विशेष

चङ्गाको इतिहास

 नेपाली बृहत शब्दकोषमा चङ्गाको शाब्दिक अर्थ ‘कागज वा कपडाको चारकुने टुक्रामा घुमाउरो पाराले एउटा र ठाडो एउटा सिन्काको फ्रेम हाली बनाइएको र धागो गाासेर हावामा उडाइने खेलौना वा खेलको साधन वा खेल ।’ उल्लेख गरिएको पाइन्छ । नेपालभाषा (नेवारी) मा ‘भुटुमाली’, हिन्दीमा ‘गुड्डी पतंग’ भनिने चङ्गाको अंग्रेजी नामचाहिा ‘काइट’ नाम गरेको चराबाट नामाकरण गरिएको मानिन्छ । चङ्गाको आविष्कार गौतम बुद्ध जन्मनुभन्दा ४/५ सय वर्ष पहिले नै चीनको हान वंशमा भएको पाइन्छ । किंवदन्ती अनुसार चौथो शताब्दीमा एैंरदाइनका इरपुल नामक ग्रीक वैज्ञानिकले सर्वप्रथम चङ्गाको आविष्कार गरेका थिए । तर चौथो शताब्दीभन्दा अघि नै एसियाका निवासीहरूमा चङ्गा उडाउने खेल पर्याप्त लोकप्रिय भएको मानिएको छ । चीनलाई चङ्गाको आविष्कारक मानिन्छ । स्न ७१३ मा लेखिएको एक पुस्तकमा चीनका गोङ्ग सु–वानले काठ र बाासको चरा आकारको चङ्गा बनाएर तीन दिनसम्म आकाशमा उडाएको कुरा उल्लेख छ । उक्त पुस्तकअनुसार गोङ्ग सु–वानको वास्तविक नाम ‘लु वान’ थियो भने उनी डुण्नु आङ्गका बासिन्दा थिए । चु राज्य र सोङ राज्यबीच चलेको युद्ध (सन् ४४४) मा लुवानले जासुसी गर्नका लागि चङ्गाको निर्माण गरे । त्यही समयदेखि चङ्गाको जासुसी प्रयोग प्रारम्भ भएको मानिन्छ । यो क्रम चीनमा तांग वंश (६१८–९०७) सम्म कायम रह्यो ।चङ्गा उडाउनुलाई केवल मनोरञ्जन लिने तरिका मात्र हो भनेर सोच्नु गलत कुरा हो । विश्वभरिमा धार्मिक, सामाजिक तथा वैज्ञानिक कारणहरुबाट चङ्गा उडाउने चलन यद्यपि कायमै छ । चङ्गा उडाउनुलाई शुभ–सगुनका रुपमा पनि लिइन्छ युद्धको समय, माछा मार्नको लागि तथा अन्य रीतिरिवाज एवं प्रथाहरुमा यसको उपयोग हुन्छ । हामीकहाा चङ्गा उडाउनुलाई धार्मिक कार्य मानिन्छ । लोककथा र किंवदन्तीअनुसार, वर्षायामभरि धेरै पानी परिसकेको हुन्छ, धान पाक्ने बेला भइसकेको हुनाले पानीका राजा इन्द्रलाई पानी चाहिंदैन भनेर चङ्गा उडाएर पठाएको सन्देश मानिन्छ । चङ्गा उडाएमा पानी पर्दैन भन्ने नेपाली जनविश्वास पनि रहिआएको छ ।किंवदन्ती अनुसार चौथो शताब्दीमा एैंरदाइनका इरपुल नामक ग्रीक वैज्ञानिकले सर्वप्रथम चङ्गाको आविष्कार गरेका थिए । तर चौथो शताब्दीभन्दा अघि नै एसियाका निवासीहरुमा चङ्गा उडाउने खेल पर्याप्त लोकप्रिय भएको मानिएको छ । सन् १७५२ मा बेन्जामिन फ्यांकलीनले सबैभन्दा पहिले बादलमा पनि बिजुली हुन्छ भन्ने कुरा पत्ता लगाएका थिए । सन् १८७४ मा स्कटल्याण्डका दुई वैज्ञानिक थोमस मेलविन र अलेक्जेन्डर विल्सनले चङ्गामा तापमापक यन्त्र (थर्मोमिटर) बााधेर वायुमण्डलको तापक्रम लिएका थिए । सन् १८९३ मा अमेरिकाका वैज्ञानिक लरेन्स हाग्रेभले बनाएको बाकस आकारको चङ्गाले १२ वर्षसम्म अमेरिकाको मौसम विभागको लागि वायुको तापमान र हावाको दबाब नाप्ने काम गर्‍यो । बेलायतका ओलिभर तथा विलभर राइट नामका दुई भाइले सन् १९०३ मा हवाईजहाजलाई आकाशमा उडाउने अनुसन्धानका क्रममा चङ्गाको यथेष्ट प्रयोग गरेका थिए । अर्का वैज्ञानिक सर जर्ज केलेले सन् १९०४ मा चङ्गाकै आधारमा ग्लाइडरको आविष्कार गरे । सन् १९२५ मा जर्ज पोककले आफ्नी छोरीलाई लिएर उड्न सक्ने चङ्गा बनाएका थिए ।संसारमै सबैभन्दा पहिलो बनेको रेल हिंड्ने झोलुंगे पुल पनि चङ्गाकै सहायताबाट बनेको हो भन्ने भनाई छ । न्यूयोर्कमा चङ्गा उडाउने एक व्यक्तिले अर्को चङ्गा उडाउने व्यक्तिसित जोरी खोजेर चङ्गा उडाउादै जाादा उनको चङ्गा दुई सय पचास मिटर फराकिलो नाग्रा नदीपारि पुगे । त्यसपछि चङ्गालाई चुाडालेर धागोसँग त्यसभन्दा अलिक मोटो धागो बाँधियो र वारिपट्टि तानियो । एवंरितले एकपछि अर्को झन् बलियो डोरी तान्दातान्दै फलामे डोरीहरु तानियो र आखिरमा अमेरिका र क्यानाडाबीच संसारको सबैभन्दा पहिलो हिंड्ने झोलुंगे पुल बन्यो । विभिन्न देशहरुमा चङ्गाहरु विभिन्न शैली र प्रकारका भएपनि नेपाली चङ्गाहरु मौलिक भएको कुरा चङ्गा उडानमा विशेष रुचि राख्ने र नेपालका तर्फबाट अन्तर्राष्ट्रिय चङ्गा उडान प्रतियोगितामा भाग लिनु हुने निर्मलमान तुलाधरको भनाई रहेको छ । भारतीय चङ्गाहरुसँग केही हदसम्म मिले पनि हाम्रा चङ्गाहरुको बनौट प्रक्रिया अलि फरक छ । हामीकहाँ ‘डाइमन्ड सेप’का चङ्गाहरु नै बढी चलनचल्तीमा छन् । नेपाली चङ्गा उडान कला विश्वको नै उत्कृष्ट चङ्गा उडान कलाभित्र पर्दछ । 

