बालबालिका

घरमा बालबालिकालाई यसरी सिकाउनुस्

सामान्य अवस्थामा त बालबालिकालाई विशेष हेरविचार र वातावरण आवश्यक पर्दछ भने अहिलेको बिषम र असहज परिस्थितिमा त अझ संयमित र संवेदनशील भएर बालबालिकासँग व्यवहार गर्नुपर्ने हुन्छ । लकडाउनका कारण विद्यालय बन्द छ । यस्तो बेला बालबालिकालाई कहाँ राख्ने ? के गराउने ? भन्ने अन्योल स्वभाविक छ । यसर्थ बालबालिकालाई स्वस्फूर्त सिकाई क्रियाकलापमा संलग्न गराउनु पर्दछ ।विद्यालय बन्द भएको बेलामा पनि सक्रिय रुपमा सिकाइमा सहभागी हुन सकुन् भन्ने उद्देश्यले सार्थक शिक्षाका कार्यक्रम ल्याइएको छ । सार्थक शिक्षाका संयोजक बिक्की श्रेष्ठ भन्छन् ‘बिद्यालय बन्द भएपनि बच्चाले घरमै सिक्न सकुन् भनेर विभिन्न क्रियाकलापहरु ल्याएका छौं ।’सार्थक शिक्षाले ४ देखि ८ वर्ष उमेर समूहका बालबालिकालाई ध्यानमा राखेर कार्यक्रमहरु ल्याएको छ । श्रेष्ठका अनुसार अभिभावकले यसलाई प्रिन्ट गरेर बालबालिकालाई पनि दिन सक्नेछन् । यसका लागि प्रत्येक दिन १० देखि १५ मिनेट समय निकाल्नु पर्ने हुन्छ । जसले गर्दा बच्चाहरुले सहज रुपमा सिक्न सक्नेछन् । सिक्नका लागि सार्थक शिक्षाले आफ्नो फेसबुक पेजमा सन्दर्भ समाग्रीहरु राखेको छ । यसलाई हेरेर पनि बालबालिकालाई अभिभावकले सिकाउन सक्छन् भने पेपर प्रिन्ट गरेर पनि सिकाउन सकिन्छ । सार्थक शिक्षाले गरेको बर्गीकरण अनुसार ४ बर्षका पूर्व प्राथमिक तहका बालबालिकालाई लेख्नका लागि हात बसाउन सहयोग पुर्याउनेछ । यस उमेरका बालबालिकाले यस क्रियाकलाप मार्फत रेखा कोर्ने, धर्को तान्ने र रंग भर्न सिक्नेछन् । त्यस्तै ५ बर्षका कक्षा १ का बालबालिकाहरुले संख्या लेख्न, अक्षर लेख्न अग्लो होचो छुटयाउन सक्नेछन् । ६ बर्षका बच्चाहरुले २ कक्षामा पुग्दा ज्ञानेन्द्रियले के गर्दछ र त्यसको प्रयोग कहाँ हुन्छ गर्ने भन्ने कुरा थाहा पाउन सक्छन् । उमेरको वृद्धिसंगै बच्चाहरुको सिक्ने क्रम पनि बढ्दै जाने क्रियाकलापले देखाउदछ । ७ बर्षको बच्चा कक्षा ३ मा पुग्दा गणीत र बिज्ञानको बारेमा बुझन सक्छन् । उनिहरुले  जोडा मिलाउने,गुणा गर्न सक्नेछन् । त्यस्तै ८ बर्षका बालबालिका कक्षा ३ मा पुग्दा चित्र कथा लेख्न सक्ने हुनेछन् । उनिहरुले चित्र हेरेर चित्र हेरेर चित्रको बर्णन गर्न सक्नेछन् । सार्थक शिक्षाबारे बुझ्न र बालबालिकालाई सिकाउन यो लिंक मार्फत् जानुहोला । https://www.facebook.com/pg/SarthakEd/photos/?tab=album&album_id=1581570255325951

प्रकृति दाहाल, चैत्र १७, २०७६

-- पुरै पढ्नुहोस् --

बालमैत्री रेस्टुराँ

मध्यबानेश्वरमा बालमैत्री रेस्टुराँ वन्डल्यान्ड सञ्चालनमा आएको छ । बालबालिकालक्षित रेस्टुराँमा पारिवारिक वातावरणमा रमाइलो गर्न सकिन्छ ।

नारी संवाददाता , माघ २९, २०७६

-- पुरै पढ्नुहोस् --

लिटल आइकन आश्री दाहाल 

लिटल आइकन २०२० को विजेता इमाडोलस्थित पिस प्वाइन्ट स्कुलकी आश्री दाहालले हात पारेकी छन् । यसै साता जमलस्थित नाचघरमा सम्पन्न लिटल आइकन २०२० को फाइनल राउण्डमा २९ स्कुलका प्रतिस्पर्धीलाई पछि पार्दै उनी लिटल आइकन सिजन–९ को विजेता बनेकी हुन् ।

नारी संवाददाता , माघ २६, २०७६

-- पुरै पढ्नुहोस् --

किड्डी फेस अफ दि इयरका प्रतिभा अनेक 

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको प्रतियोगिताको शनिबार पुरानो बानेस्वर स्थित म्याकडोनला क्याफेमा आयोजित ‘ट्यालेन्ट शो’ अन्तर्गत उनीहरुले नृत्य, गायन, अभिनय, बत्तित्वकला, चित्रकला, योगा लगायत विषयमा आ–आफ्नो प्रतिभा देखाएका हुन् । 

