विदेश

हिजाबभित्रको हीरा

विभिन्न क्षेत्रमार्फत महिला स्वतन्त्रताको उद्घोष गर्ने योद्धाहरू संसारभर उतिबेलैदेखि सक्रिय देखिए पनि कतिपय त्यस्ता कट्टर मुलुक जहाँ अझैसम्म पनि महिला स्वतन्त्रतालाई उत्ताउलोको संज्ञा दिने गरिन्छ । विशेषगरी कट्टर मुस्लिम मुलुकमा महिलाका लागि स्वतन्त्रता परको कुरा हो । राजनीतिक, आर्थिक, सामाजिक आदि क्षेत्रमा महिला सहभागिताका दृष्टिकोणले पनि यी मुलुकमा कम संख्या नै देखिन्छ ।महिला हिजाबभित्रै गुम्सिनुपर्ने बाध्यात्मक चुनौती चिर्दै संयुक्त अरब इमिरेट्स, युएई (दुबई) राजकुमारीको खुल्ला उड्ने साहसलाई अहिले विश्वले सलाम गरिरहेको छ । संयुक्त अरब इमिरेट्स (युएई) का उपराष्ट्रपति तथा प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मोख्तमकी जेठी छोरी शेख मैथा बिन्त मोहम्मद बिन रसिद अल मख्तम सधैं चर्चामा रहिन् ।उनको उक्त चर्चा राजपरिवारको सदस्यताका नाताले प्राप्त भएको भने होइन । खेलकुद क्षेत्रमा उनले प्राप्त गरेको सफलतासँगै उनको सुन्दरताले पनि चर्चा चुलिएको विश्लेषकहरू विश्लेषण गर्छन् । संयुक्त अरब इमिरेट्सभित्रका सात मुलुकबाटै खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय स्वर्ण, कांस्य र रजत तीनैवटा पद जित्ने प्रथम महिलामा दरिनु मुस्लिम महिलाका लागि चानचुने कुरा होइन जुन मैथाले प्राप्त गरिसकेकी छिन् ।उनले एसियन गेममा कराँते स्पर्धाका लागि स्वर्ण तथा रजत पदक प्राप्त गरेकी थिइन् । त्यसबाहेक उनले संयुक्त अरब इमिरेट्समा भर्खरै सम्पन्न राइडिङ पोलो प्रतिस्पर्धामा समेत बलियो जित हात पार्न सफल भइन् । बीसौं शताब्दीको अन्त्यसम्म पनि अरब मुलुकमा महिलालाई कुनै पनि खेलमा भाग लिनबाट वञ्चित गरिन्थ्यो ।कराँते, मार्सल आर्ट, तेक्वान्दो त परको कुरा । तर मैथाले यिनै विधामा आफूलाई अब्बल बनाउँदै लगिन् । सन् २००० मा जब संयुक्त अरब इमिरेट्सको कराँते फेडरेसनले यसभित्र महिला सहभागितालाई नरोक्ने निर्णय गर्‍यो तब मैथाको भित्री क्षमता प्रस्फुटन हुने अवसर प्राप्त भयो । जुन उनका लागि केही 

नारी संवाददाता , माघ ३, २०७६

-- पुरै पढ्नुहोस् --

कान्छी प्रधानमन्त्री बोल्ड एन्ड ब्युटी

आफ्नो विजयलगत्तै सनाले भनेकी छिन्–‘मैले आफ्नो लिङ्ग र उमेरका बारेमा कहिल्यै सोचिन र अहिले पनि सोचिरहेकी छैन । मेरो दिमागमा अहिले ती कुराहरू छन् जसको विश्वासले म यहाँसम्म पुग्न सफल भएँ । मैले अहिले प्राथमिकताका साथ सोचिरहेको कुरा भनेको पार्टी र मतदाताहरूको भरोसा मात्रै हो । जुन विश्वासलाई म कदापि मर्न दिन्न ।’ 

नारी संवाददाता , पुस ४, २०७६

-- पुरै पढ्नुहोस् --

साउदीकी पहिलो महिला रेसिङ ड्राइभर

साउदी अरेबियामा गत वर्षदेखि मात्र महिलाले कार चलाउन पाउने नियम लागू भएको थियो । यही सुविधालाई उपयोग गरी हालै एक महिला रिमा जुफालीले कार रेसिङमा समेत भाग लिएकी छिन् । यद्यपि उनी पाहुनाका रूपमा मात्र रेसिङमा सहभागी भइन् ।