त्रिचन्द्र प्रतीक्षा, आश्विन १७, २०७६

-- पुरै पढ्नुहोस् --

नेवारी परिकारमा विविधता

८२ वर्षकी काठमाडौं निवासी अञ्जना कर्माचार्यले वर्षभरि सयौं थरीका परिकार पकाउनुपर्छ । हरेक महिना जस्तो आइरहने चाडपर्वका लागि उनले फरक–फरक परिकार तयार पारेर नातागोता, छोरी– ज्वाईंहरूलाई ख्वाउनुपथ्र्यो । त्यसमा पनि उनी दसैंको पूर्णिमासम्मै निकै व्यस्त हुन्थिन् ।

अञ्जना कर्माचार्य , आश्विन १४, २०७६

-- पुरै पढ्नुहोस् --

बालमैत्री  दसैं 

कतिपय बालबालिकाले गुलियो मिठाईंका परिकार मन पराउन सक्छन्, कसैले फलफूल मन पराउन सक्छन्, कसैले आइसक्रिम वा केक आदि मन पराउन सक्छन् । आफ्ना सन्तानले जस्ता खानेकुरा मन पराउँछन् त्यस्तै परिकार बनाइदिनुपर्छ । तब मात्र उनीहरू खानपानमा रमाउन सक्छन् ।

सुजाता मुखिया, आश्विन १४, २०७६

-- पुरै पढ्नुहोस् --

टिनएज दसैं

चाडपर्वमा महिलाहरू मात्र घरको काममा खटिने गरेका छन् । दसैंमा महिलाहरूको व्यस्तता निकै बढ्छ । कामकाजी महिला हुन् वा गृहिणी सबै उत्तिकै व्यस्त हुन्छन् । सबैका लागि चाडपर्व भनिए पनि घरायसी काममा महिलाहरूलाई नै बढी भार पर्ने गरेको छ ।  

प्रकृति दाहाल, आश्विन १४, २०७६

-- पुरै पढ्नुहोस् --

सन्दर्भ : विश्व पर्यटन दिवस

सेप्टेम्बर २७ तारिखका दिन संसारभर विश्व पर्यटन दिवस मनाउने चलन छ । यसको सुरुवात अमेरिकाको विश्व पर्यटन संगठनले गरेको हो । नेपालमा पनि आज शुक्रबार विश्व पर्यटन दिवसको अवसर पारेर विभिन्न कार्यक्रमहरूको आयोजना गरिँदैछ । अतिथि देवो भव: अर्थात पाहुना हाम्रा भगवान हुन भन्ने मान्यताले नेपालमा पनि वर्षौंदेखि विभिन्न कार्यक्रम आयोजित गरिँदै आएको छ ।

नारी संवाददाता , आश्विन १०, २०७६

-- पुरै पढ्नुहोस् --

कसरी रोक्ने मिसावट ?

