सरसफाई

घरायसी सामानको रेखदेख

 चाडपर्वमा घरको सरसफाइका साथै घरमा भएका विभिन्न सरसामानको सफाइ पनि गरिन्छ । अहिले धेरैजसोको घरमा वासिङ मेसिन, डिसवासर, रेफ्रिजेरेटर आदि सामग्री हुन्छन् । रेफ्रिजेरेटर, वासिङ मेसिन, ग्यास चुल्हो, ओभनजस्ता उपकरण दैनिक जीवनमा अत्यावश्यक भैसकेका छन् । यिनले मानिसको दिनचर्या सहज बनाउनुका साथै समयको बचतसमेत गर्छन् । उपकरणको हेरचाह वा मर्मत–सम्भार सही तरिकाले भए ती लामो समयसम्म टिक्नुका साथै काम पनि सहज र छरितो हुन्छ भने दुर्घटनाको सम्भावनासमेत टरेर जान्छ ।रेफ्रिजेरेटर : रेफ्रिजेरेटरको नियमित हेरचाहले खानेकुरा बढी सुरक्षित रहनुका साथै मर्मत सम्भारको खर्चसमेत जोगिन्छ । फ्रिजको क्वायल सफा गर्नुपर्छ । फ्रिज भित्रको गर्मी हटाउन क्वायल प्रयोग हुन्छ । रेफ्रिजेरेटरलाई हरेक १५ दिनमा सफा गरिरहनुपर्छ । तातोपानीमा दुई चम्चा बेकिङ पाउडर हालेर रेफ्रिजेरेटरलाई स्पन्जले राम्रोसँग सफा गर्नुपर्छ । रेफ्रिजेरेटरको माथिदेखि तलसम्मका सबै सेल्फ तथा सर्फेसलाई साबुनपानीले सफा गर्नुपर्छ । सरसफाइको काम सकिएपछि रेफ्रिजेरेटर आधा घन्टा खुल्ला (अफ मुडमा) राख्नुपर्छ । रेफ्रिजेरेटरको पछाडिको भाग प्रत्येक महिना सफा गर्नुपर्छ ।वासिङ मेसिन : अत्याधुनिक वासिङ मेसिनमा बिजुलीको खपत पनि कम हुन्छ । यसको सफाइ नियमित रूपमा गरे लामो समयसम्म टिक्छ । वासिङ मेसिनमा कपडा धुँदा माइल्ड डिटर्जेन्ट प्रयोग गर्नुपर्छ । वासिङ मेसिन सफा गर्नुअघि त्यसलाई खाली गरेर तातोपानी भर्नुपर्छ । त्यसपछि एक कप भिनेगर राखेर केही बेर मेसिन चलाउनुपर्छ । त्यसपछि आधा कप बेकिङ सोडा हाली वास मोडमा चलाएर हालेर मेसिन बन्द गर्नुपर्छ । त्यसपछि मेसिनलाई १ घन्टासम्म त्यत्तिकै छोड्नुपर्छ । त्यसपछि फेरि संचालन गर्नुपर्छ । मेसिन बन्द गरेपछि भिजेको कपडाले राम्रोसँग पुछ्नुपर्छ । वासिङ मेसिनको रबर म्याट धुँदा त्यसले उपकरणमा पानीको प्रवाह र निकास बन्द गरिदिएर क्षति निम्त्याउन सक्छ । त्यसैले मेसिनको नियमित परीक्षण तथा खराबी देखिए मर्मत–सम्भार गराउनुपर्छ ।ग्यास चुल्हो : ग्यास चुल्हो हप्तामा दुईपटक सफा गर्नुपर्छ । यसलाई ग्यासको कनेक्सन बन्द गरी चिसो स्पन्जको सहायताले सफा गर्नुपर्छ । तातो साबुनपानीमा चिसो कपडा डुबाएर पनि ग्यास चुल्हो सफा गर्न सकिन्छ ।डिसवासर : अहिले डिसवासरका प्रयोगकर्ता पनि बढ्न थालेका छन् । डिसवासरबाट भाँडा कम समयमै सफा गर्न सकिन्छ । यसले भाँडा छिटो सफा गर्नुका साथै चम्किलो पनि बनाउँछ । यसको प्रयोगपछि नियमित रूपमा सरसफाइ गर्नुपर्छ । डिसवासरमा अड्किएको फोहोर बिस्तारै निकाल्नुपर्छ ।भ्याकुम क्लिनर : घरका कुना–कुनामा भएका फोहोर सफा गर्न भ्याकुम क्लिनर उपयोगी हुन्छ । धूलो नउड्ने भएकाले भ्याकुम क्लिनर स्वास्थ्यका दृष्टिले समेत लाभदायक हुन्छ । अहिले धेरैजसोले कुचो लगाउनुभन्दा यसको प्रयोग गर्न थालेका छन् । यसले केही समयमै घर सफा गर्छ । भ्याकुम क्लिनरको ब्याग समय–समयमा सफा गरिरहनुपर्छ । यसको ब्रसमा अड्किएका वस्तुलाई बिस्तारै निकाल्नुपर्छ ।टेलिफोन : टेलिफोनको प्रयोग धेरै नै हुन्छ त्यसैले बेला–बेलामा यसलाई पनि सफा गरिरहनुपर्छ । सफा तथा नरम कपडा वा थोरै कपासमा डिटोल हालेर टेलिफोनको सेट सफा गर्न सकिन्छ । टेलिफोनको माउथ पिस तथा इयरफोन पनि सफा गर्नुपर्छ ।