अन्तर्वार्ता

‘खाद्य सुरक्षामा अझै धेरै चुनौती छ’

खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागकी खाद्य बिशेषज्ञ भारती अधिकारी लामो समय खाद्य सुरक्षा र यसको गुणस्तर बृद्धिमा कार्यरत छिन् । खाद्य सुरक्षा र गुणस्तर सम्बन्धी थुप्रै गोष्ठी, तालिम र कार्यशाला मार्फत् चेतना अभिबृद्धि गरिरहेकी अधिकारीसँग नेपालमा खाद्य सुरक्षा सम्बन्धी बिषयमा नारीकालागि लक्ष्मी भण्डारीले गरेको कुराकानीःखाद्य सुरक्षा भन्नाले के बुझिन्छ ?खाद्य सुरक्षाले खानालाई कसरी ह्याण्डल गर्ने, तयारी गर्ने र भण्डारण गर्ने भन्ने सुनिश्चितता गर्दछ । यसअन्तरगत मुख्यतः खाद्य भण्डारण र तयारी पर्दछ । खाद्य सुरक्षाले खाद्यजन्य रोगबाट बिरामी हुने व्यक्तिको जोखिमलाई कम गर्दछ । खाद्य सुरक्षा मानिसको स्वास्थ्यसँग प्रत्यक्ष्य जोडिएको बिषय हो ।नेपालमा खाद्य सुरक्षाको अवस्था कस्तो छ ?सन् २००४ मा नेपालले विश्व खाद्य संगठन (डब्ल्युएफओ) को सदस्यता लिएको हो । त्यसयता नेपालमा खाद्य सुरक्षा सम्बन्धी थुप्रै नीति नियम बनिसकेका छन् । हामीकहाँ कमजोर पूर्वाधार र प्रविधिका कारण विकसित मुलुकमा जस्तो खाद्य सुरक्षा छैन । तरकारीमा बिषादीका कुराहरु उठिरहेका छन् । कहिले म्याद नाघेका चामल र अन्य खाद्यान्नको मुद्धा उठ्छ । तर पछिल्लो समयमा आएर यसमा निकै सुधार आएको छ ।हाम्रो देशमा खाद्य सुरक्षा बलियो बनाउन के आवश्यक देख्नुहुन्छ ?मुख्यतः सरकारी तवरबाटै कडाइ गर्नुपर्छ । एउटा व्यक्ति वा संघ–संगठनले गरेर हाम्रो जस्तो विकासोन्मुख र कमजोर पूर्वाधार भएको मुलुकमा सम्भव छै् । सरकारद्वारा यसमा बलियो नीति ल्याइ प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ । नियम कानुन बनेर मात्र केही हुँदैन । व्यवहारिक मै त्यसलाई कडाइका साथ पालना गराउन सक्नुपर्छ । खाद्यान्न उमार्ने कृषकदेखि भण्डारण गर्ने व्यावसायी र बिक्रीबितरण गर्ने बिक्रेतासम्ममा निरन्तर अनुगमन जरुरी छ । अनुगमनबाट गलत ठहरिएमा कारबाहीको समेत दायरा तोकिदिनुपर्छ ।खानालाई कसरी तयारी र भण्डारण गर्ने ?सर्वप्रथम त जुनसुकै खाद्यान्न पनि सफा हुनुपर्‍यो । धोइपखाली गरेर हुन्छ वा घाममा सुकाएर हुन्छ खाद्यान्नमा घुन, किरा, बालुवा, माटो या अन्य कुनै जीवाणु रहनु भएन । त्यसपछि खाद्यपदार्थको प्रकृति हेरी छुट्याएर राख्नुपर्छ । सबै खाद्यान्न एकै स्थानमा राख्नुहुदैन । कतिपय खाद्यपदार्थ २४ घण्टासम्म फ्रिजिङ गरेर खाँदा उत्तम हुन्छ ।खाद्यान्न कसरी तयार पार्ने ?धुने, केलाउने, फ्रिजिङगर्ने त मुख्य कुरा नै भए यसका अलावा खानालाई पकाएर खानु राम्रो मानिन्छ ।कतिपय खाद्यान्न बढी पकाउँदा भिटामिनको मात्रा घट्छ या खेर जान्छ भनिन्छ नि?हो । हरिया सागसब्जी, काँचै खानमिल्ने फलजन्य तरकारी जस्तैः कांक्रो, गाँजर, मुला, चुकन्दर लगायतका खाद्यान्नलाई बढी पकाएर खाँदा यसमा भएको भिटामिन खेर जाने बढी सम्भावना हुन्छ । तसर्थ यि प्रकृतिका खानेकुरालाई काँचै या कम पकाएर खानु राम्रो हुन्छ । तर चामल, मकै, गहुँ जस्ता ठोस प्रकृतिका खाद्यान्नलाई भने पकाएरै खानुपर्छ ।

लक्ष्मी भण्डारी, जेष्ठ २७, २०७७

-- पुरै पढ्नुहोस् --

‘वातावरण संरक्षणमा महिलाको भूमिका अपरम्पार छ’

महिलाले चाहे भने वातावरण स्वस्थ्य र स्वच्छ हुन्छ । साधारण रुपमा हेर्दा घरैमा पनि पानी धेरै नखर्चिने, बिजुलीबत्ती खेर नफाल्ने, घरवरिपरि गार्डेनिङ या वृक्षारोपण गर्नेलगायत काममा महिलाकै भूमिका प्रधान हुन्छ ।

