पेरेन्टिङ

खै त हजुरबा–हजुरआमा ?

कुनै बेला हजुरबा–हजुरआमादेखि नाति–नातिनासम्म एउटै घरमा बस्थे । बालबालिकाहरू हजुरबा–हजुरआमाको परिपक्व एवं मायालु अभिभावकत्वमा हुर्कन्थे । हजुरबाको छातीमा टाँसिएर ‘एकादेशको कथा’ सुन्न पाउँदा बालबालिका दंग पर्थे । कतिपय सानातिना रोगमा हजुरआमाले घरेलु औषधि ख्वाउँथे । हजुरबा–हजुरआमा पनि नाति–नातिनासँग झुम्मिन पाउँदा आफ्नो रोग–व्यथा भुल्थे । उनीहरू घुलमिल भएर परिवारको माहौल नै रमाइलो बनाइदिन्थे । अहिलेका बालबालिका भने हजुरबा–हजुरआमाबाट विमुख छन् । हजुरबा–हजुरआमाले पनि आफ्ना नाति–नातिना खेलाउन पाइरहेका छैनन् । यसको मुख्य कारण संयुक्त परिवार टुक्रिनु नै हो । धेरै दम्पतीले एकल परिवारमा आफ्ना सन्तान हुर्काइरहेका छन् । मूल घर वा ठूलो परिवारबाट अलग भएर सानो एवं छरितो घरबार बसाउने प्रवृत्तिका कारण हजुरबा–हजुरआमा तथा नाति–नातिनाहरूलाई अलग गराएको छ । काम, पेसा, व्यवसायको सिलसिलामा वा सुख–सुविधाको खोजीमा धेरै दम्पती सहर पसेका छन् । यसले पनि हजुरबा–हजुरआमाहरूबाट नाति–नातिनाहरू टाढिएका छन् । वैदेशिक रोजगारीले समेत अहिले संयुक्त परिवारलाई टुक्राइदिएको छ । छोराहरू पैसा कमाउन विदेश जान बाध्य भएका छन् । बुहारीहरू छोराछोरीको भविष्य खोज्दै सहर पसेका छन् । श्रीमान्ले विदेशबाट पठाएको पैसाले छोराछोरीलाई सहरमा राखेर बोर्डिङ स्कुल पढाउने प्रवृत्तिले पनि नाति–नातिनाले हजुरबा–हजुरआमाको सामीप्य गुमाएका छन् ।‘हजुरबा–हजुरआमा एक्लै बस्दा दिक्कदारीपनले सताउने र नाति–नातिनामा असल मातृत्वको अभाव हुने’ मनोविश्लेषक वासु आचार्य बताउँछन् । ‘हजुरबा–हजुरआमालाई आफ्ना नातिनातिनासँग खेल्न–बस्न नपाउँदा दिक्क लाग्छ भने छोराछोरीसँग पनि वितृष्णा जाग्न थाल्छ ।पट्यारलाग्दा दिन गुजार्दै हजुरबा–हजुरआमाभनिन्छ–साउँको भन्दा ब्याजको माया । हजुरबा–हजुरआमा आफ्ना नाति–नातिना भनेपछि हुरुक्कै हुन्छन् । नाति–नातिनासँग खेल्न एवं रमाउन चाहन्छन् । बालबालिकाहरूसँग घुलमिल हुँदा उनीहरूले आफैलाई भुल्छन्, आफ्नो दु:ख भुल्छन् । नाति–नातिना अलग भएपछि भने उनीहरू पट्यारलाग्दा दिन बिताउन बाध्य हुन्छन् । न उनीहरूसँग मनको बह पोख्ने आफन्त छन्, न मन बहलाउने नाति–नातिनाहरू । कतिपय हजुरबा–हजुरआमा त वृद्धाश्रम पुर्‍याइएका छन् । बूढाबूढी भएपछि आफ्ना आमाबुवाको स्याहार–सुसार गर्न नभ्याउने वा नचाहनेहरूले आमाबुवालाई वृद्धाश्रममा राखिदिएका छन् । बुवा–आमालाई वृद्धाश्रममा राख्ने प्रवृत्ति बढेसँगै काठमाडौंजस्ता सहरी क्षेत्रमा सुविधायुक्त वृद्धाश्रम सञ्चालन गर्ने लहर नै चलेको छ । हुन त यसले बुढेसकालमा सुरक्षित आश्रय पनि प्रदान गरेको छ, तर परिवारबाट विमुख भएर बस्दा कतिपय बूढाबूढी चैनले निदाउन सक्दैनन् । अहिले पारिवारिक संरचना बदलिएसँगै हजुरबा–हजुरआमा तथा नाति–नातिनाबीचको निकटता पनि टुटेको छ । उनीहरू एउटै थलोमा रमाउन–खेल्न पाइरहेका छैनन् । एक–अर्काको स्पर्श र आत्मीयता गुमाइरहेका छन् । एक्लिँदै बालबालिका ‘थोरै भए सानो परिवार, सुखी परिवार’ जस्ता नारासँगै परिवारको आकार खुम्चदै गएको छ । अहिले एउटा दम्पतीको पुगिसरी एउटा परिवार भएको छ । एक दम्पतीले एक मात्र सन्तान हुर्काउने प्रवृत्ति पनि बढेको छ । त्यसैले बालबालिका आफ्नो ठूलो परिवारबाट विमुख भएका छन् । त्यति मात्र होइन, आमाबुवा दुवै कामकाजी छन् । अहिले परिवारको व्ययभार बढेकाले पनि काम, पेसा एवं व्यवसाय गर्नुपर्ने बाध्यता छ । आमाबुवा कामकाजी भएकाले छोराछोरी हुर्काउने वा स्याहार्ने फुर्सद छैन । अहिलेका बालबालिकाले सही किसिमको अभिभावकत्व गुमाइरहेका छन् । हजुरबा–हजुरआमासँगै हुर्कने बालबालिकाले धेरै कुरा पाउँछन् । उनीहरूले परिवारको स्नेह तथा स्पर्श प्राप्त गर्छन् । उनीहरूले संस्कार पनि सिक्छन् । हजुरबा–हजुरआमाको परिपक्व र अनुभवी अभिभावकत्वमा बालबालिकाहरू राम्रोसँग हुर्कन पाउँछन् । हजुरबा–हजुरआमा तथा नाति–नातिना एक–अर्काका सबैभन्दा घनिष्ठ मित्र पनि हुन् । जब घरमा हजुरबा–हजुरआमा हुन्छन् हजुरबा–हजुरआमा भनेका घरका गहना हुन् । उनीहरूले नै परिवारलाई सही मार्गदर्शन गर्छन् । परिवारको परम्परा, संस्कारमा नयाँपुस्तालाई अभ्यस्त गराउँछन् । उनीहरूले आफूसँग भएको सीप, दक्षता, ज्ञान नयाँ पुस्तासँग बाँड्छन् । परिवारका सदस्यहरूलाई एकढिक्का बनाएर राख्छन् । त्यसैले पारिवारिक एकताको मियो पनि हुन्, हजुरबा–हजुरआमा । हजुरबा–हजुरआमा हुँदा चाडपर्वमा पनि बेग्लै उल्लास छाउँछ । उनीहरूले परिवारको संस्कार जोगाइरहेका हुन्छन् । हजुरबा–हजुरआमा भएको घरमा ठूलालाई श्रद्धा एवं सानालाई माया गर्ने संस्कार हुन्छ । परिवारमा कुनै संकट परे, आर्थिक विचलन आए पनि हजुरबा–हजुरआमाले सही मार्गदर्शन दिएर परिवारको सुख कायम राख्छन् । 

