चिठी

पढेकी स्वास्नी

प्रिया समाजशास्त्रमा स्नातकोत्तर गरेकी शिक्षित गृहिणी हुन् । उनको विवाह एस.एल.सी. लगत्तै तुरुन्त भएको थियो । प्रियाको जागिर खाने ठूलो धोको छ तर भाग्यले साथ दिइरहेको छैन । एक रुपैयाँ चाहिए पनि अर्काकै भर पर्नुपर्ने, भनाइ खानुपर्ने, मगन्तेले झैं हात पसार्नुपर्ने यथार्थता सम्झेर उनलाई आत्मग्लानि हुन्छ आफूले कमाउन नसकेकोमा ।प्रिया विगतलाई सम्झन्छिन् । सुदूरपूर्वको विकट गाउँमै पढेकी भए पनि प्रथम श्रेणीमा एस.एल.सी. उत्तीर्ण गरेकी थिइन् । उतिबेला उनले प्रथम श्रेणीमा एस.एल.सी. उत्तीर्ण गर्नु अहिले जस्तो चानचुने कुरा थिएन । बिनापूर्वाधार सहरबाट खोजेर ल्याइएका एस.एल.सी. र आई.ए. सम्म पढेका शिक्षकका भरमा पढ्नुपथ्र्यो । पूरै जिल्लाबाट दुई–चार जना विद्यार्थी मात्र प्रथम श्रेणीमा उत्तीर्ण हुन्थे । अझ छोरीले प्रथम श्रेणीमा एस.एल.सी. उत्तीर्ण गर्नु त ऐतिहासिक नै हुन्थ्यो । आफ्नो जिल्लामा मात्र नभई छिमेकी जिल्लासम्म प्रियाको नाम चलेको थियो । रिजल्टपछि गाउँले तथा माइतीपक्षका मानिसहरूको भनसुन र दबाबका कारण उनका सासू–ससुराले छोरासँगै काठमाडौं गएर पढ्ने अनुमति दिएका थिए । ठूलो उत्साह, उमङ्ग र फुर्तीसाथ पढ्न भनेर उनी काठमाडौं आएकी थिइन् श्रीमान्, नन्द, आमाजू र देवरका साथ ।उनको चार्टर एकाउन्टेन्ट बन्ने चाहना थियो । त्यसैले कमर्स कलेजमा भर्ना भइन् । काठमाडौंमा कोठाको बसाइ, ठूलो परिवार, बुहारीको जिन्दगी त्यसमाथि चार्टर एकाउन्टेन्ट बन्ने धोको । विवाहअघि कल्पना गरेको संसार अनि देखेको सपना र विवाहपछि भोगेको वास्तविक जिन्दगीबीच आकाश–जमिनको फरक पाइन् उनले । अपरिपक्व स्वभाव, केटाकेटीपन, सधै आर्थिक समस्या अनि पारिवारिक दायित्व र कर्तव्यको पालना गर्दागर्दै उनले देखेको, कल्पिएको स्वर्णिम संसार एकपछि अर्को गर्दै भत्कदै गयो, चकनाचुर हुँदै गयो । तैपनि प्रियाले पढ्न छाडिनन् र आई.कम. प्रथम श्रेणीमा उत्तीर्ण भइन् । बी.कम. भर्ना हुँदासम्म उनी छोरीकी आमा बनिसकेकी थिइन् । परिवार ठूलो भए पनि सबै पढ्ने भएकाले उनलाई कलेज जान पालो दिने कोही भएनन् । बरू छोरी जन्मिएपछि उनी पक्का गृहिणी भइन् । यसरी प्रियाको सपना एक–एक गर्दै टुक्रदै गयो सिसाको टुक्राझैं कहिल्यै नजोडिने गरी ।वास्तविक जीवनसँग मेल खाने लेख, आजका प्राय: शिक्षित महिलाहरूको यथार्थता । यथार्थ कुरा जुन प्राय: महिलाले भोग्छन् ।  

नारी संवाददाता , मंसिर ५, २०७६

-- पुरै पढ्नुहोस् --

नारी बहस सान्दर्भिक

गत चैतको नारीमा प्रकाशित बहस ‘परिवार नियोजन र त्यसका असर’ सान्दर्भिक छ । वर्तमान व्यस्त जीवनशैलीमा भगवान्को कृपा मानेर जति जन्मिन्छन् त्यति नै सन्तान जन्माइरहनु कुनै पनि दृष्टिले उपयुक्त हुँदैन ।