लक्ष्मी भण्डारी, जेष्ठ २३, २०७७

-- पुरै पढ्नुहोस् --

कोरोनासित डर लाग्न छाड्यो: उषा खड्गी

राम्रो हेरचाह, ईम्युनिटी पावर छ भने निको हुने रहेछ भन्ने लाग्यो । ब्यालेन्स डाइटहरु खाएर, कागती, बेसार, तेजपत्ता, दालचिनी उमालेर खाने, एसीमा नबस्ने, फ्रीजका खानाहरु हटाएको छु । आफू शारीरिक र मानसिक रुपमा सबल भएपछि पक्कै पनि कोरोनासाग लड्न सकिन्छ होला ।

सिर्जना दुवाल श्रेष्ठ, जेष्ठ २१, २०७७

-- पुरै पढ्नुहोस् --

स्किन सफा राख्न केमिकल पिलिङको क्रेज बढ्दैछ 

यो एउटा फेसियल जस्तै हो । तर यसमा मेडिकल्ली उपचार गरिन्छ । अनुहारमा कुनै प्रकारको दाग हटाउन तथा कम गर्नको लागि यो उपचार गरिन्छ । यसमा विभिन्न प्रकारका अल्फा हाइट्रोसि एसिडहरुलाई मिलाएर गर्ने उपचार विधी हो ।

सिर्जना दुवाल श्रेष्ठ, वैशाख २५, २०७७

-- पुरै पढ्नुहोस् --

‘सिकाइमा प्रविधिको प्रयोग बढाउनु पर्छ’

प्रविधिको माध्यमबाट विद्यार्थीलाई नियमित पढाउन वा सिकाउन सकिन्थ्यो । रेडियो, टेलिभिजनसँगै ईन्टरनेटको माध्यमबाट पढाईलाई निरन्तरता दिन सकिन्थ्यो । तर त्यो हुन सकेन । त्यस्तै, घरसँग सम्बन्धित व्यवहारिक ज्ञान सिकाउनका लागि पनि यो उपयुक्त समय हो । यसप्रति अभिभावकहरु जिम्मेवार देखिएनन् । 

प्रकृति दाहाल, चैत्र १९, २०७६

-- पुरै पढ्नुहोस् --

‘लकडाउनले महिला र मजदुरलाई बढी मार परेको छ’

१२ वर्षदेखि स्नातक र स्नातकोत्तर तहमा अर्थशास्त्र अध्यापन गरिरहेकी दुर्गा थापासित कोरोना भाइरस संक्रमण त्रास, लकडाउन र यसले नेपालको अर्थतन्त्रमा पारेको प्रभावबारे गरेको कुराकानीः

नारी संवाददाता , चैत्र १६, २०७६

-- पुरै पढ्नुहोस् --

‘शास्त्रीय गायनमा पिएचडी गर्ने धोको छ’

शास्त्रीय संगीतमै पीएचडी गर्ने ईच्छा छ । शास्त्रीय संगीत आफैंमा एउटा अत्यन्तै कठिन विधा हो, जुन धेरै वर्षको साधनापछि मात्र आउँछ । त्यसैले यसमा विद्यावारिधि गर्नेको संख्या थोरै छ । यसको लागि मेरो प्रयत्न हुनेछ । साथै युवापुस्तालाई शास्त्रीय संगीतप्रतिको रुचि बढाउन सदैव प्रयास गर्नेछु ।

सिर्जना दुवाल श्रेष्ठ, चैत्र १४, २०७६

-- पुरै पढ्नुहोस् --

फूलको माग बढ्दो छ

माग दिनप्रतिदिन बढ्दै गएको छ । फूलको माग पनि मौसम र चाडपर्वअनुसार हुन्छ । रोज, लाहुरे, डाहलिया, गोदावरी, जर्बेरा, पिटुनिया, हेज, कार्नेसनजस्ता फूलको माग सधै हुन्छ । नेपाली बजारमा आवश्यक मात्रामा उत्पादन हुन नसक्नुमा जमिन, जनशक्ति एवं प्रविधिको अभाव मुख्य कारण हुन् ।

नारी संवाददाता , चैत्र ११, २०७६

-- पुरै पढ्नुहोस् --

म आफूलाई  सुन्दर ठान्छु 

म सौन्दर्यलाई व्यक्तिपरक मान्छु । सुन्दरताका आ–आफ्नै परिभाषा हुन्छन् । म भित्री र बाहिरी सुन्दरता भनेर छुट्याउँदिन । आत्मविश्वास, स्वतन्त्र र विभिन्न विषयमा दक्ष हुनु नै वास्तविक सुन्दरता हो । यसर्थ म आफूलाई सुन्दर नै ठान्छु । 

उपासना घिमिरे, चैत्र ४, २०७६

-- पुरै पढ्नुहोस् --

आफैं सचेत र जागरूक हुनुपर्छ 

पुरुषसत्ताले महिलाको नेतृत्व स्वीकार्न गाह्रो मान्छ । महिलाले पनि आफूलाई समयसापेक्ष विकास गर्न सकेका छैनन् । एकअर्थमा महिलामा पनि पुरुषवादी सोच छ ।

उपासना घिमिरे, चैत्र २, २०७६

-- पुरै पढ्नुहोस् --

कठिन परिस्थिति नभई ठूलो सफलता पाउन सकिँदैन  :  संयुक्ता श्रेष्ठ 

कठिन परिस्थिति नभई ठूलो सफलता पाउन सकिँदैन । लन्डनमा बुटिक खोल्नु मेरो ठूलो सपना थियो । सच्चा मनले देखेको सपना पूरा हुन्छ भनिन्छ नि । मेरो हकमा त्यस्तै भयो । मैले देखेको सपनालाई ठाउँ र रुचिअनुसार थिम बनाएर पूरा गर्न मिहिनेत गरेँ ।

नारी संवाददाता , फाल्गुन ११, २०७६

-- पुरै पढ्नुहोस् --