नारी संवाददाता , पुस २८, २०७६

-- पुरै पढ्नुहोस् --

बालबालिकालाई  स्टाइलिस्ट देखाउन

सर्वप्रथम बालबालिकाहरूलाई स्टाइलिस्ट लुक्समा प्रस्तुत गर्न उनीहरूको शारीरिक बनावट, रंग, उचाइ अनि हेयरकटमा ध्यान दिई सुहाउँदो पहिरन लगाइदिनुपर्छ । पहिरनसँग जुत्ता, ब्याग आदि एसेसरिज पनि म्याचिङ हुनुपर्छ । 

नारी संवाददाता , मंसिर ३०, २०७६

-- पुरै पढ्नुहोस् --

ट्यालेन्ट शोमा किड क्विन नेपाल–२०१९ का प्रतिस्पर्धि

नेप्लीज फेसन होमले आयोजना गर्दै आइरहेको बालिका तथा किशोरीहरुको सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिता ‘किड क्विन नेपाल–२०१९’ का प्रतिस्पर्धीले आ–आफ्नो प्रतिभा प्रस्ततु गरेका छन् । शनिवार प्रज्ञा भवनमा आयोजित ट्यालेन्ट शोमा २२ जना प्रतिस्पर्धिहरुले आ–आफ्नो प्रतिभा प्रदर्शन गरेका हुन् ।

नारी संवाददाता , मंसिर १५, २०७६

-- पुरै पढ्नुहोस् --

तिहारमा बालबालिका

एकातिर पढाइको विश्राम, अर्कातिर रमझमको मौसम । यस्तो अवस्थामा बालबालिका नरमाउने कुरै भएन । यद्यपि अहिलेका बालबालिकाहरू स्मार्टफोन, ट्याबलेट, टेलिभिजन एवं ल्यापटपमा बढी लिप्त पाइन्छन् । उनीहरू कार्टुन हेर्न, भिडियो गेम खेल्न अभ्यस्त भएका छन् । त्यसैले चाडपर्वको फुर्सदमा पनि उनीहरू बाहिरी रमझममा रमाउने भन्दा घरभित्रै बसेर कार्टुन वा भिडियो गेममा हराउन सक्छन् । 

सुजाता मुखिया, कार्तिक १०, २०७६

-- पुरै पढ्नुहोस् --

मिस ब्युटी आइकन

इटहरीकी १८ वर्षीया प्रेजिना नेपालले मिस ब्युटी आइकन–२०१९ को उपाधि जितेकी छिन् । इटहरीको विश्व आदर्श कलेजबाट भर्खरै प्लस टु सकेकी उनले प्रमुख निर्णायक हर्षिका श्रेष्ठले सोधेको प्रश्नको उत्कृष्ट उत्तर दिँदै १० जना प्रतिस्पर्धीलाई पछि पारेकी थिइन् ।

नारी संवाददाता , आश्विन ११, २०७६

-- पुरै पढ्नुहोस् --

आदित्य र प्रिन्सेस लिटिल लुम्बिनी 

रुपन्देहीमा सम्पन्न मास्टर एन्ड मिस लिटिल लुम्बिनी–२०१९ को उपाधि आइडियल इंग्लिस बोर्डिङ स्कुलमा कक्षा ३ मा अध्ययनरत आदित्यसिंह ठकुरीले जितेका छन् । मञ्जरी ग्रुपको आयोजनामा बुटवलमा भएको फिनालेमा ९ जना प्रतियोगीलाई पछि पार्दै उनले उपाधि चुमेका हुन् ।

नारी संवाददाता , भाद्र २७, २०७६

-- पुरै पढ्नुहोस् --

लिटिल कास्की

१३ औं संस्करणको लिटिल कास्की–२०७६ को उपाधि न्यू लेखनाथ पब्लिक स्कुलमा अध्ययनरत सिसुवाकी वासिकल गुरुङले जितेकी छिन् । पोखरा उद्योग वाणिज्य संघको हल गैरापाटनमा भएको फाइनलमा अनुष्का गुरुङ फस्ट रनर्सअप तथा नन्दिता सुवेदी सेकेन्ड रनर्सअप घोषित भए ।

नारी संवाददाता , भाद्र १२, २०७६

-- पुरै पढ्नुहोस् --

बेलायतमा प्रतिभा नक्षत्र 

स–साना बालबालिकाले विभिन्न नेपाली पहिरनमा तोते अङ्ग्रेजी लवजमा नेपाली भाषामा आफ्नो परिचय दिएपछि प्रारम्भ भएको कार्यक्रममा विदेशमै जन्मिएर त्यहीँ हुर्किरहेका दोस्रो पुस्ताका बालबालिकाले नेपालको वर्णन गर्दा अभिभावक एवं उपस्थित अन्य व्यक्तिहरू भावुक भएका थिए । प्रतिभा नक्षत्र मुख्य दुई अवधारणामा विभाजित थियो ।

कुशल श्रेष्ठ, भाद्र २, २०७६

-- पुरै पढ्नुहोस् --