रोजगार

भर्चुअल रोजगार

 कोरोना महामारीपछि धेरै कुरामा परिवर्तन आएको छ । हरेक कुरा भर्चुअल हुन थाले । भर्चुअल कक्षा, भर्चुअल मिटिङ, भर्चुअल कुराकानी, भर्चुअलश्राद्ध आदि । कोरोनाबाट सुरक्षित रहन सामाजिक दूरी अपनाउनुपर्ने भएकाले पनि हरेक कुरा भर्चुअलमै सीमित रहे । नयाँअवसरहरूको खोजी गरिरहेकाहरू अवसरबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यका साथ लन्च भयो ‘रोलिङ नेक्सस डट कम’ । क्षमता भएर रोजगारीका खोजीमा रहेकाहरूका लागि भर्चुअल सारथी बनेको छ यो । मानव संसाधनको व्यवस्थापन, रोजगारी र उद्यमशीलतामा सामाजिक नेटवर्किङका माध्यमबाट हरेकको उपस्थिति गराउन यो संस्था सफल हुँदै गएको छ ।‘रोलिङ प्लान्स’ ले १६ वर्ष पूरा गरेको अवसरमा नयाँ ब्रान्ड ‘नेक्सस रोलिङ डट कम’ संचालनमा ल्याएको हो । रोलिङ नेक्ससमार्फत क्षमता भएका र नयाँ अवसरको खोजीमा रहेका व्यक्तिहरूलाई रोजगार प्रदान गर्दछ । यसका अतिरिक्त टेन्डर, छलफलदेखि उपभोक्ताको उजुरीसमेत भर्चुअलमार्फत समाधान गर्दछ । मुलुकमा रोजगारी र उद्यमशीलताको अवसर नरहेकाले नयाँ सम्भावना र अवसरलाई एउटै प्लेटफर्ममा समेट्नका लागि नेक्सस रोलिङको सुरुवात गरेको निर्देशक निशा केसीले बताइन् ।पछिल्लो समय भर्चुअल माध्यम निकै प्रभावकारी हुँदै गएको उनी बताउँछिन् । उनका अनुसार व्यक्तिहरूको सहभागिताका आधारमा मूल्यांकन गर्ने हो यसलाई एक अवसरको प्लेटफर्मका रूपमा प्रयोग गर्न थालेका छन् । उनी भन्छिन्, ‘नेक्सेसमा दैनिक दुई सय प्र्रयोगकर्ता र १२ सयले भिजिट भइरहेको छ ।’ रोलिङ नेक्ससलाई व्यक्ति र व्यवसायको संलग्नता र वेव ट्राफिक दुवैका आधारमा व्यावसायिक सामाजिक सञ्जालमा बनाउने योजना रहेको उनी बताउँछिन् । रोलिङ प्लान्सकै भर्चुअल माध्यमबाट ४० हजारभन्दा बढीलाई रोजगार प्रदान गरिसकिएको छ । यस क्रममा करिब दुई सयभन्दा बढी सम्पूर्ण रोजगारको भर्ना तथा छनोट प्रक्रियामा पनि सामेल भैसकेको निशा बताउँछिन् ।के हो रोलिङ नेक्सस ?रोलिङ नेक्सस डट कम नेपालको पहिलो व्यावसायिक सामाजिक सञ्जाल हो । करिब १६ वर्षदेखि संचालनमा आएको रोलिङ प्लान्स प्राइभेट लिमिटेडले आफ्नो ब्रान्डका रूपमा यसलाई लन्च गरेको हो । ‘नयाँ सम्भावनाहरूको सञ्जाल’ मुख्य नाराका साथ सञ्चालित यो व्यवसाय मुख्यतया चार सिद्धान्तमा आधारित रहेर सञ्चालित छ । यो वेवसाइटले दक्षता अभिवृद्धि, रोजगारी सिर्जना, अवसर र सम्भावनाको खोजी र उद्यमशीलतालाई वृद्धि गर्ने लक्ष्य राखेको छ ।रोलिङ नेक्ससमार्फत रोजगारीका साथसाथै टेन्डर, फ्रिलान्स, क्याट, इभेन्ट, छलफलजस्ता कार्यहरू गर्न सकिन्छ । यसका अलावा रोलिङ बजार, रोलिङ उजुरीसमेतको व्यवस्था रहेको छ । यसअन्तर्गत उपभोक्ताहरूले आफू ठगिएमा वा कुनै समस्या परेमा सोको समाधानका लागि सम्बन्धित कम्पनीबाट जवाफको व्यवस्थासमेत रोलिङ उजुरीले मिलाएको छ ।कसरी संलग्न हुने ?रोलिङ नेक्सस सामाजिक सञ्जालको प्लेटफर्म प्रयोग गर्न पहिला ९धधध।चयििष्लनलझहगक।अय० को वेवसाइट खोल्नुपर्छ । यो सञ्जाल व्यक्ति वा व्यवसाय दुवैले प्रयोग गर्न सक्छन् । प्रयोग गर्नका लागि इच्छुक व्यक्ति व्यवसायले आफ्नो प्रोफाइल बनाउनुपर्ने हुन्छ । एकपटक प्रोफाइल तयार गरिसकेपछि खोजेअनुसारको सेवा प्राप्त गर्न सकिन्छ । यसमार्फत १८ वर्षदेखि ६५ वर्ष उमेर समूहका व्यक्तिहरूले सेवा लिन सक्छन् । निशा केसी, निर्देशक रोलिङ प्लान्सदेशको कुल जनसंख्याका आधारमा १८ देखि ६४ वर्षको करिब ८० लाख जनसंख्या मात्रै श्रम सहभागिता रहेको छ । रोलिङ नेक्ससको मुख्य उद्देश्य भनेको बेरोजगारी दर कम गर्नु हो । बेरोजगार जनसंख्यालाई उद्यमशीलतामार्फत अवसर दिनु नै नेक्सेसको काम हो । यसअन्तर्गत घरेलु उद्यम प्रवर्द्धन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोजगारी प्रदान गर्ने, डेलिबरी सेवा, कृृषिजन्य कार्यक्रमलगायतका सेवा प्रदान गरिन्छ । प्रविधिले फड्को मारेको समयमा नेटवर्किङ माध्यमबाट हरेक व्यक्तिहरूको उपस्थिति जनाउनु रहेको छ ।अत्यधिक श्रमशक्ति सहभागिता गराउने उद्देश्यका साथ अघि बढिरहे पनि हाम्रा माझ थुप्रै चुनौतीहरू रहेका छन् । उक्त वर्ग समूह प्राविधिक साक्षरता नहुनु, मोबाइलमैत्री वातावरण नहुनु नै मुख्य चुनौती हुन् । यस कारण सेवाग्राहीहरू प्रविधिमा पोख्त नहुनाले केही सीमित वर्गलाई मात्रै सेवा दिन सकिएको छ । प्रविधिमैत्री वातावरण बनाउन सके भविष्यमा धेरैलाई रोजगारी प्रदान गर्दै नेपालको अर्थतन्त्रमा टेवा पुर्‍याउने लक्ष्य हामीले लिएका छौं ।

