टिटबिट

समाजसेवी सजनीको अभिनय रहर

छ फिट ४ इन्च अग्ली सजनी बलामी कलाकारितामा सक्रिय हुने आफ्नो चाहना लुकाउँदिनन् । बालाजु, काठमाडौंकी २२ वर्षीया सजनी संगीत, वाद्यवादन, यात्रा एवं नृत्य तथा समाजसेवामा रुचि राख्छिन् । हाल दुबईमा कार्यरत सजनीलाई चलचित्रमा अभिनय गर्ने रहर छ । मोडलिङमा समेत रुचि राख्ने सजनी सामाजिक कार्यमा जस्तो चन्दा संकलन आदिमा संलग्न छिन् ।सामाजिक कार्यमा रुचि भएकै कारण उनले हरेक पटकको आफ्नो नेपाल भ्रमणका क्रममा अनाथ आश्रमहरूलाई विभिन्न प्रकारका सहयोग उपलब्ध गराउँदै आएकी छिन् । त्यस क्रममा उनले काठमाडौंका विभिन्न असहाय केन्द्रमा खाद्यान्नदेखि लत्ताकपडासम्म वितरण गरेकी छिन् । ‘तन जहाँ भए पनि मन त नेपाली हो’ भन्ने कुरामा विश्वास गर्ने सजनी युवावस्थामै समाजसेवामा रमाउन पाउँदा आत्मसन्तुष्टि मिल्ने धारणा व्यक्त गर्छिन् । 

नारी संवाददाता , श्रावण २५, २०७६

-- पुरै पढ्नुहोस् --

समाजसेवी सजनीको अभिनय रहर 

छफिट ४ इन्च अग्ली सजनी बलामी कलाकारितामा सक्रिय हुने आफ्नो चाहना लुकाउँदिनन् । बालाजु, काठमाडौंकी २२ वर्षीया सजनी संगीत, वाद्यवादन, यात्रा एवं नृत्य तथा समाजसेवामा रुचि राख्छिन् । हाल दुबईमा कार्यरत सजनीलाई चलचित्रमा अभिनय गर्ने रहर छ ।

नारी संवाददाता , श्रावण ६, २०७६

-- पुरै पढ्नुहोस् --

मलाई कमेडी मन पर्छ : आँचल शर्मा

मलाई कमेडी एकदम मन पर्छ । कतिले त मलाई कमेडियन नै भन्छन् । सबैको कुरा सुन्दा म पनि राम्रो कमेडी गर्न सक्छु जस्तो लाग्छ । कहिलेकाहीँ क्यारिकेचर गर्न खोज्छु । धेरैले ऋषि धमलाको जनता जान्न चाहन्छन् को क्यारिकेचर रुचाउनुभयो । म रुवाउने, हँसाउने जस्तो पनि अभिनय गर्न सक्छु । 

नारी संवाददाता , वैशाख ४, २०७६

-- पुरै पढ्नुहोस् --

डाक्टर हिरोइन

केहि हप्ताअघि एक अनलाइनमा अन्तरवार्ताका लागी प्रस्ताव आयो । उनि चलचित्र निर्माण टिमको सल्लाह अनुसार अन्तरवार्ताका लागी गइन् । त्यहाँ लामै कुराकानी भयो । घर आउन नपाउँदै  युट्युवमा भिडियो कुराकानी र अनलाइनमा समाचार समेत आयो । अन्तरवार्तामा हेडिङ थियो, ‘आयुषमानकी पुर्व प्रेमी !’

नारी संवाददाता , चैत्र ८, २०७५

-- पुरै पढ्नुहोस् --

डन्ट वरी, बिहे पक्का हुन्छ : रेखा थापा

२० बर्षदेखी नेपाली चलचित्र क्षेत्रमा सक्रिय अभिनेत्री रेखा थापाले आफ्नो बिहे चाँडै हुने संकेत गरेकी छिन् । कान्तिपुरका रामजी ज्ञवालीसँगको छोटो गफमा थापाले भनिन्, ‘बिहे नहुने भनेर कसले भन्यो ? बिहे पक्का हुन्छ, तर ४० बर्ष पुगेपछि मात्रै ।’

नारी संवाददाता , चैत्र ४, २०७५

-- पुरै पढ्नुहोस् --

अब त स्वेता नरोइदिए हुन्थ्यो नि !

