टिप्स

छालाको हेरचाह

- चाडपर्वमा सबैलाई राम्री देखिने रहर हुन्छ । तीज आदि चाडपर्वमा त शृंगारको अझै महत्व हुन्छ । तर कोरोनाका कारण भीडभाडमा जान नसकिने भएकाले सकेसम्म घरमै मेकअपको व्यवस्था गर्नु उचित हुन्छ ।- घरमा मेकअप गर्दा आफूसँग उपलब्ध भएका सामग्रीहरू प्रयोग गर्न सकिन्छ । जस्तो दही, कागती, घिउकुमारी, मह आदिको प्रयोग गरेर पनि आफ्नो अनुहारलाई चम्किलो एवं मुलायम बनाउन सकिन्छ ।द्धमेकअप रिमुभर घरमै बनाउन सकिन्छ । कटनमा बदामको तेल भिजाएर अनुहारको मेकअप पुछ्ने, त्यसपछि पानीले पखाल्ने । यसले छालामा चमक ल्याउँछ ।- अहिले किराना पसलमा ओट्स किन्न पाइन्छ । ओट्समा दूध मिसाएर लेप बनाउने । अनुहारमा हल्का मसाज गर्दै उक्त लेप लगाउने र केही समयपछि पखाल्ने गर्नुपर्छ, अनुहार चम्किलो देखिन्छ ।केशको स्याहार- केश बलियो, मुलायम र लामो बनाउनका लागि सही जीवनशैली र खानपानको समेत आवश्यकता हुन्छ ।- स्वस्थ केशका लागि पूरा निद्रा र तनावमुक्त दिनचर्या आवश्यक हुन्छ ।- बदाम, जैतुन र क्यास्ट्रोलको तेल मिसाएर मसाज गर्न सकिन्छ ।- अण्डाको सेतो भाग पनि केशमा लगाउन सकिन्छ ।- केशका लागि मधुरो सूर्यको किरणको पनि आवश्यक हुन्छ ।- खानामा नियमित रूपमा प्रोटिन समावेश गर्नुपर्छ ।- केशको मसाज हल्का हातले गर्नुपर्छ । नत्र जरा कमजोर भएर केश झर्छ ।- स्वस्थ केशका लागि सातामा दुईपटक नरिवलको तेलले मसाज गर्न सकिन्छ ।- प्याजको रस केशको जरामा लगाउनाले चायाँ कम हुन्छ ।

नारी संवाददाता , भाद्र २०, २०७७

-- पुरै पढ्नुहोस् --

तनाव कम गर्न म्युजिक थेरापी

तनावका कारण कतिपयलाई डिप्रेसन लगायतका रोग देखिन थालेको चिकित्सकले बताउँदै आएका छन् । तनावकै कारण आत्महत्यागर्नेको सङ्ख्या बढ्दो छ । यो स्थितिमा तनाव कमगर्न म्युजिक थेरापी प्रभावकारी हुने एक्सप्रेसिभ आर्ट थेरापिस्ट साधना थापा बताउँछिन् ।

लक्ष्मी भण्डारी, असार ११, २०७७

-- पुरै पढ्नुहोस् --

गुलाबी ओठ कसरी बनाउने 

पानीको अभावले ओठ पनि कालो हुन सक्छ, त्यसैले दैनिक प्रशस्त मात्रामा पानी पिउनुपर्छ । साथै नरिवलपानी, जुस, सुप तथा खरबुजा जस्ता फलफुलको सेवनले शरिरमा पानीको मात्रा घट्न दिदैन् । 

रीना शाक्य , वैशाख २७, २०७७

-- पुरै पढ्नुहोस् --

मधुमेहका बिरामीले गर्नुहोस् मण्डुकासन

यो आसनले प्याङ्क्रियाजलाई सक्रिय बनाउँछ र मधुमेह(डायबिटिज)लाई ठीक पार्छ । पाचन तन्त्रलाई शक्तिशाली बनाउँछ र पाचनसम्बन्धी समस्या ठीक हुन्छ । साथै, ग्यास्ट्रिक, कब्जियत र पेटका अन्य समस्यालाई यो आसनले सामान्य अवस्थामा ल्याउन मद्दत गर्छ ।

