बहस

महिनावारी किन बार्ने ?

हिन्दू धर्मप्रति आस्था राख्ने महिलाहरू महिनावारी (रजस्वला) बार्छन् । पूर्वीय मुलुकका करिब ८० प्रतिशत हामी अझै पनि महिनावारीका बखत भान्सामा नछिर्ने, आफूभन्दा ठूला वा पुरुष (हजुरबुवा, बुवा र दाजुभाइ) लाई नछुने, बाहिरै बसेर खाने प्रचलनभित्रै छौं । नेपाल, भारतलगायत हिन्दू धर्मको बाहुल्य भएको मुलुकका महिलाहरू महिनावारीका बखत आफ्नै घरभित्र अछूतसरहको व्यवहार झेल्न बाध्य छन् । पछिल्लो समय नयाँपुस्तामा यो कुरामा केही परिवर्तन आएको छ तैपनि अघिल्लो पुस्ताको डर र धकमा उनीहरू पूर्णत: स्वतन्त्र हुन सकिरहेका छैनन् ।  सरिता लामिछाने, कलाकारसबैको आ–आफ्नै सोच हुन्छ । धार्मिक हिसाबले हेर्दा यसको बेग्लै महत्व छ । रजस्वला भएकी स्त्रीले छोएको खानु पाप हो भन्नेहरू पनि छन् । जहाँसम्म मेरो कुरा छ, मैले बुझेको कुरा रजस्वला हुनु एउटा प्रक्रिया हो जुन सृष्टिको नियमभित्र पर्छ । सामान्य रूपले लिँदा महिला प्रजनन् र सृष्टिको संरचनासँग जोडिएको एउटा प्राकृतिक प्रक्रिया हो यो । जहाँसम्म मैले भोगेको तथा देखेको कुरा छ, मेरो परिवारबाट यो अवस्थामा तिमी स्वच्छ र स्वस्थ बस्नुपर्छ भन्ने नै सिकाइयो । ठ्याक्कै दिमागमा आएको कुरा, हिजोदेखि आजसम्म रजस्वला भएको अवस्थामा म पूजाकोठाभित्र छिर्दिन, सायद म भगवान्प्रति बढी आस्थावान् भएर होला । मलाई रजश्वला भएको अवस्थामा पूजाकोठामा जाने आँट आएन । भान्सामा जाने, खाना पकाउने, सँगै बसेर खानेजस्ता काम भने सामान्य रूपमै हुन्छन् । त्यो समयमा पीडामा रहेकाहरूलाई परिवारले बुझिदिने र प्रशस्त आराम दिने कुरामा कन्जुस्याइँ गर्नु हुँदैन । यद्यपि महिनावारीलाई नै कारण बनाएर थालै बेग्लै, आमाबुवा वा दाजुभाइको कोठामा पस्नै नदिने, थालकचौरा नै छुट्याइदिने कुरा मलाई मनपर्दैन । त्यतिबेला सफा एवं स्वस्थ रहनुपर्छ अनि पोषिलो खानेकुरा खानुपर्छ । मेलिना राई, गायिकामहिनावारी भनेको प्राकृतिक प्रक्रिया हो । अन्धविश्वासी एवं रुढिवादी परम्परा सबै बूढापाकाहरूले बनाएको कुरीति हो । यो बार्नुपर्ने कुरा नै होइन, किन बार्ने ? महिनाभरि जम्मा भएर जमेको फोहोर चीज बाहिर निस्कने समय भएकाले हामीले सरसफाइमा बढी ध्यान दिनुपर्छ । यतिबेला हामी कमजोर हुन्छौं । त्यसैले जुस, सुप, दाल जस्ता झोल पदार्थ बढी खानुपर्छ । बार्ने कुरामा महिला स्वयं सचेत हुन सक्नुपर्छ । महिला स्वयंले यसमा क्रान्ति ल्याउन सक्नुपर्छ । म महिनावारी बार्नुको कुनै कारण देख्दिन । जसले आफूलाई बलियो बनाउन र सम्मान गर्न सक्दैन तबसम्म अरूले सम्मान गर्लान् भनेर आशा राख्नु बेकार हुन्छ । त्यसैले महिला स्वयंले आफूलाई बलियो बनाउनुपर्छ । रंगिना शाह, स्त्रीरोग विशेषज्ञ इन्डोस्कोपिक गाइनोक्लोजिस्टहाम्रो संस्कार, धर्म एवं संस्कृतिले गर्दा हामीकहाँ महिनावारी बार्ने चलन छ । यही चलनका कारण कतिले विवाह, व्रतबन्ध, पूजा रोकिएला भनेर चिकित्सकको सल्लाहबिना नै औषधि प्रयोग गर्छन् अनि