परिकार

हामीले खाने दैनिक खानामा प्रोटिन पुग्दैन

गुन्द्रुक, भटमास र सिन्कीमा प्रशस्त मात्रामा भिटामिन, मिनरल्स, प्रोटिन एवं फाइबर पाइन्छ । कोदो, फापरलगायतमा आइरन र फाइबर पाइन्छ । हाम्रा रैथाने परिकारहरू स्वास्थ्यवर्द्धक छन् । तराईमा चिउरा–भुजा गुँडमा मिसाएर खाने चलन छ, रोटी खाने चलन छ । पहाडमा कोदो, मकै, गहुँ खाने चलन छ । हिमाली क्षेत्रमा फापर, जौ, आलु पाइन्छ । भूगोलको हिसाबले पाइने यी खानेकुरा स्वास्थ्यको हिसाबले राम्रो मानिन्छ । फापरले मधुमेहका रोगीलाई फाइदा गर्छ । अहिले रैथाने खाना विस्तारै हराउँदै गएका छन् । यसलाई सबै मिलेर प्रवर्द्धन गर्नुपर्छ । चिकित्सकले पनि बिरामीलाई यस्ता खाना खान प्रेरिन गर्नुपर्‍यो । गाउँघरमा उत्पादन बढाउनलाई यसको प्रचारप्रसार गर्नुपर्छ । अहिलेको पुस्ताले खेतीपातीको महत्व बुझ्न छाड्यो । हरेक खानेकुराको स्वाद परिवर्तन गरेर खान सकिन्छ । यसलाई आधुनिकीकरण कसरी गर्ने भन्ने सोच्नुपर्छ । कसरी आयआर्जनको बाटो बनाउन सकिन्छ । गाउँघरमा भुटेका मकै, भटमास एवं मोही खाने चलन अहिले हराइसकेको छ । सजिलो र छिटोका लागि चाउचाउ पाक्न थालेको छ । समयको अभाव, सजिलै उपलब्ध हुने कारणले रैथाने खानाको ठाउँ बजारे खानाले लिएको छ ।हामीले खाने दैनिक खानामा प्रोटिन पुग्दैन । नेवारी सेटमा गेडागुडी, मासु, चिउरा, अचार सबै हुन्छ । थकाली खानामा भातसँगै दाल, अचार, मासु, साग एवं तरकारी हुन्छ । यी खानेकुरा सबै कुराले भरपूर हुन्छन् । हामी विभिन्न पर्वमा परिकार बनाएर खान्छौं । केही अध्ययन–अनुसन्धान नभए पनि हाम्रा पुर्खाले बनाएको यो चलन वैज्ञानिक हिसाबले राम्रो छ । असार पन्ध्रमा दही, चिउरा र माघे संक्रान्तिमा कन्दमूल, घिउ–चाकु खान्छौं । असारमा गर्मी हुने भएकाले दही–चिउराले शरीरलाई शीतलता प्रदान गर्छ । त्यस्तै दहीका विभिन्न फाइदा छन् । माघे संक्रान्तिमा मौसम चिसो हुने भएकाले घिउ, चाकु, फापरका फुलौरा आदि खान्छौं । पर्वमा खाइने खाना पनि जाती एवं भूगोल अनुसार केही फरक हुन्छ । भूपाल बानियाँ, पोषणविद्

नारी संवाददाता , माघ २२, २०७९

-- पुरै पढ्नुहोस् --

मौलिक स्वाद

तपाईं किराँती समुदायको घर पुग्नुभयो भने त्यहाँ ‘वाचिपा’ को नयाँ स्वाद पाउनुहुन्छ । उच्च हिमाली क्षेत्रमा बस्ने शेर्पा समुदायमा आगन्तुक बनेर जानुभयो भने ‘थेन्दुक’ को स्वाद चाख्न पाउनुहुन्छ ।

 सुजाता मुखिया, माघ १७, २०७९

-- पुरै पढ्नुहोस् --

जाडोमा तातो सुप

जाडो मौसममा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले रुघाखोकी लाग्ने, ज्वरो आउने समस्या देखिन्छन् । त्यसैले जाडोमा शरीरलाई न्यानो र हाइड्रेट राख्न जरुरी हुन्छ । यसका लागि सुप राम्रो विकल्प हुनसक्छ ।