नारी संवाददाता , जेष्ठ ७, २०७४

-- पुरै पढ्नुहोस् --

उपत्यकाबाहिरका कुरा बढी समेटिनुपर्‍यो

नारी पढ्दा राजधानी केन्द्रित पत्रिकाजस्तो लाग्छ । यसमा उपत्यकाबाहिरका कामकुरा नछापिने त होइनन् तर ती पर्याप्त छैनन् । उपत्यकाबाहिरका क्रियाकलाप समेट्न तथा मोफसलमा बसेर संघर्ष गरिरहेका महिलाहरूको जानकारी सबैसामु पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने नारीले त्यसतर्फ ठोस कदम चाल्न आग्रह छ ।

नारी संवाददाता , जेष्ठ ७, २०७४

-- पुरै पढ्नुहोस् --

अझ पठनीय होस्

म नारी नियमित रूपमा पढ्छु । विगत केही समययता नारीमा आउने पुरुषसम्बन्धी स्तम्भ निकै मन पर्छ । आगामी दिनमा यस्ता स्तम्भ अझ थप हुनु आवश्यक छ किनभने नारी–पुरुष एउटै सिक्काका दुई पाटा हुन् ।

नारी संवाददाता , जेष्ठ ७, २०७४

-- पुरै पढ्नुहोस् --

स्वतन्त्रता सबैको अधिकार

गत महिना ‘कति स्वतन्त्र छन् महिला ?’ पढेपछि लेख्न मन लाग्यो । आधुनिक नेपाली महिला यसअघिको तुलनामा निकै स्वतन्त्र त छन् तर कति स्वतन्त्र छन् र स्वतन्त्रताको मापदण्ड के हो भन्ने विषय बहस हुनसक्छ ।

नारी संवाददाता , जेष्ठ ५, २०७४

-- पुरै पढ्नुहोस् --

विद्यार्थी एवं अभिभावकका लागि

नयाँ शैक्षिक सत्र प्रारम्भ हुन लागेको छ । कुन शिक्षालयले आफ्नो उद्देश्य पूरा गर्न बढीभन्दा बढी सहयोग गर्लान् भनी विद्यार्थी एवं अभिभावकहरू उपयुक्त विद्यालयको खोजीमा लाग्ने बेला पनि यही हो । शिक्षा प्रदान गर्ने उद्देश्यले खुलेका सबै शिक्षण संस्थाका आ–आफ्नै विशेषता हुन्छन् ।

नारी संवाददाता , वैशाख ७, २०७४

-- पुरै पढ्नुहोस् --

सशक्तीकरण समयको माग

मानव बेचबिखनको समस्या विश्वभर छ जसबाट नेपाल पनि अछूतो छैन । अझ यो कुरामा बढी पीडित त महिलाहरू नै छन् ।

नारी संवाददाता , वैशाख ५, २०७४

-- पुरै पढ्नुहोस् --

असम्भव केही छैन

गत महिनाको विशेष सामग्रीअन्तर्गत प्रकाशित असम्भव केही छैन सार्‍है मन पर्‍यो । प्रकृतिले नै ठगेको अवस्थामा समेत हिम्मत नहारी उदाहरणीय काम गर्ने साहसी दिदीबहिनीहरूलाई सलाम छ । हामीकहाँ अझै पनि अपाङ्गहरूलाई हेर्ने दृष्टि त्यति सकारात्मक छैन ।

नारी संवाददाता , वैशाख ४, २०७४

-- पुरै पढ्नुहोस् --

पुरुषको साथ आवश्यक

आधुनिक महिलाका जिम्मेवारी पनि बढेका छन् । आधुनिक महिलाका लागि सिर्जित जिम्मेवारी जीवनकै ठूलो चुनौती बन्दै गएको छ ।

नारी संवाददाता , चैत्र ३, २०७३

-- पुरै पढ्नुहोस् --

युवा आशाले आश जगायो

हाम्रो सामाजिक व्यवस्थाका कारण महिलाहरू पुरुषमाथि निर्भर रहनुपर्ने तीतो यथार्थ छ तर क्षमताको कुरा गर्ने हो भने महिलाहरू पनि कम छैनन् ।

नारी संवाददाता , फाल्गुन ७, २०७३

-- पुरै पढ्नुहोस् --

समानता व्यवहारमा हुनुपर्छ

समानता र सशक्तीकरण अहिलेका सर्वाधिक चलेका शब्द हुन् । यथार्थ के हो भने सशक्तीकरणको अर्थ पुरुषसरह हुनु होइन भने समानता भनेको महिलाले पुरुषले गरेजस्तै काम गर्नुपर्छ भन्ने पनि होइन । यी दुवै शब्द महिलालाई सबल, सक्षम, आत्मविश्वासी भएर अघि बढ्न सक्ने वातावरण सिर्जना गराउने खालका छन् ।

नारी संवाददाता , फाल्गुन ६, २०७३

-- पुरै पढ्नुहोस् --