घर

घरको वातावरणलाई कसरी उर्जाशील बनाउने ?

लक्ष्मी खड्का, आर्किटेक्टचारैतिरबाट पर्खालले घेरेर बनाएको संरचनालाई मात्र घर भनिँदैन । एउटा संरचना तब मात्र घर बन्छ, जब संरचनाभित्र सही किसिमको सकारात्मक उर्जाको उत्पन्न रप्रभाव हुन्छ । हरेक भवनभित्र फरक–फरक उर्जा उत्पन्न भएकै हुन्छ भन्ने भनाई परापूर्वकाल देखिनै रहेको छ ।  जब कुनै पनि मानिस एउटा घर भित्र पस्दछ, उसले राम्रो, नराम्रो केही न केही सोच्छ, महसुस गर्छ । त्यसैले घर भित्र सही उर्जा उत्पन्न गराउन आफैंले सक्दो प्रयास गर्नु पर्छ । स्वस्थ, स्फुर्ति, आराम र उर्जाका लागि घरको वातावरण सही बनाउनै पर्छ ।तसर्थ घर तथा भवनको प्रवेशद्वार आकर्षक बनाउनु पर्छ । आँगन भित्र र वरिपरि सधैं सफा र  सकेसम्म हरिया बोटबरुवा रोप्नु उत्तम हुन्छ । ठूलो फूलबारी बनाउन नसकिए पनि गमलामा फूलका बिरुवा रोप्नु पर्छ । साथै प्रवेशद्वारको दुवै भागमा बत्ती राख्नुलाई पनि उत्तम मानिन्छ । आजकल अपार्टमेन्टहरुमा बस्ने चलन पनि बढ्दो छ । तसर्थ यस्तो खण्डमा भने मुख्यद्वारको दुवै साइडमा तामा, पित्तल, माटो वा सेरामिकको भाँडामा पानी भरी फूलका गुच्छाहरु राख्न पनि सकिन्छ । त्यहाँ राखिएको पानी भने सकेसम्म हरेक दिन फेर्ने गर्नु पर्छ । त्यसपछि घर भित्र पसिसकेपछिको इन्ट्रान्स लब्बीमा पनि जुत्ताहरु मिलाएर राख्नु पर्दछ र सकेसम्म प्रवेशद्वारबाट भित्र पस्ने भागलाई आकर्षक बनाउन भित्तामा उज्यालो रंगको प्रयोग गर्नु पर्दछ । भित्तामा राम्रा तस्विरहरु टाँस्ने र कुनै भागमा हरियो वोटर विरूवा राख्न सकेको खण्डमा सुनमा सुगन्ध हुन्छ ।घर भित्र घाम, सूर्यको रोशनी र हावा एकदम आवश्यक हुन्छ । घामको उज्यालोले भिटामिन डि प्रदान गर्दछ जसले शरीरमा स्फुर्ति बढाउँछ । तसर्थ घरभित्र सकारात्मक उर्जाको लागि कोठाको पर्दा ब्लाइन्दरसहरु खोलीहावा र प्रकाशलाई सक्दो मात्रामा कोठामा प्रवेश गराउनु पर्छ । यस्तै घरमा अस्तव्यस्तता हटाउन अनावश्यक सामानहरु राख्नु हँुदैन र आवश्यक सामानहरुलाई व्यवस्थित राख्नु पर्दछ । सकेसम्म घरका भित्ताहरुमा पनि उज्यालो रंगको प्रयोग गर्नु पर्दछ । कोठाका भित्ताहरुमा विभिन्न आर्टहरु, परिवारका फोटोहरु टाँस्नु पनि उपयुक्त हुन्छ । खाली भित्तामा कसैको जाँदैन तर सुन्दर वस्तुहरुबाट सजाइएका भित्ताले सबैको आँखा तान्छ । तसर्थ उज्याला रंगका अलावा सुन्दर वालपेपरहरुको प्रयोग गर्न पनि सकिन्छ ।साथै कोठामा फर्निचरहरु राख्दा भित्तासँग मिलाएर राख्नु पर्दछ । हिँड्ने भाग अथवा सरकुलेसन स्पेसलाई छेक्नु हँुदैन । जसले गर्दा सकारात्मक उर्जाको प्रभावमा पनि कमआउन सक्छ । यस्तै घरभित्र प्रयोग गर्ने लाइट पनि उज्यालो भएको खण्डमा उत्तम हुन्छ । साथै घरका कुनाहरुमा हरिया बोटविरुवा राख्नाले मात्र पनि कोठालाई छुट्टै आकर्षण प्रदान गर्छ ।यसका अतिरिक्त आफ्नो बेडहरु उठिसकेपछि मिलाएर सफा राख्नु पर्दछ । घर भित्रको मुख्य भाग भनेको बाथरुम पनि हो, जुन सधैं सफा राख्नु पर्दछ । यस्तै किचेनलाई पनि काम गर्न सजिलो हुने गरी लेआउट गर्नु पर्दछ । खानापछि भाँडाहरु माझी सफा र सुख्खा राख्ने, झ्याल खोली उज्यालो र हावाको प्रवाहहुने बताउनु पर्छ । साथै घरमा स्पेस भएको खण्डमा पानीको सानो फाउन्टेन वा एक्वेरियम राख्नु उपयुक्त हुन्छ । जहा ँपानी फेरिरहनु पर्छ ।यसकाअलावा सुगन्धितधूप, फूल राख्नाले पनि घर भित्रको नकारात्मक उर्जाबाट टाढा रहन मद्दत मिल्छ । त्यस्तै क्रिस्टलको प्रयोग गर्ने चलन बढ्दो छ । क्रिस्टल राख्नन सकिएको खण्डमा घरको चार कुनामानुन राख्नु पनि राम्रो हुन्छ । जुन बेलाबेलामा फेरिरहनु पर्छ । घरको सफाई गर्दा नुनपानीले पुछ्ने गर्नाले पनि नकारात्मक भाव नाशहुने मानिन्छ । (हाल जापानमा रहेकी खड्कासित सिर्जना दुवाल श्रेष्ठले गरेको कुराकानीमा आधारित ।) 