सुजाता मुखिया, कार्तिक २१, २०७६

-- पुरै पढ्नुहोस् --

मोर्डन पेरेन्टिङ

मोर्डन पेरेन्टिङलाई अनलाइन हबभित्रको अभिभावकत्व भन्न सकिन्छ । जहाँ अत्यन्त व्यस्त व्यवसायिक अभिभावकहरूलाई आफ्ना बालबालिकालाई कसरी असल मार्गमा लगाउने भन्ने ज्ञान, त्यसका लागि समुदाय, एक–आपसमा सहयोग तथा म एक्लो छैन भन्ने महसुस गराइन्छ ।

नारी संवाददाता , वैशाख ३०, २०७६

-- पुरै पढ्नुहोस् --

साना नानीहरूलाई मोबाइल तथा टिभीको लतबाट कसरी जोगाउने ?

स–साना नानीहरू अहिले मोबाइलका गेम तथा टिभीमा आउने कार्टुनमा निकै रमाएको पाइन्छ । अभिभावकहरू पनि चकचक र बदमासीमा नलाग्ने हुँदा नानीहरू मोबाइलमा रमाउँदा राहतको अनुभव गर्छन् ।

सुवास लामा, वैशाख ५, २०७६

-- पुरै पढ्नुहोस् --

किन हायपर बन्दैछन् अभिभावक

आजको पारिवारिक दृश्य बदलिँदै गएको पाइन्छ । पहिले आमाबुवा कामकाजी भएका कारण शिशुलाई समय दिन पाउँदैनथे । अहिले शिशुका लागि अभिभावकले आफ्नो भूमिकालाई परिवर्तन गरेका छन् । अब शिशुको पालनपोषण आमाको जिम्मेवारी मात्र रहेन । हिजोआज कहिले आमाले त कहिले बुवाले शिशुको हेरचाहमा समय दिन थालेका छन् । 

