सौन्दर्य

ग्लिसिरिनको प्रयोग

छालाको हेरचाहका लागि धेरै पहिलेदेखि नै ग्लिसिरिनको प्रयोग प्रचलनमा छ । यसमा ‘मोस्चराइजर’ र ‘ह्युमिकटेट’ गुण हुन्छ । यसले छालालाई मूलायम बनाइराख्छ र छालालाई भित्रैबाट ‘हाइड्रेट’ गर्छ । ग्लिसिरिनको प्रयोग प्रायः जाडो मौसममा बढी गरिन्छ । जाडोमा छाला सुख्खा र रुखो हुन्छ । यसको नियमित प्रयोगले धेरै फाइदा पुग्छ । छालाको चमक बनाइराख्न, घाम र बाहिरी प्रदूषणका कारण छालालाई ‘ड्यामेज’ हुनबाट पनि यसले बचाउँछ । छालालाई ताजगी पनि प्रदान गर्छ । यसले छालाको दागधब्बा पनि हटाउँछ । बाक्लो केश बनाउनका लागि समेत यसको प्रयोग गरिन्छ । साबुन, बडी लोसन, मोस्चराइजर, बडी स्क्रब, फेसप्याकका साथै स्याम्पु र कन्डिसनरमा पनि ग्लिसिरिनको प्रयोग गरिएको हुन्छ । के हो ग्लिसिरिन ?यो सुगर र अल्कोहलको कार्बनिक कम्पाउन्ड हो । यो गाढा, रंगहीन, गन्धहीन र थोरै गुलियो स्वाद भएको तरल पदार्थ हो । यो छुँदा चिपचिप हुन्छ । यसलाई खानेकुरामा, छाला र केशको हेरचाहका लागि प्रयोग गरिन्छ । यो सबै प्रकारको छालाका लागि प्रयोग गर्न योग्य मानिन्छ । सुरक्षित छ छालामा प्रयोग गर्ने प्रसाधन सुरक्षित छ कि छैन भन्नेबारे सबैको चासो हुन्छ । कुनै प्रसाधनले छाला सुख्खा बनाउँछ । पोर्स बन्द गर्न सक्छ । ग्लिसिरिनले पोर्स बन्द गर्दैन र छाला सुख्खा बनाउँदैन । त्यसैले यो पूर्ण सुरक्षित हुन्छ । यसको प्रयोग शिशुहरूको प्रसाधनमा पनि गरिएको पाइन्छ । किन लगाउने ?सुख्खा छाला भएकाहरूले गुलाब जल र एलोभेरासँग मिसाएर लगाउन सक्छन् । यसको प्रयोग प्याकमा पनि गर्न सकिन्छ । मुल्तानी माटोसँग मिसाएर लगाए जुनसुकै प्रकारको छालाको लागि ‘एक्सफोलिएट’को काम गर्छ । छालाको चमक बढाउन र सनबर्नबाट छुटकारा पाउनका लागि कागती र गुलाब जलको प्रयोग गर्न सकिन्छ । एक्नेको समस्या भएकाहरूले कपूरमा ग्लिसिरिन मिसाएर लगाउन सक्छन् । सामान्य छालाको ‘पिएच ब्यालेन्स’ गर्नका लागि ‘भ्यासलिन’मा मिसाएर प्रयोग गर्न सकिन्छ । साथै यसको प्रयोग सनस्क्रिनका रूपमा पनि गर्न सकिन्छ । यसले चाउरीपना कम गर्न सक्छ । ग्लिसिरिनको सहयोगले पोर्स भित्रैदेखि सफा गर्छ र ब्ल्याकहेड्स हटाउन