स्वास्थ्य जानकारी

कोरोनाबाट क्यान्सर रोगीलाई बढी जोखिम, जोगिने कसरी ?

संसारभर महामारीका रुपमा फैलिरहेको कोभिड १९ (कोरोना भाइरस)को संक्रमण नेपालमा पनि देखिएपछि सरकारले गत मंगलबारदेखि देशभर लकडाउन गरेको छ । लकडाउनको पाँचौ दिन काठमाडौंका बजार सुनसान र शान्त छन् । सबैलाई त्रसित बनाएको कोरोना भाइरसका कारण अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ । विरामीलाई अत्यावश्यक अवस्थामा मात्र अस्पताल आउन भनिएको छ । यस्तो अवस्थामा क्यान्सरका रोगीले के गर्ने ? विभिन्न शोध र अनुसन्धानको प्रमाणका आधारमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले  विरामीलाई निम्न सुझाव दिनु भएको छ । – सामाजिक दूरीको अनुसरण गर्नुपर्छ र सकेसम्म घरभित्रै बस्नुपर्छ । – केमोथेरापी लिइरहेका क्यान्सरका बिरामीलाई विभिन्न संक्रमणलगायत कोरोना भाइरसको उच्च जोखिम हुन्छ । किनकी सामान्य रोगभन्दा क्यान्सरका बिरामीको प्रतिरोधात्मक शक्ति कमजोर हुन्छ । –वृद्धवृद्धा, रगतको क्यान्सर भएका तथा बोनम्यारो प्रत्यारोपण गरेका बिरामीलाई कोरोनाको प्रकोपको अवधिमा संक्रमणको जोखिम उच्च हुन्छ । – यतिबेला आफूले देखाइरहेको क्यान्सर रोग विशेषज्ञ (अंकोलोजिष्ट)को परामर्शमा प्यालिएटिभ किमोथेरापीमा ढिलाई गर्ने हो कि भनेर विचार गर्नुपर्छ । क्यान्सर बढ्ने र कोरोना भाइरस संक्रमणको जोखिमबीचको सन्तुलनका आधारमा केमोथेरापी जारी राख्ने, रोक्ने वा ढिलाइ गर्ने विषयमा आफ्नो अंकोलोजिस्टसँग छलफल गर्नुपर्छ । फोन, इमेल, भाइबर वा ह्वाट्स एपबाट परामर्श लिन सकिन्छ । बाहिर निस्कन जोखिम भएकाले अंकोलोजिस्ट वा अन्य चिकित्सकका साथै अनावश्यक भेटघाट स्थगित गर्नुपर्छ । – केमोथेरापी जारी राख्ने विचार गर्नुभएको छ भने आइलाग्ने जटिलता र जोखिमको बारेमा राम्ररी बुझ्नु जरुरी छ । – यतिबेला रेस्टुराँ, सार्वजनिक यातायात, क्लिनिक तथा अस्पतालको पर्खाइ कक्षबाट टाढै रहनु वेश हुन्छ । – इम्युनो, टार्गेटेड, एन्टि–एजियोजेनिक, मेन्टिनेन्स थेरापी उपचारमा संलग्न बिरामीको हितमा आफ्नो अंकोलोजिस्टसँग परामर्श लिएर उपचार रोक्ने वा नियमित जारी गर्ने निर्णय केस–टु–केसका आधारमा गर्नुपर्ने हुन्छ । – पल्मोनरी फंक्सन टेस्ट, ब्रोन्कोस्कोपी, इन्डोस्कोपी, दन्त मूल्यांकन जस्ता जाँचहरु विरामी एवं स्वास्थ्यकर्मीबीचको सल्लाहमा जोखिम÷लाभ अनुपातको हिसाब गरेर गर्नुपर्छ ।– संभावित कोरोना इन्फेसन संक्रमणको लक्षण (अधिक ज्वरो, घाँटी दुखाई, खोकाइ र सास फेर्न गाह्रो) देखिए आफूले उपचार गराइरहेको चिकित्सक र स्थानीय सरकारी स्वास्थ्य अधिकारीलाई जानकारी गराउनुपर्छ ।– यसको प्रकोपबाट बँच्न साबुन पानीले हात मिचिमिची धुनुका साथै व्यक्तिगत सुरक्षाका नियमको पालना गर्नुपर्छ । सरकार तथा स्थानीय अधिकारीले दिएका सबै निर्देशन र सिफारिसको पालना गर्नुपर्छ । माथिका सल्लाह तथा सुझाव अस्थायी तर संभावित जीवन बचाउने उपाय हुन् । यसलाई कोरोना भाइरसको प्रकोप नियन्त्रण नगरेसम्म अनुसरण गर्न जरुरी छ ।  

उपासना घिमिरे, चैत्र १५, २०७६

-- पुरै पढ्नुहोस् --

कोरोना सङ्क्रमणको शंका लागे ११८० मा सिधै सम्पर्क गर्नुहोस् 

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या शुन्दर शाक्यले कसैलाई कोरोना सङ्क्रमणको आशङ्का भएमा टोल फ्रि नं ११८० मा खबर गर्न अनुरोध गरेका छन् । प्रमुख शाक्यले विज्ञप्ति जारी गरी कामपाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा १०२ तथा महानगरको टोल फ्रि नं ११८० मा खबर तथा सूचना दिन अनुरोध गरेका हुन् ।