त्यसको साइड इफेक्ट्स भएपछि चिकित्सककहाँ पुग्छन् । महिनावारीका बखत घरभित्र हरेक कुरामा लगाइने प्रतिबन्ध वैज्ञानिक हिसाबले प्रमाणित छैनन् र यो सही पनि होइन यद्यपि संस्कारका हिसाबले भने त्यो समयमा हामीबाट फोहोर बाहिर निस्कने भएकाले सफा बस्नु उपयुक्त हुन्छ । भान्साघर तथा कोठा बार्नु सही होइन तर सानैदेखि त्यही संस्कारमा हुर्कियो दिमागमा त्यसको ठूलो प्रभाव जमेर बसेका कारण पूजा गर्न मनले मान्दैन । महिनावारीका बखत हाइजिन अर्थात् स्वच्छतामा ध्यान दिनैपर्छ तर आफ्नै घरभित्रका दुव्र्यवहारहरुका कुरालाई रोक्नैपर्छ । यो विषयमा हामीले आफ्नो आवाज बुलन्द गर्नैपर्छ । सुनीता राउत, समाजशास्त्रीमहिनावारीलाई हामीले बायोलोजिकल कुरा हो भनेर बुझ्नुपर्छ तर यसलाई सामाजिक, सांस्कृतिक एवं धार्मिक तरिकाले बुझ्ने तथा व्याख्या गर्ने गरिएको छ । पितृसत्तात्मक सोचले महिनावारी हुनु, बच्चा जन्माउनु भनेको नितान्त महिलाको मात्र काम हो र यो उनीहरूको भाग्यसँग जोडिएको काम हो भनेर बुझ्छ । महिनावारीलाई दूषित तरिकाले बुझ्न थालियो । सँगसँगै महिलालाई यो समयमा हरेक स्थानमा आइसोलेट गरियो । महिनावारीका बखत धार्मिक, भान्सा, बोटबिरुवा छुनबाट वञ्चित गर्नुको कारण महिला दूषित भएको भन्ने बुझाइकै कारण हो । समाज परिवर्तनसँगै यस्ता विषयमा पनि परिवर्तन हुँदै यहाँसम्म आइपुग्दा आज मानिसहरू धेरै चेतनशील भैसकेका छन् । विज्ञान, प्रविधि तथा संचारको बढ्दो विकाससँगै अहिले मानिसले यसलाई धर्मभन्दा पनि शारीरिक प्रक्रियासँग जोडेर हेर्न थालेको पाइन्छ । तैपनि सबैतिर सूचना र चेतना पुगिसकेको छैन । अझै पनि त्यहाँ वर्ग, जातजाति, धर्म–संस्कारका कारण फरक–फरक प्राक्टिस भैरहेको देखिन्छ । कडा रूपले बार्दा महिलाहरू घरैभित्र खुम्चिएर बस्नुपर्ने, बाहिर स्वतन्त्र भएर हिँड्न नपाउने, मानसिक बोझमा बस्नुपर्ने हुँदा महिलाको अवस्था निस्सासिँदो थियो भने अहिले महिलाहरू महिनावारीका बखत पनि स्कुल, कलेज, कार्यालय सबैतिर भ्याइरहेकै हुन्छन् । गोपाल ढकाल, मनोविद् मनोविज्ञानअनुसार हामी जुन व्यवहार गर्छौं त्यसका पछाडि कुनै न कुनै अर्थ वा कारण हुन्छ । महिनावारीका बेला पहिले–पहिले सरसफाइमा ध्यान दिइँदैनथ्यो । त्यसैले संक्रमणका साथै इन्फेक्सन हुन्छ भनेर खाना पकाउन, खेतबारीमा काम गर्न, पानी बोक्न–सार्न, बोटबिरुवा छुन, गाईवस्तु छुन वा दुहुन बन्देज थियो जुन महिला स्वयं र परिवारको स्वास्थ्यमा केन्द्रित थियो । पछि गएर त्यसलाई पाप एवं अपराधसँग जोड्न थालियो । यसलाई डर–त्राससँग बढी र वैज्ञानिक कारणसँग कम जोडियो । अहिले त्यस्तो अवस्था छैन । अहिले विभिन्न ब्रान्डका साबुन, स्यानिटरी प्याडका साथै हाइजिनका थुप्रै साधन उपलब्ध हुन थालेका छन् । पश्चिम नेपालमा त छाउ बार्ने परम्परा कायमै छ । त्यसले महिला एवं किशोरीहरुमा मनोसामाजिक समस्या एवं मानसिक रोग बढाएको छ । कतिपय अवस्थामा बलात्कार र यौनहिंसाका घटनासमेत घटिरहेका छन् । 