मद्दत गर्छ । सही तरिकाअनुहारमा ग्लिसिरिन लगाउँदा रातको समय उत्तम हुन्छ । त्यसका लागि सबैभन्दा पहिले अनुहार धोएर सुख्खा बनाउनुपर्छ । त्यसपछि आधा कप पानीमा ग्लिसिरिनको केही थोपा हालेर कपासको सहायताले पूरै अनुहारमा लगाउनुपर्छ । मुख र आँखामा भरसक पार्नु हुँदैन । ग्लिसिरिनको असर गर्मी र जाडोमा अलग–अलग हुन्छ । यो खानामा प्रयोग गरिए पनि यसमा ननटक्सिक हुने भएकाले कसैकसैलाई मुखबाट प्रयोग गर्दा साइड इफेक्ट हुनसक्छ । घाउको उपचारग्लिसिरिनको प्रयोग घाउको उपचारमा पनि गरिन्छ । यसले संक्रमण हुनबाट बचाउँछ । घाउमा ग्लिसिरिन लगाउँदा हल्का पोल्छ तर यसले घाउ चाँडै निको हुन्छ । सिसा सफा गर्न घरलाई सफा गर्नका लागि पनि ग्लिसिरिनको प्रयोग गर्न सकिन्छ । किनभने यो सिम्पल पोलिओल कम्पाउन्ड हो, यसले फोहोर चाँडै सफा हुन्छ । पानीमा थोरै डिटरजेन्ट र दुई चम्चा ग्लिसिरिन राखेर सफा गर्नाले दागधब्बा सजिलै जान्छ । पेन्टिङमा प्रयोगपेन्टिङ गर्नेहरूले पनि ग्लिसिरिनको प्रयोग रंगमा गर्न सक्छन् । यसले रंग राम्रोमात्र देखिँदैन पेन्टिङ लामो समयसम्म टिकाउँछ । फर्निचर पोलिसग्लिसिरिन फर्निचर सफा गर्नका लागि पनि प्रयोग गर्न सकिन्छ । यसका लागि ग्लिसिरिनलाई कपासमा लिएर फर्निचर सफा गर्न सकिन्छ । यसले फर्निचर सफा हुन्छ । फर्निचरमा साइनिङ आउँछ र दाग बस्दैन । डढेको भाँडा सफा गर्नकहिलेकाहीँ खाना पकाउँदा भाँडा डढ्छ । यस्तो डडेको भाँडा यसको प्रयोगबाट सफा गर्न सकिन्छ । भाँडा माझ्ने तरलमा थोरै ग्लिसिरिन मिसाएर प्रयोग गर्दा डढेको भाँडा सफा हुन्छ । भाँडा चम्काउनका लागि तातोपानीको प्रयोग गर्न सकिन्छ । क्लिन्जरका रूपमा प्रयोगछालाको धूलो र फोहोर सफा गर्न क्लिन्जरका रूपमा ग्लिसिरिनको प्रयोग गर्न सकिन्छ । दूधसँग यसलाई मिसाई अनुहार सफा गर्न सकिन्छ । चायाँ हटाउन उपयोगीग्लिसिरिन केशका लागि पनि उत्तिकै उपयोगी मानिन्छ । यसमा ‘एन्टी फंगल’ गुण हुन्छ । यसले केश चिलाउने समस्यालाई पनि कम गर्छ । तेलमा मिसाएर दैनिक केशमा लगाउँदा चायाँ कम हुन्छ । यसले केशलाई स्वस्थ पनि बनाउँछ । केशलाई चम्किलो बनाउन ‘कन्डिसनर’को सट्टा ग्लिसिरिनको उपयोग गर्न सकिन्छ । 

