फिचर

सरकार बिरुद्ध युवतीहरु

लकडाउनको अबज्ञा गर्दै हजारौं युवायुवतीहरु अहिले सरकारको बिरुद्धमा सडकमा उत्रिरहेका छन् । कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले गरेको लकडाउन, परिक्षण, राहत, खर्च जस्ता विषयमा असन्तुष्टि देखाउदैं उनीहरु सडकमा उत्रिएका हुन् ।बालुवाटरवाट शुरु भएको बिरोध प्रदर्शन अहिले देशका प्रमुख शहरहरुमापनि हुन थालेको छ । नेतृत्व विनै उनीहरु सरकारलाई खबरदारी गर्न स्वस्फूर्त रुपमा सडकमा उत्रिएका हुन् । समाजिक संजालवाट समूह बनाएर सडकमा उत्रिएका प्रदर्शनकारीहरुमा अधिकांश युवा अवस्थाका रहेका छन् । उनीहरु आफैंले प्लेकार्ड बनाएर आएका छन् । जसमा युवतीहरुको संख्या पनि उल्लेख्य रहेको देखिन्छ ।सरकारले निषेधित क्षेत्रमा प्रदर्शन गर्नेलाई रोक्ने प्रयास गरेपछि अहिले युवाहरु शहरका विभिन्न भागमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले कोरोनाको पीसीआर परीक्षण दायरा बढाउनुपर्ने, क्वारेन्टाइन र आइसोलेसन सुधार गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई सुरक्षितसाथ नेपालमा ल्याइनुपर्ने, स्वास्थ्य सामग्री खरिद अनियमितता छानबिन हुनुपर्ने, खर्च पारदर्शी बनाउनुपर्नेलगायत माग राखेका छन् ।

महेश प्रधान, जेष्ठ ३१, २०७७

-- पुरै पढ्नुहोस् --

अहिले घरभित्रका डाक्टर भनेकै गृहिणी 

घरभित्रको अस्पताल भनेकै भान्छा घर हो र त्यसका डाक्टर भनेका गृहिणी हुन् । उनीहरू सजग छन् भने घरका सम्पूर्ण परिवार स्वस्थ हुने अमेरिकामा गरिएको एक सर्वेक्षणले देखाएको छ । 

लक्ष्मी भण्डारी थापा, वैशाख १०, २०७७

-- पुरै पढ्नुहोस् --

लकडाउनको सदुपयोग, पुरानो एल्बम पल्टाउने कि 

आफ्ना बालबच्चालाई विगतको कथा सुनाउनुहोस् । फोटोको माध्यामबाट उनीहरुले सचित्र तपाईंको बिगतबारे जान्ने मौका पाउनेछन् । विगतमा आफु कुन अवस्थामा थिएँ र के कस्ता संघर्ष गरेर अघि बढे भन्ने कुरा सुनाउनुहोस् । यसका लागि पुराना फोटो तपाईंका लागि निकै उपयोगी सावित हुनेछ । 

सुजाता मुखिया, वैशाख ७, २०७७

-- पुरै पढ्नुहोस् --

कोरोना त्रासः मनको बाघले खाइरहेको त छैन !

अहिले चौतर्फी कोरोना भाइरसको त्रास बढिरहेको छ । सँगै मौसम पनि परिवर्तनको बेला छ । यसर्थ सामान्य मौसमी रुघाखोकी लाग्दापनि कोरोनाले भेट्यो कि भन्ने शंका हुन्छ । यसले मानिसको मानसिक स्वास्थ्यमापनि असर गरिरहेको छ । सर्वसाधारण नागरिक मात्रै होइनन्, राम्रै व्यवसायिक एवम् पेसागत छवि भएकालाई पनि कोरोनाले तर्साइ रहेको छ ।

लक्ष्मी भण्डारी, चैत्र १५, २०७६

-- पुरै पढ्नुहोस् --

सम्झनामा विवाह

२६ वर्षमा विवाह गरेकी भुवन त्यो समयमा आफ्नो विवाह ढिलो गरी भएको बताउँछिन् । उमेर र जागिरका कारण हरेक निर्णय आफैं लिन सक्ने अवस्थामा भएकाले पनि चन्दले माइकलसँग विवाह गर्ने निर्णय गरिन् । यसले गर्दा पनि उनीहरूबीच सहजै विवाहको सहमति जुट्यो । विवाहको समयमा माइकल डेरामा बस्थे । उनले भुवनलाई डेरामै भित्राएका हुन् ।

