रिपोर्ट

बुर्का र घुघंटले नछेक्ने कोरोना

‘कोरोना भाइरसबाट बच्न महिलाहरूले दिमागको प्रयोग गर्नुपर्छ न कि अनुहार छोपेरै जितिन्छ ।’ सामाजिक सञ्जालमा नोबल कोरोना भाइरसका बारेमा मुस्लिम समुदायको बसोबास हुने धेरै देशहरुमा यस्ता पोष्टहरू सार्वजनिक भए । यस्तै किसिमका अन्य थुप्रै पोष्टहरु पनि देख्न सकिन्छ जसमा भनिएको छ– घुम्टो र बुर्का एक प्रकारको एन्टीभाइरस मास्क थिए तिनले मानिसलाई स्वस्थ राख्न ठुलो सहयोग गर्थे । त्यसोभए के बुर्का (हिजाब), पर्दा (घुंघट) र मास्क एउटै चीज हुन ?यसको उत्तर सरल छैन् । विशेष मास्क वैज्ञानिक तरीकाले बनाइन्छ । तिनीहरूमा धेरै तह र तत्वहरू छन् । जसका कारण भाइरस र ब्याक्टेरियाहरू मुख र नाकसम्म सजिलै पुग्न सक्दैनन् । यसको सट्टा हिजाब र घुंघट कपडाको एक सानो र एकतहको टुक्रा हो जसले धुलो र सूर्यको किरणबाट मात्रै बचाउंछ । यसले भाइरस र ब्याक्टेरियालाई रोक्न सक्दैन ।बजारमा धेरै किसिमका मास्कहरू भएतापनि मुख्यत दुई प्रकारका मास्कहरू अधिक प्रयोगमा छन् । एउटा सर्जिकल मास्क र अर्को एन ९५ मास्क ।  एफडीए (खाद्य र औषधि प्रशासन, जुन अमेरीकाको मुख्य निकाय जसले औषधि र मेडिकल आईटमहरू नियमन गर्दछ ) का अनुसार सर्जिकल मास्कले धेरै साना कण, जीवाणुहरू र संक्रमणका कारक जिवाणुहरूलाई रोक्न सक्दैन । यसले ठूला कणहरुलाई मात्र रोक्न सक्छ । साथै सर्जिकल मास्क अनुहारमा पूर्ण रूपले फिट पनि हुदैनन् ।यसैगरी एन ९५ मास्कले हावामा रहेका थोरै प्रतिशत फोहोर कणहरूलाई फिल्टर गर्दछ । यदि राम्रोसँग प्रयोग गरिएको छ भने पुर्ण सुरक्षा समेत दिन्छ । तर यसले बालबालिका र दाह्री पालेका व्यक्तिका लागि पूर्ण रूपमा काम गर्दैन । तसर्थ, तिनीहरूको लागि छुट्टै प्रकारका विभिन्न मास्कहरू आउने गरेका छन् । जस्तो एन ३५०, डेटोल सिटी सिल्ड प्रोटेक्ट, भोग मास्क एन ९९, आइडीमास्क २, एप्लस २२० भिएल, भि ४१० भि आदी ।महत्वपूर्ण कुरायदि त्यस्ता ट्वीट, पोष्ट वा सन्देशहरूले अल्मल्याइरहेका छन् भने निश्चित रूपमा तिनीहरूमाथि प्रश्नहरू खडा गर्नुपर्ने हुन्छ । हरेकले आफ्नो धर्म, परम्परा र संस्कृतिलाई माया गर्छ तर यो होइन कि धर्मका नाममा गलत प्रचारबाजी गर्न समेत छुट छ । १. मुस्लिम महिलाले लगाउने बुर्काकै सवालमा त्यसो भनिएको हो भने के धर्मले महिलालाई सुरक्षा प्रदान गरेको हो त ? ति महिला हिजाब र घुंघंट लगाएमा महिला महामारीको रुपमा फैलिएको कोरोभा भाइसर बिरुद्ध लड्न जालान् ? बर्का र घुघंटको प्रचलन आउदा केवल पुरुषहरू मात्र कामका लागी घर बाहिर जान्थे । झन् उनीहरुमा रोग सर्ने र सार्ने बढी सम्भावना थियो ।२. धर्म परम्पराले हामीलाई सफा रहन सिकाउंछ । तर धर्म र विभिन्न परम्पराकै कारण सधैं महिलाले मात्र अनुहार ढाकेर बोझ वहन गरिरहनु पर्ने ?  ३. महामारी फैलिएको इतिहासलाई हेर्ने हो भने बुर्का र घुघंट लगाउनु भन्दा भन्दा अगाडीको हो । त्यो बेला पनि महिलाहरुले आफुलाई बुर्का र घुघंट लगाएरै सुरक्षित गरे त ? ४. आज बुर्का र घुघंट लगाउने महिलाहरुलाई रुघाखोकी र चिसोले हुने रोगहरू लागेनन् ?यि तथ्यबाट के प्रमाणित हुन्छ भने त्यस्ता भ्रामक समाचार फैलाउनेहरुले महिलालाई अझ पुरातन परम्परामै राख्न चाहेका हुन् । भाइरस र सरुवा रोगको संक्रमणलाई बुर्का र घुघंटले कदापी रोक्न सक्दैन । यो कुरालाई पछिल्लो पटक विज्ञानले प्रमाणित समेत गरिरहेको छ ।नेपालमै बसोबास गर्ने मुस्लिम र तराइ मुलका महिलाहरु अहिलेसम्म पनि बुर्का (हिजाब) र पर्दा (घुघंट) नलगाई बाहिर निस्किन सकेका छैनन् । नेपालमा पनि यस्तो किसिमको सोच राख्ने र यसैमा बिश्वास गर्ने मानिसहरुको कमी छैन् । धर्म, रितीरिवाज र परम्पराका नामममा धेरै अन्धभक्तले यस्तै किसिमको अवाज उठाइरहेका छन् । यसले महिलालाई महामारीवाट रोक्ने अस्त्र हो भनेर हल्ला गरी महिलालाई स्वतन्त्रहुनबाट वञ्चित गर्न खोजिएको अधिकारकर्मीहरु बताउंछन् । सप्तरीकी इना खान भन्छिन्, बुर्का महिलाका लागि बन्धनमा राख्ने गहना मात्रै हो यो कुनै सुरक्षा र स्वास्थ्यका हिसावले बनाइएको होइन् ।नेपालगञ्जकी जुवेदाका अनुसार यो महिलाको सुन्दरता ढाक्ने वस्तु मात्रै हो, अरु पुरुषहरुको आँखा महिलामा नजाओस भन्ने उद्धेश्यले महिलाका लागी बुर्का लगाउन अनिवार्य गरिएको मात्र हो । यसले हैजा, महामारी, कुनै संक्रमण गर्ने रोगका किटाणु छेक्दैन, मात्र महिलाको सुन्दरता र अनुहार मात्र छेक्छ ।मुस्लिम र मधेसी मुलका महिला मात्र अहिलेको कोरोना महामारीबाट सुरक्षित छन् भन्नु तर्कहिन भएको बताउंदै अधिकारकर्मी सलोनी प्रधान भन्छिन्, धर्मका नाममा महिलामाथिको बन्धनलाई यहाँ ल्याएर जोड्नु औचित्यहिन ठहर्छ । यस्ता तर्क व्यर्थ छन् । 