नारी संवाददाता , मंसिर १०, २०७७

-- पुरै पढ्नुहोस् --

फूलसँगै फुलेका महिला

फूल खेतीप्रति महिलाको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ । अहिले कुल व्यवसायीमध्ये ६० प्रतिशत महिला छन् । सरकारले व्यावसायिक महिलाका लागि अनुदान दिन थालेपछि फूल व्यवसाय गर्न महिलाहरू उत्साही भएका छन् ।

प्रकृति दाहाल, चैत्र ११, २०७६

-- पुरै पढ्नुहोस् --

बार टेन्डरमा महिला

मदिरापान हिजोआज स्वाभाविक र सामाजिक हुन थालेको छ । फलत:मदिरा पानका लागि रात्रिकालीन बार र रेस्टुराँ सञ्चालनमा वृद्धि हुँदैछ । यस्ताबारमा पछिल्लो समय महिलाहरूको आकर्षण पनि बढ्दैछ । महिलाहरू नै बार टेन्डरका रूपमा स्थापित हुन थालेका छन् ।

नारी संवाददाता , फाल्गुन १८, २०७६

-- पुरै पढ्नुहोस् --

महिलाहरूलाई अटो मेकानिक तालिम

हेटौंडा १५ र १८ मा ५–५ जना महिलाको समूह बनाई संचालन गरिएको तालिममा कुल ७ जना दलित र ३ जना जनजाति महिलाहरूको सहभागिता रहेको छ । आवश्यक प्रविधि हेटौंडा उपमहानगरपालिकाले अबको केही दिनमै सहयोग गरिसकिने बताएको छ भने तालिमका सहभागी महिलाहरू ग्यारेज स्थापनाका लागि उपयुक्त ठाउँ खोज्न थालिसकेका छन् ।

