गन्तव्य

एक्ला घुमन्ते

नाम जुली, मान्छे भने एकदमै चुँजी, घुम्न मन लाग्यो र गोजीमा पैसा छ भने जुली झोला प्याक गर्छिन् र यात्रामा निस्किहाल्छिन् । न उनलाई साथी चाहिन्छ न त कुनै आफन्त नै । जुली न कहिल्यै थाक्छिन् न हरेस खान्छिन् । उनको एउटै उद्देश्य छ एक्लै यात्रा गर्ने । जुली गिरी १६ वर्षकै उमेरमा एक्लै चीनको बोर्डर तातोपानी नाका पुगिन् । साथीहरूसँग घुम्न जाने योजना बनाएकी जुलीलाई तब झोंक चल्यो जब योजना बनाएर पनि यात्रामा जान कोही तयार भएनन् । त्यसपछि उनले एक्लै आँट गरेर यात्रा सम्पन्न गर्न कम्मर कसिन् । काठमाडौंबाट दुई दिनको यात्रा उनले एक्लै पूरा गरिन् । घरमा भने साथीहरूसंँग छु भनेर ठाँटिन् । आत्मविश्वासका साथ तातोपानी नाकाको यात्रा गरेर जुली सकुशल घर फर्किन् । काठमाडौंमा जन्मी–हुर्किएकी जुली सानै उमेरदेखि विद्रोही स्वभावकी थिइन् । छोरी मान्छेले एक्लै यात्रा गर्नुहुँदैन, यात्रामा छोरीहरू असुरक्षित हुन्छन् भन्ने कुरा सुनेपछि उनी सोच्न थालिन् । आखिर हुन्छ चाहिँ के ? उनलाई अनुभव गर्न मन लाग्यो र दोस्रो पटक उनी एक्लै रारा तालको याक्रामा निस्किन् । रारा तालको ५ दिनको यात्राका त्रममा उनले थुप्रै अनुभव बटुलिन् । जुलीले आफ्नो अनुभव सुनाउँदै भनिन्–‘मलाई त्यहाँ पुग्दा आफ्नो इच्छा पूरा भएजस्तो लाग्यो र संसारै जितेजस्तो महसुस भयो । एक्लै घुम्ने बानी परेकी जुलीले त्यसैगरी अन्नपूर्ण बेस क्याम्प तथा गोसाइँकुण्डको यात्रा पनि गरिसकेकी छिन् । एक्लै हिँड्दा बाटो बिराएर हराएको अनुभव पनि छ उनीसँग । अन्नपूर्ण बेस क्याम्प जाँदा उनी घना जंगलको बीचमा हराएकी थिइन् । करिब आधा घन्टा हिँडेपछि उनले थाहा पाइन् बाटो फरक परेछ । बाटो पहिल्याउँदै जाँदा जंगलको बीचमा गोठमा मानिस भेटेपछि भने उनलाई गन्तव्यका बारेमा थाहा भयो । त्यो पल सम्झदै गिरी भन्छिन्–‘यदि त्यो समयमा गोठ नभेटेकी भए कहाँ पुग्थें थाहा छैन ।’ उनी आफ्नो सुरक्षाका लागि ‘इलेक्ट्रिक गन तथा चक्कु’ पनि बोक्छिन् । ‘यदि आक्रमण भैहाले इलेक्ट्रिक गनमार्फत करेन्ट लगाएर बेहोस बनाउन सकिन्छ ।’ उनले भनिन् । जुलीले सुरक्षाकै लागि आत्मरक्षाको तालिमसमेत लिएकी छिन् । यी सबै कुराले उनलाई यात्रामा थप बलियो र आत्मविश्वासी बनाउन सहयोग गरेको छ ।उनलाई अब भने एक्लै यात्रा गर्ने बानी परिसकेको छ । जुली एकल यात्राप्रति पूर्णरूपमा विश्वस्त छिन् । उनी भन्छिन्–एक्लै घुम्नुमा बेग्लै आनन्द छ, आफ्नो तरिकाले हिँड्न रमाइलो हुन्छ, मन लागे हिँड्यो नसके जहाँ हुन्छ त्यहीँ बस्यो ।’ उनले अनुभव सुनाउँदै भनिन्–‘डर लाग्दैन भन्ने त हुँदै हुँदैन तर आत्मविश्वासका साथ अघि बढे सफलता मिल्छ । सोलो वुमन्स ट्राभल्स च्यालेन्ज–२०१८ मा छनोट भइन्–पूजा रिजाल । उनको गन्तव्य थियो सगरमाथा बेस क्याम्प । सर्लाहीमा जन्मी–हुर्किएकी पूजालाई भिरपाखा हेर्दै हिमालसँग रमाउनु थियो । छनोट भएपछि उनलाई एक्लै पुगेर आउन भने निकै डर लाग्यो । रहर गरेर आवेदन भरेकी थिएँ छनोट पनि भएँ अब साँच्चै जानुपर्ने भयो भनेर एकछिन आत्तिएँ । उनले भनिन्– ॅतर च्यालेन्ज पूरा गर्नुपर्छ भनेर अघि बढें ।’ त्यसका लागि पूजाले डिफेन्स तालिमका साथै जोखिम कम गर्ने विषयमा समेत जानकारी लिइन् । पूजाले काठमाडौंबाट हिँडेर नै त्यो पनि हाइवेहरूबाट बेस क्याम्प पुग्ने निर्णय गरिन् । हिँडेरै पुग्छु भन्ने साहस गरी काठमाडौंबाट निस्किन् । उनको पहिलो दिनको यात्रा धुलिखेलमा पुगेर टुंगियो । बार्‍ह केजीको झोला बोकेर यात्रामा हिँडेकी रिजाललाई धेरै हिँड्दा थाकेपछि गाडी चढेर जान मन नलागेको पनि होइन तर उनले च्यालेन्ज हो हरेस खानु हुँदैन, हिँडेरै गन्तव्यमा पुग्छु भन्ने अठोट गरिन् । कहिले उनी भिरको बाटो हिँड्थिन् भने कहिले छोटो बाटो खोज्दै जंगलतिर हुइँकिन्थिन् । जंगलमा हराउँदै बाटो पत्ता लगाएका थुप्रै घटना छन् उनीसँग । यसरी यात्रामा कहिले सहज त कहिले असहज हुँदै हरेक प्रकारका ठक्कर खाँदै तीस दिनमा उनी गन्तव्यमा पुगिन् । उनले याक्राका त्रममा धेरै जातजातिको रहनसहन बुझ्ने मौका पाइन् । याक्राका त्रममा उनका खुट्टा दुख्ने, हात सुन्निने र शरीर थाक्ने हुन्थ्यो । बेस क्याम्प पुग्न लाग्दा चोला पास गर्दा भने उनले चारपाउ नै टेक्नुपर्‍यो । त्यो क्षण भने उनका लागि निकै कहालीलाग्दो थियो । पूजा भन्छिन्– ॅएक्लै चोला पास गर्दा डर पनि लागेको थियो अब कहाँ पुग्छु भन्ने निश्चित थिएन ।’ फोटो, भिडियोका लागि भने उनलाई साथीको अभाव महसुस हुन्थ्यो । तीस दिनमा बेस क्याम्प पुगेकी पूजा त्यहाँबाट प्लेन चढेर एकैदिनमा काठमाडौं आइपुगिन् । एकल यात्रामा साहस गरेर अघि बढे गन्तव्यमा अवश्य पुगिन्छ रिजालले बताइन् । पूजा अहिले भने मिस नेपाल ट्राभल्समा नियुक्त भएकी छिन् । अबको उनको योजना महिलाहरूलाई ट्राभल्समा अघि बढाउनु हो ।सानैदेखि साइकलप्रति विशेष मोह थियो श्वेता श्रेष्ठमा । साइकलप्रेमी झापाकी श्वेता साइकलमै हेटौंडाबाट कैलालीसम्म पुगिन् । श्वेता २०१७ मा वुमन्स सोलो ट्राभल्सका लागि छनोट भएकी थिइन् । साइकलबाटै यात्रा गर्ने रहरका कारण उनले प्रतियोगितामा भाग लिएकी थिइन् । छनोट भएपछि उनलाई साइकलबाट यात्रा गर्न परिवारले भने सहज अनुमति दिएन । परिवारलाई मनाएर उनले दृढ साहसका साथ हेटौंडादेखि कैलालीसम्मको यात्रा तय गरिन् । त्यसअघि उनले साइकलमा यति लामो यात्रा गरेकी थिइनन् । साइकलबाटै उनले १७ दिनको यात्रा सफल पारिन् ।