई पनि घरभित्रै थुनेर त्यो सडकमा भौंतारिरहेको छ । अझै केही हप्ताबाहिर घुमफिर गर्न मिल्दैन । अरु काजकर्म त पछि गरौंला भन्न मिल्थ्यो । तर नया वर्ष त एक दुई महिनापघि मनाउंछु भन्न पनि नमिल्ने । कसरी मनाउने त ? मनोचिकित्सक डा. शरदमान ताम्राकार भन्छन्, संधै एकै किसिमको व्यवाहार गर्दा मानिसमा दिक्कलाग्नु र कलान्तरमा त्यसले मान्छेको दिमागमा नकारात्मक असर पार्नु नौलो कुरा होइन तसर्थ हामीले आम समयमा जसरी उत्सव मनाउंथ्यौं त्यसैलाई अलि फरक ढंगले मनाउंदा हामी मान्छेमा थपउर्जा र उत्साहा थपिन्छ । यस्तो बेला बेडरुम, बैठम या भान्छा सरसफाइ गरेर, घरको डेकोरेशन परिवर्तन गरेर, नयां परिकार बनाउ नसिकेर र तपाई जहा हुुनुहुन्छ त्यसैमा खुशीभएर अझ सुन्दर संसार बनाउने प्रयास गरेर नयां बर्ष मनाउने कोशिस गरियो भने हाम्रो जीवनमा यसको दिर्घकालिन सकारात्मक पर्न जाने ताम्राकार बताउंछन् । रीना भन्छिन्, तपाई जहा भए पनि नयां वर्षको दिन अलि विशेष गर्नुहोस् । दिन रात उस्तै भएपनि बिहान घामले पोल्दासम्म घुर्ने बानी भएको भए घुर्न छोडेर सबेरै उठ्नुहोस् । आंखा मिच्नुहोस् र हातमुख धुनुहोस् । केही हप्तादेखि कपाल नकोरेर वा दाह्री नकाटेर, महिलाहरुले मेकअप नगरेर झुसेफुस्रे भैसक्नुभएको छ भने ऐना अगाडी बसेर मेकअप गर्नुहोस र मेकअप सकिएपछि ऐनामा आफुलाई हेरेर फरक महसुस गर्दै मुस्कुराउनुहोस् ।स्त्री रोग बिशेषज्ञ डा. गरिमाश्रेष्ठ भन्छिन्, यो लकडाउनले मलाई धेरै चीजहरू महसुस गराएको छ, हामी बढि बाहिर जान रुचाउंछौं, तर अन्तमा घर जहिले पनि सुरक्षित स्थान हो भन्ने आभाष भइरहेको छ अहिले । परिवारहरू सधैं आनन्दको स्रोत हुन् । हामीबाहिर जति नै धेरै समय बिताए पनि अन्तत परिवार र घर सदा सुरक्षित र खुशीको स्थान हुन्छन् । फेशन डिजाइनर तृष्णा गुरुगंलाई आफु हरक्षण बाहिर हुने हुंदा घरमा बस्नेहरु फोकटमा समय बर्वाद गर्छन भन्ने लाग्थ्यो रे, तर उनलाई अहिले यो लागिरहेको छ कि बाहिर भन्दा घरमा बस्ने नारीहरुमा अझ बढी जिम्मेवारी र कर्तव्यको बोझको भारी हुंदो रहेछ । उनी आफ्नी आमालाई हेरेर लकडाउनमा सिकेको यो पाठ बांड्दै भन्छिन्, यो बर्षको मेरो नर्या बर्ष संकल्प भनेको घरमा बस्ने नारीहरुका लागी केही गरौं भन्ने हो । अर्को कुरा नयां र फरक तरिकाले सोच्ने र सोही सोच अनुसार व्यवहारिक काम गर्दै जाने हो । डा. गरिमाले बि.सं. २०७७ सालको संकल्पबारे भनिन,  मेरो नयां वर्षको प्रतिज्ञा भनेको सकारात्मक रहनु र सकारात्मकता फैलाउनु हो । सधैं मेरा लक्ष्यहरू, समर्पण, कडा परिश्रममा केन्द्रित रहिरहुन जसकाकारण सफलता मलाइ पर्खिरहेको होस् ।फुलसर्कलकी संस्थापक सिइओ समेत रहेकी सोना भन्छिन्, जीवन केही होइन रहेछ भन्ने कुरा भुकम्प र भाइरसले चेत गरायो । बाचुञ्जेल अब सबैको सहयोगमा जीवन बिताउन सके त्यही नै मेरो संकल्प पुरा भएको ठान्नेछु । कस्मेटोलोजिस्ट रिनाभने हिजोका अप्ठ्यारालाई बिर्सेर बर्तमानमा बांच्ने र भविष्यको चिन्तन लिइ अगामीदिनमा सहयोगी भावका साथ अगाडी बढ्दै जानु नै यो बर्षको आफ्नो प्रतिज्ञा रहेको र सोहीअनुरुप जीवनलाई व्यवहारिक बनाउंदै लैजाने बताउंछिन् ।  

नारी संवाददाता , वैशाख १, २०७७

-- पुरै पढ्नुहोस् --

नयाँ वर्ष : सेलिब्रेटीहरुको योजना

कभर गीतमा हिट त्रिशाला गुरुङले यो वर्ष आफ्नै गीत रेकर्ड गराई श्रोतामाझ आउने सोच बनाएकी छिन् । उकाली चढौंला, गैरी खेतको, सपना भई, पोहोर साल आदि गीतको कभर गीत गाएर धेरैको मन जितेकी त्रिशालाले यो वर्षको सुरुदेखि नै आफ्ना गीत रेकर्ड गर्दै जाने बताइन् । उनले केही चलचित्रमा स्वर दिए भए पनि आफ्नै गीत भने आगामी वर्षदेखि निरन्तर गाउने बताइन् । 