नारी संवाददाता , वैशाख २४, २०७७

-- पुरै पढ्नुहोस् --

लकडाउनको समयमा हड्डीको समस्या परेमा 

अहिले कोरोना महामारीका कारण देश लकडाउनमा छ । यस्तो स्थितिमा अत्यावश्यक परेमात्र अस्पताल जानु उपयुक्त हुन्छ । यस्तो अवस्थामा इमरजेन्सी सेवा मात्र खुल्ला भएकाले धेरै समस्या भएका महिला तथा पुरुष दुखाइ सहन सकेसम्म अस्पताल गएका छैनन् । 

उपासना घिमिरे, वैशाख २३, २०७७

-- पुरै पढ्नुहोस् --

लकडाउनमा दाँतको समस्या परेमा 

जंकफुड र कोल्ड ड्रिंक्सले दाँतमा असर पार्छ । सकेसम्म यस्ता खानेकुरा खानुहुँदैन । कोल्ड ड्रिंक्स सेवन गर्नु परे स्ट्रको प्रयोग गरेमा सिधा दाँतमा लाग्दैन ।

उपासना घिमिरे, वैशाख २२, २०७७

-- पुरै पढ्नुहोस् --

लकडाउनमा बच्चाहरुलाई ब्यस्त राख्ने तरिका 

यस्तो समयमा बच्चाहरुको शारीरिक देखि मानसिक तथा पढाईको बारेमा पनि विचार गरी उनीहरुलाई केही कुराको सिकाई अथवा कुनै कुरामा ब्यस्त राख्नु आवश्यक हुन आउछ बच्चाहरुको शारीरिक र मानसिक स्वस्थताको लागि अभिभावकहरुले यो लकडाउन अवधिमा आफ्ना बच्चाहरुलाई निम्न कुराहरु गराउन सकिन्छ ।

नारी संवाददाता , वैशाख २, २०७७

-- पुरै पढ्नुहोस् --

यो बेला बन्यजन्तुको सुरक्षा

हाम्रै चिडियाखाना भित्र रहेका चराचुरुंगी र त्यहा भित्रका जीव जन्तुको हामीलाई ठुलो चिन्ता भइरहेको बेला, यसको उचित संरक्षणमा लागेका छौं ।

नारी संवाददाता , चैत्र ३०, २०७६

-- पुरै पढ्नुहोस् --

लकडाउनको पालना गरौं

यतिखेर कुनैपनि एक व्यक्तिले गरेको भूल वा लापारवाहीले लाखौं मानिसलाई क्षति पुर्याउन सक्छ । सरुवा रोग वा महामारी भएको हुनाले हरेक व्यक्तिले यतिखेर आफू मानव हुनुको अनुशासन र विवेक प्रयोग गर्नु पर्ने बेला हो यो । 

प्रतिमा राई, चैत्र २९, २०७६

-- पुरै पढ्नुहोस् --

भान्छाः घरेलु उपचारको केन्द्र !

आफ्नो भान्सामा उपलब्ध सामग्रीको प्रयोग गर्न जानियो भने सानोतिनो स्वास्थ्य समस्याका लागि एलोपेथिक औषधि सेवन गर्नु पर्दैन, अस्पताल धाउनु पर्दैन । 

नारी संवाददाता , चैत्र २३, २०७६

-- पुरै पढ्नुहोस् --

संक्रमणका बेला कस्तो पहिरन लगाउने ?

पहिरन छान्दा या लगाउँदा समय, अवस्था र मौसमलाई ख्याल गर्न जरुरी छ । अहिलेको संक्रमणकालीन अवस्थामा पनि पहिरन लगाउँदा धेरै कुरामा ख्याल पुर्याउनु पर्छ ।

नारी संवाददाता , चैत्र १६, २०७६

-- पुरै पढ्नुहोस् --