नारी संवाददाता , फाल्गुन १४, २०७९

-- पुरै पढ्नुहोस् --

प्राकृतिक मोस्चराइजर

जाडो मौसममा छाला सुख्खा हुन्छ । पहिलादेखि नै सुख्खा छाला हुनेहरूको यो मौसममा अझ बढ्न सक्छ । ‘कस्मेटिक’ प्रसाधनमा विभिन्न किसिमका रसायन मिसाइएको हुन्छ ।

नारी संवाददाता , फाल्गुन ३, २०७९

-- पुरै पढ्नुहोस् --

केश किन झर्छ ?

हरेक दिन हाम्रो केश झर्छ । यो स्वाभाविकै हो । दिनमा सयवटासम्म केश झर्नुलाई सामान्य मानिन्छ । पछिल्लो समय केश झर्ने समस्या बढी नै देखिने गरेको छ ।

डा. धर्मेन्द्र कर्ण, माघ २३, २०७९

-- पुरै पढ्नुहोस् --

जाडोमा छालाको हेरचाह 

छाला शरीरको बाह्य कवच हो । मौसम प्रतिकूल हुँदा शिशिरयाममा रुखोपनको प्रत्यक्ष असर छालामा पर्छ । त्यसैले यतिबेला छालाको उचित स्याहार जरुरी छ । 

नारी संवाददाता , माघ २३, २०७९

-- पुरै पढ्नुहोस् --

जाडोमा छालाको स्याहार

जाडो मौसम सुरु भइसकेको छ । यो मौसममा छालामा विभिन्न समस्या देखिन सक्छन् । खासगरी छाला सुख्खा र रुखो हुन्छ । सुख्खा छाला भएपछि चिलाउँछ । चाउरीपनाको समस्या पनि बढ्न सक्छ ।

नारी संवाददाता , पुस १९, २०७९

-- पुरै पढ्नुहोस् --

चायाँ किन पर्छ ?

जाडो मौसममा चायाँले धेरै सताउँछ । टाउकाको छाला सुख्खा हुनु र चायाँ पर्नु भनेको केशलाई सही पोषण नपुग्नु हो । यसले केशमा चायाँमात्र पर्दैन झर्ने समस्या पनि हुन्छ ।

नारी संवाददाता , मंसिर २३, २०७९

-- पुरै पढ्नुहोस् --

आकर्षक नङ

पछिल्लो समय लामो नङ पाल्ने चलन छ । विवाह पार्टीमा लामो नङमा आर्ट गर्ने चलन अनिवार्य भइसक्यो । रंगीबिरंगी, विभिन्न डिजाइन र आकारमा बनाइने नङले हातको सौन्दर्य बढाउनुका साथै व्यक्तित्व निखार्छ । 

नारी संवाददाता , कार्तिक १३, २०७९

-- पुरै पढ्नुहोस् --

मेकअप टिप्स

लिपिस्टिक खरिद गर्दा गुणस्तरमा ध्यान दिनुपर्छ । पुरानो वा मिति गएको लिपिस्टिक प्रयोग गर्नुहुँदैन । यसले ओठलाई असर गर्नुका साथै एलर्जी हुन्छ । 

नारी संवाददाता , भाद्र ७, २०७९

-- पुरै पढ्नुहोस् --

जुमको नयाँ शाखा सञ्चालनमा

हालै जुम ब्युटी एकेडेमीले बालाजुस्थित नयाँ शाखा बिस्तार गरको छ । शाखाको उद्घाटन नायिका सुरक्षा पन्त र गायक सुमग पोखरलेलले गरेका थिए ।

नारी संवाददाता , श्रावण १६, २०७९

-- पुरै पढ्नुहोस् --

सोह्र शृंगारमा मेहन्दी

साउनलाई प्रकृतिको सौन्दर्य महिना भनेर चिनिन्छ । यो महिनामा चारैतिर हरियाली छाएको हुन्छ । विभिन्न शास्त्रमा पनि साउनलाई पवित्र महिनाका रूपमा चित्रण गरेको पाइन्छ । साउनमा व्रत, पूजापाठ बढी हुनुका साथै मेहन्दी लगाउने चलन पनि छ ।

नारी संवाददाता , श्रावण २, २०७९

-- पुरै पढ्नुहोस् --

सरल मेकअप 

मेकअप गर्ने तरिका उस्तै भए पनि ‘ब्राइडल’ मेकअपमा विशेष ध्यान दिनु जरुरी हुन्छ । बेहुलीको मेकअप लामो समयसम्म टिक्नुपर्छ । मेकअप ‘हेभी’ देखाउन ‘ल्यासेज’ को प्रयोग गर्नुपर्छ । जति नै राम्रो मेकअप भए पनि खुल्दैन । 

नारी संवाददाता , असार १५, २०७९

-- पुरै पढ्नुहोस् --