सेलिब्रटी फेसन

अर्पण थापा,अभिनेता तथा निर्देशक

अभिनयकै कारण चर्चामा रहने अर्पण थापा हरेक चलचित्रमा भिन्नाभिन्नै चरित्रमा देखिने गरेका छन् । फरक चरित्रमा उनले आफूलाई सजिलै रूपान्तरण गरेको पाइन्छ । कहिले रहस्यमयी पुरुष त कहिले ग्याङस्टारका रूपमा उनले आफूलाई बदलेका छन् । ‘मौन’ मा बोल्न नसक्ने पात्रको भूमिका, ‘चपली हाइट–३’ मा रहस्यमयी पात्र, ‘मुखौटा’ मा ग्याङस्टारको भूमिका देखिए । ‘सिक सिटी’ बाट अभिनय यात्रा सुरु गरेका उनले केही चलचित्रको निर्देशन पनि गरेका छन् । ‘मुखौटा’, ‘आधा लभ’, ‘सुनकेशरी’, ‘घर’ उनले निर्देशन गरेका चलचित्र हुन् । पहिरनम आफूलाई फेसनेबल ठान्दिन । तर टिपटप भएर हिँड्न मन पराउँछु । मलाई क्याजुअल पहिरन मनपर्छ । स्पोर्टी पहिरनमा आफूलाई सहज महसुस गर्छु । जिन्सभन्दा ट्रयाक सुट बढी किन्छु ।जुत्ताम जुत्ताको सौखिन छु । मसँग जुत्ताको राम्रो कलेक्सन छ । म जुत्तामा पैसा खर्च गर्छु । स्निकर मलाई मन पर्छ । ब्रान्ड कन्सस त म छैन तर जुत्ता भने ब्रान्डेड नै किन्ने कोसिस गर्छु । ब्रान्डेड जुत्ता सहज हुनुका साथै अरुसँग जुध्दैन । गुणस्तरीय हुने भएकाले धेरै समयसम्म पनि टिक्छ । जुत्ताको किनमेल भने म बाहिर गएको बेला नै गर्छु । घडीघडी प्रायः म छुटाउँदिन । घडीको डिजाइन परिवर्तन गरिरहन्छु । तर धेरै महँगो घडी भने लगाउँदिन । अहिले ‘स्मार्ट वाच’ लगाइरहेको छु । सनग्लाससनग्लास मलाई मनपर्दैन । सनग्लासमा म सहज महसुस गर्दिन । एसेसरिजमलाई एसेसरिज लगाउन त्यति मन लाग्दैन । राशिअनुसारको पत्थरको औंठी लगाउँथे अहिले घाँटीमा लगाएको छु । तर लुकाउँछु । ग्याजेट खासै म अपडेट गर्दिन । हेडफोनको भने सोखिन नै छु । मसँग हेडफोन धेरै छ । गाडीमलाई गाडीको सोख छ । गाडी धेरै फेरिरहने कुरा त हुँदैन तर म गाडी खरिद गर्दा ब्रान्डलाई ध्यान दिन्छु । टोयटा, मर्सिडिजको गाडी चढिसकेँ । अहिले रेनल्टको ‘क्विड’ चढिरहेको छु ।  

नारी संवाददाता , श्रावण १६, २०७९

-- पुरै पढ्नुहोस् --

‘ब्याग र घडीमा बढी खर्च’ 

म प्रायः ‘सेमी–फर्मल’ पहिरन बढी लगाउँछु । यस्ता पहिरनले ‘डिसेन्ट’, ‘स्मार्ट’ देखाउँछ । साडी मलाई एकदमै मनपर्छ ।

नारी संवाददाता , जेष्ठ २३, २०७९

-- पुरै पढ्नुहोस् --

मेरो रोजाई फुलबुट्टे पहिरन

मलाई सहज र क्लासिक लुक दिने पहिरन मनपर्छ । म आफूलाई सिम्पल लुक दिन चाहन्छु । ‘मिडी ड्रेस’, ‘नि–लेन्थ ड्रेस’ मेरो पहिलो रोजाइमा पर्छन् । कुर्तामा म सहज महसुस गर्छु । बाहिर निस्कदा जिन्स र टिसर्ट लगाउन मन पराउँछु । कार्यक्रममा जाँदा ‘वान पिस’ मनपर्छ ।

नारी संवाददाता , वैशाख ११, २०७९

-- पुरै पढ्नुहोस् --

‘मेक अप आफै गर्छु’

मलाई सहज र क्लासिक लुक दिने पहिरन मनपर्छ । म आफूलाई सिम्पल लुक दिन चाहन्छु । ‘मिडी ड्रेस’, ‘नि–लेन्थ ड्रेस’ मेरो पहिलो रोजाइमा पर्छन् ।

नारी संवाददाता , चैत्र १५, २०७८

-- पुरै पढ्नुहोस् --

‘साधारण पहिरन मनपर्छ’

मलाई पूरै शरीर ढाकिने पहिरन मनपर्छ । जिन्स र टिसर्ट सहज लाग्ने भएकाले प्रायः त्यही लगाउँछु । गीत रेकर्डिङमा जाँदा आफूलाई सहज हुने पहिरनमै जोड दिन्छु ।

नारी संवाददाता , फाल्गुन १०, २०७८

-- पुरै पढ्नुहोस् --

‘आइब्रो बनाउन आउँदैन’

सेलिब्रेटी भएपछि पहिरनमा ध्यान दिनुपर्ने रहेछ । बढी खर्च पहिरनमै हुन्छ । पहिरन दोहोर्‍याएर लगाउन मन पर्दैन ।

नारी संवाददाता , माघ १८, २०७८

-- पुरै पढ्नुहोस् --

ममी नै मेरो डिजाइनर

प्राकृतिक मेकअपमा जोड दिन्छु । म भारी मेकअप गर्दिन ।

नारी संवाददाता , मंसिर १५, २०७८

-- पुरै पढ्नुहोस् --

‘कोट–पाइन्ट मेरो च्वाइस’

मेरो मेकअप सामान्य हुन्छ । म बेबी क्रिम सनस्क्रिम लगाउन छुटाउँदिन । फाउन्डेसन लगाउन मलाई मन पर्दैन ।

नारी संवाददाता , भाद्र ११, २०७८

-- पुरै पढ्नुहोस् --

मेकअप गर्न ६ मिनेट : अनुष्का श्रेष्ठ

म प्रायः पेन्सिल स्कट लगाउँछु । स्कर्टसँग टि–सर्ट लगाउन मन पराउँछु । त्यस्तै, मलाई कटनका पहिरन लगाउँदा सहज महसुस हुन्छ ।

नारी संवाददाता , वैशाख १२, २०७८

-- पुरै पढ्नुहोस् --

पहिरनले व्यक्तित्व झल्काउँछ :

मैले मेकअपमा भन्दा स्किन केयरमा बढी ध्यान दिन्छु ।

नारी संवाददाता , चैत्र १३, २०७७

-- पुरै पढ्नुहोस् --

शुभेच्छाको फेसन रहस्य

हेयर केयरका लागि आयल मसाज नै मलाई उत्तम लाग्छ । म हेयरका लागि अत्यधिक मात्रामा हेयर मसाज गर्छु । धेरै मसाज घरमै गर्छु । मसाजका लागि कहिलेकाहीँ पार्लर पनि जान्छु । हेयरका लागि खानपानमा पनि विश्वास गर्छु । हेयर राम्रो बनाउन खानपानमा पनि त्यत्तिकै ध्यान दिन्छु ।

नारी संवाददाता , पुस २४, २०७७

-- पुरै पढ्नुहोस् --