नारी संवाददाता , जेष्ठ १४, २०७७

-- पुरै पढ्नुहोस् --

गार्डेनिङ

कौसीमा फुलबारी बनाउँदा स–साना बिरुवा रोप्नु राम्रो हुन्छ । त्यसका साथै फरक–फरक फूल लगाउँदा आकर्षक देखिन्छ । कौसीमा गमलामा फूल रोप्नु उपयुक्त हुन्छ । 

नारी संवाददाता , चैत्र १, २०७५

-- पुरै पढ्नुहोस् --

व्यवस्थित होस् स्टोर रूम पनि

घरको इन्टेरियर गर्दा ड्रइङ रुम, बेडरुम, किचन तथा लिभिङ एरियामा बढी केन्द्रित हुनुपर्छ । यस्तोमा स्टोर रुम घरको उपेक्षित कुना बन्न पुग्छ । जसले गर्दा घरको यो एरियाले सम्पूर्ण घरकै शोभा बिगार्छ । अत: स्टोर रुमको महत्व एवं आवश्यकतालाई बेवास्ता गर्नु हुँदैन ।

नारी संवाददाता , कार्तिक २८, २०७५

-- पुरै पढ्नुहोस् --

गायिका स्मिताको कोजी होम

डेढ रोपनी जग्गामा निर्मित यो घर बाहिरबाट हेर्दा बंगला स्टाइलको देखिन्छ । मुख्य ढोकाबाट भित्र छिरेपछि सानो बगैंचा छ जहाँ कोइरालाको रुखदेखि भोगटे तथा अम्बाका रुखहरूसम्म छन् । यो घर बाहिरबाट नयाँ स्टाइलको आवरणमा देखिन्छ भने भित्र नयाँ र पुरानोको फ्युजनमा तयार भएको छ । यो घरमा स्मिताका थुप्रै गीतको म्युजिक भिडियोसमेत छायांकन गरिएको छ ।