प्रकृति दाहाल, मंसिर ८, २०७६

-- पुरै पढ्नुहोस् --

बिहे नगरेका नेपालका हिट अभिनेत्रीहरु

चलेको चलन, विवाहका लागि साइत जुर्नुपर्छ । यद्यपि, साइत नजुरेपनि इच्छा हुनेहरुले बिहे गरेकै छन् । नेपाली ग्ल्यामर क्षेत्रमा केहि त्यस्ता चर्चित अभिनेत्रीहरु छन्, जसले अहिलेसम्म लगन गाँठो कस्न सकेका छैनन् । कतिपयले डिभोर्स गरेर यत्तिकै एकल जिवन बिताइरहेका छन् । कतिपयले इङ्गेजमेन्ट गरेर बिहेको मिति कुरिरहेका छन् । यसपटक हामीले नेपाली चलचित्र क्षेत्रमा काम गरिरहेका चर्चित अविवाहित अभिनेत्रीहरुको बारेमा छोटो चर्चा गरेका छौं ।

रामजी ज्ञवाली, श्रावण २३, २०७६

-- पुरै पढ्नुहोस् --

पछिल्लो पुस्ताका लोकदोहोरी गायिका

उनी घाँस–दाउरा गर्न जाँदा विभिन्न गीत गुनगुनाउँथिन् । उनको स्वरलाई सबैले मन पराउँथे । स्कुलका विभिन्न कार्यक्रममा उनी प्रथम वा द्वितीय हुन्थिन् । सम्झना भन्छिन्–ममा गायिका बन्ने धोको सानैदेखि थियो, विद्यालयमा हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउँथें ।

महेश तिमल्सिना , पुस ४, २०७५

-- पुरै पढ्नुहोस् --

केशमा नारीत्व

केशलाई महिलाको नारीत्वसँग जोडेर हेरिने इतिहासले बताउँछ । विश्वयुद्धताका हजारौं महिला आफ्नो केश खौरिएर पुरुषभेष धारण गरी सेनामा प्रवेश गरेका थिए । सन् १९४० मा फ्रान्समा भएको युद्धताका जर्मन लडाकुसँग यौन सम्बन्धमा रहनुको सजायस्वरूप फ्रेन्च महिला तथा युवतीहरूको मुण्डन गरिएको थियो ।

नारी संवाददाता , असार २४, २०७५

-- पुरै पढ्नुहोस् --

सपनाको उडान र बेस्वादिलो स्वदेश मोह

एक सांस्कृतिक कार्यक्रमको सिलसिलामा अमेरिका पुगेका सरोज खनालमा देश छोड्ने क्रममा अमेरिकाप्रति उति सारो मोह थिएन तर जब उनी अमेरिका पुगे उनको मन अमेरिकामा यसरी गढ्यो, उनी नेपाल फर्कनै सकेनन् । अमेरिकाको समृद्ध जीवन हेरे, आफ्ना दुई सन्तानको भविष्य सम्झिएर उतै बसे ।

राधिका अधिकारी, चैत्र ९, २०७४

-- पुरै पढ्नुहोस् --

जसलाई विदेशले तान्यो फेरि छोडेन

नेपाली चलचित्रमा राम्रो स्थान बनाएर विदेश भासिने अभिनेतृहरूको सूची लामै छ । धेरै अभिनेतृहरूले अमेरिकाका विभिन्न सहरलाई आफ्नो कर्मथलो बनाएका छन् । कुनै समय ठूलै चर्चा कमाएका अभिनेतृहरू नेपाली चलचित्रमा अपेक्षाकृत प्रगति गर्न नसकेपछि विदेश भास्सिएका छन् ।

राधिका अधिकारी, पुस १८, २०७४

-- पुरै पढ्नुहोस् --

महिलाहरूका प्रिय गायक

गीत–संगीत धेरैको सुख–दु:खको साथी हो । भनिन्छ–गीत–संगीत एक प्रकारको औषधि नै हो । आधुनिक उपचार प्रणालीबाट सम्भव नभएका कतिपय रोग गीत–संगीतले निको पार्ने खबर पनि बेलाबेलामा सार्वजनिक भैरहेका हुन्छन् । गीत–संगीत मन नपराउने मानिस पनि बिरलै होलान् तर सबैलाई सबै प्रकारका गीत–संगीत तथा सबै गायक–गायिकाको स्वर उत्तिकै मन पर्छ भन्ने छैन ।

राधिका अधिकारी, मंसिर ११, २०७४

-- पुरै पढ्नुहोस् --