टिनएज

नेपाली टिनएजरको अर्न्तराष्ट्रिय उपलब्धि 

 गत जून २६ देखि जुलाई १ तारिखसम्म सिंगापुरमा संचालन भएको बालबालिका, किशोरकिशोरी तथा विवाहित महिलाहरु सम्बन्धि अन्तर्राष्ट्रिय कार्यक्रम एशिया प्यासिफिक ब्युटी, फेसन एण्ड फ्रेन्डशीप फेस्टिभल २०१९ मा सहभागि भएका नेपाली किशोर किशोरीहरुलाई विभिन्न अवार्ड प्राप्त भएको छ । सो फेस्टिभल अन्तर्गतको प्रतियोगितामा नेपालबाट द फेसन ईरा नामक संस्थाको संयोजन र व्यवस्थापनमा सहभागि भएका उनीहरुलाई अवार्ड प्राप्त भएको हो । सो कार्यक्रममा एरी तुलाधर मिस साउथ इष्ट एशिया इन्टरनेसनल तर्फ फस्ट रनर अप बनिन् भने रमेश मगर मिष्टर प्रि टिन इन्टरनेसनल तर्फ फस्ट रनर अप । यसैगरी इन्टरनेसनल टिन मिस एशिया अफ द इयर तर्फ मानशी तामाङ फस्ट रनर अप बनिन् भने इन्टरनेसनल टिन मिष्टर अफ द इयर तर्फ अनिश श्रेष्ठ, प्रि टिन एशिया प्यासिफक प्रिन्सेस् तर्फ प्रतिष्ठा, टिन एशिया प्यासिफिक तर्फ ज्वाला राई र मिष्टर टिन इन्टरनेसनल तर्फ युवराज गुरुङ फस्ट रनर अप छानिएका थिए ।यसैगरी प्रि टिन एशिया प्यासिफिक प्रिन्स तर्फ धीरज राई, टिन एशिया प्यासिफिक प्रिन्स तर्फ अनिश के.सी. र मिष्टर टिन इन्टरनेसनल ब्राण्ड एम्बेसडर तर्फ साश्वत महर्जन सेकेन्ड रनर अपका रुपमा पुरस्कृत भएका थिए । सहभागि सबै जना द फेसन ईराको आयोजनामा संचालन भएको मिष्टर एण्ड मिस एसईइ २०१९ अन्तर्गत विभिन्न उपाधि विजेताहरु हुन् ।

नारी संवाददाता , असार २३, २०७६

-- पुरै पढ्नुहोस् --

नो... टेन्सन

केटाकेटीको व्यवहारमा आमाबाबु, परिवार, घर–समाज तथा साथीसंगीको प्रभाव अवश्य परेको हुन्छ तर बुझ्नुपर्ने कुरा के हो भने बढ्दो उमेरका केटाकेटीमा आउने समस्याको समाधान अभिभावकहरू छटपटाएर, अनावश्यक चिन्ता लिएर वा एक–अर्कालाई दोष दिएर मात्र हुँदैन, न त पूजापाठ वा ग्रहशान्तिले वास्तविक समस्या समाधान हुनसक्छ । 

सिर्जना शर्मा, असार १५, २०७६

-- पुरै पढ्नुहोस् --

मिस टिन एसईई प्रतियोगिता 

आयोजक संस्थाकी अध्यक्ष पुजा निरौलाले एसईइ दिएर बसेका किशोरीहरुमा व्यक्तित्व र आत्मविश्वास बृद्धी गर्न तथा उच्च शिक्षा हासिल गर्न सहायक सिद्ध होस् भन्ने उद्येश्यले पााचौ संस्करणको मिस टिन एसईइ २०१९ आयोजना गर्न लागेको जानकारी गराइन् । 

नारी संवाददाता , जेष्ठ १४, २०७६

-- पुरै पढ्नुहोस् --

टिनएज बुद्धिको बिर्को  

आमाबुवाकी एक मात्र छोरी म । मेरो जुनसुकै कुरामा उहाँहरूको हाँसीखुसी समर्थन हुन्थ्यो । नितेशसँग विवाह गर्ने मेरो प्रस्ताव उहाँहरूले नमान्ने कुरै थिएन । मैले आफ्नो कुरा उहाँहरूसामु पुर्‍याएँ । छोराछोरी दुवैलाई सीप र शिक्षा दिई आत्मनिर्भर बनाउने उहाँहरूको सपना हो तर छोरीले त वर पनि रोजिसकि भन्ने कुरा उहाँहरूलाई पचेन ।

