सल्लाह

भावनात्मक सम्बन्ध संकटमा 

मधुविलास खनाल- मनोपरामर्शदातासामाजिक सञ्जालले दाम्पत्य जीवनमा कस्तो असर गरेको छ ?प्रत्यक्ष देखिने खालको छ । सामाजिक सञ्जालको सदुपयोगभन्दा पनि बढी दुरुपयोग भएजस्तो लाग्छ । यसलाई नकार्न सकिँदैन । यसले दम्पतीबीच माया–ममताको अभाव भएको महसुस गराएको छ । भावनात्मक सम्बन्ध संकटमा पारेको छ । त्यसका साथै मानसिक स्वास्थ्यमा समेत असर गरेको छ । गलत बानीको विकास हुने लत लगाएको छ जसले मानसिक रोगी बनाउँछ । लहडमा मनको कुरा पोस्ट गर्दा त्यसको परिणाम दाम्पत्य जीवनमा नराम्रो आउन सक्छ । सम्बन्ध बिगार्न सक्छ ।सामाजिक सञ्जालको प्रयोगमा दम्पतीले के–कस्ता गल्ती गर्छन् ? जसले उनीहरूबीच आशंका र अविश्वास उत्पन्न गरिदिन्छ । सामाजिक सञ्जालमा विभिन्न खालका तस्बिर, स्टाटस अपलोड गर्ने, अरूले अपलोड गरेका सामग्रीमा लाइक तथा कमेन्ट गर्ने, फ्रेन्ड रिक्वेस्ट पठाउँदा वा एसेप्ट गर्दा ख्याल नगर्नाले दम्पतीमा मनमुटाव हुन्छ । नचिनेका मानिससँग मित्रता गाँस्दा, उसका हरेक क्रियाकलाप मन पराउँदा, लाइक र कमेन्ट गर्दा, च्याट गर्दा दम्पतीबीच शंका, उपशंका एवं अविश्वास बढाउँछ । सामाजिक सञ्जालको प्रयोग गर्दा गोपनीयताको ख्याल नगर्नाले कतिपय दम्पती सम्बन्धविच्छेदसम्म पुग्छन् ।यसको सामाधान के हो त ?जसको पायो त्यसको, नचिनेका, नजानेका मानिसहरूसँग मित्रता नगाँस्ने, स्टाटस लेख्दा विचार गरेर लेख्ने, कतिपय कुरा मनपर्‍यो भन्दैमा पोस्ट गरिनहाल्ने, लहडमा नलाग्ने । मैले गरेको कार्यले हाम्रो वैवाहिक जीवनमा कस्तो असर पार्ला ? परिणाम कस्तो आउला भन्ने कुरा सोच्नुपर्छ । त्यसका साथै हरेक नागरिक आफैं सचेत हुनुपर्छ । मिडिया, सरकारी तथा गैरसरकारी संस्थाहरूबाट पनि सामाजिक सञ्जालको सही प्रयोग कसरी गर्ने, कसरी चलाउने भनेर जनचेतना जगाउनुपर्छ । जनचेतनामूलक कार्यक्रम चलाउनुपर्छ । विद्यालयमा बालबालिकालाई यसको फाइदा तथा बेफाइदाका बारेमा सिकाउनुपर्छ । परिवार आफै पनि सचेत रहुनपर्छ । 

नारी संवाददाता , फाल्गुन १५, २०७६

-- पुरै पढ्नुहोस् --

कस्तो मास्क लगाउने ?

बजारमा पाइने अधिंकाश मास्कले धूवाँ तथा धूलोका हानिकारक कण छेक्दैनन् । यसका लागि मेडिकेटेड मास्क लगाउनुपर्छ । औषधियुक्त मेडिकेटेड मास्कले आंशिक सुरक्षा प्रदान गर्छ । गुणस्तरीय मास्क एकदिन मात्र प्रयोग गर्नुपर्छ ।

नारी संवाददाता , मंसिर २९, २०७६

-- पुरै पढ्नुहोस् --

भान्साका औषधि

पेट फुल्ने बान्ता हुने समस्या भए तातोपानीमा बीरे नुन हालेर खानु उपयुक्त हुन्छ । पेटमा गडबढी हुँदा घरेलु औषधिका रूपमा ज्वानो, जिरा, अदुवाको रस खान सकिन्छ । बढी चिल्लो खानेकुराले बान्ता भए खानेकुरा कम खाने, अदुवा मुखमा राखिरहने तथा सुकुमेल एवं दालचिनी खाने गर्नुपर्छ ।

डा. जया सत्याल, मंसिर १४, २०७५

-- पुरै पढ्नुहोस् --

साउन र वर्षाका लागि कस्तो मेकअप उपयुक्त हुन्छ ?

शिरको छालाको इन्फेक्सन तथा डेन्ड्रफबाट जोगिन काइँयो, रुमाल तथा तकिया शेयर गर्नुहुँदैन भने ती कुराको सफाइमा समेत विशेष ध्यान पुर्‍याउनुपर्छ । केश धुँदा काइयो, रूमाल तथा तकियाको खोललै राम्रो एन्टिसेप्टिक घोलमा आधा घन्टा डुबाएर राखेपछि घाममा सुकाएर प्रयोग गर्न सकिन्छ ।

लक्की श्रेष्ठ महत, श्रावण १, २०७५

-- पुरै पढ्नुहोस् --

क्रेडिट कार्ड मिस्टेक

कहिलेकाहीँ असावधानीका कारण क्रेडिट कार्डको प्रयोग निकै नोक्सानदायक साबित हुनसक्छ ।

नारी संवाददाता , कार्तिक १९, २०७३

-- पुरै पढ्नुहोस् --

कसरी बन्ने परफेक्ट श्रीमान्

हरेक स्त्री आफ्नो श्रीमानमा बेसिक मेनर्स होस् भन्ने चाहना गर्छिन् ।

नारी संवाददाता , चैत्र ३, २०७२

-- पुरै पढ्नुहोस् --

ऊनको एलर्जीबाट जोगिन

जाडो मौसम प्रारम्भ भएपछि चिसोबाट जोगिन न्याना कपडा, स्वेटर आदि प्रयोग गरिन्छ।

नारी संवाददाता , पुस ५, २०७२

-- पुरै पढ्नुहोस् --

डाइनिङ टेबलको सजावट

टेबलको मध्यभागमा ताजा फूलको भास राख्दा पार्टीको वातावरण रमाइलो हुन्छ । टेबलमा नुन, खुर्सानी तथा नेपकिनका साना ट्रली राख्नुपर्छ ।

नारी संवाददाता , पुस ३, २०७२

-- पुरै पढ्नुहोस् --

माइक्रोवेभ किन्दा

पहिले आफ्नो आवश्यकताको हिसाबले बजेट निर्धारण गर्नुपर्छ । कसैलाई पसलमा पुगपछि महँगो, ठूलो तथा सुविधाजनक ओभन किन्ने रहर हुन्छ तर बजेट नपुग्ने अवस्था हुन्छ ।

नारी संवाददाता , मंसिर २५, २०७२

-- पुरै पढ्नुहोस् --

युरिक एसिड कसरी नियन्त्रण गर्ने ?

आधुनिक जीवनशैली एवं खानपानले धेरैजना युरिक एसिडको समस्याले पीडित छन् । दीर्घकालीन रोगका रूपमा लिइने युरिक एसिडबाट जोगिन निम्न उपाय अपनाउनुपर्छ।

नारी संवाददाता, आश्विन २२, २०७२

-- पुरै पढ्नुहोस् --