नारी संवाददाता , पुस १९, २०७९

-- पुरै पढ्नुहोस् --

बारिस्ता मोक्टेल

विधि :टल ग्लासलाई कफीले डेकोरेट गर्ने । माथि तयार पारिएका सम्पूर्ण सामग्रीलाई टल ग्लासमा पालैपालो हाल्ने ।

नारी संवाददाता , मंसिर २०, २०७९

-- पुरै पढ्नुहोस् --

ग्रिल्ड चिकेन

विधि : कटपिस चिकेनलाई ओलिभ आयल, मस्टर्ड पेस्ट, मरिचको धूलो, नुन, इटालियन हर्ब्सलगायतका सामग्री हालेर मोल्ने । १० मिनेटजति छाडिदिने ।

नारी संवाददाता , मंसिर १९, २०७९

-- पुरै पढ्नुहोस् --

मिठाईंका परिकार

दूधलाई तताएर फटाउने । फाटेर बनेको दूधको छेनालाई क्रिम मिसाएर मोलेर तीन कुनाको सेप दिने । त्यसलाई चास्नीमा १५ मिनेटजति उमाल्ने । पाकेपछि छेनालाई चाल्नीमा तार्ने । त्यसलाई चिसो बन्न छाडिदिने । अब दूधको क्रिमलाई कराहीमा राखेर घोल्ने र पेस्ट बनाउने । त्यसमा चिनी र आफूलाई मनपर्ने फ्लेवर मिसाउने ।

नारी संवाददाता , कार्तिक ६, २०७९

-- पुरै पढ्नुहोस् --

मटन तास

विधि : माथि तयार पारेको सबै सामग्री मासुमा हालेर मोल्ने र ४५ देखि ६० मिनेटसम्म फ्रिजमा राख्ने । त्यसपछि घरमा उपलब्ध भएको फ्राइ प्यान वा तावामा तोरीको तेल हालेर फ्राई गर्ने ।

नारी संवाददाता , आश्विन १२, २०७९

-- पुरै पढ्नुहोस् --

पोलेको बंगुर 

विधि : मासुलाई नुन, स्पेसल सस, रोजमेरी राखेर केही बेर मेरिनेट गर्ने । त्यसपछि प्लेटमा राखेर भट्टीमा पोल्ने । २० मिनेटपछि निकालेर टुक्रा पारेर टिम्मुरको अचारसँग खान सकिन्छ । 

नारी संवाददाता , आश्विन ११, २०७९

-- पुरै पढ्नुहोस् --

चाडपर्वमा खानेकुरा

हरेक चाडपर्वमा खानेकुराको विशेष महत्व हुन्छ । दसैंमा धेरै प्रोटिन, चिल्लो पदार्थ र खनिज तत्व भएका खानेकुरा बढी रुचाइन्छ । यी तत्वहरू स्वास्थ्यका लागि पनि राम्रा मानिन्छन् । तर, बढी मात्रामा यी तत्वहरूको प्रयोग पनि स्वास्थ्यका लागि राम्रो होइन ।

मीरा शाह, आश्विन ११, २०७९

-- पुरै पढ्नुहोस् --

कलात्मक खाना

हामीले खाने खानाका विविध आकार, प्रकार, स्वाद हुनुमा त्यसको कलात्मक प्रस्तुतिको विशेष महत्व हुन्छ । खानाको कलात्मक प्रस्तुति विशेष भूगोल, संस्कृति, चाडबाड, जातीय रीतिरिवाज, बालीको गुणलगायतका विविध पक्षसँग अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ ।

डा. यमुना घले, आश्विन ११, २०७९

-- पुरै पढ्नुहोस् --

परिकार

पिरुकियासामग्री : आधा किलो मैदा, २५० ग्राम सुजी, चिनी स्वादअनुसार, काजु, किसमिस, नरिवल, छोकडा, घिउ, तेल, दूध ।

उर्मिला यादव, भाद्र १३, २०७९

-- पुरै पढ्नुहोस् --