सुरक्षा

आगलागीको क्षति  न्यूनीकरणका उपायहरू

आगो मानिसलाई नभई नहुने कुरा हो तर सावधानी विना आगोको प्रयोग गर्दा वा हेलचेक्राईका कारण अधिकाशं आगलागीका घटना हुने गर्दछ । नेपालका ग्रामीण बस्तीहरूमा यस्ता आगलागीका घटना धेरै दोहोरिने गरेका छन् । कमजोर विद्युतीय संरचना तथा चट्याङका कारण पनि आगलागी हुने गरेको छ । आगलागीबाट बच्न आगलागीको जोखिम पहिचान गर्ने तथा उक्त जोखिम न्यूनीकरणका लागि पहल गर्नुपर्छ । जोखिम न्यूनीकरणको काम गर्दा महिला–बालबालिका तथा ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई प्राथमिकतामा राखी काम गर्नुपर्छ ।    सुकेका काठ, पराल, पात–पतिङ्गर आदि छानामा नराखी घरभन्दा ३० फिट पर राख्नुहोस् ।     आगो निभाउन नजिकैका तलाउ, पोखरी अथवा पानी ट्याङ्की तथा उच्च स्थानमा रहेका पानीका स्रोतहरूको पहिचान गर्नुहोस् ।     परिवारिक योजना बनाउनुहोस् । घरको मूलढोका बन्द भए बाहिर निस्कनका लागि वैकल्पिक बाटोका बारेमा योजना तयार पार्नुहोस् । चेतावनीका लागि साथमा सधैँ सिट्ठी राख्नुहोस् ।     आगो निभाउन सुक्खा यन्त्र (dry fire extinguisher) राख्नुहोस् । आगो निभाउन घरसँगै मसिनो बालुवा तथा सुक्खा माटो भए स–साना आगो निभाउन प्रभावकारी हुनसक्छ ।     फोहोर–मैला घरनजिकै पोल्ने काम नगर्नुहोस् । यस्ता सामग्रीहरू जलाउँदा ढुङ्गाले घेरिएको र बल्ने सामग्रीहरू भन्दा टाढा हावाको दिशा पनि विचार गर्नुपर्छ । खरानी सेलाउन ३ दिन लाग्ने भएकाले खरानीलाई सुरक्षित रुपमा तह लगाउनु पर्छ ।     यदि घर अथवा विद्यालयमा आगलागी भएको छ भने नलुक्नुहोस्, तत्काल बाहिर सुरक्षित स्थानमा निस्कनुहोस् । सकेसम्म चाँडो सहयोगका लागि अनुरोध गर्नुहोस् ।     यदि घर, काम गर्ने ठाउँ अथवा विद्यालयमा आगलागी भएको छ भने जमिनमा घोप्टो परी नजिकैको सुरक्षित ढोकातिर घिस्रेर गई बाहिर निस्कनुहोस् । घिस्रदा खतरनाक धूवाँबाट टाढा रहन सहयोग मिल्छ ।     सलाई, मैनबत्ती, पेट्रोल, मट्टीतेल आदिजस्ता ज्वलनशील वस्तुहरू बालबालिकाहरूको पहुँचबाट टाढा राख्नुहोस् । विद्युत् जडान गर्दा गुणस्तरीय सामान (तार, प्लग आदि) प्रयोग गर्नुहोस् ।    लोड सेडिङ भएका बेला बिजुलीका उपकरणहरूको स्विच बन्द गर्नुहोस् र तार प्लगबाट निकाल्नुहोस् ।    एक्स्टेन्सन कर्डहरू (extension cords) लाई अथवा भित्तामा भएका सकेटहरूलाई क्षमताभन्दा बढी भार नदिनुहोस् किनभने त्यसबाट गरेमा यसबाट आगलागी हुने संभावना प्रबल हुन्छ ।

जीवन घिमिरे, विपत् व्यवस्थापन सहजकर्ता असार १४, २०७६

-- पुरै पढ्नुहोस् --

चायाँ हटाउने उपाय

केशमा चायाँ पर्नु स्वाभाविक हो । शरीरबाट तेल र पसिना निस्कने हुँदा यो समस्या वृद्धि हुन्छ । कतिपय अवस्थामा स्केल्प ओयली तर केश सुख्खा र रुखो हुन्छ । स्केल्पको रोमछिद्र बन्द भएका कारण त्यस्तो भएको हो । यसले नेचुरल ओयलको समुचित बाँडफाँडमा बाधा पुर्‍याउँछ । 

नारी संवाददाता , चैत्र १७, २०७५

-- पुरै पढ्नुहोस् --

इलेक्ट्रिक सामग्रीको प्रयोग

नयाँ परिकार बनाउन एवं खाना तताउन माइक्रो ओभन राम्रो विकल्प हुन सक्छ । जाडो मौसममा चिसा खानेकुरा खान मन लाग्दैन । पकाएर राखिएका खानेकुरा तताउने सहज माध्यम ओभन हुन सक्छ । प्रयोग नगरेका बेलामा यसको प्लग निकालेर राख्नुपर्छ । यसलाई सुख्खा कपडाले पुछ्नुपर्छ ।

