समसामायिक

विपन्न परिवारको गुनासो दसैं कसरी मनाउने ?

नेपालीहरूका लागि दसैं महँगो बन्दै गएको छ । पछिल्लो समय यो पैसा हुनेहरूको चाड बनेको छ । हुन त, दसैंमा पहिलेदेखि नै किनमेलमा बढी खर्च गर्ने चलन छँदै थियो । त्यसैले त ऋण काढेरै भए पनि दसैं मनाइन्थ्यो । अचेल सबै थोकको मूल्य आकासिएपछि धेरैका लागि दसैं खल्लो बन्न थालेको छ । किनभने महँगीका कारण धेरै नेपाली किनमेल गर्न सक्ने अवस्थामा छैनन् । त्यसैले उनीहरू भन्न थालेका छन्, ‘पैसा भए पो दसैं मनाउने हो । नभएपछि कसरी मनाउने ?’ यसै विषयवस्तुमा केन्द्रित भई विपन्न परिवारका सदस्यहरूको भावना र प्रतिक्रिया ‘नारी’ पत्रिकाको यो अंकमा प्रस्तुत गरिएको छ ।  सडकमा व्यापार गर्न थालेको १८ वर्ष भयो । पाटन मन्दिरको छेउमा फूल–माला र अमला बेच्छु । पहिले आम्दानी राम्रै थियो । चाडपर्व पनि रमाइलो गरी मनाइन्थ्यो । अचेल त्यो अवस्था छैन । व्यापार घट्दै गएको छ । यस्तो अवस्थामा पनि चाडपर्व त मनाउनै पर्‍यो । पहिले गाउँ जान्थ्यौं । यसपटक गाउँ जाने योजना छैन । यो दसैंमा बूढाबूढी एवं छोराछोरी मिली खर्च पुर्‍याउने योजनामा छौं । दसैंमा सामान्य रूपमा भए पनि माछा–मासुका मीठा परिकार बनाएर खानुपर्छ । बुहारी–नातिनातिना एवं छोरीहरू आउँछन् । उनीहरूलाई दक्षिणा दिनुपर्छ । दसैंका लागि भनेर खासै लुगा किन्ने गरेकी छैन । मैले छोरीहरूले ल्याइदिएका तथा अरुले दिएका लुगा लगाउँछु । – जानुका गिरी – मञ्जु चौधरी दसैंमा मासु–भात खान्छौं । कोरोनाले गर्दा व्यापार पनि त्यति छैन । हामी थारु समुदायका भएकाले दसैं खासै मनाउँदैनौं तर पनि दसैंको वातावरण छुट्टै हुन्छ । दसैं भन्दा पनि हाम्रो जितिया, छठ पर्व विशेष रूपले मनाउँछौं । घरमा खसी, माछा एवं कुखुराका मासुका परिकार पकाउँछौं । दसैंका लागि छोराछोरीलाई कपडा किनिसकेका छौं । आफ्ना लागि भने कहिले किन्छौं, कहिले किन्दैनौं । छोराछोरीहरूले रहर गर्ने भएकाले उनीहरूका लागि नयाँ लुगा भने सधै किनिदिन्छौं । श्रीमान्–श्रीमती मिलेर दसैं खर्च जुटाउँछौं । हामी दसैंमा सप्तरी जान्छौं र दसैं उतै मनाउँछौं । गाउँमा आफन्तहरूसँग भेटघाट गरी दसैं मनाउँदा निकै रमाइलो हुन्छ । हामी गाउँमा १५ दिन बसेर काठमाडौं फर्किन्छौं । हामी १ बजेदेखि ६ बजेसम्म कुरकुरे, चाउचाउ, पानी एवं रिचार्ज कार्डलगायतका सामान बेचेर गुजारा गर्छौं ।  – माया तामाङलामो समय काभ्रेपलाञ्चोकमा बस्दै आएका थियौं । हाम्रो घर–जग्गा केही छैन । जे–जस्तो भए पनि चार जना छोराछोरीसहित त्यहाँ दसैं मनाउँदै आएका थियौं । दसैंमा खसी वा राँगाको मासु खाएर गाउँमै दसैं मनाउँथ्यौं । हामीले खर्चको हिसाब पछि गर्थ्यौं । छोराछोरीहरू बिस्तारै बढ्दै गए । पछिल्लो समय सबै आ–आफ्नो काममा व्यस्त छन् । हामी श्रीमान्–श्रीमती भने सडकमै मकै पोलेर बेच्ने गर्छौं । यो व्यापार थालेको एक वर्ष भइसक्यो । हामीसँग मनग्य आम्दानी नभएकाले दसैं महान् चाड भए पनि खल्लो लाग्छ । अब त चाडपर्वहरू नआए हुन्थ्यो जस्तो लाग्न थालेको छ । यो वर्ष दसैं यतै मनाउने योजना छ । घरमा अलिअलि सामान र लुगाफाटो पनि किन्छौं । धेरै मानिस गाउँघर गएपछि सहर त शून्य हुन्छ होला । मकै कहिले एक बोरा बिक्छ, कहिले बिक्दैन । त्यसमा पनि सडकपेटीको व्यापार भएकाले कहिलेकाहीँ नगरप्रहरीका कारण भाग्नुपर्ने हुन्छ । जे भए पनि यो दसैं घरपरिवार मिलेर जे उपलब्ध छ, त्यसैमा सन्तोष मानेर मनाउँछौं । तर, दसैंमा मात्र खानुपर्छ भन्ने सोच हाम्रो छैन ।  – सुनौना देवी शाह हाम्रो पाँच जनाको परिवार छ । हामी श्रीमान्–श्रीमती दुवै जना फलफूल पसल चलाएर जीविकोपार्जन गरिरहेका छौं । अचेल पहिलाको जस्तो व्यापार छैन । चाडपर्वमा फलफूल बिक्नुपर्ने हो तर सोचेजस्तो आम्दानी छैन । त्यसकारण चाडपर्व त्यति रमाइलो पनि हुँदैन । पैसा भए रमाइलो हुन्थ्यो जस्तो लाग्छ । हामी दसैंलाई त्यति महत्व दिँदैनौं । तर, छोराछोरीहरूले मनाउन खोज्छन् उनीहरूलाई खुसी त बनाउनैपर्‍यो । आफूले जे–जस्तो लगाए–खाए पनि छोराछोरीलाई मीठो खान–लगाउन दिन मन लाग्छ । उनीहरूलाई खुसी बनाउन पनि दसैं मनाउनुपर्ने हुन्छ । जमरा राखेर टीका लगाउने चलन त हाम्रोमा छैन । तर पनि नयाँ लुगा लगाएर मासुका परिकार खाई दसैं मनाउँछौं ।  – एन्जिला शाही ससुरा बाजेदेखिकै पात बेच्ने व्यवसायलाई हामीले निरन्तरता दिइरहेका छौं । हामीले नवलपरासीदेखि आउने पात र दुना–टपरी सडकमा राखेर बेच्दै आएका छौं । हामी नेवारी समुदायका भएकाले दसैंको टीका लगाउने र पूजा गर्दैनौं । दसैंअगाडि सोह्र श्राद्ध आउने भएकाले पातको व्यापार राम्रो हुन्छ । दसैंमा नेवारी परिकारहरू बनाएर खान्छौं । हाम्रो दसैं जस्तै मच्छिन्द्रनाथको जात्रा हो । दसैंमा पाहुनाहरू बोलाएर मीठा परिकार बनाई खुवाउँछौं ।  – आशा मगर सडक विभागमा काम गरेको तीन वर्ष भइसक्यो । परिवार सबै चित्लाङमा छन् । हामी श्रीमान्–श्रीमती मात्र यहाँ छौं । श्रीमान् गाडी चलाउनुहुन्छ । विगतका वर्षहरूमा सधै घर जान्थ्यौं । कोसेली बोक्दै आफन्तको घरमा पुग्दा दसैं आएझैं लाग्थ्यो । यो पाली घर जाने–नजाने निश्चित छैन । घरमा ससुरा बिरामी हुनुहुन्छ । त्यसकारण यो वर्ष घरमा दसैंको रौनक छैन । दसैंमा नयाँ–नयाँ परिकार बनाएर खान रमाइलो लाग्छ । अन्य समयको तुलनामा दसैंमा धेरै खर्च हुन्छ । खाना, कपडा, घरायसी सामानहरूमा बढी खर्च हुन्छ । कोरोनापछिका दसैंहरूमा त्यति उल्लास छैन जस्तो लाग्छ । 

प्रकृति दाहाल , आश्विन १०, २०७९

-- पुरै पढ्नुहोस् --

निहारिकालाई खै न्याय?

