विमला तुम्खेवा, साहित्यकार मेरो प्रेरणा : आफ्नै भोगाइहरू ।मेरो आशा : विश्वास । मेरो करियर : कविता लेखन ।मेरो कर्म : असल । मेरो समर्पण : राष्ट्रप्रति ।मेरो प्रेम : परिवार ।मेरो इच्छा : शान्त डाँडामा बसेर कफी पिउने । मेरो आदर्श : मेरी आमा ।मेरो बलियो पक्ष : निर्भिकता ।मेरो आकांक्षा : संसारलाई महसुस गर्ने ।मेरो घर : सानो फूलबारी ।मेरो कमजोरी : रिसाएपछि नफक्किने ।मेरो दृढता : जति थेचार्यो त्यति माथि उठ्ने ।मेरो सोच : समान ।मेरी आमा : मेरो गुरु । मेरा सन्तान : सत्य । मेरो परिवार : एउटा आधार । मेरो भरोसा : मेरो आत्मविश्वास । मेरो जीवन : जीवन संसारकै सुन्दर संरचनामध्ये एउटा संरचना हो । अत: म केवल माया, करुणा एवं सत्यलाई लिएर बाँच्न चाहन्छु ।
नारी संवाददाता , मंसिर १५, २०७६
-- पुरै पढ्नुहोस् --