सानो बाटो त्यसमाथि पनि खाल्डाखुल्डी हुने भएकाले उनी कहिले साइकलबाट लड्थिन् भने कहिले बाटो नपाएर दुःख पाउँथिन् । श्रेष्ठ दैनिक ७५ किलोमिटरको यात्रा साइकलमै गर्थिन् । घाम–पानी केही नभनी उनी निरन्तर साइकलमा कुँदिरहिन्थन् । जंगलको बाटो हिँड्दा उनलाई केही डर पनि लाग्थ्यो । साइकलमा विदेशीहरूको जोडी देख्दा उनलाई साथीको झझल्को भने आइरहन्थ्यो । बाटोमा भने धेरैले उनलाई प्रेरणा दिइरहन्थे । यसले गर्दा उनलाई अघि बढ्न थप हौसला प्राप्त हुन्थ्यो । धेरैले उनलाई जिन्दगीबाट एक्लिएरर विरक्तिएर एकल यात्रामा निस्किएको अनुमान गर्थे । श्रेष्ठ भन्छिन्– ‘नेपाली समाजमा एक्लै घुम्नु भनेको विरक्तिएर हिँडेको भन्ने सोच रहेछ । विदेशीहरू भने नेपाली केटी एक्लै घुमेको देख्दा आँटिली भएको महसुस गर्थे ।’ २०१६ सोलो वुमन्स ट्राभल्सकी विजेता हुन्–निष्मा श्रेष्ठ । उनी माउन्टेन बाइकिङकी पारखी हुन् । माउन्टेन बाइकिङप्रतिको मोहकै कारण उनले च्यालेन्जका लागि जोमसोम–बेनीको यात्रा छनोट गरिन् । १२ दिनको एकल यात्रामा उनले धेरै समय साइकलमै बिताइन् । अप्ठ्यारो सडकमा भने उनले अन्य साधनको सहायता लिइन् । बाटोमा पहिरोको समस्याले गर्दा पनि साइकलमा जान नसक्ने अवस्था भएपछि बाध्यतावश अन्य साधनमा यात्रा गरें–निष्माले बताइन् । काठमाडौं, बेनी, तातोपानी, जोमसोम, मुक्तिनाथ, घान्द्रुक हुँदै उनले १२ दिनमा उक्त यात्रा पूरा गरिन् । साइकलमा यात्रा गर्दा सडकमा धेरै प्रकारका समस्या भोग्नुपर्ने उनको अनुभव छ । कहिले अन्य सवारी साधनले ठाउँ नदिने, खाल्डाखुल्डी सडकमा ब्यालेन्स मिलाउन त्यत्तिकै कठिन महसुस हुने निष्माले बताइन् । परिवारको सहयोग र याक्राका त्रममा उनको पहिरन देखेर भाइका रूपमा अरूले गरेको व्यवहारमा उनमा आत्मविश्वास बढाउन्थ्यो थियो । मलाई सबैले भाइ भनेर बोलाउँदा पनि आत्मबल बढ्यो ।’ निष्माले आफ्नो अनुभव सुनाउँदै भनिन् । श्रेष्ठ भन्छिन्– एक्लै यात्रा गर्ने बानीले आत्मविश्वास बढाउनुका साथै अप्ठ्यारो परिस्थितिसँग जुध्न सक्ने क्षमतासमेत वृद्धि हुँदो रहेछ ।’समीक्षा शर्माव्यवस्थापक नेपाली ट्राभलरपेम्बा शेर्पा र जेसिस शाहमार्फत २०१४ मा सोलो वुमन्स ट्राभल्सको सुरुवात गरिएको हो । त्यतिबेला दुई जना महिलाले एकल यात्रा गरेका थिए । प्रविधिको विकासँगै हामीले यसलाई फेसबुकमार्फत प्रचार–प्रसार गर्न थाल्यौं । २०१६ मा फेसबुकमार्फत आबद्ध भएर यसलाई अघि बढाउन थाल्यौं । हाम्रो उद्देश्य महिलाहरू पनि आफ्नै देशमा आत्मविश्वासका साथ एक्लै घुम्न सकून् भन्ने हो । अहिले भने फेसबुकमार्फत हामी एकल यात्राका लागि महिलाहरूलाई सोलो वुमन्स ट्राभल्स च्यालेन्जका लागि आह्वान गरिरहेका छौं ।यसमार्फत फेसबुकको तस्बिरमा १००० लाइक पुर्‍याउनुपर्ने हुन्छ । त्यसपछि छनोटको प्रक्रियामा जान्छौं । सहभागीमध्ये छनोट गरेर पाँच जनालाई हामी एकल यात्रामा पठाउनेछौं । यात्राको सम्पूर्ण व्यवस्थापन पनि कम्पनीले नै गरेको हुन्छ । यात्रामा पठाउनुअघि आइपर्ने जोखिमका सम्बन्धमा तालिमदेखि लिएर फोटोग्राफी, भिडियोग्राफीका बारेमा सम्पूर्ण जानकारी दिइन्छ । एकल यात्रामा अहिले महिलाहरूको आकर्षण बढ्दो छ । यो वर्ष ५ सय ४ जना महिलाको आवेदन आएको छ । यो अघिल्लो वर्षको तुलनामा ७४ ले बढी हो ।