सिर्जना दुवाल श्रेष्ठ, वैशाख ८, २०७६

-- पुरै पढ्नुहोस् --

आफ्नो लक्ष्य पहिचान गरौं

कतिपय विद्यार्थी सोच–विचार नगरी आफ्ना साथीभाइको कुराबाट प्रभावित भएर त्यही कोर्सतर्फ आकर्षित हुन्छन्, जहाँ सबैजान चाहन्छन् । यद्यपि उनीहरू त्यहाँ केही दिनमै बोर हुन थाल्छन् र अर्को कुनै कोर्सतर्फ जान चाहन्छन् । यसो गर्दा समय, सम्पत्ति एवं शक्ति बर्बाद हुन्छ ।

नारी संवाददाता , वैशाख १८, २०७५

-- पुरै पढ्नुहोस् --

कसरी सफल हुने ?

सफलता प्राप्तिका लागि योजना प्रमुख कुरा हो । जस्तो किसिमको करियर छनोट गरिँदैछ उक्त क्षेत्रका बारेमा धेरै भन्दा धेरै जानकारी एवं ज्ञान जुटाउनु आवश्यक हुन्छ ।

नारी संवाददाता , वैशाख १७, २०७५

-- पुरै पढ्नुहोस् --

न्यू इयर, न्यू मी

हरेक बिहान उठेर जीवनलाई धन्यवाद दिँदै आभार प्रकट गरौं । जीवनको यो अमूल्य उपहारलाई स्वीकार गरी यसको महत्व बुझ्नुपर्छ । नयाँ वर्ष त क्यालेन्डरमा आउँँछ, तर सत्य के हो भने हरेक दिन नयाँ सम्भावना बोकेर आउँछ । त्यसैले हरेक दिनको स्वागत उत्साह र साहसका साथ गर्नुपर्छ ।

रोजिन शाक्य, वैशाख १७, २०७५

-- पुरै पढ्नुहोस् --

नयाँ वर्षलाई स्वागत

यो समाजका भनौं वा यो सिङ्गो पृथ्वीका कुनै पनि मानिसलाई नराम्रो बन्न मन लाग्दैन । आफूले गरेका हरेक गतिविधि, आफूले बोलेका कुरा सधैं सही लाग्छन्, राम्रा लाग्छन् तर कुनै बेला आफूले गरेका राम्रा गतिविधि आफूलाई सही लाग्दालाग्दै अरूलाई गलत लागिरहेको हुनसक्छ । हामी आफूले राम्रो सोचेर बोलिरहेका हुन्छौं सुन्नेले त्यसको गलत अर्थ लगाएर सुनिरहेको हुन्छ वा उसको बुझाइ गलत भैरहेको हुनसक्छ ।

कविता शर्मा, वैशाख ३, २०७५

-- पुरै पढ्नुहोस् --

म देशका लागि के गर्न सक्छु ?

एक थुकी सुकी, सय थुकी नदी भनेझैं सबैले आ–आफ्नो स्थानबाट सकेको काम गरे देश विकास हुन्छ । आमनागरिकका हैसियतले आ–आफ्नो क्षेत्र, पेसा तथा कर्ममार्फत हामीले के गर्न सक्छौं आफ्नो मुलुकका लागि ? हामी जहाँ, जसरी र जस्तो स्थानमा छौं त्यहीँबाट त्यसरी नै आफू सक्दो गर्न सकेको खण्डमा देशमा सभ्यता बढ्दै, भ्रष्टाचार घट्दै एवं लापरबाही तोडिँदै जान्छ ।

नारी संवाददाता , वैशाख २७, २०७४

-- पुरै पढ्नुहोस् --

वर्षका चर्चित महिला

वर्ष २०७३ सालमा सञ्चारमाध्यममा सबैभन्दा बढी छाउने महिला को होलान् ? निश्चय नै कौतूहलको विषय बन्न सक्छ । वर्षभरिका न्युजमेकर महिलाहरूको खोजी गर्ने क्रममा नारीले सबैजसो सञ्चारमाध्यमका समाचारलाई फर्केर हेर्ने प्रयास गरेको थियो ।

अश्विनी कोइराला, वैशाख २७, २०७४

-- पुरै पढ्नुहोस् --

जो तानिए विवादमा

दर्जनौं महिला परिश्रमले प्रगतिको सिँढी उक्लिरहँदा केही महिलाले भने अनपेक्षित विवादको सिकार हुनुपर्‍यो जसमध्ये केही महिला आफ्नै कारणले र केही महिला बाहिरी कारणले असफल भए ।

नारी संवाददाता , वैशाख २६, २०७४

-- पुरै पढ्नुहोस् --

नवदेवी सम्मान–२०१६ को चौधौं संस्करण सम्पन्न

सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान)–२०१६ को चौधौं संस्करण गत शनिबार सम्पन्न भएको छ । एसएसवाई (क्रियटिभ स्टेटमेन्ट्स) को आयोजनामा सन् २००२ देखि वार्षिक रूपमा निरन्तर आयोजना गरिएको सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान) मा विशेषत: ग्रामीण क्षेत्रमा आफ्नो सीप, मेहनत र परिश्रमद्वारा समाजमा योगदान पुर्‍याइरहेका परिवर्तनका संवाहकलाई एकैथलोमा राखेर सम्मान गरिन्छ ।

नारी संवाददाता , जेष्ठ २५, २०७३

-- पुरै पढ्नुहोस् --