मलाई गास, बास, कपास वा सम्पत्ति चाहिएको होइन, न्याय मात्रै चाहिएको हो । मेरो बच्चाको डीएनए परीक्षण गर्ने फैसला अदालतले गर्नुपर्‍यो । अपराधीलाई सजायँ नदिलाई मलाई शान्ति मिल्दैन ।

 लक्ष्मी भण्डारी, श्रावण ५, २०७९

-- पुरै पढ्नुहोस् --

स्थानीय चुनाव महिला उपेक्षित 

स्थानीय तहको निर्वाचनमा उप–प्रमुखको तयारी गर्दै थिइन्–मैया राई । उनी ओखलढुंगा सिद्धिचरण नगरपालिकाबाट प्रतिनिधित्व गर्ने तयारीमा थिइन् । तर, उम्मेदवारीको अन्तिम समयमा उनलाई टिकट दिइएन । कांग्रेस र माओवादीको गठबन्धनका कारण उनलाई पछि हट्नुपर्‍यो ।

 प्रकृति दाहाल , जेष्ठ १, २०७९

-- पुरै पढ्नुहोस् --

‘डेपुटी–डियर’ 

नगरपालिकाका प्रमुख/उपप्रमुख, वडाध्यक्ष/उपाध्यक्ष र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष पदमध्ये कुनै एक पदमा महिला हुनैपर्ने व्यवस्था छ । तर, नगर/गाउँपालिकाका प्रमुख/अध्यक्षमा पुरुषकै दबदबा छ ।

 लक्ष्मी भण्डारी, चैत्र ६, २०७८

-- पुरै पढ्नुहोस् --

राजनीतिमा नयाँ पुस्ता

‘महिलालाई श्रीमान्, सासूकसैले पनि राजनीति गर, झोला बोक, म घरको काम गर्छु भन्दैनन्, त्यसकारण महिला आफैंले मेहनत गर्दै अगाडि बढ्नुपर्छ’

 प्रकृति दाहाल , पुस ४, २०७८

-- पुरै पढ्नुहोस् --

कोरोना जित्ने परिवार

परिवारै थलिएपछि कसको हेरचाह कसले गर्ने ?

प्रकृति दाहाल , असार ५, २०७८

-- पुरै पढ्नुहोस् --

कोरोनाकालका रोलमोडल

जस्तोसुकै कठिन परिस्थितिमा पनि विकल्प खोज्दै अगाडि बढ्नु नै जीवन हो ।

लक्ष्मी भण्डारी, असार ५, २०७८

-- पुरै पढ्नुहोस् --

महामारीमा डटिरहे कलमजीवि

महामारीको समयमा पत्रकार महिलाहरू अंग्रपक्तिमा खटिएर काम गरिरहेका छन् । यो बेला काम नगरे, बाइलाइन नदिए जागिरमा समस्या पनि आउन सक्छ

प्रकृति दाहाल , असार ३, २०७८

-- पुरै पढ्नुहोस् --

महाव्याधिमा सामाजिक उत्तरदायित्व

साना–ठूला विविध खाले व्यवसाय सञ्चालन गर्नेहरूका लागि सामाजिक उत्तरदायित्व अर्थात् ‘सीएसआर’ एक जिम्मेवार कदम हो । राष्ट्र तथा सरकारका लागि यो सहयोगी थियो ।

नारी संवाददाता , जेष्ठ ४, २०७८

-- पुरै पढ्नुहोस् --

डरभन्दा अघि जीत

नोबेल कोरोना भाइरसको प्रवेशपछि मानिस र तिनको दैनिकीमा एक्कासि आएको परिवर्तनले धेरैले फरक अनुभूति गरेका थिए ।

नारी संवाददाता , फाल्गुन ११, २०७७

-- पुरै पढ्नुहोस् --