प्रकृति दाहाल, भाद्र १, २०७६

-- पुरै पढ्नुहोस् --

चिया बगानमा  कल्चरल पोज

‘हरियो कार्पेट’ जस्तो देखिने चिया बगानमा खिचिएको तस्बिर सामाजिक सञ्जालमा अपलोड गरे लाइक र कमेन्ट थामिनसक्नु हुन्छ । इलामको कन्याम चिया बगान पुगेका पर्यटकहरु हिजोआज आफूले लगाएको पहिरनमा मात्र फोटो खिचाउँदैनन् । उनीहरु विभिन्न जातजातिका मौलिक पोसाक लगाएर फोटो खिचाइरहेका पाइन्छन् ।

शब्द तथा तस्बिर : युवराज गौतम, असार १८, २०७६

-- पुरै पढ्नुहोस् --

त्रिशूली नदीमा र्‍याफ्टिङ

नुवाकोटमा बढ्दो गर्मीका बीच चिसो पानीमा तैरँदाको मज्जा बेग्लै हुन्छ । त्यसैले पनि त्रिशूलीको स्वच्छ पानीमा र्‍याफ्टिङ गर्न रमाउने पर्यटकहरू बढिरहेका छन् । त्रिशूली नदीको तल्लोभाग धादिङ र चितवन क्षेत्रमा जलयात्राको राम्रो सम्भावना पनि छ ।

नारी संवाददाता , जेष्ठ १७, २०७६

-- पुरै पढ्नुहोस् --

हाइकिङको कुनै सिजन वा मौसम हुँदैन

खुलेको आकाश, हरियाली र सुनसान वन–जंगल । चराको चिरबिर आवाज, सिरसिर चलिरहने चिसो बतास । उकाली–ओराली, डाँडा–पाखा अनि गाउँले परिवेश । पसिनाले निथ्रुक्कै भिजेको शरीरमा घरिघरि चिसो हावाको शीतलताका कारण जता हिँडे पनि उस्तै मज्जा । यस्तो मज्जा हाइकिङमा मात्र लिन सकिन्छ । करिब एक दशकयतादेखि नेपालमा हाइकिङ संस्कृति मौलाउँदै गएको छ ।

युवराज गौतम, वैशाख ८, २०७६

-- पुरै पढ्नुहोस् --

फिक्कलमाथि कला सृजना

ताप्लेजुङदेखि कास्कीसम्मका हिम शृङ्खलाको ‘पानोरमा भ्यु’ देख्न सकिने सिन्धुली जिल्लाको फिक्कल टाकुराको प्रवद्र्धन गरी पर्यटक भित्राउने उद्देश्यसहित ‘फिक्कल कला शिविर–२०७५’ सम्पन्न भएको छ ।