लक्ष्मी भण्डारी, वैशाख २१, २०७७

-- पुरै पढ्नुहोस् --

प्यास पानीको :  महिला बढी मारमा

उपत्यकाको जनसंख्या ३० लाख छ । अहिले बढेर करिब ५० लाख पुगेको अनुमान गरिएको छ । यसअनुसार काठमाडौं उपत्यकाको माग पूरा गर्न दैनिक ५२ करोड ५० लाख लिटर पानी आवश्यक छ  ।

लक्ष्मी भण्डारी, प्रकृति दाहालचैत्र १०, २०७६

-- पुरै पढ्नुहोस् --

प्लास्टिक खतरा बन्दै

प्लास्टिकले हाम्रो दैनिकी सरल त बनाउँदैछ तर त्यससँगै हाम्रो स्वास्थ्य एवं पर्यावरणलाई पनि उत्तिकै नोक्सान पुर्‍याउँदैछ । कुनै न कुनै माध्यमबाट प्लास्टिकका कण हाम्रो शरीरभित्र प्रवेश गरिरहेका हुन्छन् ।

सुजाता मुखिया, माघ २२, २०७६

-- पुरै पढ्नुहोस् --

साहसिक खेलमा महिला

नेपालका मुख्य साहसिक खेल बन्जी जम्पिङ, प्याराग्लाइडिङ, जिपलाइन, र्‍याफ्टिङ, क्लाइम्बिङ, माउन्टेन बाइकिङ, क्यानोइनिङ आदि हुन् । यस्ता साहसिक खेलमा महिलाको चासो तथा उपस्थिति बढ्दै गएको छ ।

