पुरुष

विपद्विद् सुबोध

नेपालमा वर्षाजन्य विपद्का घटना र त्यसबाट भैरहेका मानवीय तथा भौतिक क्षतिले भू–वैज्ञानिक सुबोध ढकाललाई चिन्तित र थप कर्तव्यबोध गराउँछ । उनी विपद् कम गर्ने उपायबारे दत्तचित्त भई सक्रिय हुन्छन् । आफ्ना आलेखहरूमार्फत सरकार र सरोकारवालालाई सचेत र ध्यानाकर्षण गराउँछन् । त्यसैक्रममा उनले विपद्बारे विभिन्न पत्रपत्रिकामा ४० भन्दा बढी आलेख लेखिसकेका छन् । मुख्यतः विपद्हरूको चिरफार, विपद् कम गर्ने उपाय, राज्य/समुदायको भूमिका, नीतिगत कमजोरी र समाधानका उपाय, विपद्का पूर्वसंकेतलगायतका विषय उनका लेखहरूमा भेटिन्छन् ।गोरखाको तत्कालीन हर्मी गाउँविकास समिति (अहिलेको सिरानचोक गाउँपालिका) स्थित हर्मी भञ्ज्याङमा हेमराज ढकाल र यमकुमारी ढकालका सातौं सन्तानका रूपमा उनको जन्म भएको हो । गाउँमा त्यसताका खान्दानी परिवारमै गनिने भए पनि ठूलो परिवार भएकाले घर चलाउन परिवारले धेरै संघर्ष गर्नुपरेको सुबोध स्मरण गर्छन् । खान–लाउन खासै समस्या नभए पनि नगद पैसाको भने अभावका कारण विद्यालयको शुल्क तिर्ने बेला सुबोधलाई कठिन नै हुन्थ्यो । समय बित्दै जाँदा दाइहरूको आम्दानीका कारण क्रमशः सहज परिस्थिति बन्दै गएको उनी बताउँछन् । असल आचरण र विशुद्ध समाज सेवामा लागेर समाजमा नाम कमाएका बुवा र सन्तान हुर्काउन संघर्षरत आमा नै समाज र देशका लागि केही गर्नुपर्छ भन्ने आफ्नो प्रेरणाको स्रोत भएको उनको भनाइ छ ।प्राथमिक शिक्षा गाउँकै महेन्द्र लीला निम्न माध्यमिक विद्यालयबाट र त्यसपछि आँपपिपलको जनता माध्यमिक विद्यालयबाट पूरा गरेका सुबोधले एसएलसी परीक्षामा विद्यालयको प्रथमसहित प्रथम श्रेणीमा उत्तीर्ण गरे । त्यसपछि कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरबाट आईएस्सी, त्रिचन्द्र क्याम्पसबाट बिएस्सी, भूगर्भशास्त्र केन्द्र्रीय विभाग कीर्तिपुरबाट स्नातकोत्तर उत्तीर्ण गरे । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आंशिक शिक्षकका रूपमा पढाउन सुरु गरेको एक वर्षपछि त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको परीक्षामा सफल भई त्रिचन्द्र क्याम्पसमा उप–प्राध्यापक बने । सुबोधमा संसारलाई बुझ्ने, हेर्ने र जान्ने भित्री चाहना थियो । यही क्रममा कुनै विषयमा दक्ष वैज्ञानिक बन्नुपर्छ भन्ने अठोटका कारण उच्च शिक्षा अध्ययन गर्न नेदरल्यान्ड सरकारको छात्रवृत्तिमा त्यहाँको आइटिसीबाट भौगर्भिक इन्जिनियरिङमा अर्को स्नातकोत्तर गर्दै जापानको साइतामा विश्वविद्यालयबाट पहिरोजन्य प्रक्रियाको