टेलिभिजन : टेलिभिजन सफा गर्नुअघि मुख्य स्वीच बन्द गर्नुपर्छ । यसको सफाइका लागि ग्लास क्लिनर प्रयोग गर्न सकिन्छ । टेलिभिजनको स्क्रिन नरम मलमलको कपडाले पुछ्नुपर्छ । अहिले धेरैजसोको घरमा एलसिडी टेलिभिजन छ । यसको सफाइका लागि सुख्खा नरम कपडा प्रयोग गर्नुपर्छ । यदि टेलिफोन सेटको स्क्रिनमा दाग लागेको छ भने पानीमा भिनेगर मिसाएर कटनको कपडाले सफा गर्न सकिन्छ । त्यसपछि तत्काल सुख्खा कपडाले पुछ्नुपर्छ । स्क्रिन सफा गर्ने क्रममा धेरै रगड्ने काम गर्नुहुँदैन अन्यथा टिभीको स्क्रिन पिक्सेल बिग्रन सक्छ । टेलिभिजनको स्क्रिन सफा गर्दा पत्रिका प्रयोग गर्नुहुँदैन ।कम्प्युटर : कम्प्युटर सफा गर्नुअघि त्यसलाई पूर्णत: बन्द गर्नुपर्छ । यसको अर्थ विद्युत् सप्लाइ पनि बन्द गर्नु हो । किबोर्डमा भएको धूलो झार्न त्यसलाई उल्टाएर हातले हल्का थपथपाउनुपर्छ । मनिटरको पछाडिको भाग सफा गर्न भ्याकुम क्लिनर प्रयोग गर्न सकिन्छ । सिपियुको सफाइ भ्याकुम क्लिनरको ब्लोअरका माध्यमबाट गर्नुपर्छ ।आइपड : आइपड सफा गर्नुअघि त्यससँग जोडिएका सबै कर्ड्सलाई अनप्लग गरेर होल्ड बटन दबाई त्यसका सबै कन्ट्रोल लक गर्नुपर्छ । त्यसपछि हल्का भिजेको कपडाले पुछ्नुपर्छ ।मोबाइल : भिजेको हातले मोबाइल चलाउनुहुँदैन । मोबाइल प्रयोग गर्नुअघि हात राम्रोसँग पुछ्नुपर्छ । भिजेको मोबाइल पङ्खाको हावामा राखेर सुकाउन सकिन्छ । फोन भिजेका बेला अन वा अफ जस्तो स्थितिमा छ त्यस्तै स्थितिमा छोड्नुपर्छ ।वाटर फिल्टर : वाटर फिल्टरलाई १५ दिनमा एकपटक सफा गर्नुपर्छ । यसका लागि फिल्टरको प्युरिफाइङ क्यान्डल्स झिकेर तातोपानीमा माइल्ड साबुनले धुनुपर्छ । क्यान्डलमा जमेको फोहोर सफा गर्न जाली प्रयोग गर्न सकिन्छ । सरसफाइपछि त्यसलाई घाममा सुकाउनुपर्छ ।वाटर प्युरिफायर : अहिले धेरैजसोको घरमा वाटर प्युरिफायर हुन्छ । शुद्ध खानेपानीका लागि प्रयोग गरिने वाटर प्युरिफायर जारको पानीको तुलनामा गुणस्तरीय पानी दिन सक्षम हुन्छ । पिउने पानी शुद्ध गर्ने वाटर प्युरिफायरलाई समय–समयमा सफा गरिरहनुपर्छ ।किचेन क्याबिनेट : बेलाबेलामा सफा गरिरहँदा किचेन क्याबिनेटमा ढुसी लाग्ने सम्भावना हुँदैन भने त्यसमा मुसा तथा साङ्ला पनि लाग्दैनन् ।ओभन–स्टोभ : ओभन तथा स्टोभ नियमित रूपमा सफा गर्नुपर्छ जसबाट मर्मत खर्च कम हुनुका साथै खानाको गुणस्तरसमेत वृद्धि हुन्छ । खाना पकाउने स्टोभ तथा ओभनमा भाँडा राख्ने प्यान सफा राख्नुपर्छ । उक्त प्यानलाई तातोपानीमा भिजाएर सर्फ तथा साबुन पानीले धोए त्यसमा लागेको चिल्लो दाग हट्छ । क्लिनर विषादीयुक्त हुने भएकाले ओभनमा त्यसको प्रयोग गर्दा होसियारी अपनाउनुपर्छ ।माइक्रोवेभ : खाना तताउने वा कम समयमै खाना पकाउने माइक्रोवेभको सरसफाइ नियमित रूपमा गरिरहनुपर्छ । माइक्रोवेभको प्रयोगपछि त्यसको भित्री भाग सफा गर्नुपर्छ । यसका लागि माइक्रोवेभ क्लिनर प्रयोग गर्न सकिन्छ । रातभरि थोरै मात्रामा अमोनियाँ राखी बिहान सफा कपडाले पुछ्दा पनि माइक्रोवेभ सफा हुन्छ ।मिक्स्चर : यो अत्यावश्यक किचेन एप्लाइन्सेज हो । यसले काम सहज बनाउनुका साथै छिटो–छरितो ढंगमा काम सम्पन्न गर्न सघाउँछ । यसलाई प्रयोग पछि सरसफाइ गरेर मात्र थन्क्याउनुपर्छ ।   