नारी संवाददाता , पुस २४, २०७५

-- पुरै पढ्नुहोस् --

सुरक्षामुखी मोबाइल एप्लिकेसन

भारतका महिलाले टेल–टेल, बि सेफ, सेफ्टी पिन, ट्याक्सी पिक्सी, स्क्रिम अलार्मजस्ता मोबाइल एप्लिकेसन एन्ड्रोइड र आइओएस दुवै प्लेटफर्ममा उत्तिकै प्रयोग गरेको पाइएको छ । नेपालमा यस्ताएप्लिकेसन धेरै छैनन् ।

विभु लुइटेल, कार्तिक २७, २०७५

-- पुरै पढ्नुहोस् --

महिला तथा बालबालिकाका लागि समर डाईट

दही, लस्सी, मोही, जुस तथा दही आदिमा फलफूल काँक्रा, केरा, खरबुजा हालेर खान सकिन्छ । यसले खाना स्वादिलो हुनुका साथै पानीको मात्रा पनि पुर्‍याएर शरीरलाई शक्ति प्रदान गर्छ ।

नारी संवाददाता , वैशाख ३०, २०७५

-- पुरै पढ्नुहोस् --

कस्तो छ खाना पकाउने तेल ?

जुनसुकै तेल तताएर भन्दा पनि काँचै दल्नु प्रभावकारी हुन्छ । कतिपय तेल खानेकुरामा काँचै हाल्दा गन्हाउने भएकाले भाँडा तातेपछि तेल र तरकारी एकैपटक राखेर पकाउनुपर्छ । तेलमा फ्याटी एसिड हुने भएकाले यसलाई उच्च तापक्रममा तताउनुहुँदैन । यो सिक्रीजस्तै हुन्छ जति ततायो त्यति फ्याटी एसिड टुक्रन्छ जुन शरीरका लागि हानिकारक मानिन्छ ।

नारी संवाददाता , चैत्र ५, २०७४

-- पुरै पढ्नुहोस् --

आन्तरिक सजावटमा भूकम्पीय जोखिम र चुनौती

नेपालजस्तो भूकम्पकीय जोखिम भएको देशमा बसोबास गर्नेहरूले घरको जग तथा खम्बाहरू भूकम्प प्रतिरोधात्मक तरिकाले बनाउनु आवश्यक छ । अलि पुराना घरलाई पनि प्रवधिको मद्दतले शक्तिशाली बनाउन सकिन्छ ।

नारी संवाददाता , पुस २१, २०७४

-- पुरै पढ्नुहोस् --

खाद्यपदार्थमा मिसावट

मिसावट नभएका खाद्यपदार्थ अहिले बजारमा कमै होलान् । केही वर्षअघि सरोकारवाला निकायहरूले मिठाई उत्पादन हुने कारखानाको अनुगमन गरेका थिए । जसमा त्यस्ता कारखानाको वातावरण निकै दुर्गन्धित र फोहोर पाइएको थियो । पकाउने भाँडामा झिँगा, साङ्ला, मौरी आदि मरेका थुप्रै घटना फेला परेका थिए ।

उपासना घिमिरे, कार्तिक १३, २०७४

-- पुरै पढ्नुहोस् --

बच्चाको सुरक्षा

- बालबालिकामा रुघाखोकी, निमोनियाँ, ब्रोङकाइटिस, ज्वरोजस्ता समस्या देखा पर्छन् ।- यसबाट जोगिन बालबालिकालाई रुघाखोकी लागेका व्यक्तिबाट टाढै राख्नुपर्छ ।

नारी संवाददाता , भाद्र १९, २०७४

-- पुरै पढ्नुहोस् --

गर्मीमा अशिष्मा

कटनको लुज वान पिस, कुर्ती तथा लेनिनको पाइन्ट ।साँझ नपर्दै झ्यालढोका बन्द गर्ने तथा एन्टी मस्क्युटो लिक्विड बाल्ने ।कमै मेकअप, सनस्किन एवं हेयर थेरापी ।

नारी संवाददाता , श्रावण १८, २०७४

-- पुरै पढ्नुहोस् --

महिलाका लागि आत्मसुरक्षा

महिलामाथि हुने हिंसा संसारकै जल्दोबल्दो विषय हो । दक्षिण एसियाली मुलुकमा अझ बढी महिला हिंसा हुने विविध अध्ययनले सार्वजनिक गरेका छन् ।

लक्ष्मी भण्डारी थापा, फाल्गुन २, २०७३

-- पुरै पढ्नुहोस् --