सूक्ष्म प्रकृति र ढुङ्गा–माटोबीचको टकरावका कारण कसरी पानीबिनै पनि ढुङ्गा–माटो बग्न सक्छ भन्नेबारे सन् २००८ मा विद्यावारिधि गरे । सुबोधमा आफ्नै देश विकासमा टेवा पुर्‍याउने र केही गरेर देखाउने दृढ इच्छाशक्ति थियो । जसले उनलाई फेरि तानेर आफ्नै जन्मभूमि ल्याइपुर्‍यायो । स्वदेश फर्किएर बाढी–पहिरो र भूकम्पजस्ता प्रकोपहरू र विपद्बारे अध्ययन–अनुसन्धान गर्न थाले । भूकम्पका कारण कसरी भिरपाखामा पहिरो जान सक्छ भन्नेबारे काम गर्न सुबोधलाई नेदरल्यान्डबाट हासिल गरेको शिक्षाले निकै सघायो ।महिला र विपद्नेपालको परिप्रेक्ष्यमा धेरै ठाउंँमा घरको मुख्य जिम्मेवारी महिलाहरूको काँधमा छ । पुरुषहरू कामको सिलसिलामा अन्यत्र हिँड्ने भएकाले घरका बालबच्चा र ज्येष्ठ नागरिकको समेत हेरचाह तथा स्याहारसुसार गर्ने मुख्य भूमिका महिलाकै हुन्छ । आमा/दिदीहरू आफ्नो ज्यानका साथै बालबच्चा र भाइबहिनीलाई समेत सुरक्षित बनाउने क्रममा बढी नै संवेदनशील हुँदा विपद्का बेला धेरै जोखिममा पर्ने गरेको सुबोध बताउँछन् । उनी भन्छन्, ‘वि. सं. ०७२ को गोरखा भूकम्पका बेला पनि यो पुष्टि भैसकेको छ । साथै घर चलाउन जस्तोसुकै दुःख र जोखिम मोल्न पनि पछाडि नपर्ने स्वभावका कारण महिलाहरू तुलनात्मक रूपमा विपद्मा बढी पर्ने गरेका हुन् ।’रुचिका कुरास्कुले जीवनदेखि भलिवलमा रुचि राख्ने सुबोध पछिल्लो समय क्रिकेट खेल हेर्न र खेल्न मन पराउँछन् । सानैदेखि गीत–संगीत सुन्न र गुनगुनाउन मनपर्ने गरेकोमा अहिले घरमा छोरी र श्रीमती दुवैजना गीत–संगीतमा बढी रुचि राख्ने र गाउने कला पनि राम्रो भएकाले यसमा खुबै रमाउने गरेका छन् ।नारीबारे बुझाइसांसारिक सृष्टिको सबैभन्दा सुन्दर र उत्तम सृष्टि भनेकै नारी हुन् भन्ने यिनको बुझाइ छ । मानव जगत्मा माया र सद्भाव देखाउन सिकाउने पनि नारी हुन् । नारी–पुरुष बराबर भन्ने गरिए पनि समाजलाई उन्नत तथा सुसंस्कृत बनाउन र यसलाई सही दिशामा डोर्‍याउन नारीको भूमिका पुरुषको भन्दा बढी छ । संसारको यही सुन्दर उपहार छोरी आफ्नो जीवनमा भएकोमा हर्षित हुँदै सुबोधले भने, ‘घरबाटै सुरु गर्दा छोरी भएको घर अन्य घरभन्दा सुखी, खुसी, गतिशील र लाइभ्ली हुने गरेको म महसुस गर्छु । उनीहरूकै कारण परिवारका हरेक सदस्यमा माया, ममता र आत्मीयता बढ्दै गएकोमा कुनै शंका छैन । उता मेरी आमाले गरेको संघर्ष र झेलेका दुःखलाई अहिले सम्झदा अत्यन्तै भावुक हुन्छु । यसरी हेर्दा नारीहरूलाई अझ बढी अधिकार दिनुका साथै थप सबल र सक्षम बनाउन कदम चाल्नुपर्छ भन्ने लाग्छ ।’