सिर्जना दुवाल श्रेष्ठ, चैत्र ६, २०७४

-- पुरै पढ्नुहोस् --

एक्सटेरियर र इन्टेरियरमा ए वान घर

इन्टेरियर डिजाइनको प्रक्रियामा धेरै विषय थपिँदै गएका छन् । पहिले इन्टेरियर भन्नासाथ घरभित्रको सजावट बुझिन्थ्यो भने अहिले बाहिरी सजावट अर्थात् एक्सटेरियरलाई पनि उत्तिकै महत्व दिन थालिएको छ । भैंसेपाटीस्थित भूपेन्द्र सिंहको यो घरलाई एक्सटेरियरदेखि इन्टेरियर लुकसम्मलाई भिन्न रूप दिइएको छ ।

सपना भुसाल सापकोटा, इन्टेरियर डिजाइनर, सपना भुसालपुस २०, २०७४

-- पुरै पढ्नुहोस् --

घरको नक्सासँगै इन्टेरियर योजना

इन्टेरियर डिजाइन घरमा बस्नेहरूको काम, स्वभाव तथा उनीहरूको व्यावहारिक गतिविधिअनुसार डिजाइन गरिन्छ । कोठाको आकार र उचाइमा विशेष ध्यान दिइन्छ । यसैका आधारमा फर्निचर, पर्दा, भित्ताको रंग आदि छनोट गरिन्छ । इन्टेरियरको महत्व बढेकैले पहिले घरको नक्सा डिजाइनलाई मात्र महत्व दिनेहरू अहिले इन्टेरियर डिजाइनका बारेमा पनि जिज्ञासा राख्न थालेका छन् ।

सिर्जना दुवाल श्रेष्ठ, कार्तिक ३०, २०७४

-- पुरै पढ्नुहोस् --

रिक्रियसन प्लेस अर्थात् बाथरुम

आजभन्दा करिब आधा दशकअघिसम्म पनि बाथरुमलाई पानी पोख्ने–पोखिने तथा दिसा–पिसाब गर्ने स्थानका रूपमा मात्र लिइन्थ्यो ।

लक्ष्मी भण्डारी थापा, वैशाख २, २०७४

-- पुरै पढ्नुहोस् --

फ्युजन स्टाइलको नेपाली घर

घर भनेको आफूलाई मन परेको म्युजियम हो । कामको सिलसिलामा दिनभरिको दौडधूपपछिको थकान लिएर घरमा छिर्दा घरको वातावरणले मेडिटेसनको काम गर्न सक्यो भने जीवन स्वत: स्वस्थ र रमाइलो हुन्छ ।

नारी संवाददाता , चैत्र ३१, २०७३

-- पुरै पढ्नुहोस् --

स्मार्ट होम डेकोर

परम्परागत लुकका लागि भित्तामा गाढा सेड्स पेन्ट गर्नुपर्छ । हरेक कोठालाई फरक–फरक रंगले सजाउनुपर्छ, जसले गर्दा हरेक कोठा फरक एवं विशेष देखिन्छ ।

नारी संवाददाता , माघ २३, २०७३

-- पुरै पढ्नुहोस् --

भान्सामा भण्डारण

भान्सालाई घरको अहम् हिस्सा मानिन्छ । यो भाग निकै चलायमान पनि हुन्छ । भान्सामा खाना तयार गरिन्छ । त्यसका लागि विविध वस्तुको आवश्यकता पर्छ । खाना तयार गर्दा चाहिने सामग्रीहरूको आ–आफ्नै महत्व हुन्छ । कुनै सामान लामो समयका लागि खरिद गर्न सकिन्छ भने कुनै सामान छोटो समयका लागि खरिद गरिन्छ । आफ्नो आवश्यकताअनुसार सामानहरूको भण्डारण गर्नुपर्छ ।

नारी संवाददाता , माघ ४, २०७३

-- पुरै पढ्नुहोस् --

परम्परागत भान्सा

भान्सा सजाउन रुचाउने तथा भान्सा डिजाइनमा कलात्मक सोच भएकाहरूका लागि नयाँ अवधारणा सिर्जना गर्ने कला परम्परागत भान्साले प्रदान गर्छ । यो भान्सा कालिगढको सीपमार्फत तयार पारिन्छ । पुराना विश्वप्रख्यात कालिगढहरूले बनाएको डिजाइनलाई आधार मानी परम्परागत भान्सा बनाइन्छ ।

नारी संवाददाता , पुस २८, २०७३

-- पुरै पढ्नुहोस् --