लक्ष्मी भण्डारी थापा, मंसिर १७, २०७६

-- पुरै पढ्नुहोस् --

स्थानीय तहमा महिला नेतृत्व र यसको परिणाम

स्थानीय निकायमा महिलाको उपस्थितिले संविधानमा उल्लेख भएअनुसार महिलाको पहुँच वृद्धि गरेको छ । महिला प्रमुख भएका ठाउँमा सहज र सरल रूपमा भेटघाट गर्न सक्ने, मूल मुद्दामा मात्र केन्द्रित रहने, अनावश्यक गफगाफमा समय नखर्चिने र सामाजिक रूपान्तरण तथा विकासका कुरामा महिला सहज रूपमा प्रस्तुत हुने हुँदा त्यसको प्रभाव विकास निर्माणमा पनि पर्ने गरेको छ ।

लक्ष्मी भण्डारी थापा, कार्तिक १९, २०७६

-- पुरै पढ्नुहोस् --

पर्वमा परिमार्जन

अहिलेको पुस्ता संस्कार, संस्कृतिलाई निरन्तरता दिने कुरामा होस् वा पर्व मनाउने अथवा अन्य परम्पराका विषयमा फरकपन खोजिरहेको अवस्था छ । शैक्षिक एवं चेतनास्तरमा वृद्धि तथा आयआर्जनमा देखा परेको क्रान्तिका कारण पर्वलाई उपलब्धिमूलक र बढी फलदायी बनाउनेतर्फ अहिले सबैको ध्यानाकर्षण बढेको छ ।

लक्ष्मी भण्डारी थापा, आश्विन ५, २०७६

-- पुरै पढ्नुहोस् --

सासू–बुहारीको सम्बन्धमा संवाद

महिलाको प्रगतिका बाधक महिला नै हुन् भन्ने भनाइ उहिलेदेखि प्रचलित छ । विशेषतः महिला–महिलाबीचको सम्बन्ध र त्यसभित्रका बोली–व्यवहारलाई लिएर यो भनाइ सिर्जना भएको मानिन्छ । यस विषयमा मुख्यतः सासू–बुहारी सम्बन्धको चर्चा हुन्छ । यसलाई समाजले पनि त्यही रूपमा व्याख्या गर्छ र बुझ्छ । 

लक्ष्मी भण्डारी थापा, श्रावण १५, २०७६

-- पुरै पढ्नुहोस् --

नक्कली सौन्दर्य प्रसाधनको बिगबिगी

सुन्दर देखिन सबैलाई मन लाग्छ । सुन्दरताका लागि खानपान, व्यायामका साथै गुणस्तरीय सौन्दर्य प्रसाधनले विशेष भूमिका खेल्छन् । अहिले कस्मेटिक्स प्रोडक्टले बजार ढाकिएको छ । बजारको करिब ३५ प्रतिशत हिस्सा यसैले ओगटेको र त्यसमध्ये ९० प्रतिशत सौन्दर्य प्रसाधन त नक्कली हुने सम्बन्धित व्यवसायीहरू बताउँछन् ।

लक्ष्मी भण्डारी थापा, असार २५, २०७६

-- पुरै पढ्नुहोस् --

जीवनलाई कसरी खुसी  र सार्थक बनाउने ?