सिर्जना शर्मा, माघ २१, २०७५

-- पुरै पढ्नुहोस् --

स्मार्ट बन्ने मन्त्र

घटना महाअष्टमीको दिनको हो । घरमा जम्मा भएका आफन्तहरू बैठकमा गफ, हाँसोमजाक तथा तासमा रमाइरहेका थिए । भान्सामा विशेष परिकार बन्दै थिए । दसैंका बेला मासु त अनिवार्य पाक्ने भैहाल्यो ।

सिर्जना शर्मा, फाल्गुन २१, २०७३

-- पुरै पढ्नुहोस् --

किशोरावस्थाका क्रियाकलाप

किशोरावस्था जीवनको सबैभन्दा संवेदनशील उमेर हो । यो उमेरमा आमाको भावनात्मक सहयोगको ठूलो आवश्यकता पर्छ । यदि आफ्नी छोरी पनि किशोरावस्थामा प्रवेश गर्दैछिन् भने केही सुझाव कार्यान्वयन गर्नुपर्ने हुन्छ ।

नारी संवाददाता , वैशाख १, २०७३

-- पुरै पढ्नुहोस् --

युवा मन खुसी हरदम

नयाँ वर्षमा आफ्ना लागि मात्र संकल्प गर्नु हुँदैन । अरूका लागि पनि राम्रो गर्ने सोचका साथ अघि बढ्ने संकल्प गर्नुपर्छ ।

नारी संवाददाता , पुस १७, २०७२

-- पुरै पढ्नुहोस् --

नया प्रयोग

कोरियामा लामो समय हेयर एक्सटेन्सन एण्ड डेडलकलगायत ब्युटिपार्लरसम्बन्धी अध्ययन गरेर नेपाल आएपछि सुरु भयो सान्द्रा ब्युटी क्लबको सेवा।

नारी संवाददाता , पुस ७, २०७२

-- पुरै पढ्नुहोस् --

ग्याजेट्स खरिद

हाइटेक जमानामा सबैजना लेटेस्ट ग्याजेट्स खरिद गर्न चाहन्छन् । कुनै पनि नयाँ ग्याजेट्स लिँदा त्यसको उपयोग कसले गर्ने हो, कति समयसम्म गर्ने हो, वास्तवमा आफूलाई त्यसको कति आवश्यक छ भन्ने विषयमा जानकारी हुनुपर्छ ।

नारी संवाददाता , मंसिर २४, २०७२

-- पुरै पढ्नुहोस् --

टिनएज समस्या ह्यान्डल गर्ने उपाय

धेरैको गुनासो हिजोआजका किशोर–किशोरीको रुखो व्यवहारप्रति छ । आजका किशोर–किशोरीमा नम्रता र अभिवादनशीलता कति बाँकी छ भन्न कठिन छ ।

झरना नहर्की, मंसिर २१, २०७२

-- पुरै पढ्नुहोस् --

युवामा सकारात्मक गुणको विकास

कसैले आफ्ना बारेमा नकारात्मक टिप्पणी गर्‍यो भने त्यसलाई बिर्सनु नै उत्तम हुन्छ । आफ्ना बैगुन वा नकारात्मक कुरा कम गर्दै क्षमतालाई उजिल्याउँदै साथीहरूसँगको मित्रता अघि बढाउनु राम्रो हुन्छ । आशावादी व्यक्तिले हरेक कुरालाई सकारात्मक दृष्टिले हेर्छ भने निराशावादी व्यक्तिले राम्रै कुरालाई पनि नकारात्मक दृष्टिले हेर्छ । सकारात्मक व्यक्तिसँगको सम्बन्धबाट आफूमा पनि सकारात्मक गुणको विकास हुन्छ ।

लक्ष्मी भण्डारी थापा, कार्तिक ३०, २०७२

-- पुरै पढ्नुहोस् --