![]()
सुगन्धले मनलाई सधै प्रफुल्लित बनाउछ । त्यसैले धेरैले आफ्नो घरलाई सुगन्धित बनाउने प्रयास गर्छन् । सुगन्धले वातावरणमा ताजापन रहेको भावना मात्र जगाउदैन, यसले दिमागलाई खुशी र सकारात्मक समेत राख्छ । त्यसैले घरलाई कसरी सुगन्धित राख्ने केही उपायहरु रहेका छन् ।– घरको कुनाको भागमा कुनै भाँडोमा ताजा पानी भर्नुहोस् र त्यसमा केही गुलाबका पातहरू छर्नुहोस् साथै थोरै ल्याभेन्डर वा कागतीको रस तेलमा राखेर छोडिदिनुहोस् । यसले घरमा प्राकृतिक सुगन्ध आउनुका साथै आकर्षक समेत देखिन्छ । यसले लामखुट्टेबाट पनि छुटकारा पाउन सकिन्छ ।– विभिन्न अनुसन्धानहरुले तेलले भाइरल, ब्याक्टेरिया र फंगल संक्रमणको जोखिम कम गर्ने तथ्य फेला पारिएको छ । तोरी या तिलको तेल साधारण नेपाली घरहरूमा प्रयोग गरिन्छ । – ल्याभेन्डरले स्नायु प्रणालीमा मात्र सकारात्मक प्रभाव नपारी स्वास्थ्यलाई समेत फाइदा पुऱ्याउछ । यसले रक्तचाप र मुटुको रक्तचापलाई सन्तुलनमा राख्न पनि मद्दत गर्दछ । कागती, सुन्तला, तुलसी, रोजमेरी र पेपरमिन्ट को सुगन्धले दिमागलाई उर्जा दिन्छ ।– यि बाहेक घरमा सुगन्धित मैनबत्तीहरू पनि राख्न सकिन्छ । घरमा बिहान बेलुका धूप बाल्नाले घर बासनादार हुन्छ । सुगन्धयुक्त बाटेको धूप, दालचिनी, चन्दनको टुक्रा बाल्नाने पनि घरको वातावरणमा सुगन्ध थप्छ । – वास्तुका अनुसार घरको सुगन्धले परिवारमा शान्ति र आनन्द ल्याउँछ । यसका लागि तपाईले साँझ कपूर पनि बाल्न सक्नुहुन्छ ।– तपाईंको एयर फिल्टरमा बिभिन्न प्रकारका वास्नादार तेलका थोपाहरु राख्नुहोस् । सजिलैसंग तपाईंको पूरै घर ताजा हुनेछ ।– चुल्होमा कागती र सुन्तलाको टुक्रा, रोजमेरी मिन्टका पात लगायत हब्र्सहरु राखेर उमाल्नुहोस् पुरा घरमा सुगन्ध फैलिन्छ र यो बास्ना टिकाउ पनि हुन्छ । त्यसलाई एउटा सफा कचौरामा राखेर कोठाको एउटा कुनामा राखिदिनुहोस् ।– फोहोर फाल्ने डस्टविनको पिंधमा कपुर राखिदिनुहोस् यसले दुर्गन्ध फैलिन दिदैन् ।– कार्पेटहरूमा बेकिंग सोडा छर्कनुहोस् यसले रिफ्रेशनेश प्रदान गर्छ ।– तपाईंको भान्समा भेनिला राख्नुहोस् । यसले अद्भुद सुगन्ध फैलाउंछ ।– घरको झ्याल या भेन्टिलेशनमा एयरफ्रेसनर राख्नुहोस् ।(भट्ट ईन्टेरियर डिजाइनर हुन्)प्रस्तुती : लक्ष्मी भण्डारी
कुञ्जल भट्ट, जेष्ठ १, २०७७
-- पुरै पढ्नुहोस् --