नारी संवाददाता , आश्विन ९, २०७४

-- पुरै पढ्नुहोस् --

सिन्कको सफाइ

भान्सा कोठाको सिन्कको पाइप सफा गर्न आधा कप बेकिङ सोडा र आधा कप फिटकिरी मिसाएर राति सुत्नुअघि पाइपमा हाल्नुपर्छ र रातभरि छोड्नुपर्छ ।

नारी संवाददाता , माघ २२, २०७३

-- पुरै पढ्नुहोस् --

भाँडा माझ्दा

खाना बनाउन जति मेहनत गरिन्छ त्योभन्दा बढी समय तथा मेहनत भाँडा माझ्न लाग्छ । यद्यपि अहिले पहिलेजस्तो घन्टौं लगाएर भाँडा माझ्नु पर्दैन । मेसिनको आविष्कारले भाँडा माझ्न सजिलो भएको छ । मेसिन छैन भने पनि केही उपाय अपनाएर सजिलै भाँडा माझ्न सकिन्छ ।

नारी संवाददाता , माघ ३, २०७३

-- पुरै पढ्नुहोस् --

भान्साका सामग्रीको सफाइ

माइक्रोवेभको प्रयोगपछि यसको भित्री भाग राम्रोसँग सफा गर्ने ।

सिर्जना दुवाल श्रेष्ठ, कार्तिक १५, २०७३

-- पुरै पढ्नुहोस् --

वातावरण जोगाऊ

वातावरण स्वस्थ एवं स्वच्छ राख्नु हामी सबैको प्रमुख कर्तव्य हो ।घरबाट निस्किएको फोहोर व्यवस्थापनका लागि केही दूरीमा खाल्डो खनेर फोहोर जम्मा गर्न सकिन्छ ।

नारी संवाददाता , चैत्र १६, २०७२

-- पुरै पढ्नुहोस् --

ग्यासको सफाइ

ग्यासको सफाइकालागि पुरानो नाइलनको मोजा प्रयोग गर्न सकिन्छ ।

नारी संवाददाता , पुस २९, २०७२

-- पुरै पढ्नुहोस् --

गलैचालाइ घरैमा सफा गरौ ।

चाहिने सामग्री २ लिटर पानी, २५० ग्राम रिट्ठा , पुराना पातला कपडा, स्पंज

नारी संवाददाता , पुस २४, २०७२

-- पुरै पढ्नुहोस् --