‘लाइफ्स अल्टिमेट डेस्टिनेसन इन ह्याप्पिनेस– अल्जेरियाका फिक्सन फिलोसफर अल्बर्ट कामसले भनेझैं पैसा, प्रतिष्ठा, पावर, पोजिसन प्राप्त गर्न चाहनेहरूको पनि यी चीजमा अन्तिम गन्तव्य खुसी नै हो । दौडधूप, कडा परिश्रम, सीप र क्षमता अनि समय खर्च गर्ने पनि खुसी प्राप्तिकै लागि हो ।

लक्ष्मी भण्डारी थापा, वैशाख २४, २०७६

-- पुरै पढ्नुहोस् --

ट्रोलिङ टेन्सन

जथाभावी रूपमा प्रतिष्ठित व्यक्तिहरू अझ भनौं महिलाहरूको तस्बिरलाई नकारात्मक तरिकाले सामाजिक सञ्जालमा प्रयोग गर्नुलाई ट्रोल भनिन्छ । सामाजिक सञ्जालको बिस्तारसँगै यसको प्रयोग विशेष रूपमा ख्यातिप्राप्त व्यक्तिहरू, राजनीतिज्ञ, सिनेकर्मी तथा महिलाहरूमा गरिएको पाइन्छ । झट्ट हेर्दा एकछिन रमाइलो लाग्ने ट्रोल अब क्रमशः एउटा सामाजिक अपराध बन्दै गएको छ ।

नारी संवाददाता , चैत्र २२, २०७५

-- पुरै पढ्नुहोस् --

प्रेमलाई हेर्ने दृष्टिकोण

उहिले प्लेटोनिक प्रेममा विश्वास गरिन्थ्यो, जहाँ आत्मीय प्रेम र सम्मान हुन्थ्यो, देखादेखमै सारा भावहरू साटिन्थे, भावनाहरू बुझिन्थे । जुग बित्दै जाँदा स्वतन्त्र र खुल्ला प्रेमले स्थान लिँदै गयो । अहिलेको प्रेम सम्बन्ध अस्थायी र ज्यादातर मनोरञ्जनका साथै लाभ प्रयोजनका लागि प्रयोग हुने हुँदा उहिले जस्तो पवित्र तथा दीर्घजीवी प्रेमको अभाव खट्किँदै गएको विभिन्न शोधले देखाउँछन् ।

लक्ष्मी भण्डारी थापा, फाल्गुन १९, २०७५

-- पुरै पढ्नुहोस् --

सम्बन्धमा अविश्वास किन ?

तँ भन्दा म के कम भन्ने अहंले गर्दा सम्झौतामा आउन नसक्दा सम्बन्धमा वैमनस्यता बढ्दै गएको छ । एक–अर्कामा विश्वासको कमी देखिन्छ । हामी अरूलाई विश्वासले भन्दा शंकाको नजरले हेर्छौं । परिवारमा एक–अर्कामाथि अविश्वास गर्नेबित्तिकै सम्बन्धमा नकारात्मक असर पर्नु नौलो कुरा होइन ।

लक्ष्मी भण्डारी थापा, माघ ८, २०७५

-- पुरै पढ्नुहोस् --

स्वदेशमै उत्साहित युवा

मानिसले खोजिरहेको कुरा यहीँ दिऊँ भन्ने चाहनाका कारण अहिले थुप्रै युवा विदेश जान छोडेर आफ्नै उद्यममा लागेका छन् । नयाँ अवधारणा भित्र्याउँदै मुलुक बनाऊँ भन्ने अभियानमा दृढ छन् जुन पछिल्लो समयको अत्यन्त सकारात्मक उपलब्धि हो ।

लक्ष्मी भण्डारी थापा, पुस १३, २०७५

-- पुरै पढ्नुहोस् --

स्वदेशमै उत्साहित युवा

द्वन्द्वकालको मध्यमा त दैनिक ३ हजार युवा बिदेसिइरहेको खबर सार्वजनिक भएको थियो । जब विदेशी शिक्षा हासिल गरेपछि नेपाल फर्किएर स्वदेशमै रोजगारी सिर्जना गर्ने युवाहरू देखिन थाले तब उनीहरूका सफलताका कथा र विदेशमा गरेको संघर्ष सुनेर, पढेर, थाहा पाएर सजग हुने युवाहरू स्वदेशमै पसिना बगाऔं–आफ्नै देश निर्माण गरौं भन्ने अभियानमा जुट्न थाले ।

लक्ष्मी भण्डारी थापा, पुस १२, २०७५

-- पुरै पढ्नुहोस् --