नारी संवाददाता , चैत्र १०, २०७६

-- पुरै पढ्नुहोस् --

मोटोपन : मधुमेहको खतरा 

मोटोपन हेर्दा भद्दा देखिने मात्र होइन यो विभिन्न रोगको संकेत पनि हो । मोटोपनले टाइप–२ मधुमेहको सम्भावना बढाउने कुरा अध्ययनबाट पत्ता लागेको छ । गुलिया खानेकुरा खाँदा वा नखाँदा पनि मोटोपन भएमा टाइप–२ मधुमेहको खतरा धेरै बढ्छ ।

नारी संवाददाता , माघ ९, २०७६

-- पुरै पढ्नुहोस् --

लाभदायी अदुवा 

अदुवाको प्रयोग तरकारी वा चियामा रुघाखोकी लाग्दा गरिन्छ । यसले रुघाखोकी लाग्दा औषधिकै काम गर्छ । काँचो अदुवा मात्र होइन, सुकाएर पनि यसको प्रयोग गर्न सकिन्छ । जाडो मौसममा अदुवा राखेको चियाले धेरै फाइदा पुर्‍याउँछ ।

नारी संवाददाता , पुस १६, २०७६

-- पुरै पढ्नुहोस् --

महिला खेलाडीहरूको  स्वास्थ्य तथा पोषण

खानाको समय लामो भयो भने झर्को लाग्छ र त्यसले थकितसमेत बनाउँछ । त्यसैले प्रत्येक ३ वा ४ घन्टाको अन्तरालमा केही न केही खानु राम्रो हुन्छ ।

नारी संवाददाता , पुस ९, २०७६

-- पुरै पढ्नुहोस् --

ग्यास्ट्राइटिसबाट जोगिन

हाम्रो पेटमा पुगेको खानेकुरा लगभग ४ घन्टापछि पेटबाट सानो आन्द्रामा जान्छ र पेट खाली हुन्छ । यता पेटमा पाचन रस निस्कने प्रक्रिया निरन्तर चलिरहन्छ । खानेकुराको अभावमा पाचनरसमा भएको एसिडले हाम्रो पेट वा आमाशयको भित्री झिल्लीमा असर गरेर उक्त झिल्ली सुन्निन्छ जसलाई ग्यास्ट्राइटिस भनिन्छ । 

नारी संवाददाता , मंसिर २९, २०७६

-- पुरै पढ्नुहोस् --

नेलपोलिसका बेफाईदा

 हामीले हाम्रो हात तथा खुट्टाको सौन्दर्यका लागि नङमा नेलपोलिस लगाउने गरेका छौं । तर, हामीले प्रयोग गर्दै आएको सौन्दर्य प्रसाधन नेलपोलिसले विभिन्न खालका समस्याहरु पैदा गर्छ । 

नारी संवाददाता , मंसिर २७, २०७६

-- पुरै पढ्नुहोस् --

नेपालमा पोषणको स्थिति

विश्वमा पाँच वर्षमुनिका प्रत्येक तीनजना बालबालिकामध्ये एकजना पुड्कोपन, ख्याउटे, मोटोपनजस्ता कुपोषणले ग्रसित छन् । एक स्वास्थ्य सर्वेक्षणअनुसार पाँच वर्षमुनिका बालबालिकामध्ये ३६ प्रतिशत पुड्कोपनबाट ग्रस्त छन् ।

नारी संवाददाता , मंसिर १७, २०७६

-- पुरै पढ्नुहोस् --

मिठाई र  स्वास्थ्य

चाडपर्वमा चिल्लो एवं मसालेदार खानेकुरा बढी नै खाइन्छ । विशेषगरी तिहारमा विभिन्न किसिमका मिठाईं बनाएर खाने चलन छ । आवश्यकताभन्दा बढी मिठाईं खानु स्वास्थ्यका लागि हितकर नभएको डाइटिसियन ब्रिस्टी बोहरा बताउँछिन् । मिठाईंमा प्रयोग गरिने चिनी, तेल, घिउ, वनस्पति घिउ तथा खुवाले मिठाईंलाई हेभी क्यालोरीयुक्त बनाउँछन् ।

संगीता लामिछाने, ब्रिस्टी बोहराकार्तिक ९, २०७६

-- पुरै पढ्नुहोस् --

चाडपर्वमा व्यायामलाई निरन्तरता

चाडपर्व भन्दैमा चिल्लो, पिरो, तथा मरमसला बढी भएका खानेकुरा खानुहुँदैन भने आवश्यकताभन्दा बढी पनि खानुहुँदैन । मासुका साथमा तरकारी तथा फलफूल  पनि खानुपर्छ । 

नारी संवाददाता , आश्विन १३, २०७६

-- पुरै पढ्नुहोस् --

चाडपर्वमा महिलाको स्वास्थ्य र व्यस्तता

चाडपर्वको समयमा टीका वा पूजापाठ छेकिन्छ कि भनेर महिनावारी पर सार्न पिल्स चक्की खाँदा त्यसका अनेकौं साइड इफेक्ट हुनसक्छन् । त्यसो त चिकित्सकको सल्लाहबमोजिम मात्र खानुपर्ने यस्ता औषधि उमेर पुगेका, उच्च रक्तचाप एवं मधुमेह भएका, मुटु तथा कोलेस्टेरोलका रोगीहरूले सेवन गर्नु हुँदैन ।

डा. सुमनराज ताम्राकार, आश्विन ६, २०७६

-- पुरै पढ्नुहोस् --