नारी संवाददाता , फाल्गुन १३, २०७६

-- पुरै पढ्नुहोस् --

व्यावसायिक भान्सा

फुडमारियो खानपानसम्बन्धी एप्स हो । यसलाई हामी युवाहरूले विगत दुई वर्षदेखि सञ्चालन गरिरहेका छौं । यसले घरको भान्सामा बनेका खानेकुरा ग्राहकसम्म पुर्‍याउने काम गर्छ । फुडमारियोमाअहिले दैनिक करिब ४ सय ५० अर्डर आउँछ । यो एप्स डाउनलोड गर्नेहरूको संख्या दिनप्रतिदिन बढ्दैछ । यसले गर्दा पनि व्यस्त समयमा खाना–खाजा आदिको अर्डर गर्न सहज भएको छ ।

रोहित तिवारी, संस्थापक फुडमारियो मंसिर ५, २०७६

-- पुरै पढ्नुहोस् --

एप्सबाट रोजगारी

काम दिन होस् वा कामदार खोज्न अहिले एप्सहरू सक्रिय हुँदै गएका छन् । रोजगारीको क्षेत्रमा समेत प्रविधिले फड्को मारेको छ । नेपालमा श्रीयोग डटकम, भेटायो डटकम, मेरो जब्स, कुमारी जब्स, जब्स नेपाल, मेरो रोजगारी, नेपाली जब्स आदि एप्सले कामदार खोजिदिनेदेखि रोजगारी उपलब्ध गराउने कामसम्ममा सक्रियता देखाउँदै आएका छन् । 

प्रकृति दाहाल, श्रावण ३०, २०७६

-- पुरै पढ्नुहोस् --

सहज जीवन यापनका लागि एड्भान्स सिलाइ कटाई 

महिला लक्षित एक हप्ते सिलाई कटाई तालिम एक कार्यक्रम वीच आइतवार समापन भएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा एस.एस. सिलाई केन्द्रले असार २२ गते देखि २९ गतेसम्म सञ्चालन गरेको सिलाई कटाइ तालिम आईतबार समापन गरिएको हो । कार्यक्रममा तालिममा सहभागी १२ जना महिलालाई प्रमाणपत्र  बितरण गरियो । 

नारी संवाददाता , असार ३०, २०७६

-- पुरै पढ्नुहोस् --

पठाओ र टुटलले  दिलायो रोजगारी

टुटलले महिलाहरूसँग कमिसन नलिने र राइडबापत बोनस पनि पाइने हुनाले महिलाहरूका लागि यो पेसा आम्दानीको राम्रो स्रोत भएको सुनुवार बताउँछिन् । साधन हुनेहरूले चाहना हुँदा बेरोजगार बस्नु नपर्ने उनको दाबी छ । भीम माया भन्छिन्–‘आँट र साहस गर्‍यो भने यो एप्सबाट राम्रो आम्दानी गर्न सकिन्छ ।

प्रकृति दाहाल, असार २२, २०७६

-- पुरै पढ्नुहोस् --

कानुनी शिक्षा

अहिले कानुनी शिक्षाप्रतिको आकर्षण बढ्दै गएको छ । देशमा संघीयता लागू भएसँगै कानुनप्रतिको क्रेज थप वृद्धि भएको जानकारहरू बताउँछन् । देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएसँगै स्थानीय तहदेखि केन्द्रीय तहसम्म कानुनको आवश्यकता भएकाले पनि कानुनी शिक्षामा आकर्षण बढेको हो ।

नारी संवाददाता , जेष्ठ २७, २०७६

-- पुरै पढ्नुहोस् --

मन्टेश्वरी शिक्षा 

मन्टेश्वरी शिक्षा हिजोआज हाम्रो चासोको विषय बन्नुका साथै विद्यालय शिक्षाको अभिन्न अङ्गसमेत भएको छ ।

कल्पना अधिकारी, शिक्षक एवं मन्टेश्वरी ट्रेनरमाघ ९, २०७५

-- पुरै पढ्नुहोस् --

कफीप्रति बढ्दो आकर्षण

कफीले रिफ्रेस गराउँछ । सधै एक्टिभ राख्छ भने स्मरणशक्ति पनि बढाउँछ । विश्वका ७० प्रतिशत मानिस अरेबिका कफी सेवन गर्छन् । अरेबिका कफी हल्का तथा सुगन्धित हुन्छ । ३० प्रतिशतले रोबुस्टा सेवन गर्छन् । यो स्वादमा तीतो हुनुका साथै यसमा अरेबिकाको तुलनामा ५० प्रतिशत बढी कफिन हुन्छ ।

उपासना घिमिरे, मंसिर २१, २०७५

-- पुरै पढ्नुहोस् --