‘अब बारीमा फलाउने जमाना गयो, गाडी र स्कुटरका डिक्कीमा प्लास्टिकका झोला भरी फलफूल, तरकारीदेखि खाद्यान्न घर भित्राइन्छ, ६५ वर्षीया सुलक्षण देवी पौडेल भन्छिन्–‘सहरमा त अझ शतप्रतिशत यही चलन छ ।’ दैनिक उपभोग्य सामग्रीलगायत फलफूलमा हुने मिसावटका कारण लाखौंको स्वास्थ्य बिग्रिसकेको र त्यसैका कारण ठूलो जनसंख्याको ज्यान जोखिममा परिरहेको विश्व स्वास्थ्य संगठनको शोधले बताउँछ ।

लक्ष्मी भण्डारी थापा, आश्विन ७, २०७६

-- पुरै पढ्नुहोस् --

चाडपर्वमा पुरुषको भूमिका

विशेषगरी चाडपर्व तथा उत्सवका बेला पुरुषहरू खाने–पिउने, मनोरञ्जन, घुमफिर गर्नेदेखि साथीभाइहरूसँगको गेटटुगेदरमा मस्त देखिन्छन् । एउटै सामाजिक एवं सांस्कृतिक परिवेशभित्र पनि महिला र पुरुषका भिन्न अनुभव–अनुभूति हुनु हाम्रो सामाजिक सोच एवं पुरुषले घरमा काम गर्नु हुँदैन भन्ने पुरानो मान्यताले सिर्जिएको अवस्था हो ।

नारी संवाददाता , आश्विन ६, २०७६

-- पुरै पढ्नुहोस् --

पर्वलाई कसरी बनाउने फरक

हामीले पर्वमा पालन गर्ने रीतिरिवाज, परम्पराको मर्म, प्रक्रिया एवं कृयाकलाप एउटै हुन्छन् जुन यसको मुख्य चुरो हो । समय जति बित्दै गयो त्यति नै समाजले उही रूपमा परिवर्तन खोजिरहन्छ । मानिस–मानिस मिलेर समाज बन्ने हो । मानिसको सोच तथा उनीहरूको कृयाकलाप बदलिनु नै परिवर्तन हो । 

नारी संवाददाता , आश्विन ५, २०७६

-- पुरै पढ्नुहोस् --

हुँदा खानेहरूको दसैं

हामीले जोरका जोर लुगा–जुत्ता खरिद गर्दा छिमेकीको परिवारमा एक जोरसम्म लुगा खरिद गर्न नसकेका हुन सक्छन् । यस्ता कुरामा ध्यान जान सक्यो र हामीले बाहिर गर्ने सेवाको भावना आफ्नै छिमेकमा जान सक्यो भने त्यो अवश्य उदाहरणीय हुनेछ ।  घरमा चौरासी व्यञ्जन पाकेका बेला छिमेकमा केही मीठो–मसिनो पाक्यो कि पाकेन भनेर चिन्तन गर्न सकियो भने हरेकको ओठमा खुसी देख्न सकिनेछ । हुने–खानेले मात्र होइन हुँदा खानेले पनि खुसीपूर्वक दसैं मनाउन पाउनुपर्छ ।

कविता शर्मा, आश्विन ५, २०७६

-- पुरै पढ्नुहोस् --

शाकाहारीको दसैं 

बढ्दो रोग तथा खराब स्वास्थ्यस्थितिका कारणहिजोआज शाकाहारीहरूको संख्या बढ्दैछ । शाकाहारी भोजन फाइदाजनक भएकाले शाकाहारीहरूको बाहुल्यता बढ्दै गएको छ । जिब्रोका स्वादका लागि मासु मात्र खानुपर्छ भन्ने कुराको कुनै आधार छैन । दसैंमा फलफूल, जुस, पनिर, तोफु, दही, च्याउ, मिठाईं आदि खाएर पनि खानपिनको आनन्द लिन सकिन्छ । मासुबाहेक अन्य स्वास्थ्यबद्र्धक तथा प्रोटिनयुक्त भोजनको कुनै कमी छैन ।

विपिन कार्की, आश्विन २, २०७६

-- पुरै पढ्नुहोस् --

उपयोगी रत्न

ज्योतिष शास्त्रमा रत्नहरूको प्रयोगलाई महत्वपूर्ण मानिन्छ । रत्नको उत्पत्ति सृष्टिसँगै भएको पाइन्छ । परम्परागत रूपमा रत्नको उत्पत्ति भने प्रकृतिबाटै भएको हो । कसले अर्थात् कुन राशिले कुन रत्न लगाउने भन्ने कुरा ज्योतिषीय योगबाट तय गरिन्छ । अहिले हामीकहाँ चलनचल्तीमा रहेका रत्न भने नवग्रह रत्न नै हुन् । यी नवग्रह रत्नहरूका आ–आफ्नै विशेषता तथा फाइदा छन् । 

प्रकृति दाहाल, भाद्र २६, २०७६

-- पुरै पढ्नुहोस् --