नारी संवाददाता , मंसिर १६, २०७६

-- पुरै पढ्नुहोस् --

माया मलावीको 

 कोबको निरन्तरको प्रयास एवं संघर्षपछि साथीभाइ तथा परिवारले उनलाई थोरै भए पनि विश्वास गर्न थाले । क्रमश: समुदायले उनलाई पत्याउन थाल्यो अनि त उनी आफ्नो उद्देश्य पूरा गर्न मात्र होइन त्यसलाई फैलाउनसमेत सफल भइन् । समुदाय मात्र नभएर सिंगो मलावी र संसारलाई नै उनको आवश्यकता छ भन्ने प्रस्ताव बोकेर संसारका ठूला संघसंस्था उनको पछि लाग्न थाले ।

नारी संवाददाता , मंसिर १५, २०७६

-- पुरै पढ्नुहोस् --

एक्लै हिड्न अनुमति

२१ वर्ष पुगेका साउदी युवतीहरूले राहदानीका लागि आवेदन दिन र एक्लै विदेश घुम्न पाउने भएका छन् । यसअघि साउदी अरेबियाका महिलाहरूले राहदानी प्राप्त गर्न र विदेश यात्रामा निस्कन श्रीमान्, पिता वा पुरुष नातेदारबाट अनुमति लिनुपर्थ्यो । 

नारी संवाददाता , भाद्र ३, २०७६

-- पुरै पढ्नुहोस् --

छोरी मात्रै जन्मिने गाउँ

चेक गणतन्त्र र पोल्याण्डको सीमा क्षेत्रमा रहेको एउटा गाउँमा केवल छोरी मात्रै जन्मिन्छन् । मिजेस्के ओद्रजेनस्की भन्ने गाउँमा ९ वर्ष यता छोरीको मात्रै जन्म भएको एजेन्सीले जनाएको छ । त्यसैले उक्त गाउँका मेयरले छोरा जन्माउने दम्पतीलाई पुरस्कारको घोषणा गरेका छन् । 

नारी संवाददाता , श्रावण २४, २०७६

-- पुरै पढ्नुहोस् --

महिला मात्रै

महिलाका लागि मात्र खोलिएको टर्कीको सबैभन्दा ठूलो जिम कम्पनी बी–फिट बेड्रिए ह्युल्यले स्थापना गरेकी हुन् । त्यसमा महिलाहरूकै स्वामित्व छ भने त्यहाँ कर्मचारी पनि महिला मात्र छन् ।

नारी संवाददाता , श्रावण १४, २०७६

-- पुरै पढ्नुहोस् --

विश्वका सबैभन्दा धनी सात महिला

विश्वका सबैभन्दा धनी व्यक्ति तथा उनीहरूका श्रीमतीले सम्बन्धविच्छेद गर्ने निर्णय गरेपछि सम्पत्ति बाँडफाँडको कुरा पनि ठूलो हुने नै भयो । एमेजनका मालिक जेफ बेजोस तथा उनकी श्रीमती मक्केन्जीले सम्बन्धविच्छेदका सर्तका बारेमा पनि सहमति गरे ।

नारी संवाददाता , असार १३, २०७६

-- पुरै पढ्नुहोस् --

परिवर्तनका लागि संसद्मा महिला

विश्वमा अझ धेरै महिला सांसदको आवश्यकता भएको राष्ट्र संघका महासचिव एन्टोनियो गुथ्रेसले बताएका छन् । विश्व संसद्वादको सन्दर्भमा दिएको सन्देशमा उनले संसद्मा महिलाहरूको उपस्थिति बलियो हुँदा मात्र उनीहरूको अवस्था परिवर्तन हुने बताए । 

नारी संवाददाता , असार ५, २०७६

-- पुरै पढ्नुहोस् --

दक्षिण एसियाली तारा प्रो.डा. होस्नेआरा

१७ सयभन्दा बढी शाखा, ३३ हजार कर्मचारी, १० हजार करोड वार्षिक कारोबार गर्ने दक्षिण एसियाकै सबैभन्दा ठूलो महिला संस्था हाँकिरहेकी प्रो.डा. होस्नेआरा बेगमको जीवनकथा निकै मर्मस्पर्शी छ । दक्षिण एसियाली महिलाहरूकी रोल मोडल बन्न सफल होस्नेआरा मृत्युको मुखबाट जोगिएको आफ्नो जीवन यसरी सदुपयोग गरेको बताउँछिन् ।

नारी संवाददाता , चैत्र १३, २०७५

-- पुरै पढ्नुहोस् --

मेक्सिकन सुन्दरीलाई मिस वल्र्ड

चीनको सान्या सहरमा सञ्चालित ६८ औं संस्करणको विश्वसुन्दरी प्रतियोगिताको शीर्ष उपाधि २६ वर्षीया मेक्सिकन सुन्दरी भेनिसा पोन्स डे लियनले जितेकी छिन् । भेनिसा विश्व सुन्दरीको उपाधि जित्ने पहिलो मेक्सिकन युवती हुन् ।

नारी संवाददाता , मंसिर २७, २०७५

-- पुरै पढ्नुहोस् --