अभिनेत्री स्वेता खड्काका श्रीमान श्रीकृष्ण श्रेष्ठको निधन भएको ४ बर्ष भैसकेको छ । २०७१ साउन २५ मा त्यतिबेलाका चर्चित अभिनेता श्रेष्ठको निधन भएपछि समग्र चलचित्र क्षेत्र शोकमा डुब्यो, स्वभाविकै उनकी श्रीमती स्वेता र परिवारलाई निकै ठुलो पिडा भयो ।

नारी संवाददाता , फाल्गुन २२, २०७५

-- पुरै पढ्नुहोस् --

सेनाको अवकाशपछि प्याजेन्ट सुन्दरी

अवकाश प्राप्त हुँदा उनी दंग थिइन् र भाग लिन पुगिहालिन्, मिसेज हिमालयन नेपाल २०१८ मा र उनी विजयी पनि भइन् । त्यसपछि गोमा नेपालको प्रतिनिधित्व गर्दै मिसेज एसिया प्यासिफिक–२०१८ मा पुगिन् जहाँ उनले सोसल मिडिया क्विनको अवार्ड हात पारिन् ।

नारी संवाददाता , पुस १६, २०७५

-- पुरै पढ्नुहोस् --

म त खुल्ला छु : सोना

भर्सटायल सोना अमात्यको उक्त म्युजिक भिडियोले मूलत: नेपालका समग्र जाति, उमेर, समूह तथा तहका नारीलाई आफ्नो लक्ष्यमा दृढ भएर अघि बढ्न उत्प्रेरित गरेको छ । लामो समयदेखि शास्त्रीय संगीतमा साधनारत अमात्यको ‘म त खुल्ला छु’ गीतले आफ्नो करियर तथा लक्ष्यमा आत्मविश्वासका साथ अघि बढ्न, आत्मनिर्भर हुन तथा स्वतन्त्रता उपभोग गर्न हौस्याउँछ ।

नारी संवाददाता , पुस ९, २०७५

-- पुरै पढ्नुहोस् --

डाक्टर मोडल

सुरुमा केही समय भेटनरीमा काम गरे पनि मोडलिङको मोहले गर्दा नामको अगाडिको डाक्टरलाई थाती राखी उनी यसमै रमाइरहेका छन् । कार्कीले मिस्टर नेपालमा कोरियोग्राफर तथा प्याजेन्ट डाइरेक्टरका रूपमा काम गरिसकेका छन् ।

नारी संवाददाता , पुस ४, २०७५

-- पुरै पढ्नुहोस् --

नाट्यकर्मी आकांक्षा

नाटक योनीका कथाहरूमा महिलाको यौन अधिकार, स्वतन्त्रताको समस्या, यौन तथा प्रजनन् स्वास्थ्य एवं यौन हिंसाविरुद्धको आवाज समेटिएको छ । विश्वभरका १ सय ४० देशका अनेकौं सहरमा मञ्चन हुने यो नाटक ४९ भाषामा अनुवाद भएको छ । नेपालमा भने यसको निर्देशन आकांक्षा तथा उनकी साथी गुञ्जनले संयुक्त रूपमा गरेका हुन् ।

नारी संवाददाता , चैत्र १२, २०७४

-- पुरै पढ्नुहोस् --

रोजाइ एलिशा राईको

ठाउँ : नेपालमा दोलखा तथा विदेशमा सिंगापुर ।परिकार : म:म र पिज्जा ।

नारी संवाददाता , फाल्गुन ८, २०७४

-- पुरै पढ्नुहोस् --