नारी संवाददाता , फाल्गुन १७, २०७५

-- पुरै पढ्नुहोस् --

पर्यटकीय क्षेत्रमा धिमाल सुन्दरी

मिस धिमालका फाइनलिस्टहरू यतिबेला झापा र मोरङका विभिन्न पर्यटकीय स्थलको अध्ययन र फोटोसुटका लागि त्यस्ता स्थानमा भेटिन थालेका छन् । मिस धिमालमा २६ स्पर्धी यतिबेला बन्द प्रशिक्षणमा छन् ।

नरेन्द्र बस्नेत  , माघ १९, २०७५

-- पुरै पढ्नुहोस् --

बालीको वैभव

विश्वकै सबैभन्दा ठूलो विष्णुको मूर्ति, कलात्मक मन्दिरहरू, ठूल्ठूला आधुनिक कृषि फार्म तथा सामुद्रिक किनारमा खेलिने विविध खेल यहाँका विशेषता हुन् ।

भिषा काफ्ले, पुस १६, २०७५

-- पुरै पढ्नुहोस् --

घुमघामका लागि पोखरा आसपास

पोखरा पुग्ने पर्यटकको ध्यान कास्कीका सुन्दर गाउँहरूले समेत खिच्न थालेका छन् । कास्कीका गाउँ भौगोलिक रूपमा त्यति विकटसमेत नभएकाले पनि बर्खायामबाहेक अन्य समयमा पुग्न सहज छ ।

राजाराम पौडेल, पुस १, २०७५

-- पुरै पढ्नुहोस् --

दसैंमा भारत घुमघाम

नेपालमा फरक–फरक प्रयोजनको घुमफिरका लागि फरक–फरक गन्तव्य रोजिन्छ भारतमा पनि घुमफिर गर्ने थुप्रै ठाउँ छन् । सांस्कृतिक एवं धार्मिक विविधता, प्राकृतिक दृश्यावलोकन तथा सामाजिक रहनसहनको अवलोकन जस्ता फरक–फरक प्रयोजनका लागि भारत भ्रमण उपयुक्त मानिन्छ । विश्वलाई बुझ्न संसार घुमिरहनै पर्दैन एउटा भारत घुमे पुग्छ भन्ने भनाइ यी सबै कुरा हेर्दा हो नै जस्तो लाग्छ ।

नारी संवाददाता , आश्विन २३, २०७५

-- पुरै पढ्नुहोस् --

टर्कीको सम्झना

लामो इतिहास बोकेको टर्कीले साम्राज्यवादी मुलुकका रूपमा विश्वका थुप्रै देशमा राज्य गथ्र्यो । सन् १९२३ पछि गणतन्त्रमा परिवर्तन भएको टर्कीलाई एउटा आधुनिक मुस्लिम राष्ट्रको नमुनाका रूपमा प्रस्तुत गर्न सकिन्छ । यहाँ बुर्का लगाएका महिला फेला पार्न गार्‍हो छ । मुस्लिम राज्य भएर पनि यहाँका महिलाहरू मिनी स्कर्टमा भेटिन्छन् । त्यहाँका युवतीहरू अग्ला, फेयर स्किन, टलक्क टल्किने आँखा, ब्लन्ड कलरको केशले गर्दा निकै आकर्षक देखिन्छन् ।

सिर्जना जोशी, भाद्र ५, २०७५

-- पुरै पढ्नुहोस् --

कर्णालीमा धेरै राम्रा कुरा छन् तर त्यसको चर्चा हुँदैन

कर्णालीका बासिन्दालाई दु:ख गर्न सक्ने एवं तत्कालै प्रतिक्रिया दिन सक्ने हिम्मतिला मानिसका रूपमा चिनिन्छ । कर्णालीका मानिसहरूले मागेर खाँदैनन् । कर्णालीका मानिस कर्मशील छन् । कर्णालीका मानिस चोर र डाँका छैनन्, आत्महत्या गरेर मर्नेहरू छैनन्, भए पनि नगन्य छन् । उपलब्ध साधनहरू थोरै भएकाले विकल्पहरूका बारेमा सोंच्ने क्षमता राख्छन् ।

पदम भण्डारी, असार ८, २०७५

-- पुरै पढ्नुहोस् --