नारी संवाददाता , श्रावण ८, २०७८

-- पुरै पढ्नुहोस् --

हिउँचितुवाको गोठालो

उपल्लो मुस्ताङको डी गाउँमा भेंडा–बाख्रा चराउन जाँदा हिउँचितुवासँग कुस्ती खेल्ने ठिटोले पाँच वर्षको उमेरमै टुप्पी काटेर गुफाबाट शिक्षा सुरु गरेका थिए ।

लक्ष्मी भण्डारी, जेष्ठ ९, २०७८

-- पुरै पढ्नुहोस् --

संघर्षशील प्रकाश

‘म गायक नै भनेर चिनिएको मनपर्छ, किनभने म एकदमै दुःख गरेर गायक बनेको हुँ ।’

प्रकृति दाहाल , वैशाख ८, २०७८

-- पुरै पढ्नुहोस् --

बहुप्रतिभाशाली चिकित्सक

डा. अनिल भन्छन्, ‘मेरो यो रुचि अहिले घर–समाज दुवैका लागि उचित रूपमा प्रयोग भएको छ ।’

प्रकृति दाहाल, फाल्गुन ४, २०७७

-- पुरै पढ्नुहोस् --

महान् महावीर

केन्द्रले भेन्टिलेटर, आइसियु मर्मत र बनाउनेदेखि पीपीई समेत उपलब्ध गराइरहेको छ । केन्द्रमा दैनिक करिब चार सय पीपीई उत्पादन हुन्छ । महावीर शिक्षक र समाजसेवीका साथै युवा वैज्ञानिकका रूपमा संसारभरि परिचित छन् ।

प्रकृति दाहाल , माघ ९, २०७७

-- पुरै पढ्नुहोस् --

प्रताप दासको रोजाइ

आफूले गाएको गीत ...: फूल होइन ।

नारी संवाददाता , माघ ८, २०७७

-- पुरै पढ्नुहोस् --

लकडाउन युवापुस्तालाई बुझ्ने मौका पनि भयो

मेसिन जस्तै दगुरेको जीवनमा आफ्नो लागि समय नै हुदैंन थियो । यो समय आफुले आफुलाई ध्यान दिने अवसर पनि हो जस्तो उनी ठान्छन् । आफ्नो कपाल सेतो भइसकेको उनलाई पत्तो नै थिएन, अनुहारमा डार्क सर्कल पनि यादै थिएन ।

सिर्जना दुवाल श्रेष्ठ, वैशाख २१, २०७७

-- पुरै पढ्नुहोस् --

कस्ता पुरुष सहकर्मी रुचाउँछन् महिला

‘काममा उत्प्रेरणा जगाउने, हास्यचेत भएका, नबुझेको कुरा बुझाइदिने अनि घरपरिवारकै सदस्यजस्तो व्यवहार गर्ने सहकर्मी असल लाग्छन् ।’

नारी संवाददाता , माघ १३, २०७६

-- पुरै पढ्नुहोस् --

फेसनेबल  धीरज

धीरज मगरलाई विशेषत: युट्युबमा हेर्ने नेपालीहरू निकै छन् । उनको ड्याट टुडे ब्लग नामक युट्युब च्यानल छ, जहाँ २ सय ५० भन्दा बढी भिडियो अपलोड छन् । धीरजले १ लाख १२ हजारभन्दा बढी सब्स क्राइबरको उक्त युट्युब च्यानलमा अपलोड भएका भिडियोबाटै लोकप्रियता कमाएका हुन् । त्यसमा पनि उनका महिला प्रशंसक बढी छन् । 

नारी संवाददाता , मंसिर ८, २०७६

-- पुरै पढ्नुहोस् --

मनोजको सफलता

हालै थाइल्याण्डको चियाङमाई सम्पन्न मिष्टर मोडल अफ द वर्ल्ड २०१९ नामक अन्तर्राष्ट्रिय मोडल प्रतियोगितामा नेपालका तर्फबाट सहभागिता जनाएका मनोज कुमार गुरुङले वेष्ट वाक विधाको अवार्ड जित्न सफल भएका छन् । 

नारी संवाददाता , भाद्र १८, २०७६

-- पुरै पढ्नुहोस् --

एकल गायनमा सुमन

लामो समयदेखि सांगीतिक क्षेक्रमा सत्रिय गायक सुमनकुमार श्रेष्ठ शनिबार काठमाडौंमा पहिलो पटक एकल गायन कार्यक्रममा झुल्किए । आधा दर्जन वाद्यवादक संगीतकर्मीसहित प्रस्तुत भएका गायक सुमन कुमारले त्यो अवधिमा आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरे । 

नारी संवाददाता , श्रावण ४, २०७६

-- पुरै पढ्नुहोस् --