प्रकृति दाहाल, माघ १९, २०७६

-- पुरै पढ्नुहोस् --

फुड हब झम्सिखेल

करिब १५ वर्षअघि टंगालमा विवेकमान शेरचनले अमेरिकन रेस्टुराँ सञ्चालनमा ल्याएका थिए । विदेशीले रेस्टुराँको खाना रुचाइहाले, उनको रेस्टुराँ चल्न थाल्यो ।

प्रकृति दाहाल, माघ ९, २०७६

-- पुरै पढ्नुहोस् --

हिंसाका तथ्याङ्क

बेचबिखनविरुद्ध २०५५ सालमा ३४ वटा उजुरी परेका थिए भने अहिले ७ सय २७ वटा उजुरी परेका छन् । गर्भपतनविरुद्ध त्यतिबेला १ सय १ उजुरी परेका थिए भने यतिबेला ३ सय ८ उजुरी परेका छन् । बहुविवाहविरुद्ध त्यतिबेला ८१ उजुरी परेका थिए भने यतिबेला १८ उजुरी परेका छन् । 

नारी संवाददाता , पुस २९, २०७६

-- पुरै पढ्नुहोस् --

प्रदूषित वायुको असर,  गृहिणीदेखि गर्भवतीसम्म

प्रदूषित वायुको असर गृहिणीदेखि गर्भवतीसम्मले झेलिरहेका छन् । धेरैजसो समय भान्सामा गुजार्ने गृहिणीहरू घरभित्र नै शुद्ध वायुको सम्पर्कमा हुँदैनन् भने घरबाहिर पनि प्रदूषित वातावरणमा बस्नुपर्ने हुन्छ । 

सुजाता मुखिया, पुस २१, २०७६

-- पुरै पढ्नुहोस् --

नेपाली महिला र परिवर्तन

पछिल्लो २५ वर्षमा पनि नेपाली महिलाले शिक्षामा फड्को मारेका छन् । २०४८ मा २५ प्रतिशत रहेको महिला साक्षरता अहिले ५७ प्रतिशतभन्दा माथि छ । स्नातक गर्ने महिला ३३ प्रतिशत पुगेका छन् । 

नारी संवाददाता , असार ५, २०७६

-- पुरै पढ्नुहोस् --

नेपाली बालिका विवाह गर्ने वैधानिक उमेर

सन् १९४७ मा नेपाली बालिकाको विवाह गर्ने वैधानिक उमेर ५ वर्ष थियो । १९६० मा औसत आयु ३५ वर्ष मात्र थियो । १९८० मा महिलाको साक्षरता दर ९ प्रतिशत मात्र थियो । आज नेपाली महिलाको विवाहको वैधानिक उमेर २० वर्ष छ भने नेपालीहरूको औसत आयु ७० वर्ष पुगेको छ र ६५ प्रतिशत महिला साक्षर छन् । 

नारी संवाददाता , वैशाख १२, २०७६

-- पुरै पढ्नुहोस् --

महिलामैत्री बन्दै वित्तीय क्षेत्र

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको अग्रणी बीमा कम्पनी भएजस्तै बीमा क्षेत्रका लागि यो शाखा अन्य शाखाको तुलनामा अग्रणी स्थान ओगट्न सफल छ । यो शाखाबाट बीमासम्बन्धी सम्पूर्ण सेवा–सुविधा उपलब्ध गराइन्छ । पाण्डे भन्छिन्–‘महिलाहरू आपसमा कुरा काट्ने, खुट्टा तान्ने गर्छन् भन्ने नेपाली कथनलाई हाम्रो शाखाका महिला कर्मचारीहरूले गलत साबित गरिदिएका छन् ।

लक्ष्मी भण्डारी थापा, श्रावण २५, २०७५

-- पुरै पढ्नुहोस् --

फूलको व्यापारमा ‘रजस्वला’

बंगलामुखीमा दैनिक फूल तथा पुजाको सामग्री बेचेर जीवन चलाउाने करिव एक दर्जन महिला छन् । आम्दानी र गुजाराका हिसावले यो व्यापार सहज भए पनि फूलका ग्राहकले हरेक पटक महिनावारीका बारेमा सोध्छन् ।

राधिका अधिकारी, कार्तिक २३, २०७४

-- पुरै पढ्नुहोस् --