रोजिन शाक्य, चैत्र २९, २०७५

-- पुरै पढ्नुहोस् --

बालबालिकाको भविष्य र समाज

बालबालिकालाई बाह्रखरी रटाउनुपर्ने उमेरमा डाक्टर, इन्जिनियर बन्नुपर्छ भनी रटाइन्छ । रहरभन्दा पनि समाज र घरपरिवारको प्रभाव वा दबाबले धेरैभन्दा धेरै यही बाटो हिँड्छन् । यसबाट फाइदा केवल गैरसरकारी शिक्षण संस्थाहरूले उठाउँछन् ।

निरज नेपाल, सिन्धुपाल्चोकचैत्र २५, २०७५

-- पुरै पढ्नुहोस् --

बालबालिकाका लागि रेसादार खानपान

रेसादार खाना वयस्क व्यक्तिका लागि जति आवश्यक छ, उति नै बालबालिकाहरूका लागि पनि जरुरी छ । बढ्दो उमेरका बालबालिकालार्ई उमेरसँगै रेसायुक्त खानेकुरा दिइएन भने उनीहरू पनि वयस्कजस्तै कब्जियतको शिकार हुन्छन् । 

नारी संवाददाता , चैत्र ३, २०७५

-- पुरै पढ्नुहोस् --

समयसँगै अघि बढौं

बालबालिकाको सुन्दर भविष्यका लागि अभिभावकहरू उनीहरूलाई सम्पूर्ण सुविधा उपलब्ध गराउँछन् । तैपनि अञ्जानमा केही गल्ती हुनसक्छन्, जसबाट जोगिनु जरुरी छ । 

रोजिन शाक्य, फाल्गुन २९, २०७५

-- पुरै पढ्नुहोस् --

पेरेन्टिङ केटाकेटी खेल होइन

घर बालबालिकाका लागि प्रारम्भिक पाठशाला हो । त्यसैले अभिभावकले आफ्ना बालबालिकालाई समझदारीपूर्वक एवं मनोवैज्ञानिक ढंगले नियन्त्रण गर्नुपर्छ । अभिभावकले उनीहरूका अगाडि वादविवाद एवं झगडा गर्नुहुँदैन ।

नारी संवाददाता , पुस २१, २०७५

-- पुरै पढ्नुहोस् --

घुम्ने, खेल्ने अनि सिक्ने

सुन्धारास्थित सिभिल मलमा बालबालिकाहरूलाई लक्षित गरी ‘सेन्टर बाल संसार’ संचालनमा ल्याइएको छ । त्यहाँ डेढ वर्षदेखि १४ वर्षसम्मका बालबालिका सजिलै रमाउँछन् जहाँ थुप्रै खेलौना उपलब्ध हुन्छन् । बालबालिकाले त्यहाँ खेल्दाखेल्दै मनोरञ्जनका साथै विभिन्न प्रकारको शिक्षासमेत लिन सक्छन् । ब्लग सेक्सनमा राखिएका खेलौनामा बालबालिकाले कलर, अक्षर तथा गणितका अंक खेल्दाखेल्दै सिक्छन् ।

मधु शाही, आश्विन २८, २०७५

-- पुरै पढ्नुहोस् --

पेरेन्टिङमा सकारात्मक सोच

बालबालिकालाई आफूले माया गरेको अनुभूति हुनुपर्छ तर गलत बानी एवं व्यवहारलाई रुचाउनु हुँदैन । धेरै माया गर्दा बालबालिका बिग्रन्छन् भन्ने सोच्नु पनि गलत हो । प्रेमबिना शिशुले अनुशासन सिक्दैन । उसको आत्मविश्वास कमजोर हुन सक्छ । पढाइ राम्रो भए धन्यवाद दिएसँगै नराम्रो भए उसको कमजोरी पहिल्याएर त्यसलाई सुधार्न सहयोग दिनुका साथै प्रोत्साहित समेत गर्नुपर्छ ।

नारी संवाददाता , भाद्र २९, २०७५

-- पुरै पढ्नुहोस् --

पेरेन्टिङमा सकारात्मक सोच तय हुनुपर्छ सीमा

बालबालिकालाई आफूले माया गरेको अनुभूति हुनुपर्छ तर गलत बानी एवं व्यवहारलाई रुचाउनु हुँदैन । धेरै माया गर्दा बालबालिका बिग्रन्छन् भन्ने सोच्नु पनि गलत हो । प्रेमबिना शिशुले अनुशासन सिक्दैन । उसको आत्मविश्वास कमजोर हुन सक्छ । पढाइ राम्रो भए धन्यवाद दिएसँगै नराम्रो भए उसको कमजोरी पहिल्याएर त्यसलाई सुधार्न सहयोग दिनुका साथै प्रोत्साहित समेत गर्नुपर्छ । गल्ती सुधार्न अधिकतम प्रोत्साहन दिनुपर्छ ।

नारी संवाददाता , भाद्र १५, २०७५

-- पुरै पढ्नुहोस् --